NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Chonky Knight in shining armor Frog Deluxe with Top सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

के बाइडेनले राष्ट्रपतिको उमेद्वारी छाड्न सक्छन् ?

आइतवार असार १६ , २०८१
Reading Time: 1 min read
A A
के बाइडेनले राष्ट्रपतिको उमेद्वारी छाड्न सक्छन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ असार, एजेन्सी ।

अमेरिकामा दोस्रो कार्यकालका लागि चुनावमा जित निकाल्ने रणनीतिका साथ मैदानमा उत्रिएका राष्ट्रपति जो बाइडेन नोभेम्बरमा हुने चुनाव नजिकिदै गर्दा अब उनलाई उम्मेदवारी नै फिर्ता लिनका लागि दबाब परेको छ । यो दबाब नेपाली समयअनुसार शुक्रबार बिहान भएको बाइडेन र उनका प्रतिष्पर्धी डोनाल्ड ट्रम्पबीचको टेलिभिजन डिबेटपछि बढेको हो ।

सीएनएनमा भएको सो राष्ट्रपति बहसमा बाइडेनको प्रस्तुति कमजोर देखिएको भन्दै उनलाई आफ्नो उमेदवारीबाट फिर्ता हुन दबाब पर्न थालेको छ । उनको प्रस्तुतिमा विपक्षी रिपब्लिकनका उमेदवार डोनाल्ड ट्रम्पभन्दा कमजोर रहेको कुरामा सो पार्टीका अधिकांशले सहमति जनाएको अवस्था छ ।

LS Auto

कतिपयले उनको ह्वाइट हाउस जाने सम्भावना र उनको उम्मेदवारको रूपमा जारी रहने बारे सार्वजनिक चिन्ता पनि व्यक्त गरेका छन् । यसबारेमा स्वयं राष्ट्रपति बाइडेनले पनि महसुस गरेको पाइएको छ ।उनले बहसको भोलिपल्ट नर्थ क्यारोलिनामा आयोजित एक कार्यक्रममा बोल्दै आफू भर्खरको मान्छे नभएको आफूलाई थाहा भएको, जसरी हिँड्नुपर्ने हो त्यसरी हिँड्न सक्ने अवस्थामा नभएको, बोलीको बारेमा पनि थाहा भएको र बहस जस्तो हुनुपर्ने त्यस्तो नभएपनि के गर्ने, सत्य कसरी बोल्ने, गलतबाट सत्य के हो त्यो भन्न सक्ने र राष्ट्रपतिको काम कसरी गर्ने भन्ने बारेमा आफूलाई थाहा भएको बताएका छन् ।

उनले कसरी काम गर्ने र कैयौँ मिलियन्स अमेरिकीलाई थाहा भएको कुरा आफूलाई पनि थाहा भएको जनाएका छन् । उनको बिहीबारको बहसको प्रस्तुतिलाई लिएर समर्थक, दाता तथा डेमोक्रयाटिक कंग्रेस सदस्यहरूले दुख प्रकट गरिरहेको बेलामा सो धारणा राखेका हुन् । यसबीच अमेरिकामा अहिले उनले फिर्ता हुन चाहेमा के हुन्छ, फिर्ता भएमा अर्को दाबेदार डेमोक्रयाटिक पार्टीबाट को हुने र उनलाई हटाउनुप¥यो भने कसको सम्भावना हुन्छ जस्ता प्रश्नहरू उठ्न थालेका छन् ।

तर बाइडेन राष्ट्रपतिको दौडबाट पछि हट्न सक्ने सम्भावना छ भन्ने प्रश्नमा उनको क्याम्पेनका प्रवक्ता सेथ स्कुस्टरले भनेका छन– ‘छैन ।’ ‘यसका लागि कुनै आधार छैन’ बाइडेनका सल्लाहकारले पनि शुक्रबार बिहान भनेका छन् । क्याम्पेनका सहअध्यक्ष मिच लान्ड्रियुले पनि शुक्रबार राति सीएनएनसँग कुरा गर्दै भनेका छन् ‘जो बाइडेनमा १०० प्रतिशत आत्मविश्वास छ ।’ आउँदो अगस्टमा डेमोक्र्याटिक पार्टीको सम्मेलन शिकागोमा हुँदै छ ।

