×

NEPAL TIMES UPDATES

Playing
झापामा रास्वपाले सोत्तर पार्याे, पाँचै क्षेत्रमा अग्रता,२ अध्यक्ष नै पछि || Nepal Times
Mar 06, 2026
Playing
समानुपातिकमा पनि रास्वपाको छलाङ, कांग्रेस पछ्याउदै, एमाले चौथो || Nepal Times
Mar 06, 2026
Playing
कसरी ढले पुराना दलका गढ र लालकिल्लाहरु ? || Nepal Times
Mar 06, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-22-2082 || Nepal Times
Mar 06, 2026
Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026

टिकटकमा अश्लीलता प्रदर्शन नहुने ग्यारेन्टी कसले दिन्छ ?

७ भाद्र २०८१

७ भदौ ,विराटनगर , काठमाण्डौ , एजेन्सी ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् बैठकले २०८० कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । चिनियाँ भिडियो टिकटक सामाजिक सद्भाव बिगार्न उद्यत रहेको आक्षेपसहित त्यसबेला सरकारले टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । तर, त्यसबेला टिकटक बन्द गर्ने नेपाल एक्लो देश थिएन ।

अरू देशहरूले पनि धमाधम टिककटमाथि प्रतिबन्ध लगाउँदै थिए । भारत, अष्ट्रेलिया, बेल्जियम, क्यानडा, नर्वे, न्यूजिल्यान्ड, डेनमार्क लगायतका २७ वटा जति देशले पनि त्यतिबेला टिकटक बन्द गरेका थिए । ती देशहरूले डाटा सुरक्षाको कारण देखाउँदै टिकटकमा प्रतिबन्ध लगाएका थिए । जुन आज पनि जारी छ ।

नेपालले भने सामाजिक सद्भाव बिगार्ने, अश्लीलता प्रदर्शन गर्नेलगायत विविध कुराहरू औंल्याउँदै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । टिकटक बन्द गर्नुअघि टिकटक प्रतिनिधिसँग छलफल गरेको थियो । गत वर्षको कात्तिक १७ गते गृह मन्त्रालयमा भएको छलफलमा टिकटकको सिंगापुरस्थित मुख्यालयका प्रतिनिधिसहित बसेको छलफल पनि समस्या बढिरहेको भन्दै सरकारले देशभरि टिकटक नचल्ने गरी निर्णय ग¥यो ।

सरकारको निर्णयपछि विभिन्न इन्टरनेट प्रदायकहरूले टिकटक नचल्ने बनाए । नेपालमा प्रतिबन्ध लागेपछि टिकटकले पटकपटक प्रतिबन्ध फुकुवाका लागि नेपाल सरकारलाई आग्रह गर्दै आएको थियो । तर, सरकारले उनीहरूको सुनेन । टिकटक बन्द भएपछि टिकटक प्रयोगकर्तासहित धेरैले सरकारको निर्णयको आलोचना र स्वागत दुवै गरे ।

अश्लीलता प्रदर्शन गरेर डलर कमाउनेहरू सरकारको निर्णयसँग सन्तुष्ट थिएनन् । कतिपयले सरकारको निर्णयप्रति सन्तुष्ट देखिँदा कतिपय संविधानले प्रदान गरेको अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकविपरीत भएको टिकाटिप्पणी गरे । करिब नौ महिनासम्म नेपालमा टिकटक बन्द भयो । त्यसबीचमा टिकटकबाट मनोरञ्जन लिने र टिकटकबाट ज्ञान हासिल गर्ने, व्यापार प्रबद्र्धन गर्दै यसको सदुपयोगहरुलाई बेफाइदा भयो ।

केही इन्टरनेट सेवा प्रदायकहरूको डाटा प्याकेज बिक्री हुन कम भयो भने कतिले लाइभमा बसेर डलर माग्न पाएनन् । कतिले भने टिकटकबाट भएको आम्दानी झिक्नै नपाएको पनि गुनासो गरे । सरकारले सेवा प्रदायकहरूमार्फत लगाएको प्रतिबन्ध छल्न ‘भीपीएन’ को माध्यमबाट टिकटक प्रयोग गर्ने नेपाली प्रयोगकर्ताहरू उत्तिकै थिए ।

जसले गर्दा नेपालले खपत गर्ने ‘अन्तर्राष्ट्रिय ब्यान्डविथ’ बढ्न पुगेको र त्यसबाट नेपालीको मुद्रा बाहिरिइरहेको पनि थियो । कयौ ब्यक्तिहरुलाई कलाकार बनाएको टिकटक प्रतिबन्धले नवप्रतिभाको आगमनलाई पनि असर पारेको कतिपयको दुखेसो थियो । यसैले धरैले टिकटकमा विकृतिहरू थिए भने सरकारले बन्द गर्नुको साटो नियमन गर्न सक्नुपर्थ्यो भन्ने सुझाव दिएका थिए ।

तर, अब टिकटक खुल्ने भए पछि उनीहरूलाई फाइदा पुग्ने भएको छ । सँगसँगै टिकटकको भरोसामा आफ्नो व्यापार–व्यवसाय विस्तार गरिरहेकालाई टिकटकमाथिको प्रतिबन्ध फुकुवाले फाइदा पुग्ने छ । टिकटकबाट ज्ञान–विज्ञानका कुरा सिक्नेहरूलाई अनि विशेषगरी टिकटकमा रचनात्मक रूपमा काम गर्ने र यसको सदुयोग गर्ने जोसुकैलाई पनि फाइदा पुग्ने छ ।

नौ महिनापछि सरकारले टिकटकमाथि लगाइएको प्रतिबन्ध केही सर्तहरू राखेर खोल्ने निर्णय गरेको छ । सरकारले हालै पारित गरेको सामाजिक सञ्जाल सञ्चालन निर्देशिकाको पालना र अन्य चार सर्तसहित टिकटकमाथि लगाइएको प्रतिबन्ध खुला भएको हो ।निर्देशिका सबै सामाजिक सञ्जालका लागि लागू हुने र टिकटकले उक्त निर्देशिकाबाहेक पनि चार सर्तहरु पूरा गर्नुपर्ने छ ।

टिकटकले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग गर्नुपर्ने, डिजिटल सुरक्षा साक्षरताका लागि लगानी गरी नेपाली नागरिकको साक्षरता दर बढाउन मद्दत गर्नुपर्ने, सार्वजनिक शिक्षालाई गुणस्तरीय बनाउनका लागि सहयोग गर्नुपर्ने र सामाजिक सञ्जालमा प्रयोग हुने भाषामा संवेदनशीलता अपनाउनुपर्ने सर्त राखिएको छ ।

नेपालमा टिकटकमाथिको प्रतिबन्ध फुकुवा गर्ने निर्णयको स्वागत गर्दै टिकटकले आफूहरू उत्साहित भएको जनाएको छ । टिकटकको रचनात्मकता र जोशले नेपाली घरपरिवारमा आनन्दको सञ्चार गर्नुका साथै प्रतिभाशाली क्रियटर र व्यवसायहरूका लागि महत्त्वपूर्ण अवसरको ढोका खोलेको जनाएको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top