×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला || Nepal Times
Mar 06, 2026
Playing
प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाको ३० स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३ || Nepal Times
Mar 06, 2026
Playing
रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि || Nepal Times
Mar 06, 2026
Playing
मतगणना अपडेटःदेशभर रास्वपाको अग्रता,कांग्रेस र एमाले पछाडि || Nepal Times
Mar 06, 2026
Playing
झापा ५ मा बालेनले केपी ओलीलाई सुरुवातमै पछि पारे
Mar 06, 2026
Playing
नेपालको चुनावमा विदेशी मिडियाका अधिक चासो, कसले के लेखे ? || Nepal Times
Mar 05, 2026
Playing
आमा सुशीला तिमीले “जे भन्यौ, त्यो पूरा गर्‍यौ” !|| Nepal Times
Mar 05, 2026
Playing
US-Israel-Iran यु द्धः आजका १० हेडलाइन || Nepal Times
Mar 05, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-21-2082 || Nepal Times
Mar 05, 2026
Playing
कतारबाट नेपालीको गुहार, “हामी डराएका छौँ, देशले बेवास्ता नगरोस् ” || Nepal Times
Mar 05, 2026

के बाइडेनले राष्ट्रपतिको उमेद्वारी छाड्न सक्छन् ?

१७ असार २०८१

१६ असार, एजेन्सी ।

अमेरिकामा दोस्रो कार्यकालका लागि चुनावमा जित निकाल्ने रणनीतिका साथ मैदानमा उत्रिएका राष्ट्रपति जो बाइडेन नोभेम्बरमा हुने चुनाव नजिकिदै गर्दा अब उनलाई उम्मेदवारी नै फिर्ता लिनका लागि दबाब परेको छ । यो दबाब नेपाली समयअनुसार शुक्रबार बिहान भएको बाइडेन र उनका प्रतिष्पर्धी डोनाल्ड ट्रम्पबीचको टेलिभिजन डिबेटपछि बढेको हो ।

सीएनएनमा भएको सो राष्ट्रपति बहसमा बाइडेनको प्रस्तुति कमजोर देखिएको भन्दै उनलाई आफ्नो उमेदवारीबाट फिर्ता हुन दबाब पर्न थालेको छ । उनको प्रस्तुतिमा विपक्षी रिपब्लिकनका उमेदवार डोनाल्ड ट्रम्पभन्दा कमजोर रहेको कुरामा सो पार्टीका अधिकांशले सहमति जनाएको अवस्था छ ।

कतिपयले उनको ह्वाइट हाउस जाने सम्भावना र उनको उम्मेदवारको रूपमा जारी रहने बारे सार्वजनिक चिन्ता पनि व्यक्त गरेका छन् । यसबारेमा स्वयं राष्ट्रपति बाइडेनले पनि महसुस गरेको पाइएको छ ।उनले बहसको भोलिपल्ट नर्थ क्यारोलिनामा आयोजित एक कार्यक्रममा बोल्दै आफू भर्खरको मान्छे नभएको आफूलाई थाहा भएको, जसरी हिँड्नुपर्ने हो त्यसरी हिँड्न सक्ने अवस्थामा नभएको, बोलीको बारेमा पनि थाहा भएको र बहस जस्तो हुनुपर्ने त्यस्तो नभएपनि के गर्ने, सत्य कसरी बोल्ने, गलतबाट सत्य के हो त्यो भन्न सक्ने र राष्ट्रपतिको काम कसरी गर्ने भन्ने बारेमा आफूलाई थाहा भएको बताएका छन् ।

उनले कसरी काम गर्ने र कैयौँ मिलियन्स अमेरिकीलाई थाहा भएको कुरा आफूलाई पनि थाहा भएको जनाएका छन् । उनको बिहीबारको बहसको प्रस्तुतिलाई लिएर समर्थक, दाता तथा डेमोक्रयाटिक कंग्रेस सदस्यहरूले दुख प्रकट गरिरहेको बेलामा सो धारणा राखेका हुन् । यसबीच अमेरिकामा अहिले उनले फिर्ता हुन चाहेमा के हुन्छ, फिर्ता भएमा अर्को दाबेदार डेमोक्रयाटिक पार्टीबाट को हुने र उनलाई हटाउनुप¥यो भने कसको सम्भावना हुन्छ जस्ता प्रश्नहरू उठ्न थालेका छन् ।

