×

NEPAL TIMES UPDATES

Playing
मध्यपूर्वको रणमैदानको बाछिटा, मानवीय संकटदेखि इन्धन अभावसम्म || Nepal Times
Mar 11, 2026
Playing
हर्मुज घेरेर बस्यो इरान, अमेरिकाको प्याट्रियट सिस्टम ध्व स्त || Nepal Times
Mar 11, 2026
Playing
फेरि २८ सयमुनि झ¥यो सेयर बजार, ३८ प्रतिशत घट्यो कारोबार || Nepal Times
Mar 11, 2026
Playing
Indiaसँगको सीमामा राजमार्ग बनाउँदै China ,‘चिकेन नेक’ को हलचल || Nepal Times
Mar 11, 2026
Playing
५ वर्ष कै द सजा य काटेर छुटे मनाङे, २० प्रतिशत कैद छुट || Nepal Times
Mar 11, 2026
Playing
World News: भारतसहित छिमेकीहरुमा इन्धन हाहाकार, यु*द्धको मूल्य उपभोक्ताको थाप्लोमा || Nepal Times
Mar 11, 2026
Playing
३५० उम्मेदवारले एक भोट पनि पाएनन्, ५१६ उमेदवारले मात्रै जमानत जोगाए || Nepal Times
Mar 11, 2026
Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026

मध्यपूर्व तनावका ४ अनुहार,कोसँग कति छ दम ?

४ भाद्र २०८१

४ भदौ ,एजेन्सी ।

मध्यपूर्वमा तनाव जारी छ, एकातिर गाजामा इजरायली हमला जारी छ भने अर्कोतर्फ हमास प्रमुख इस्माइल हनियाको मृत्युलाई लिएर इरान र इजरायलबीच युद्धको खतरा छ । यो द्वन्द्व र तनाव कम गर्ने एक मात्र उपाय गाजामा युद्धविराम र बन्धकहरूको रिहाई हो। युद्धविराम सम्झौताका लागि अमेरिका, इजिप्ट र कतारले दुई पक्षबीच मध्यस्थता गर्दै आएका छन् ।

गत साता कतारको राजधानी दोहामा भएको दुई दिने वार्तापछि अमेरिका र इजरायलले सहमतिका सम्बन्धमा सकारात्मक संकेत दिएका छन् । अर्कोतर्फ हमास र इरानले यी दुई देशको नियतमाथि प्रश्न उठाएका छन् । गाजा युद्धविराम सम्झौता सम्बन्धी वार्ता दोहामा १५ र १६ अगस्टमा भएको थियो । यद्यपि हमासका प्रतिनिधिहरूले यी वार्ताहरूमा भाग लिएनन्।

मध्यस्थता गर्ने देश र इजरायली प्रतिनिधिमण्डलबीच दोहामा भएको भेटवार्तामा गाजामा युद्धविराम र बन्धकहरुको रिहाईका विषयमा छलफल भएको थियो । अमेरिका र इजरायलले आफूहरु सम्झौताको नजिक रहेको बताउँदै दुवै देशले छिट्टै युद्धविराम हुने सम्भावना व्यक्त गरेका छन् । यस बीच अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार भनेका छन् कि इजरायलले गाजामा युद्धविराम र बन्धकहरूको रिहाइमा भएको गतिरोध अन्त्य गर्ने प्रस्तावलाई स्वीकार गरेको छ र हमासलाई पनि त्यसै गर्न आह्वान गरेको छ।

यद्यपि, इजरायलले चरमपन्थी समूहले उठाएको चिन्तालाई ध्यानमा राखेको छ कि छैन भन्ने विषय चाँही उनले बताएका छैनन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँगको साढे दुई घण्टा लामो भेटपछि ब्लिन्केनको बयान आएको हो र उनले मंगलबार इजिप्टको भ्रमण गर्ने अपेक्षा गरिएको छ। युद्धविराम सम्झौताका लागि अर्को बैठक बुधबार इजिप्टको राजधानी कायरोमा हुनेछ ।

