×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026
Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026

आरजुको भारत भ्रमणबाट के आशा गर्नु ?

२ भाद्र २०८१

२ भदौ ,काठमाण्डौ।

परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा भारत प्रस्थान  गरेकी छन् ।  आइतवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनी भारत प्रस्थान गरेकी हुन् । उनले पाँच दिन भारत भ्रमणमा बिताउने छिन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा राणा भारत भ्रमणमा गएकी हुन् । भारत भ्रमणका क्रममा उनले भारतीय समकक्षी जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

 दुई देशबीचको हितका लागि सम्बन्ध सुधार र सहकार्यका विषयमा छलफल हुने बताइएको छ । परराष्ट्र मन्त्रीको भ्रमण नेपाल र भारतबीच नियमित उच्चस्तरीय आदानप्रदानको परम्पराअनुसार भएको बताइएको छ ।   उनको भ्रमणलाई उच्च प्राथमिकतामा राखेको संकेत नयाँ दिल्लीले दिएको छ।  मन्त्री राणाको भ्रमणको पूर्व सन्ध्यामा विज्ञप्ती जारी गर्दै नयाँदिल्लीले नेपाललाई आफ्नो प्राथमिकतामा परेको मित्रको रुपमा परिभाषित गरेको छ।

साथसाथै, नयाँ दिल्लीका अधिकारीहरूले प्रधानमन्त्री मोदीसँग भेटघाटको प्रबन्ध मिलाइने वचन पनि दिएका छन्।   भ्रमणबारे भारतीय विदेश मन्त्रालय र नेपालको परराष्ट्र मन्त्रालयले शनिबार अपरान्ह एकसाथ विज्ञप्ती जारी गरेका  थिए । भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भारतको छिमेक नीतिमा नेपाल प्राथमिकतामा परेको मित्र (प्रायोरिटी पार्टनर) भएको उल्लेख गरिएको छ।

 ‘भारतको छिमेक पहिलो नीति अन्तर्गत नेपाल प्राथमिक साझेदार हो‘ विज्ञप्तीमा भनिएको छ, ‘परराष्ट्रमन्त्री राणाको आसन्न भ्रमणले द्विपक्षीय सहयोगमा भएका प्रगतिबार छलफल र समीक्षा गर्ने अवसर प्रदान गर्नेछ। यसबाट  मुलुकबीचको सम्बन्धलाई अझ अगाडि बढाउन मद्दत पुग्नेछ।‘  नेपालको तर्फबाट परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तीमा पनि यस प्रकारका उच्चस्तरीय भ्रमणहरुले दुई मुलुकबीचको पुरानो सम्बन्धलाई थप सुदृढ तुल्याउने उल्लेख गरिएको छ।

 उपचारको सिलसिलामा नयाँदिल्ली जाने योजनामा रहेपनि डा. राणाको भ्रमणलाई औपचारिक स्वरुप प्रदान गर्न भारतीय विदेशमन्त्री जयशंकरले निम्तो पठाएका थिए।  भारतीय विदेशमन्त्री डा. जयशंकरसँग मन्त्री राणाको सोमबार भेटवार्ता हुने बताइएको छ।  भारतले भ्रमणलाई औपचारिक स्वरुप प्रदान गर्ने भएपछि मन्त्री राणामार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको औपचारिक निम्तोपत्र दिने समेत बताइएको छ ।

अघिल्लो हप्ता नेपाल भ्रमणमा आएका भारतीय विदेशसचिव विक्रम मिस्रीमार्फत् पनि प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका थिए।   यद्यपि प्रधानमन्त्री मोदीसँग भेट हुने यकिन भइसकेको त छैन।  प्रधानमन्त्री मोदीको निमन्त्रणामा मलेसियाका प्रधानमन्त्री इब्राहिम अनवरले पनि यसैहप्ता भारत भ्रमण गर्दैछन्। यसै कारण उनीसँगको भेट निश्चित नभइसकेको बताइएको छ ।  उनी  उपचार र उच्चस्तरीय भ्रमण सम्पन्न गरेर बिहीबार स्वदेश फर्कनेछिन्।

