×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

प्रचण्ड अट्याकिङ मुडमा, बन्लान् खत्रा प्रतिपक्षी ?

१ भाद्र २०८१

१ भदौ, काठमाण्डौ।

सत्ताबाट बहिर्गमित हुँनासाथ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टीभित्रको ठूलै विवादको भूमरीमा परे । एकातिर नेतृत्व छाड्न प्रचण्डमाथि दबाव बढ्यो भने अर्कातिर पार्टी नै फुट्न लागेको चर्चा ब्यापक भयो ।

Advertisement

प्रचण्डको लिडरसिपमाथि नै विभिन्न प्रश्न र औंलाहरु उठाइए । उपमहासचिव जनार्दन शर्मा र प्रचण्डबीच टकरावले माओवादी नै फुट्छ कि भन्ने संशयतिर लगिसकको थियो । यद्यपी यसले आफूलाई धेरै टेन्सन नभएको भन्दै प्रचण्डले संचारमाध्यमलाई प्रतिक्रिया पनि दिए ।

सबैकुरा ठिक भएर जाने दाबी पनि गरे । र अहिले उनले करिब–करिब पार्टीभित्रको अन्तरसंघर्षलाई ‘सेफ ल्यान्डिङ’ गरिसकेका छन् । प्रचण्डले पार्टी एकताबद्ध नै छ भन्ने संदेश दिएका छन् । यसका साथै संसदको प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डको अबको मुख्य रणनीति भनेकै सरकारविरुद्धको हल्लाबोल हो भन्ने छनक पनि देखिन थालेको छ ।

मुलुकको कार्यकारी भूमिकाबाट अलग हुनासाथ दलको आन्तरिक किचलोमा फसेका प्रचण्डले त्यसयता पार्टी निर्माणमा जोड दिएर नेता–कार्यकर्तासँग समय व्यतित गरे । प्रदेश समिति र स्थायी कमिटीका बैठकमा उनीहरूका कुरा सुने, सुझाव लिए र आफ्ना योजना सुनाए ।

स्थायी कमिटीमा उठेका नेतृत्व हस्तान्तरणलगायत केही मुद्दालाई केन्द्रीय समितिमा उठान गर्नेगरी ‘थामथुम’ गरे । अब भने प्रचण्ड एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध ‘आक्रमक’ ढंगबाट प्रस्तुत हुँदै छन् । प्रचण्ड सत्ताविरुद्ध अट्याकिङ मुडमा आउँदै छन् भन्ने कुराको छनक, आजबाट देखिन थालेको अनुमान लगाउन सकिन्छ।

सत्ता साझेदार दलले समर्थन फिर्ता लिएपछि असार २८ गते सत्ताच्युत बनेका प्रचण्ड यसअघि नवगठित सरकारका विषयमा खासै टीका–टिप्पणी गर्थेनन् । बरु, माओवादीसँग सत्ता साझेदारी गरेको रास्वपाका सभापति रवि लामिछानेले नयाँ सरकारको खुबै कटाक्ष गरे ।

काण्डको फाइल खुल्ने डरले घेराबन्दीसहित नयाँ गठबन्धन बन्यो भन्ने तर्क सधैं रविको रह्यो । प्रचण्डले भने कनिकुथी केही धारणा राख्दा सरकारलाई छास्सछुस्समात्र पार्थे । तर, पार्टीकोभित्रको टकरावको अवस्था साम्य भएपछि उनले ओली सरकारविरुद्ध हल्लाबोल गर्न थालेका हुन् ।

शनिबार उनले भ्रष्टाचारविरुद्ध काम गर्न थालेपछि कांग्रेस–एमालेको अपारदर्शी षड्यन्त्रका कारण माओवादी सत्ताबाट बहिर्गमन हुनुपरेको बताएका छन् । अभिव्यक्तिमा मात्र नभएर संसदमा बलियो प्रतिपक्षी बन्नका लागि प्रचण्डको अगुवाईमा माओवादी, रास्वपा र एकीकृत समाजवादीको एकगठ निर्माण हुने तरखरमा छ ।

अंकगणितका आधारमा बलियो गठबन्धन बनाएका ओलीविरुद्ध खनिनका लागि एकताबद्ध भएर संसद्को दुवै सदनमा सुशासनको पक्षमासशक्त आवाज उठाउने दाउमा छन्, प्रचण्ड । नेकपा एससँग पार्टी एकता सम्भव नभएपछि साझा संसदीय दल बनाउने अनि समाजवादी मोर्चालाई सक्रिय बनाउने अडानमा प्रचण्ड लागिपरेका हुन् ।

सदनबाहिर पनि ओली नेतृत्वको सरकारविरुद्धको संघर्षलाई जोड दिने माओवादीको योजना छ । वर्तमान सरकारको काम–कारबाही हेरेर सडक संघर्षका कार्यक्रम अगाडि बढाउनेमा प्रचण्डले ध्यान दिने बताएका छन् ।

माओवादी नेताका अनुसार वामपन्थी, पूर्वमाओवादी घटक तथा समाजवादी दलहरूसँग मिलेर संयुक्त संघर्ष गर्ने गरी छलफल चलिरहेको छ । यस कामका लागि प्रचण्डका साथै समाजवादी मोर्चाका संयोजक नेत्रविक्रम चन्द ‘विप्लव’ले अग्रसरता देखाइरहेका छन् । प्रचण्ड र विप्लवबीच यसै विषयलाई लिएर भेटघाट बाक्लिएको छ ।

प्रधानमन्त्री ओलीले साउन ६ गते विश्वासको मत दिँदा प्रतिपक्षमा बस्ने निधो गरेका माओवादी, रास्वपा र नेकपा एसले संसद्बाट एक भएर सशक्त प्रतिपक्षको भूमिका निभाउने अडान छोडेका छैनन् । संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच असार १७ मा नयाँ सत्ता गठबन्धन बनेपछि उनीहरूले प्रतिपक्षी बन्नुपरेको हो ।

Advertisement

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top