Deprecated: Function WP_Dependencies->add_data() was called with an argument that is deprecated since version 6.9.0! IE conditional comments are ignored by all supported browsers. in /var/www/html/wp-includes/functions.php on line 6131 कोपा अमेरिकामा उरुग्वे तेस्रो,क्यानडा पाखा लाग्यो - NepalTimes

NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता शुक्रबार माघ २ , २०८२
इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो शुक्रबार माघ २ , २०८२
रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट शुक्रबार माघ २ , २०८२
देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन शुक्रबार माघ २ , २०८२
बालेन झापा जाने भएपछि आत्तिए ओली, भने लुसिफरले धाक नदिनु शुक्रबार माघ २ , २०८२
Next
Prev

समाचार

कोपा अमेरिकामा उरुग्वे तेस्रो,क्यानडा पाखा लाग्यो

आइतवार असार ३० , २०८१
Reading Time: 1 min read
A A
कोपा अमेरिकामा उरुग्वे तेस्रो,क्यानडा पाखा लाग्यो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

३० असार ,एजेन्सी ।

कोपा अमेरिका फुटबलमा तेस्रो स्थानका लागि भएको खेलमा उरुग्वे विजयी भएको छ ।आज बिहान भएको खेलमा क्यानडालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै उरुग्वे तेस्रो भएको हो । ब्याङक अफ अमेरिका स्टेडियममा भएको खेल निर्धारित ९० मिनेट २–२ गोलको बराबरी भएपछि पेनाल्टीमा पुगेको थियो ।

क्यानडाका इस्माइल कोन र जोनाथन डेभिड तथा उरुग्वेका रोड्रिगो बेन्टाङ्कर र लुइस सुवारेजले समान एक गोल गरेपछि बराबरी भयो । तर पेनाल्टीमा क्यानडा पराजित भयो । क्यानडा बुधवार भएको पहिलो सेमिफाइनलमा साविक विजेता अर्जेन्टिनासँग २–० गोलले र उरुग्वे बिहीवार भएको दोस्रो सेमिफाइनलमा कोलम्बियासँग १–० ले पराजित भएको थियो । अब उपाधिका लागि भोलि बिहान अर्जेन्टिना र कोलम्बिया खेल्नेछन् ।

यता युरोकपमा आज राती उपाधिका लागि इंग्ल्याण्ड र स्पेन भिड्दैछन् । युरोको अघिल्लो संस्करणको फाइनलमा इटालीसँग टाइब्रेकरमा पराजित हुँदा इंग्ल्यान्ड उपाधि जित्नबाट चुकेको थियो । इंग्ल्यान्ड १९६६ यता चलेको उपाधिको खडेरी तोड्न चाहन्छ । प्रशिक्षक ग्यारेथ साउथगेट नियुक्त भएयता विश्वकप र युरोमा राम्रो प्रदर्शन गरेको इंग्ल्यान्ड पुनः एकपटक उपाधि नजिक पुगेको छ ।

विश्व फुटबलमा उत्कृष्ट मध्यका एक फरवार्ड ह्यारी केन पनि आफ्नो करिअरको पहिलो उपाधि जित्ने संघारमा छन् । राष्ट्रिय टोली र क्लब फुटबलमा थुप्रै व्यक्तिगत अवार्ड हासिल गरेका केनले हालसम्म टिमका लागि भने कुनै उपाधि जित्न सकेका छैनन् । आइतबार स्पेनविरुद्ध युरो २०२४ को फाइनल केनका लागि सुवर्ण अवसर हुनेछ । केनका लागि व्यक्तिगत रुपमा यो पहिलो उपाधि हुने हुँदा विशेष रहनेछ । जारी प्रतियोगितामा ३ गोलसहित सर्वाधिक गोलकर्ताको होडमा समेत रहेका उनी टोलीलाई च्याम्पियन बनाउन चाहन्छन् ।

फाइनलको अघिल्लो दिन पत्रकार सम्मेलनमा उनले टोली तयार रहेको अभिव्यक्ति दिए । विपक्षी टोलीको कुन खेलाडी खतरा बन्न सक्छ भन्ने प्रश्नमा केनले पूरा टोली नै राम्रो रहेको बताए । ‘कुनै व्यक्ति भन्दापनि स्पेन आफैंमा राम्रो टोली छ । हो दुवै विंगर, मोराटा र ओल्मोले राम्रो खेलेका छन् तर उनीहरुको डिफेन्स पनि राम्रो छ । उनीहरु राम्रो टोली भएकै कारण फाइनलमा छन् ।’

केनले भनेजस्तै स्पेन उ त्कृष्ट लयमा पनि छ । टिममा लामिन यमल जस्ता किशोरले सनसनी मच्चाइरहेका छन्  । स्पेनले आफ्नो यात्रामा डिफेन्डिङ च्याम्पियन इटाली, आयोजक जर्मनी र उपाधिको बलियो दाबेदार फ्रान्सको चुनौती काटेको छ । तर यता जुड बेलिङ्घम र ह्यारी केनसम्मिलित इंग्ल्यान्डले पनि कम्तीको छैन । स्पेन र इंग्ल्यान्ड सन् १९९६ पछि पहिलो पटक विश्वकप वा युरोमा भिड्दै छन ।