सो सम्मेलनले पुनर्विचार गर्न सक्ने सम्भावना रहे पनि यसअघि प्राइमरीमा बाइडेन ९९ प्रतिशत मत पाएर उमेदवार छानिएकोले ती प्रतिनिधिलाई अहिले फिर्ता गर्न अप्ठेरो रहेको बताइएको छ । यता उनले छोड्ने अवस्थामा भने उपराष्ट्रपति कमला ह्यारिसपनि सो पदका उमेदवार छानिन सक्ने जनाइएको छ । कतिपयले क्यालिफोर्नियाका गभर्नर गाभिन न्यूसमको नाम पनि लिएका छन् ।

यद्यपि, उनले सिधैँ ट्रम्पको विरोध गर्न चाहेको पाइएको छैन । उपराष्ट्रपति ह्यारिसले भने बहसको प्रतिक्रियामा सुरुमा ‘स्लो’ र अन्तिममा ‘स्ट्रोङ’ प्रस्तुती भएको टिप्पणी गरेकी थिइन् ।बाइडेनले छोड्ने अवस्था आएमा उपराष्ट्रपति ह्यारिस तयारी अवस्थामा रहेको यूएसए टुृडेले आफ्नो एक स्टोरीमा जनाएको छ । उता डेमोक्रेटिकबाट मिनेसोटाका रिप्रेजेन्टेटिभ डीन फिलिप्स र लेखक मैरियाना विलिम्सनको नामपनि चर्चामा रहेको छ ।

यद्यपि, अहिलेका उमेदवारले छोडेमा वा उनलाई हटाइएमा मात्र अरु छनोट गर्ने कुरा आउँछ । अहिलेसम्म सबै अन्योलमा रहेको अवस्था छ । आगामी अगस्ट १९ देखि २२ सम्म शिकागोमा हुने डेमोक्रेटिक नेसनल कन्भेन्सनले सो पार्टीको उमेदवारको आधिकारिक घोषणा गर्नेछ । यसैबीच बाइडेनले पनि आफ्नो उमेरलाई लिएर आलोचना गर्नेलाई जवाफ दिएका छन् । उनले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफैँले जित्ने दाबी गरेका छन् ।

८१ वर्षीय बाइडेनले भनेका छन्, “मलाई पूरा विश्वास छ, म अर्को एक कार्यकाल पूरा गर्न सक्छु । म फेरि एकपटक राष्ट्रपति चुनाव जित्नेछु ।” रेलेघ सहरमा आयोजित सो कार्यक्रममा उनका समर्थकले ‘फोर मोर इयर्स’ (अझै चार वर्ष)को नारा लगाएका थिए । तर उनको पछिल्लो डिबेटपछि द न्यूयोर्क टाइम्सको एडिटोरियल बोर्डले पनि बाइडेनलाई आगामी राष्ट्रपतिको उमेदवारको दौडबाट फिर्ता हुन आग्रह गरेको छ ।

शुक्रबार प्रकाशित उसको ‘ओपनियन पिस’मा न्युयोर्क टाइम्सले बिहीबार राष्ट्रपति ‘ग्रेट पब्लिक सर्भेन्ट’को छायाँको रूपमा देखिएको जनाउँदै उनले आफ्नो दोस्रो कार्यकालमा के काम पूरा गर्न सक्छन् भन्ने बारेमा व्याख्या गर्न संघर्ष गरेको देखिएको जनाएको छ । त्यसैगरी बाइडेनले ट्रम्पलाई झुठो बोल्नबाट रोक्न नसकेको, उनको झुठलाई जवाफदेही बनाउन नसकेको र अर्को कुरा उनले वाक्य पूरा गर्न समेत नसकेको भनेर आलोचना गरेको छ ।

उसले डेमोक्रेटिक पार्टीमा अन्य विकल्प पनि रहेको चर्चा गर्दै देशको सुरक्षा र स्थिरताका लागि डेमोक्रेटिक पार्टीले जोखिम लिनुपर्ने कारण नभएको जनाएको छ । यसबारे तपाइँका टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: #नेपाल टाइम्स् ट्रेडिंग#ट्रम्पसंगको डिबेटमा बाइडेन कमजोर

लोकप्रीय

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

विचार

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

थप समाचार

articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.