 पछिल्ला वर्षहरूमा दुवै छिमेकी भारत र चीनसँगको सम्बन्धमा देखा परेका अविश्वासको सम्बोधन नेपालका लागि सबैभन्दा ठूलो चुनौती रहेका बेला आरजु मन्त्री नियुक्त भएपछि पहिलो पटक भारत गएकी छन् ।  केपी ओलीले प्रधानमन्त्रीको रूपमा सत्ता सम्हाले लगत्तै काठमाण्डौंमा कूटनीतिक भेटवार्ताहरू बाक्लिएका देखिएका छन् र पालैपालो विभिन्न शक्ति राष्ट्रका राजदूतहरूले प्रधानमन्त्री, परराष्ट्रमन्त्री एवं महत्त्वपूर्ण मन्त्रालय सम्हालिरहेका मन्त्रीहरूलाई भेटिरहेका छन्।

पछिल्लो समय तर अमेरिकी उपविदेशमन्त्री समेत नेपाल आईसकेका छन् । प्रमुख दुई प्रतिस्पर्धी दल मिलेर बनाएको सरकारमा विदेश सम्बन्ध सञ्चालनको जिम्मा पाएकी आरजुको सफलता अन्तर्राष्ट्रिय सम्बन्ध सञ्चालनमा मित्रराष्ट्रहरूसँग विश्वास अभिवृद्धि गर्नुमा निर्भर रहने परराष्ट्र मामिलाका जानकारहरू बताउँछन्। फेरि आरजुले यो भ्रमणकै क्रममा हिन्दु धर्मालम्बीको महत्वपूर्ण पर्व रक्षाबन्धन समेत परेको छ ।

उनले यसअघि पनि भारतीय उच्च राजनीति नेतृत्वसँग  राखी कुटनीति स्थापित गर्ने प्रयास गरेकी थिइन। त्यो क्रम मन्त्री  भएपछि यसपटक पनि दिल्लीमा देखिने अनुमान गरिएको छ ।  २०७८ भदौंमा  कांग्रेस सभापति पति आरजुका पति शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन भएपछि भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डाक्टर विजय चौथाइवाल नेपाल आएका थिए ।

जनै पूर्णिमाका दिन नेपाल आइपुगेका उनले बालुवाटारमा पुगेर ’रक्षा बन्धन’ मनाए।  तत्कालीन प्रधानमन्त्री शेरवहादुर देउवा पत्नी  आरजुले चौथाइवालेलाई राखी बाँधिदिएर भातृत्वको सत्कारसहित स्वागत गरेकी थिइन । त्यसयता उनी उपचारमा दिल्ली पुग्दा समेत विजयसँग उनको भेट हुने गरेको छ ।

त्यतिबेला चौथाइवालेलाई बालुवाटरमा राखीसहितको आथित्यता गरेर प्रथम महिला  राणाले  भारतसँग सम्बन्ध सुधारको सुरुवात गरेकी थिइन  चौथाइवालेलाई बालुवाटरमा स्वागत गर्नका लागि प्रधानमन्त्री पत्‍नी राणा पूजाको थाली र राखी लिएर पर्खिरहेकी थिइन्। राखी बाँधिदिँदै उनले चौथाइवालेसँग ‘दाजु र बहिनी’बिचको सम्बन्ध सुमधुर हो भन्दै कामनामात्र गरिनन्, नेपाल–भारत सम्बन्धका साथै कांग्रेस–भाजपा सम्बन्धको सुधारका लाग समेत बाटो खोलेकी थिइन ।

विजय भारतका प्रभावशाली नेता मानिन्छन् ।  उनी २०१४ देखि भाजपाको विदेश विभाग प्रमुखको रुपमा काम गरिरहेका छन्। मोदीका हरेक विदेश भ्रमण अगाडि उनी व्यवस्थापनका लागि त्यसतर्फ पुग्छन्। मोदीको क्याविनेटमा विदेश नीतिमा उनको हस्तक्षेपकारी भूमिका रहँदै आएको छ।

आरजु दिल्ली उड्नु अघि नै भारतका लागि पूर्वराजदुत दीपकुमार उपाध्यायले नेपाल—भारत सम्बन्धमा सुधार्न अनुकुल सरकार भएको टिप्पणी  गरेका छन् ।  उपाध्यायले परराष्ट्रमन्त्री डा. राणाले इमान्दारिताका साथ प्रयास गरे सम्बन्ध सुधारमा धेरै काम गर्नसक्ने बताएका छन् । नेपाल—भारतबीचको सम्बन्ध अन्य देशको भन्दा फरक भएकाले बोली र गराइलाई एकरुपता दिन आवश्यक रहेको  बताउँदै उपाध्यायले समस्याको पहिचान गरेर राजनैतिक सम्बन्ध बलियो बनाउनसके धेरै काम गर्न सकिने बताएका छन् ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top