NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘ बिहिबार मंसिर ११ , २०८२
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ? बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ? बिहिबार मंसिर ११ , २०८२
Next
Prev

समाचार

भारतको घाउमा नुनचुक छर्किदै क्यानडा

सोमवार साउन १४ , २०८१
Reading Time: 1 min read
A A
भारतको घाउमा नुनचुक छर्किदै क्यानडा
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१४ साउन, एजेन्सी ।

क्यानडामा खालिस्तान समर्थकहरूले जनमत संग्रह सुरु गरेका छन्। आइतवार, हजारौं सिखहरू क्यालगरी, अल्बर्टा प्रान्तको म्युनिसिपल प्लाजामा भेला भएर जनमत संग्रहमा मतदान गरेका छन् । उक्त कार्यक्रममा भारतविरुद्ध उत्तेजक नाराबाजी गरिएको अन्तराष्ट्रिय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । ‘किल इन्डिया’ र ‘दिल्ली बनेगा खालिस्तान’को नारा लगाइएको थियो ।

स्थानीय अमेरिकी कूटनीतिक नियोगको ठीक अगाडि भारतले चरमपन्थी समूह घोषणा गरेको सिख फर जस्टिस (एसएफजे) ले जनमत संग्रह आयोजना गरेको हो । नयाँ दिल्लीले क्यानडाको विदेश मन्त्रालयमा भारत विरोधी घटनाको विरुद्धमा उजुरी दिएको थियो । यसका बाबजुद पनि जस्टिन ट्रुडोको प्रहरीले यसलाई रोक्न कुनै कदम नचालेको भन्दै भारतले असन्तुष्टि ब्यक्त गरेको छ ।

LS Auto

भारत विरोधी नारा लगाइदा समेत क्यानाडा प्रहरी मूकदर्शक बनेको भारतीय संचारमाध्यामहरुले उल्लेख गरेका छन् । अल्बर्टाका सिख समुदायका सदस्यहरूको सहभागितामा बिहानैदेखि सुरु भएको जनमत संग्रह साँझसम्म चलेको थियो। अल्बर्टामा सिखहरूको ठूलो जनसंख्या छ। क्यानडाका १० लाख सिखमध्ये करिब १ लाख त्यहाँ बस्छन्।

प्रख्यात खालिस्तानी नेता हरदीप सिंह निज्जरको परिवारले पहिलो मतदान गरेका थिए। निज्जरको २८ जुन २०२३ मा क्यानडाको ब्रिटिश कोलम्बियाको सरेमा गोली हानी हत्या गरिएको थियो। हत्या गरिएका नौ क्यानाडाली सिखमध्ये निज्जर खालिस्तान समर्थक प्रमुख नेता थिए । लखबीर सिंह रोडे र तलविन्द सिंह परमार जस्ता व्यक्तिहरू पनि यो सूचीमा परेका छन्।

निज्जरको ज्यान लिएपछि नै भारत र क्यानडाको सम्बन्ध चिसिएको थियो । क्यानडाले आफ्ना नागरिकको ज्यान जानुमा विदेशी सरकार सहभागी हुनुले त्यसले क्यानडाको सार्वभौमसत्तामा चुनौती दिएको बताउँदै भारतलाई यस विषयमा जवाफदेही बनाउने त्यहाँका प्रधानमन्त्री जस्टिन ट्रुडोले बताएका थिए । त्यसलगत्तै क्यानडाले भारतको कूटनीतिज्ञलाई देश निकाला गर्दा भारतले पनि क्यानडाको एक कूटनीतिज्ञलाई देश निकाला गरिदिएको थियो ।

क्यानडास्थित सिख समुदायले हरदीप सिंह निज्जरको हत्याको विषयमा यस घटनामा भारतको गुप्तचर एजेन्सी रअको हात भएको आरोप लगाएका छन् । तर भारतले क्यानडामा भएको यस्ता घटनाको विषयलाई खण्डन गरेको छ । भारतले उल्टै सिख समुदायका दर्जनौँ खालिस्तानी समर्थक जसलाई आतंकवादीको सूचीमा राखिएको छ,उनीहरू क्यानडामा स्वतन्त्र रूपमा त्यहाँको नागरिकका रूपमा हिँडिरहेको बताएको छ ।

पछिल्लो समय भने दुई देशको कुटनैतिक सम्बन्ध सुधारोन्मुख नै देखिएको छ । दुवै देशले निज्जर प्रकरणलाई विर्सिने प्रयास गरेका छन् । क्यानडाको माटोमा भइरहेको भारत विरोधी जनमतसंग्रहको बारेमा क्यालगारीको भारतीय–क्यानाडाली मेयर ज्योति गोन्डेकले यसलाई रोक्ने अधिकार उनको हातमा नरहेका बताएका छन् । “म्युनिसिपल प्लाजा सार्वजनिक ठाउँ भएकाले धेरै गतिविधिहरू हुन्छन्,“ उनले भनेका छन्, यहाँ भएका घटनाहरू रोक्न हामीलाई अनुमति वा स्वीकृत छैन।

मानिसहरू जब चाहन्छन् एक समुदायको रूपमा भेला हुन सक्छन् र तिनीहरूले जे चाहन्छन् गर्न सक्छन्। ’यो हामीले नियन्त्रण वा निगरानी गर्न सक्ने कुरा होइन,’। खालिस्तान आन्दोलन भारतबाट पञ्जाव प्रान्तलाई अलग्याउने अभियानसँग सम्बन्धित छ । वास्तवमा खालिस्तानको अर्थ खाल्साको भूमि हो । खाल्सा भनेका सिख हुन् ।

अर्थात्, खालिस्तान अभियानमा लागेकाहरूले पञ्जावलाई सिखहरूको देश बनाउन चाहन्छन् । सन् १९४० मा सबैभन्दा पहिला खालिस्तान शब्दको प्रयोग भएको मानिन्छ । तर, यसअघि सन् १९२९ मै शिरोमणि अकाली दलका तारा सिंहले सिखका लागि छुट्टै देश बनाउन माग गरेका थिए । अर्थात्, खालिस्तानको कथा ३१ डिसेम्बर १९२९ देखि नै सुरु भएको बताइन्छ ।

Tags: #भारत विभाजनको जनमत संग्रह क्यानडामा#भारतको घाउमा नुनचुक छर्किदै क्यानडा

लोकप्रीय

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

विचार

थप समाचार

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘
ताजा समाचार

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा
आर्थिक

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२

हालका पोस्टहरू

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

‘नेपालमा मान्छे काट्नु भन्दा रुख काट्नु अप्ठ्यारो‘

बिहिबार मंसिर ११ , २०८२
सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.