NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

नेपालमा राजतन्त्र र हिन्दु राष्ट्रको विगुल फुक्ने कालीबाबा को हुन् ?

मङ्लबार भदौ ४ , २०८१
Reading Time: 1 min read
A A
नेपालमा राजतन्त्र र हिन्दु राष्ट्रको विगुल फुक्ने कालीबाबा को हुन् ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

४ भदौ , काठमाण्डौ ।

नेपाल संघीय लोकतान्त्रिक गणतान्त्रिक संवैधानिक ब्यवस्थामा प्रवेश गरेपछि नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र नेपालको संविधान २०७२ अनुशार विधिवत रुपमा इतिहास बनिसकेका छन् । तर अझै न हिन्दु राष्ट्र घोषणा हुनु पर्ने आवाज बन्द भएको छ नत राजतन्त्रकै । विशेष गरी जनमतबाटै देशको राष्ट्रिय दलको मान्यता पाएको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले अझै नेपाललाई हिन्दु राष्ट्र र राजासहितको नेपालको वकालत गरिरहेको छ ।

पछिल्लो समय त झन हिन्दु राष्ट्रका लागि अन्य ठूला दलका शीर्ष नेताहरु नै खुलेरै बोल्न थालेका छन् । तर गणतन्त्रका लागि लडेका नेताहरु भन्छन् मसान घाटमा पुगिसकेको राजसंस्थाको नलिखुट्टा फुकेर नेपालमा अब राजतन्त्र आउँदैन् । तर राप्रपाले सदन देखि सडकसम्म राजतन्त्र र हिन्दु राष्ट्रको नारा लगाउदै आएको छ भने पूर्वराजा ज्ञानेन्द्र शाहले समेत धार्मिक तीर्थाटनकै अवसरमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा गणतन्त्रमा आफ्नो स्थान खोज्दै आएका छन् ।

नेपालको यस्तो परिस्थितीका बीच भारतमा पुगेर कालीदास बाबाका रुपमा आफ्नो बृहत छवि बनाएका धर्मगुरु कालीदास बाबा(स्वामी १००८ कृष्णानन्द जी महाराज)ले नेताहरुले नेपाललाई हिन्दुराष्ट्र घोषणा नगरेसम्म नेपालमा आफूले अभियान सञ्चालन गरिरहने उद्घोष गरेका छन् । मंगलबार भारत जानुअघि पत्रकार सम्मेलन गर्दै उनले आफूले नेपालका विभिन्न स्थानमा भ्रमण गर्ने क्रममा नेपाली जनताले राजा ल्याइदिन आफूसँग आग्रह गरेको पनि बताएका छन् ।

पशुपतिमा गएर चन्दन लगाउने नेपालका नेताहरूले संसद्मा गएर धर्मनिरपेक्षताको माग गर्नु अस्वाभाविक भएको बताएका छन् । नेताहरूले आफूलाई भेट्न पशुपति कोटिहोममा आएर चन्दन लगाएको उल्लेख गरे । उनले चन्दन लगाएर संसद्मा जाने अनि धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोधसमेत गरे ।

उनले भने,‘पशुपतिमा धेरै नेता वा सांसदहरू आउनुभयो । मैले उहाँहरूलाई भने यहाँ आएर चन्दन लगाएर संसद्मा गएर धर्मनिरपेक्षताको माग गर्ने भूल नगर्न अनुरोध गरेको छु ।’ नेपाललाई हिन्दु राष्ट्र कायम गर्नका लागि अन्तिम साससम्म लड्ने उनको प्रतिबद्धता छ । उनले भने,‘आज राष्ट्रमा विभिन्न अनैतिक, दुराचार, भ्रष्टाचार र अत्तिचार भइरहेको छ । नेपाल राष्ट्र जर्जर भएको अवस्था छ । आज देशका नेताहरू धर्मनिरपेक्षता चाहिन्छ भनेर लागि परिरहेका छन् ।  मेरो पहिले पनि नेपाल आमा के भन्छिन्,हिन्दु राष्ट्रले भन्छ–‘धर्म निरपेक्षता चाहिँदैन ,गाई काट्न पाइँदैन’ भन्ने नारा थियो । त्यो नारा आज पनि मजबुत छ । जबसम्म नेताहरूले हिन्दु राष्ट्र घोषणा फेरि गर्नुहुन्न तबसम्म एक थोपा रगत रहेसम्म कालीबाबा नेपाललाई छाड्ने छैन ।’

