६ भदौ , एजेन्सी ।
इन्डियन प्रिमियर लिग (आइपिएल) बाट भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले निकै नाफा कमाएको रिपोर्ट सार्वजनिक भएको छ । बीसीसीआईले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२३ बाट ५१२० करोड भारू अतिरिक्त आम्दानी गरेको छ ।
इकोनोमिक टाइम्सको रिपोर्टका अनुसार आईपीएल २०२२ को तुलनामा २३६७ करोडको अतिरिक्त आम्दानी गरेको हो । आईपीएल २०२३ बाट बीसीसीआईको कुल आम्दानी ११,७६९ करोड थियो, जुन वार्षिक ७८ प्रतिशतले बढेको छ ।
बीसीसीआईको २०२२–२३ को वार्षिक प्रतिवेदन अनुसार खर्च पनि ६६ प्रतिशतले बढेर ६६४८ करोड पुगेको छ । प्रतिवेदनले नयाँ मिडिया सर्वाधिकार र प्रायोजन सम्झौताले आम्दानी बढेको बताएको छ । नयाँ मिडिया सर्वाधिकार सम्झौता २०२३–२७ चक्रको लागि ४८,३९० करोड रुपैयाँको छ ।
यो आईपीएल २०२३ बाट सुरु भएको थियो । डिज्नी स्टारले २०२१ मा २३,५७५ करोड (२०२३–२७ को लागि)मा टिभी सर्वाधिकार पाएको छ । जिओ सिनेमाले २३,७५८ करोडमा डिजिटल सर्वाधिकार पाएको छ । आईपीएलको उपाधि अधिकार टाटा सन्सलाई २५ सय करोडमा बेचेको थियो ।