NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै शनिबार कार्तिक २२ , २०८२
गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ? शुक्रबार कार्तिक २१ , २०८२
रविमाथि कसरी प्रतिशोध साधियो ? ६ तथ्य सार्वजनिक शुक्रबार कार्तिक २१ , २०८२
Next
Prev

समाचार

फसादमा गृहमन्त्री लेखक,गगनले खोजे रविविरुद्धको प्रमाण

मङ्लबार साउन २९ , २०८१
Reading Time: 1 min read
A A
संसदमा गगन थापाले भने, कांग्रेस अब प्रश्न सोधेर मात्रै बस्दैन
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२९ साउन ,काठमाण्डौ ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले रास्वपा सभापति तथा पूर्व उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्धका प्रमाणहरुका बारेमा संसदमा सोधिखोजी गरेका छन् । उनले सहकारी ठगी प्रकरणमा जोडिएका रविका बारेमा आफ्नै पार्टीबाट गृहमन्त्री रहेका रमेश लेखकमाथि प्रतिनिधिसभा बैठकमा बोल्दै प्रश्न उठाएका छन् ।

लेखकले रवि लामिछानेका विषयमा गत चैत १२ मा प्रश्न उठाउँदा कागजसमेत लिएर यो प्रमाण हो भनेकोमा गृहमन्त्री भएपछि प्रमाण के भयो भन्दै प्रश्न उठाएका हुन् । “माननीय रमेश लेखक मेरो पछाडि हुनुहुन्थ्यो । चैत १२ गते उहाँले रवि लामिछानेले सूर्यदर्शन सहकारीबाट पुलेसो कर्जा लिनुभएको छ । त्यसका विरुद्धमा पूरक उजुरी परेको छ । यो प्रमाण हो भन्नुभएको थियो,” थापाले भने, “उहाँ अहिले उता हुनुहुन्छ । यता हुँदा प्रमाण हुने उता पुगेपछि प्रमाण नहुने भन्ने हुँदैन।”

LS Auto

उनले आफूहरू जस्ता सांसद पनि रहेको भन्दै जता रहे पनि उही कुरा हुने बताए ।यस्तै थापाले भुटानी शरणार्थी प्रकरणमा पनि प्रश्न उठाए । उनले यसबारे सरकारले दोषी उम्कदैन भन्ने आश्वस्त पार्नुपर्नेमा जोड दिए । उनले अघिल्लो सरकारले जहाँ टुंग्याएको छ त्यसबारे जानकारी गराउनुपर्ने बताए ।

सो क्रममा उनले भने, “अघिल्लो सरकारले भुटानी शरणार्थीको विषय जहाँ टुंग्याएको छ । सरकारले प्रष्टसँग भन्नुपर्छ, यति अनुसन्धान भइरहेको छ । यति अभियोजन भएको छ । यति थप अनुसन्धान हुन्छ । अदालतमा विचाराधीन छ । यो विषयमा निर्दोष एउटा पनि छुट्दैन दोषी एउटा पनि उम्कदैन । यो विषयमा कहीँ तलामाथि हुँदैन भनेर आश्वस्त पार्नुपर्छ,” थापाले भने ।

गिरीबन्धु टि स्टेटका विषयमा अदालतले दिएको ०८० माघ २४ गतेको आदेश जुन सरकार आए पनि पालना गर्नुपर्ने बताए । सरकारले जे गर्नुपर्ने हो त्यो गर्नुपर्ने उनको भनाइ छ । अदालतको आदेशअनुसार सरकारले गर्नुपर्ने उनको भनाइ छ ।

“सरकारले गिरीबन्धु यो हुन्छ, त्यो हुन्छ होइन । एक्सन चाहियो । तुरुन्त जग्गा फिर्ता ल्याउनुप¥यो । देशभरी जसले जग्गा दुरुपयोग गरेको छ, त्यो खोसिनुप¥यो,” थापाले भने । यस्तै उनले संविधान संशोधन गरेर प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित र राष्ट्रियसभा पूर्ण समानूपातिक बनाउने हल्ला सत्य नभएको पनि उल्लेख गरे ।

उनले संविधान संशोधन गरेर अहिलेको व्यवस्थालाई अझ बलियो र धेरै समावेशी बनाइने उल्लेख गरे । संशोधन गरेर पछाडि फर्कने र ०४७ कै संविधानतिर लैजाने बहस गलत भएको भनाइ उनको थियो ।

“६३ को अहिलेको संविधानबाट पछि फर्कन सक्दैनौँ, चाहँदैनौँ । दलित‚ थारु, महिला कसैले निकाल्न सक्छ ? हटाउन सक्छ ? कसैले सक्दैन‚” उनले भने‚ “तर, थप्न मिल्छ कि मिल्दैन ? सरकार बनाउँदा दलित महिला छुटाउँछौँ, यतिसम्म गर्छौँ कि गठबन्धन गरेर राष्ट्रपति, उपराष्ट्रपति, गाउँपालिका प्रमख, उप्रमुख पुरुष बनाउँछौँ ।”

