×

NEPAL TIMES UPDATES

Playing
World News: इरानलाई कतारको चेतावनी, आत्मसमर्पण गर्न IRGCलाई ट्रम्पको धम्की || Nepal Times
Mar 07, 2026
Playing
‘मधेसी छौरा पिएम वन्नेवाला एैला’ || Nepal Times
Mar 07, 2026
Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026

मुस्ताङमा हिमपहिरो, ९ परिवारले घर छाडे

७ भाद्र २०८१

७ भदौ , काठमाण्डौै ।

सोलुमा हिमताल फुटेर २० घर बगाएको एक सात नबित्दै मुस्ताङमा हिमपहिरो खसेको छ । पहिरोले स्थानीय बोक्सी खेला थुनेकाले स्थानीयले सर्तकता अपनाउन भनिएको छ। अहिलेसम्म ९ परिवारले घर छाडिसकेका छन् ।

मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर–२ स्थित कोबाङमा हिमपहिरोका कारण बोक्सीखोला थुनिएको छ । पहिरोका कारण बोक्सीखोलाको ८० प्रतिशत बहाव रोकिदिएको मुस्ताङका डीएसपी भोजराज पाण्डेयले बताएका छन् ।

पहिरोले रोकेको पानीका कारण ठुलो ताल नबनेको तर, पहिरोमा पानी सोसिएर बसेको उनले बताएका छन् । नदी रोकिएको ठाउँभन्दा तल रहेका ९ घर परिवारलाई त्यहाँबाट सुरक्षित स्थलमा सारिएको छ भने सम्भावित दुर्घटनाबारे सचेतना अपनाउन स्थानीयलाई आग्रह गरिएको छ ।

थासाङ गाउँपालिका २ स्थित कोबाङको बोक्सिखोलामाथि हिम पहिरो आएर खोला थुनिएको भन्दै जिल्ला प्रशासन कार्यालयले आसपासका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गरेको छ । धौलागिरी हिमश्रृंखलाको मानापानी हिमालमा हिमपहिरो गएको हो ।

गाउँपालिकाका प्रवक्ता गौतम शेरचनका अनुसार मानापानी हिमालमा गएको हिमपहिरो मूलकर्ख हुँदै छिप्लुङसम्म आइपुगेको छ । ‘यो हिउँदमा चौरी र वर्षामा गाइचरण हो’, उनले भने, ‘मानवीय क्षति त छैन, गाईहरुलाई केही भयो कि भन्ने छ ।’ हिमपहिरोले थुनिएको बोक्सीखोला तल गएर कालीगण्डकी नदीमा मिसिन्छ ।

मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामप्रसाद सुवेदीका अनुसार प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा टोली गएको छ । एक साता अघि मात्रै सोलुखुम्बुमा हिमताल विष्फोट हुँदा थामेका २० घर बगेका थिए भने ४ दर्जन घरपरिवार विस्थापित भएका थिए । जलवायु परिवर्तनका कारण उच्च गर्मी भएका कारण हिमताल फुटेको विज्ञहरुले बताएका छन् ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top