इतिहास पल्टाउने हो भने सन् १९२९ मा दुई टोलीबीच पहिलो खेल भएको थियो । त्यसयता अहिलेसम्म २७ खेल भएको छ । त्यसमध्ये पछिल्लो प्रदर्शनमा स्पेन सुदृढ छ । तर, समग्रमा भने इङ्ल्यान्ड नै अगाडि छ । अहिलेसम्मका खेलमा इङ्ल्यान्ड १४ पटक विजयी छ भने स्पेनको पक्षमा १० जित रहेको छ । अन्य तीन खेल भने बराबरीमा टुंगिएको छ । पछिल्ला ९ खेलमध्ये स्पेन ५ पटक विजयी छ ।

सन् १९६० देखि १९८० बीच त्यस्तो समय थियो, जतिबेला इङ्ल्यान्डले स्पेनविरुद्ध लगातार ७ खेल जितेको थियो । तर, सबैभन्दा महत्त्वपूर्ण तथ्य भने इङ्ल्यान्डको पक्षमा छ । त्यो के भने युरोमा स्पेनले अहिलेसम्म इङ्ल्यान्डलाई हराउन सकेको छैन । साउथगेटको नेतृत्वमा इंग्ल्यान्डले खेलेका प्रतियोगितामा टिम अन्त्यसम्म पुगेता पनि यही तथ्य स्पेनमा भने लागू हुन्न । एक दशकअगाडि विश्व फुटबलमा राज गरेको स्पेन त्यसपछि ओरालो लागेको थियो ।

ला रोजाले सन् २००८ र २०१२ मा युरो जितेको थियो भने त्यसबीच सन् २०१० को विश्वकप । तर, त्यसपछि स्पेनले केही जित्न सकेन र ठूला प्रतियोगितामा टोलीको प्रदर्शन खस्कादो थियो । प्रशिक्षक लुइस डे ला फुन्टे आएपछि भने स्पेनले सम्हालिएर खेल्न थालेको छ । यसैक्रममा गत वर्ष यूईएफए नेसन्स लिग जितेको थियो । स्पेन अहिलेको प्रतियोगितामा लगातार सबै खेल जित्ने एक्लो टिम रहेको छ ।

फाइनलसम्मको यात्रामा स्पेनले जर्मनी र फ्रान्सको हातबाट बलियो चुनौती सामना गर्नुपरेको थियो । यसै क्रममा स्पेनले १३ गोल गरेको छ र यो इंग्ल्यान्डले गरेको ७ गोलको तुलनामा धेरै राम्रो हो । फाइनललाई लिएर डानी ओल्मो भन्छन्, ‘इंग्ल्यान्डले यो प्रतियोगितामा देखाएको छ कि यो टिम पुनरागमन रच्न सक्षम छ ।

हारको स्थितिबाट यो टिमले खेल जितेको छ । इंग्ल्यान्डले कहिले पनि हार मान्दैन ।’ त्यसैले फाइनलमा कडा प्रतिस्पर्धा हुने निश्चित छ । फाइनल नेपाली समयअनुसार आइतबार मध्यरात १२ः४५ बजे सुरु हुनेछ । खेल बर्लिनस्थित ओलम्पिक रंगशालामा हुनेछ ।

Tags: #कोपा अमेरिका#कोपा अमेरिका फुटबल#स्पेन कि इंग्ल्याण्ड ?#कसले उचाल्ला युरोकपको उपाधि

लोकप्रीय

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२

विचार

थप समाचार

बालेनको सबैलाई शुभकामना,ओलीविरुद्ध उम्मेदवारीको तयारी
समाचार

देश बनाउन फर्किएका हुन् बालेन,संसदीय राजनीति होमिनु अघि बोले बालेन

शुक्रबार माघ २ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

World News: Afghanistanमा चिनियाँलक्षित वि**स्फोट, गा*जा पिस बोर्डमा Putinलाई निम्ता || Nepal Times

00:22:25

World News: सिरियाली गृह यु द्धको अन्त्य, इराकबाट अमेरिकी सेना फिर्ता || Nepal Times

00:23:36

World News: ‘ट्रम्प अप रा धी’, हजारौंको मृत्युमा खामेनीको स्वीकार, अमेरिका–युरोप आमनेसामने

00:22:49

World News: इरान र इजरेलका नेतासँग पुटिनको वार्ता, पाकिस्तानका १५२ सांसद निलम्बित || Nepal Times

00:19:07

World News: ग्रिनल्याण्ड नेटो सेनाले घेर्याे, रुस पनि एक्सनमा, गाजामा बन्यो सरकार || Nepal Times

00:32:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
भेनेजुएला र क्यूबा भएको ’भिसा बन्ड’ सूचीमा नेपाललाई किन राखियो ?

अमेरिकाले नेपालसहित ७५ देशका लागि रोक्यो भिसा

बिहिबार माघ १ , २०८२
फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

फागुन पछिका संभावित प्रधानमन्त्रीहरु,को,कसरी प्रधानमन्त्री बन्न सक्छन् ?

बिहिबार माघ १ , २०८२

हालका पोस्टहरू

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

शुक्रबार माघ २ , २०८२
अमेरिकाले रोक्दारोक्दै इरानले बढायो आफ्नो शक्ति

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

शुक्रबार माघ २ , २०८२
हजुरबाले सम्पत्ति जोडे,रवि कसरी कसुरदार ?

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

शुक्रबार माघ २ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.