×

NEPAL TIMES UPDATES

Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026

त्रिशूलीमा बेपत्ता बस देखिएको खबर के हो ?

१३ श्रावण २०८१

१३ साउन, काठमाण्डौ ।

त्रिशूली नदीमा खसेर बेपत्ता दुई बस र आधा भन्दा बढी यात्रुहरुको दुर्घटनाको २ हप्ता भन्दा बढी समय वितिसक्दा समेत अत्तोपत्तो छैन् । उनीहरुको खोजीमा सहयोग गर्न भारतबाट आएको उद्धार टोली आज स्वदेश फर्किने भएको छ। एक हप्ताको समय लिएर भारतबाट चितवन आइपुगेको राष्ट्रिय आपदा मोचन बलका १२ सदस्यको टोली आफ्नो अवधि पूरा भएकाले आज भारत फर्किएको हो ।

यसबीच उसले बेपत्ता न बस, न यात्रु केही पनि फेला पार्न सकेन। गत असार २८ गते शुक्रबार बिहान पहिरोमा परेर त्रिशूलीमा बगेका २ बसको अवस्था अझै अज्ञात छ। काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९, सिमलतालमा पहिरोमा परेर त्रिशूलीमा बगेका थिए।

बसमा सवार ६५ यात्रुमध्ये ३ जनाले पौडिएर ज्यान जोगाए पनि बाँकी सबै बेपत्ता भएका थिए। तीमध्ये हालसम्म २५ जनाको शव फेला परेका छन् भने बाँकी यात्रुको अवस्था अझै पत्ता लाग्न सकेको छैन। घटनाकै दिनदेखि नेपाली सेना, नेपाल प्रहरी, गोताखोर टोली खोजीमा खटिए। एक हप्तासम्म खोजी गर्दा २५ जनाको मात्र शव फेला प¥यो।

नेपाली स्रोतसाधनले दुई बस र बाँकी यात्रु फेला पार्न नसकेपछि सरकारले भारतबाट उद्धार टोली झिकाएको थियो। नेपाल आएर प्रविधिसहित नेपाली उद्धार टोलीसँगै घटनास्थलदेखि नारायणी नदीसम्म खोजीमा खटिएको टोलीले समेत न यात्रु भेट्न सक्यो न बस । अब भारतीय टोली स्वदेश फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी जारी नै राखेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरीले जनाएको छ ।

चितवन प्रहरीले केराबारी भन्ने स्थानमा बस जस्तो देखिएको भन्दै स्थानीयले खबर गरेको भन्दै बसको भग्नावशेष रहेको आशंकामा खोजी सुरु गरिएको बताएका छन् । दुर्घटनापछि निरन्तरको वर्षाका कारण नदीमा दैनिक बाढी आइरहेको छ। धमिलो पानीका कारण खोजी मा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

अहिले पनि दैनिक ६५÷७० जना खोजीमा खटिरहेको चितवन प्रशासनले जनाएको छ । अहिलेसम्म फेला परेका २५ शवमध्ये १७ वटाको मात्र सनाखत भएको छ। ८ शवको भने अझै परिचय पत्ता लाग्न सकेको छैन। जसमा ६ पुरुष र २ महिला छन्।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top