उनले आफूले हिन्दु गणतन्त्र नचाहेर हिन्दु बौद्धिक सनातन धर्म नै चाहिएको भन्दै यदि त्यो भएन भने शान्तिपूर्ण आन्दोलनमा समेत उत्रिने चेतावनी दिए । भारतलाई आफ्नो प्रमुख आश्रयस्थल बनाएका कालीदासको जन्म भने ओखलढुङ्गामा भएको थियो । २०१८ साल मङसिरमा ओखलढुङगाको वर्णुलु १ सानीटारका मनोहर दाहालको जेठो छोराका रुपमा जन्मिएका कालीदास दाहाल नै अहिलेका चर्चित कालीबाबा हुन ।

उनका दुई भाइ र दुई बहिनी छन् । कालीदासले स्थानीय श्री राज्यलक्ष्मी प्राविमा पाँच कक्षासम्म अध्ययन गरेका थिए । २०३१ सालमा पाँच कक्षा पास गरेर स्कूल छाडेका कालीदासले त्यसपछि कतै पढेको नसुनेको अवकाशप्राप्त शिक्षक परशुराम गुरुङले बताएका थिए । तर पछि उनी अमृतसाइन्स क्याम्पसमा प्राध्यापक ठूलो साधु र राजपण्डितका रुपमा चर्चामा आएका थिए ।

उनका बाबु मनोहर खेतीकिसानी बाहेक गाउँमा झारफुकको काम गर्थे । तर कालीदासले आफ्नो वेबसाइटमा आफ्नो बाबुलाई ज्योतिसशास्त्रको विधावारिधिसहित डा. मनोहर दाहालका जेठा छोराको रुपमा परिचय गराएका छन । आफू श्री १००८ बाबा कालीदासजी महाराज श्रीकृष्णनन्द परमहंस भएको दाबी गर्ने उनले वेबसाइटमा उल्लेख छ ।

उनको वेबसाइट डब्लुडब्लुडब्लु डट बाबाकालीदासधाम डट कममा कालीदासले आफ्नो जन्ममिति सन् १९३८ वि.सं १९९४ उल्लेख गरिएको छ । जुन बास्तविक जन्ममितिसँग मेल खादैन् । कालीदासले खासगरेर तन्त्रविद्यामा तत्कालीन राजा ज्ञानेन्द्रको रुचिलाई समातेर २०५८ अघि नै राजपरिवारसँग सम्बन्ध बनाएको बताइन्छ ।

सबै कुरा जाने झै गरेर निर्धक्क अघि सर्ने स्वभावका उनले किशोर अवस्थामै सिकेको ज्योतिस विद्यालाई भारतमा बढाएका थिए । त्यही क्रममा उनले होम गरेपछि प्रफुल्लकुमार महन्तआसामको मुख्यमन्त्री बन्ने संयोग जुरेको थियो । त्यसपछि नै कालीबाबाको चामत्कारिक क्षमता रातारात फैलिँदै नेपालको दरबारसम्म आइपुगेको थियो ।

कालीबाबाले ज्ञानेन्द्र शाहको शासन टिकाउन मात्र होइन उनका छोरा पारसलाई कुलतबाट बचाउन पनि अनेक होमहोमादी गरेका थिए । २०६६ मा नेपाल आएका बखत उनले बिभिन्न खेमाका सम्भ्रान्त धर्मभीरुहरुलाई भेला गरेर हिन्दूराष्ट्र स्थापना गर्छु भन्दै पशुपतिको वनकालीमा सहस्र रुद्रचण्डी अखण्ड महायज्ञ गरेका थिए ।

शाही शासन टिकाउन उनले २०५९÷६० को अवधिमा थुप्रै यज्ञ र तन्त्रमन्त्र गरेका थिए । जसमा ज्ञानेन्द्र शाह स्वयम् पनि उपस्थित हुन्थे । राजशत्रु नास गर्न नागार्जुन दरबारमा एक हजार एक सय किलो खोर्सानीको होम गरेका कालीबाबा ज्ञानेन्द्रकै भाकल पूरा गर्न हेलिकप्टरमा कैलाश मानसरोवर पुगेका थिए ।

सङकटकालमा राजतन्त्रको स्थायित्वका लागि खोटाङको हलेसी ताप्लेजुङको पाथीभरा र गोर्खा दरबारमा तान्त्रिक पूजापाठ गर्ने पनि कालीबाबा नै थिए । गोर्खाको गोरखकाली मन्दिरमा उनले ११ जेठ २०६१ देखि ११ दिन गरेको होममा ज्ञानेन्द्र शाह उपस्थित थिए भने पाथीभरामा गरिएको नौदिने होममा तत्कालीन युवराज पारस सामेल भएका थिए ।

Tags: #कालीदास बाबा

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

ओलीलाई गगनले दिए गतिलो जवाफ,निर्वाचन सफल बनाउने

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.