×

NEPAL TIMES UPDATES

Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026

ठमेलमा २० करोडको कोकिनसहित मलेसियन महिला पक्राउ

३१ असार २०८१

३० असार , काडमाण्डौ ।

प्रतिबन्धित लागूऔषध कोकिनसहित एक मलेसियन महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा ४७ वर्षीया बाथुमलाई ओडिवलु रहेकी छन्। उनलाई ठमेलस्थित काठमाडौँ सिटी होटलबाट कोकिनसहित पक्राउ गरिएको हो ।

होटलमा लागूऔषधको कारोबार भइरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त लैनचौरको संयुक्त टोलीले उनलाई पक्राउ गरेको हो ।

कोठाको खानतलासी गर्दा उनको साथमा ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर कोकिन लुकाएको भेटिएको थियो । बरामद भएको ५ किलो ८२० ग्राम कोकिनको बजार मूल्य २० करोड ३६ लाख रुपैयाँ रहेको एससएपी वसन्त रजौरेले जानकारी दिए ।

प्रहरीमा दिएको बयानमा उनले आफू २९ असारमा मलेसियाबाट लाओसको यात्रामा निस्किएको बताएकी छिन् । लगत्तै त्यसै दिन उनी लाओसबाट थाइल्याण्डको बैंकक आएर २९ असारकै राति ११ः २५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएकी हुन् ।

उनी मलेसियाबाट लाओस र बैंकक हुँदै काठमाडौँ ओर्लिएकी हुन् । ‘आरोपीले लाओस वा बैंककबाट कोकिन ल्याएको देखिन्छ,’ एसएसपी रजौरेले भनेका छन्, ‘सामाजिक सञ्जाल ह्वाट्स एपमार्फत कुरा गर्ने उनको मुभमेन्ट सुनियोजिन र नियन्त्रित देखिन्छ ।

’त्यहाँबाट पहिल्यै बुक भएको ठमेलस्थित एक होटलमा उनी पुगेको बताएकी छिन् । जहाँबाट ओडिवलुलाई प्रहरी वृत्त सोह्रखुट्टे र जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ३० असारको बिहान पक्राउ गरेको हो ।

अनुसन्धान अधिकृतका अनुसार पक्राउ परेकी महिलाले ह्वाट्स एपमार्फत कुराकानी गर्ने गरेको र कुराकानीको विवरण हेर्दा बरामद कोकिनको गन्तव्य भारत हो ।

नेपाल आइसकेपछि उक्त कोकिन भारत पठाउने र भारतमा क्रिस्टोफर नाम गरेका व्यक्तिले कोकिनको व्यवस्थापन गर्ने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । पक्राउ परेकी महिला भरिया मात्रै भएको खुलेको छ ।

उनले कोकिन नेपालसम्म ल्याउने जिम्मा पाएको अनुसन्धान अधिकारीहरु बताउँछन् । काठमाडौं आइसकेपछि अर्को व्यक्तिले उक्त कोकिन जिम्मा लिने र त्यसलाई भारतसम्म पु¥याउने गरेको खुलेको छ ।

कोकिन काठमाडौं ल्याइपु¥याएर जिम्मा लगाएपछि ती महिला १९ जुलाईमा मलेसिया फर्कने तयारीमा रहेको पनि खुलेको छ । त्यसका लागि हवाइ टिकटसमेत उनले काटिसकेको पाइएको छ ।

उनी यसभन्दा अघि ५ पटक काठमाडौं आइसकेको देखिएको एसएसपी रजौरेले बताएका छन् । पक्राउ परेकी महिलाले अंग्रेजी नबुझ्ने भएकाले अनुसन्धानमा समस्या रहेको प्रहरी अधिकारीहरुले बताएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top