तर बाइडेन राष्ट्रपतिको दौडबाट पछि हट्न सक्ने सम्भावना छ भन्ने प्रश्नमा उनको क्याम्पेनका प्रवक्ता सेथ स्कुस्टरले भनेका छन– ‘छैन ।’ ‘यसका लागि कुनै आधार छैन’ बाइडेनका सल्लाहकारले पनि शुक्रबार बिहान भनेका छन् । क्याम्पेनका सहअध्यक्ष मिच लान्ड्रियुले पनि शुक्रबार राति सीएनएनसँग कुरा गर्दै भनेका छन् ‘जो बाइडेनमा १०० प्रतिशत आत्मविश्वास छ ।’ आउँदो अगस्टमा डेमोक्र्याटिक पार्टीको सम्मेलन शिकागोमा हुँदै छ ।

सो सम्मेलनले पुनर्विचार गर्न सक्ने सम्भावना रहे पनि यसअघि प्राइमरीमा बाइडेन ९९ प्रतिशत मत पाएर उमेदवार छानिएकोले ती प्रतिनिधिलाई अहिले फिर्ता गर्न अप्ठेरो रहेको बताइएको छ । यता उनले छोड्ने अवस्थामा भने उपराष्ट्रपति कमला ह्यारिसपनि सो पदका उमेदवार छानिन सक्ने जनाइएको छ । कतिपयले क्यालिफोर्नियाका गभर्नर गाभिन न्यूसमको नाम पनि लिएका छन् ।

यद्यपि, उनले सिधैँ ट्रम्पको विरोध गर्न चाहेको पाइएको छैन । उपराष्ट्रपति ह्यारिसले भने बहसको प्रतिक्रियामा सुरुमा ‘स्लो’ र अन्तिममा ‘स्ट्रोङ’ प्रस्तुती भएको टिप्पणी गरेकी थिइन् ।बाइडेनले छोड्ने अवस्था आएमा उपराष्ट्रपति ह्यारिस तयारी अवस्थामा रहेको यूएसए टुृडेले आफ्नो एक स्टोरीमा जनाएको छ । उता डेमोक्रेटिकबाट मिनेसोटाका रिप्रेजेन्टेटिभ डीन फिलिप्स र लेखक मैरियाना विलिम्सनको नामपनि चर्चामा रहेको छ ।

यद्यपि, अहिलेका उमेदवारले छोडेमा वा उनलाई हटाइएमा मात्र अरु छनोट गर्ने कुरा आउँछ । अहिलेसम्म सबै अन्योलमा रहेको अवस्था छ । आगामी अगस्ट १९ देखि २२ सम्म शिकागोमा हुने डेमोक्रेटिक नेसनल कन्भेन्सनले सो पार्टीको उमेदवारको आधिकारिक घोषणा गर्नेछ । यसैबीच बाइडेनले पनि आफ्नो उमेरलाई लिएर आलोचना गर्नेलाई जवाफ दिएका छन् । उनले आउँदो नोभेम्बरमा हुने राष्ट्रपति निर्वाचनमा आफैँले जित्ने दाबी गरेका छन् ।

८१ वर्षीय बाइडेनले भनेका छन्, “मलाई पूरा विश्वास छ, म अर्को एक कार्यकाल पूरा गर्न सक्छु । म फेरि एकपटक राष्ट्रपति चुनाव जित्नेछु ।” रेलेघ सहरमा आयोजित सो कार्यक्रममा उनका समर्थकले ‘फोर मोर इयर्स’ (अझै चार वर्ष)को नारा लगाएका थिए । तर उनको पछिल्लो डिबेटपछि द न्यूयोर्क टाइम्सको एडिटोरियल बोर्डले पनि बाइडेनलाई आगामी राष्ट्रपतिको उमेदवारको दौडबाट फिर्ता हुन आग्रह गरेको छ ।

शुक्रबार प्रकाशित उसको ‘ओपनियन पिस’मा न्युयोर्क टाइम्सले बिहीबार राष्ट्रपति ‘ग्रेट पब्लिक सर्भेन्ट’को छायाँको रूपमा देखिएको जनाउँदै उनले आफ्नो दोस्रो कार्यकालमा के काम पूरा गर्न सक्छन् भन्ने बारेमा व्याख्या गर्न संघर्ष गरेको देखिएको जनाएको छ । त्यसैगरी बाइडेनले ट्रम्पलाई झुठो बोल्नबाट रोक्न नसकेको, उनको झुठलाई जवाफदेही बनाउन नसकेको र अर्को कुरा उनले वाक्य पूरा गर्न समेत नसकेको भनेर आलोचना गरेको छ ।

उसले डेमोक्रेटिक पार्टीमा अन्य विकल्प पनि रहेको चर्चा गर्दै देशको सुरक्षा र स्थिरताका लागि डेमोक्रेटिक पार्टीले जोखिम लिनुपर्ने कारण नभएको जनाएको छ । यसबारे तपाइँका टिप्पणी पनि अवस्य व्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top