उनले ‘जम्बो’ संसद्को आकार घटाइने र बढी समावेशी, समानुपातिक बनाइने भन्दै थपे‚ “यसरी नै प्रदेश चलाउने हो ? यस्तै संघीयता राख्ने हो ? ” उनले अगाडि भने, “निर्वाचन प्रणाली बदल्छौँ, राम्रो बनाउँछौँ । कसैकसैले भन्छन–तलको हाउस प्रत्यक्ष निर्वाचित गर्ने, माथि समानुपातिक मिल्छ मिल्दैन, कसैले चाहेर हुँदैन । तलको हाउसलाई योभन्दा समावेशी बनाउँछौँ । एउटा दलले ४० प्रतिशत हाराहारी मत ल्याउँदा पाँच वर्ष सरकार चलाउने गरी मिलाउन सक्ने गरी बनाउँछौँ ।”

आफू सरकार बनाउने प्रयासमा नलागे पनि वर्तमान गठबन्धन ठीक भएको उनले बताए । यस्तै थापाले संसदमै विद्युत प्राधिकरण प्रमुख कुलमान घिसिङको पनि साथ दिए । उनले उठाउन बाँकी बिजुलीको बक्यौता उठाउनुपर्ने भन्दै एक रुपैयाँ पनि छोड्न नहुने बताए ।

‘राज्यकोषको एक रुपैयाँ पनि तलमाथि हुन दिन्न भनेर सरकारले विश्वास दिलाउन सक्नुपर्छ’, थापाले कसैलाई अप्ठेरो पार्न नहुने भन्दै भने, ‘विधिको शासन भनेको त्यही हो।’

गगनले यसो भनिरहदा गगनपछि नै संसदमा बोलेका लेखा समितिका सभापति ऋषिकेश पोखरेलले भने १६ अर्ब बक्यौता उठाउन बाँकी रहेकोमा ६ अर्ब र जरिवानासहित ८ अर्ब भनेर अघिल्लो सरकार, प्राधिकरण र लाल आयोगबीच सेटिङ भएको गम्भिर आरोप लगाए ।

उनले कुलमान घिसिङलाई २१ अर्ब ८८ करोड बेरुजु बक्यौता उठाउन बाँकी रहेको अवस्थामा ८ अर्बको मात्रै बिल किन पठाइयो भन्दै प्रश्न गरेका छन् । उनले केही माननीय नै प्राधिकरण र व्यापारीका दलाल निस्किए भन्दै संसदमा नै मुर्दाबादको नारा लगाएका छन् ।

संसदका डेडिकेटेड र ट्रंक लाइन विवादमा बक्यौता रकमका विषयमा वहस चलिरहदा कुलमानविरुद्ध अख्तियारमा उजुरी परेको छ । एन्टी करप्शन नेटवर्कको निर्देशकको रुपमा रमेश खरेलले कुलमानले घोटाला गरेको भन्दै अनुशन्धान गर्न जाहेरी दिएका छन् ।

Tags: #गगनको निशानामा ओली#गगनले खोजे रविविरुद्धको प्रमाण#फसादमा गृहमन्त्री लेखक

लोकप्रीय

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

विचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२

थप समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै
ताजा समाचार

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव
ताजा समाचार

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन
ताजा समाचार

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?
ताजा समाचार

बिपी र सुवर्णले चलाएको काँग्रेस अब गगन र विश्वको पोल्टामा आउला ?

शुक्रबार कार्तिक २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

World News:चीनको फुजियान सेवामा, रुसमा हे लिकप्टर दुर्घ टना || Nepal Times

00:19:59

World News: अमेरिकी सरकार ३७ दिनदेखि बन्द,भियतनाममा आँधी,५ हजार वर्ष पूराना भाडा || Nepal Times

00:20:10

World News: मेक्सिकोभित्रै पसेर ट्रम्पले कारबाही गर्ने, राष्ट्रपतिमाथि नै यौन दु*व्र्य*वहार

00:18:03

World News: न्युयोर्कमा ममदानीको जित, म्यान्मारका माफियालाई चीनमा मृ*त्युदण्ड || Nepal Times

00:20:11

World News: मेयरसंग ट्रम्पको टसल, भारतीय अदालतमा नेपालको जेनजी प्रदर्शनको चर्चा || Nepal Times

00:16:38

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

आईजीपी खापुङलाई २४घण्टे स्पष्टीकरण, किन किन कारवाही नगर्ने ?

‘बल प्रयोग गर्न नपाउने हो भने देशमा प्रहरी नराखे हुन्छ’ः आईजी

शुक्रबार कार्तिक २१ , २०८२
सुडान टुक्रिने कमाण्डरको चेतावनी, वेस्ट बैंकमा बुलडोजर

सुडानमा भयानक नरसंहारः अन्तरिक्षबाटै देखियो रगतको आहाल

मङ्लबार कार्तिक १८ , २०८२
ओली र लेखकको स्थानहद र पासपोर्ट रोक्का खुलेन

रवि फेरि चक्रब्युमा,फर्जी पत्र थमाएर जेलबाट कसले निकाल्यो ?

मङ्लबार कार्तिक १८ , २०८२

हालका पोस्टहरू

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

मधेसका मुख्यमन्त्री सोनलले आज विश्वासको मत लिँदै

शनिबार कार्तिक २२ , २०८२
देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

गण्डकी र कोशीमा हल्का वर्षा सहित हिमपातको सम्भावना

शनिबार कार्तिक २२ , २०८२
ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

ब्रेन स्ट्रोकपछि स्वास्थ्य बिग्रँदै गएका पूर्वमन्त्री अफताब आलमको निधन

शनिबार कार्तिक २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.