यस बैठकलाई लिएर हमासले अमेरिका र इजरायलमाथि वैचारिक हमला गरेको छ भने इरानी समाचार एजेन्सी इरनाका अनुसार हमासका एक वरिष्ठ अधिकारीले गाजा पट्टीमा युद्धविरामको लागि अमेरिकाको वास्तविक इच्छा नभएको बताएका छन्। प्यालेस्टाइनको स्थानीय सञ्चारमाध्यमका अनुसार हमासका वरिष्ठ अधिकारी ओसामा हमदानले अमेरिकाले इजरायललाई यो वार्तालाप देखाएर थप नरसंहार गर्न समय दिन खोजेको आरोप लगाएका छन् ।

उनले यस प्रस्तावित सम्झौतामा प्यालेस्टिनी बन्दीहरुको रिहाईको स्पष्ट ग्यारेन्टी हुनुपर्ने बताएका छन् । यसबाहेक हमासका अधिकारी हमदानले नेतान्याहु र इजरायली सरकार युद्धविराम सम्झौता गर्न तयार नभएको बताएका छन् । उनले बैठकमा इजरायलले पहिले भएको सम्झौतालाई अस्वीकार गरेको र अब नयाँ शर्तसहित नयाँ सम्झौता गर्न चाहेको बताएका छन् ।

हमदानले इजरायली रक्षामन्त्रीको पुरानो भनाइलाई उद्धृत गर्दै यो सम्झौता हासिल गर्नमा एकमात्र बाधा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु रहेको बताएका छन् । यसअघि इरानले पनि युद्धविराम सम्झौतालाई लिएर अमेरिकामाथि ठूलो आरोप लगाएको थियो । इरानका कार्यवाहक विदेशमन्त्री अली बगेरी कानीले शुक्रबार गाजा युद्धविराम वार्तामा अमेरिका ‘तटस्थ मध्यस्थकर्ता’ नभएको बताएका थिए ।

उनले मध्यपूर्वमा जारी द्वन्द्वका बीच यहुदीहरूलाई खतरनाक हतियार उपलब्ध गराएर अमेरिका यो नरसंहारमा सहभागी भएको आरोप लगाए । अक्टोबर ७ मा हमासको हमलापछि सुरु भएको यस युद्धमा गाजामा हालसम्म ४० हजारभन्दा बढीले ज्यान गुमाएका छन् । हमासले करिब २०० इजरायली नागरिकलाई बन्धक बनाएको बेला इजरायलले वेस्ट बैंक र प्यालेस्टाइन क्षेत्रमा छापा मारेर हजारौं प्यालेस्टाइनी नागरिकलाई लगातार पक्राउ गरेको छ ।

नोभेम्बर २२, २०२३ मा, हमास र इजरायल बीच ४ दिने युद्धविराम भएको थियो, जसमा लगभग ५० इजरायली बन्धक र १५० प्यालेस्टिनी बन्दीहरूलाई रिहा गरिएको थियो। त्यसयता युद्धविरामका लागि सहमतिका लागि प्रयास भइरहेका छन् तर अहिलेसम्म सकारात्मक नतिजा निस्कन सकेको छैन । डिसेम्बर १०, २०२३ मा अमेरिका, कतार र इजिप्टद्वारा तीन तहको युद्धविराम सम्झौताको प्रस्ताव गरिएको थियो जसमा हमासका अधिकारीहरू सहमत भए तर इजरायलले यो प्रस्तावलाई अस्वीकार गर्यो।

यसपछि इजरायलको नियतमाथि प्रश्न उठ्न थालेको थियो, नेतान्याहुको सरकारले गाजामा युद्धविराम चाहँदैनथ्यो, त्यसैले यो प्रस्तावलाई अस्वीकार गरेको थियो । मिडिया रिपोर्टका अनुसार हमासले तीन तहको प्रस्तावमा सहमति चाहेको छ जुन राष्ट्र संघ सुरक्षा परिषद्ले पनि पारित गरेको छ। इजरायली प्रधानमन्त्रीले फेरि एकपटक नयाँ शर्त राखेका छन् ।

इजरायलले दक्षिणी गाजामा आफ्नो नियन्त्रण कायम राख्न चाहन्छ, नेतान्याहुले गाजाका विभिन्न ठाउँमा चेक पोइन्टहरू निर्माण गर्ने र उत्तरी गाजामा फर्कने प्यालेस्टिनीहरूलाई जाँच गरेपछि मात्रै छोड्ने अनुमति दिइनेछ। इजरायलका यी नयाँ शर्तका कारण हमासले युद्धविराम सम्झौताको वार्तामा भाग लिन अस्वीकार गरेको बताइएको छ ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top