×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

फसादमा गृहमन्त्री लेखक,गगनले खोजे रविविरुद्धको प्रमाण

२९ श्रावण २०८१

२९ साउन ,काठमाण्डौ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपा सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धका प्रमाणहरुका बारेमा संसदमा सोधिखोजी गरेका छन् । उनले सहकारी ठगी प्रकरणमा जोडिएका रविका बारेमा आफ्नै पार्टीबाट गृहमन्त्री रहेका रमेश लेखकमाथि प्रतिनिधिसभा बैठकमा बोल्दै प्रश्न उठाएका छन् ।

लेखकले रवि लामिछानेका विषयमा गत चैत १२ मा प्रश्न उठाउँदा कागजसमेत लिएर यो प्रमाण हो भनेकोमा गृहमन्त्री भएपछि प्रमाण के भयो भन्दै प्रश्न उठाएका हुन् । “माननीय रमेश लेखक मेरो पछाडि हुनुहुन्थ्यो । चैत १२ गते उहाँले रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जा लिनुभएको छ । त्यसका विरुद्धमा पूरक उजुरी परेको छ । यो प्रमाण हो भन्नुभएको थियो,” थापाले भने, “उहाँ अहिले उता हुनुहुन्छ । यता हुँदा प्रमाण हुने उता पुगेपछि प्रमाण नहुने भन्ने हुँदैन।”

उनले आफूहरू जस्ता सांसद पनि रहेको भन्दै जता रहे पनि उही कुरा हुने बताए ।यस्तै थापाले भुटानी शरणार्थी प्रकरणमा पनि प्रश्न उठाए । उनले यसबारे सरकारले दोषी उम्कदैन भन्ने आश्वस्त पार्नुपर्नेमा जोड दिए । उनले अघिल्लो सरकारले जहाँ टुंग्याएको छ त्यसबारे जानकारी गराउनुपर्ने बताए ।

सो क्रममा उनले भने, “अघिल्लो सरकारले भुटानी शरणार्थीको विषय जहाँ टुंग्याएको छ । सरकारले प्रष्टसँग भन्नुपर्छ, यति अनुसन्धान भइरहेको छ । यति अभियोजन भएको छ । यति थप अनुसन्धान हुन्छ । अदालतमा विचाराधीन छ । यो विषयमा निर्दोष एउटा पनि छुट्दैन दोषी एउटा पनि उम्कदैन । यो विषयमा कहीँ तलामाथि हुँदैन भनेर आश्वस्त पार्नुपर्छ,” थापाले भने ।

गिरीबन्धु टि स्टेटका विषयमा अदालतले दिएको ०८० माघ २४ गतेको आदेश जुन सरकार आए पनि पालना गर्नुपर्ने बताए । सरकारले जे गर्नुपर्ने हो त्यो गर्नुपर्ने उनको भनाइ छ । अदालतको आदेशअनुसार सरकारले गर्नुपर्ने उनको भनाइ छ ।

“सरकारले गिरीबन्धु यो हुन्छ, त्यो हुन्छ होइन । एक्सन चाहियो । तुरुन्त जग्गा फिर्ता ल्याउनुप¥यो । देशभरी जसले जग्गा दुरुपयोग गरेको छ, त्यो खोसिनुप¥यो,” थापाले भने । यस्तै उनले संविधान संशोधन गरेर प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभा पूर्ण समानूपातिक बनाउने हल्ला सत्य नभएको पनि उल्लेख गरे ।

उनले संविधान संशोधन गरेर अहिलेको व्यवस्थालाई अझ बलियो र धेरै समावेशी बनाइने उल्लेख गरे । संशोधन गरेर पछाडि फर्कने र ०४७ कै संविधानतिर लैजाने बहस गलत भएको भनाइ उनको थियो ।

“६३ को अहिलेको संविधानबाट पछि फर्कन सक्दैनौँ, चाहँदैनौँ । दलित‚ थारु, महिला कसैले निकाल्न सक्छ ? हटाउन सक्छ ? कसैले सक्दैन‚” उनले भने‚ “तर, थप्न मिल्छ कि मिल्दैन ? सरकार बनाउँदा दलित महिला छुटाउँछौँ, यतिसम्म गर्छौँ कि गठबन्धन गरेर राष्ट्रपति, उपराष्ट्रपति, गाउँपालिका प्रमख, उप्रमुख पुरुष बनाउँछौँ ।”

उनले ‘जम्बो’ संसद्को आकार घटाइने र बढी समावेशी, समानुपातिक बनाइने भन्दै थपे‚ “यसरी नै प्रदेश चलाउने हो ? यस्तै संघीयता राख्ने हो ? ” उनले अगाडि भने, “निर्वाचन प्रणाली बदल्छौँ, राम्रो बनाउँछौँ । कसैकसैले भन्छन–तलको हाउस प्रत्यक्ष निर्वाचित गर्ने, माथि समानुपातिक मिल्छ मिल्दैन, कसैले चाहेर हुँदैन । तलको हाउसलाई योभन्दा समावेशी बनाउँछौँ । एउटा दलले ४० प्रतिशत हाराहारी मत ल्याउँदा पाँच वर्ष सरकार चलाउने गरी मिलाउन सक्ने गरी बनाउँछौँ ।”

आफू सरकार बनाउने प्रयासमा नलागे पनि वर्तमान गठबन्धन ठीक भएको उनले बताए । यस्तै थापाले संसदमै विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङको पनि साथ दिए । उनले उठाउन बाँकी बिजुलीको बक्यौता उठाउनुपर्ने भन्दै एक रुपैयाँ पनि छोड्न नहुने बताए ।

‘राज्यकोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउन सक्नुपर्छ’, थापाले कसैलाई अप्ठेरो पार्न नहुने भन्दै भने, ‘विधिको शासन भनेको त्यही हो।’

गगनले यसो भनिरहदा गगनपछि नै संसदमा बोलेका लेखा समितिका सभापति ऋषिकेश पोखरेलले भने १६ अर्ब बक्यौता उठाउन बाँकी रहेकोमा ६ अर्ब र जरिवानासहित ८ अर्ब भनेर अघिल्लो सरकार, प्राधिकरण र लाल आयोगबीच सेटिङ भएको गम्भिर आरोप लगाए ।

उनले कुलमान घिसिङलाई २१ अर्ब ८८ करोड बेरुजु बक्यौता उठाउन बाँकी रहेको अवस्थामा ८ अर्बको मात्रै बिल किन पठाइयो भन्दै प्रश्न गरेका छन् । उनले केही माननीय नै प्राधिकरण र व्यापारीका दलाल निस्किए भन्दै संसदमा नै मुर्दाबादको नारा लगाएका छन् ।

संसदका डेडिकेटेड र ट्रंक लाइन विवादमा बक्यौता रकमका विषयमा वहस चलिरहदा कुलमानविरुद्ध अख्तियारमा उजुरी परेको छ । एन्टी करप्शन नेटवर्कको निर्देशकको रुपमा रमेश खरेलले कुलमानले घोटाला गरेको भन्दै अनुशन्धान गर्न जाहेरी दिएका छन् ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top