NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता मङ्लबार असार १७ , २०८२
विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ? मङ्लबार असार १७ , २०८२
युक्रेन जित्न रुसले सुरु गर्यो अन्तिम लडाई, सुमीमा पठायो ५० हजार सेना  मङ्लबार असार १७ , २०८२
Next
Prev

समाचार

कुलमान योजना : चामल बेचेर आफू भोकै ! १८ गाउँ अझै अन्धकार

बुधबार भदौ ५ , २०८१
Reading Time: 1 min read
A A
Advertisement
प्रसारण लाइनको अभावमा विद्युत् खेर गइरहेको छ – निर्देशक घिसिङ
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ भदौ , काठमाण्डौ ।

नेपाल विद्युत् प्राधिकरणका निर्देशक कुलमान घिसिङले वार्षिकोत्सवको अवसरमा प्राधिकरणका उपलब्धिहरू फेहरिस्त लगाए । उपलब्धिहरूको सूचीमध्येको एक थियो, एक वर्षमा एक हजार मेगावाटभन्दा बढी विद्युत् भारत निकासी गर्न सफल हुनु । नेपालले सन् १९७१ देखि भारतबाट विद्युत् आयात गर्न सुरु गरेको थियो । त्यसको एक वर्षपछि नै नेपालले भारतलाईविद्युत् बेच्न थालेको हो ।

तर, त्यसयता निरन्तर रूपमा घाटा बेहोर्दैआएको प्राधिकरण पछिल्ला वर्षहरूमा भने उक्सिँदै आएको छ । झन्, गत आर्थिक वर्षमा त प्राधिकरणले झन्डै सवा १२ करोड नाफा निकालेको छ । प्राधिकरणको विद्युत् आयात–निर्यातको तथ्यांक हेर्दा उसले गत आर्थिक वर्षमा १६ अर्ब ८१ करोड तीन लाख रुपैयाँको विद्युत् आयात गर्दा १६ अर्ब ९३ करोड २६ लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको हो ।

Advertisement

यसरी हेर्दा बिजुली बेचेर प्राधिकरणलाई १२ करोड २३ लाख रुपैयाँ मुनाफा भएको देखिन्छ । अझ,भारतले बिहार र हरियाणा राज्यका लागि नेपालसँग थप २५१ मेगावाट विद्युत् खरिद गर्नेगरी सम्झौता गरिसकेको छ । त्यसका अलावा प्राधिकरणले बंगलादेशलाई ४० मेगावाट विद्युत् बिक्री गर्नेगरी सहमतिसमेत गरिसकेको छ । तर, वर्षायाममा बिजुली बेच्न सक्ने क्षमता बनाएको नेपालले अझै पनि सुख्खा याममा भारतकै भरपर्नुपर्ने अवस्था छ ।

वर्षायाममा सात सय मेगावाटभन्दा बढी बिजुली निर्यात गर्ने अवस्थामा प्राधिकरण पुगेको छ । हुन त उत्पादनमा वृद्धि गर्दै लान सकेमा भारतलाई आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् बेच्ने परिकल्पना पनि साकार होला !यसरी बढीभन्दा बढी विद्युत् निर्यात गर्न सकेको प्राधिकरणले ठूलो उपलब्धि ठानेको छ। आर्थिक रूपमा यसलाई ठूलै प्रगति मान्न सकिए पनि प्राधिकरणले स्वदेशी माग भने अझै पूरा गर्न सकेको छैन् ।

अरूतिर बिजुली बेचिरहेको प्राधिकरणले नेपालका ७५३ स्थानीय तहमध्ये १८ तहमा अझै विद्युत्को पहुँच पु¥याउन सकेको छैन् । कोशी प्रदेशको १४ जिल्लामध्ये सोलुखुम्बु र संखुवासभाका कतिपय गाउँ अन्धकारमा छन् । ती नेपालका झिलिमिलि बत्ती मुनिका अध्यारा गाउँ हुन् । बिजुलीको पहुँचमा नरहेका १८ पालिकाका बासिन्दामध्ये कतिले लघु जलविद्युत् र सौर्य ऊजाएबाट विद्युत् उपभोग गरिरहेको प्राधिकरणको तथ्यांक छ ।

कुल जनसंख्याको ९९ प्रतिशतमा विद्युतको पहुँच पु¥याएको दाबी गरेका प्राधिकरण प्रमुख कुलमान घिसिङले चालु आर्थिक वर्षभित्रमा सबै नेपालीको घरमा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पु¥याउने नेपाल सरकारको घोषणालाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् । प्रसारण पूर्वाधार निर्माणमा ध्यान दिएर देशैभरि उज्यालो छर्ने काममा प्राधिकरणले कहिले सफलता पाउला । त्यो भने हेर्न बाँकी नै छ ।

वार्षिकोत्सवमै क्रममा कुलमानले प्राकृतिक र प्राविधिक कारण यदाकदा बिजुली आउने÷जाने गरे पनि लोडसेडिङ अब इतिहास भइसकेको बताएका थिए । प्राधिकरणले २०७३ मा तिहारको लक्ष्मीपुजाको दिनदेखि काठमाडौं उपत्यकामा र २०७५ वैशाखदेखि देशभर लोडसेडिङ अन्त्य गरेको थियो । तर, अहिले पनि उद्योगी–व्यवसायीहरूको ‘अघोषित्’ रूपमा लोडसेडिङको सामना गर्नुपरिरहेको गुनासो आउन छाडेको छैन् ।

अझ ट्रंक लाइन र डेडिकेटेड लाइनको विवादले गर्दा विद्युत् प्राधिकरण र उद्योगीहरूबीचको टकराव उत्कर्षमा छ । निजी क्षेत्रले बनाएका साना, ठूला जलविद्युत आयोजनाको विद्युत प्राधिकरणले भारतमा बेच्न पाएको हो । प्राधिकरण आफ्नै उत्पादन निकासी गर्ने अवस्थामा छैन। अब निकासी बढाउन र उत्पादनमा वृद्धि गर्नुका साथै प्रसारण पूर्वाधार निर्माणको पनि आवश्यकता छ ।

निकासीका लागि सक्षम नभइकन जनतालाई नै अध्यारोमा राखेर हामीले विद्युत् निकासी गर्न थाल्यौं भनेर ‘धाक’ लगाउनु चाँही बेकार जस्तै हो । नेपाललाई समृद्ध बनाउन केही प्रमुख आधारमध्ये विद्युत्, प्रमुख आधार हो। विद्युत निकासीले व्यापार घाटा काम गर्नेमात्र नभएर विदेशी मुद्रा आर्जनमा पनि ठूलो टेवा पु¥याउँछ ।

विद्युत् निर्यात गरेर देश धनी भएको दिन कहिले आउला ? त्यो दिन सबै नेपालीको चाहना छ । तर त्यसका लागि ठूलो लगानी आवश्यक छ। लगानीको त्यो आशा भने विश्व बैंक र एसियाली विकास बैंकले पूरा गरि दिने अपेक्षा गरिएको छ ।

Tags: #कुलमान#भारतलाई बिजुली

लोकप्रीय

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२

विचार

थप समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास
ताजा समाचार

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो
अन्तर्राष्ट्रिय

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता
ताजा समाचार

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
के अब एमालेमा ‘मदनको नीति, विद्याको नेतृत्व’ आउने हो ?
राजनीति

विद्याको लक्ष्य देशको पहिलो महिला प्रधानमन्त्री, के संभव छ ?

मङ्लबार असार १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

World News: सहयोग नपाए Ukraineले ६ महिना मात्र यु*द्ध थेग्ने, फोर्डोमा फेरि निर्माणकार्य सुरु

00:17:11

World News: ट्रम्प–नेतन्याहुविरुद्ध ‘फतवा’ जारी, थप आक्रमण नगर्ने भए इरानले वार्ता गर्ने

00:18:28

World News: Iranमा Americaले ब*म नखसालेको खुलासा,भोकले ६६ जनाको मृ*त्यु || Nepal Times

00:16:54

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

पुटिन र सी बीच भेट, के भयो कुरा ?

पुटिन र सीको दबदबा बढ्ने, चीनको नयाँ ब्लाकआउट बम

सोमवार असार १६ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

विराटनगरमा डेढ अर्बको कर काण्डःप्रतिष्ठित व्यापारी जेलको छिँडीमा

मङ्लबार असार १७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्या भण्डारीले पूर्वराष्ट्रपतिका सबै सुविधा त्याग्ने

सोमवार असार १६ , २०८२

हालका पोस्टहरू

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

आमाको मिर्गौला र अस्पताल तयार,तर अल्झियो कैलाशको सास

मङ्लबार असार १७ , २०८२
पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

पाकिस्तान बन्यो संयुक्त राष्ट्र सुरक्षा परिषदको अध्यक्ष, भारत आगो

मङ्लबार असार १७ , २०८२
रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

रामहरिको चालबाट मन्त्री पनि रुष्ट, थाहै नदिइ विधेयक दर्ता

मङ्लबार असार १७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.