NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने सोमवार मंसिर २२ , २०८२
४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण सोमवार मंसिर २२ , २०८२
प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ? सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए सोमवार मंसिर २२ , २०८२
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
Next
Prev

समाचार

ओलीले खोजेको महिला प्रधानमन्त्री आरजु होइन ?

बिहिबार भदौ १३ , २०८१
Reading Time: 1 min read
A A
ओलीले खोजेको महिला प्रधानमन्त्री आरजु होइन ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१३ भदौ , काठमाण्डौ ।
गएको भदौ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका थिए । आफू महिलाको हितका लागि जहिल्यै क्रियाशील रहेको भन्दै उनले पहिलो राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पनि आफ्नै पालामा भएको सुनाउँदै अब महिला प्रधानमन्त्री पनि बनाउन आफू इच्छुक रहेको सुनाए ।

ओलीले यस्तो बताएपछि अहिले एमालेसंगै सत्ता सहकार्य गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई जोडेर यसमा धेरैले टिकाटिप्पणी गरे । ओलीको सो भनाइ आरजुलक्षित भएको भन्दै सामाजिक संजालमा व्यापक चर्चा पनि भए ।

यद्यपी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता पुनः लिएको र पार्टीमा सक्रियता बढाउन चाहेको जस्ता खबरहरु बाहिर आएपछि अब भण्डारी पनि यात पार्टीको अध्यक्ष या एमालेबाट मुुलुकको प्रधानमन्त्री बन्ने चर्चा पनि निकै चले ।

LS Auto

तर भण्डारीलाई अहिले नै अघि बढ्न ओलीले रोकेको जस्ता परिचर्चा पनि राजनीतिक बजारमा चले । यद्यपि उनले एमाले सदस्यता लिएको अझैसम्म एमालेले स्वीकारिसकेको छैन् । यसबीच अहिले भने कांग्रेससंग आधा आधा कार्यकाल बाड्ने सहमतिमा प्रधानमन्त्री बनेका ओलीले महिला प्रधानमन्त्रीको कुरा उठान गरेपछि नयाँ बहस सुरु भएको छ।

जसअनुसार पार्टीमा समेत दुई महामन्त्रीले ल्याएको ’एक्जिट पोलिसी’ प्रस्तावले २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाइने वहसलाई लक्षित गर्दै ओलीले देउवाको साटो आरजुलाई प्रधानमन्त्रीमा सिफारिस गर्न लागेका त होइनन् भन्ने अड्कलबाजी सुरु भएको हो ।

ओलीको यो कदमलाई कतिपयले कांग्रेसभित्र खेल्न खोजेको रुपमा पनि अथ्र्याएका छन् । यता कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भने ओलीले भने पनि आफू प्रधानमन्त्री बनिहाल्ने स्थिति नरहेको बताएकी छिन् ।

यद्यपी उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएकी छिन् । धनगढीमा पत्रकार सम्मेलनमा अबको प्रधानमन्त्रीमा तपाईंको चर्चा छ नि भन्ने पत्रकारहरूको जिज्ञासामा परराष्ट्रमन्त्री राणाले महिला प्रधानमन्त्रीको चर्चा चल्नु स्वभाविक भएको र सो आवाज प्रधानमन्त्री ओलीले उठाएकोमा धन्यवाद दिइन् ।

‘नेपाली कांग्रेस अनुशासनमा बस्ने पार्टी हो । प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नु पर्छ,’ मन्त्री राणाले भनिन्, ‘संसदीय दलको नेता सभापति शेरबहादुर देउवा हुनुहुन्छ, दुई दलीय सहमति अनुसार उहाँ नै भावी प्रधानमन्त्री बन्नुहुन्छ।’

बाहिर चर्चा चलेजस्तो आफू अहिल्यै नै प्रधानमन्त्री बन्ने सम्भावना कम रहेको बताउँदै परराष्ट्रमन्त्री राणाले भनिन्, ’प्रधानमन्त्रीमा उहाँकै पार्टीका महिला बन्नुहोला, महिला प्रधानमन्त्री बन्ने विषयमा भने म खुशी छु । प्रधानमन्त्री ओलीजीले आवाज उठाई दिनुभो फेरि पनि धन्यवाद छ।’ उनले भनेकी छन् ।

यसअघि ओलीले गत शनिबार काठमाडौंमा भएको युथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै उनले महिला प्रधानमन्त्री बनाउन तयारी गर्नुपर्ने बताएका थिए । ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ ।

दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न मुश्किल हुन सक्छ, छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको छु’, उनले भनेका थिए । ‘म कमसे कम यस्तो शौभाग्यशाली मान्छे हुँ, जसले पहिलो राष्ट्रपति महिला बनायो, पहिलो प्रधानन्यायाधीश महिला बनायो, पहिलो सभामुख महिला बनायो’, उनले भने ।

नेपालमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की र पहिलो महिला सभामुख ओनसरी घर्ती हुन् । ओलीले पहिलो रक्षामन्त्री पनि आफ्नो दलबाटै बनेको भन्दै अहिले पहिलो महिला मुख्यसचिव पनि आफूले नै बनाएको बताए ।

‘अहिले भर्खरै म आउनेबित्तिकै मौका पाएँ एउटा महिलालाई मुख्य सचिव बनाइहालेँ’, प्रधानमन्त्री ओलीले भने । अहिले विदेश भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलमा महिला अनिवार्य गरेको पनि उनले बताए ।

ओलीले महिला नेतृत्व बढाउन र महिला प्रधानमन्त्रीकै बहस छेड्दा र उनको यो बहस आरजुसंग गएर जोडिँदा यसअघि असार ६ गते नेपाल महिला संघको कार्यक्रममा स्वयं काँग्रेस सभापतिले भने एमालेकी नेतृ विद्यादेवी भण्डारीजस्तै बन्न आफ्ना पार्टीका महिला सदस्यहरुलाई सुझाव दिएका थिए ।

देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जस्तै सक्षम बनेर देखाउन महिला नेतृत्वलाई सुझाव दिएका थिए । त्यतिबेला देउवाले भनेका थिए, ‘अहिले संसारभरी नै महिलाहरुको अधिकारका लागि, महिलाहरुको समावेशीकरणका लागि, समानुपातिक विकासका लागि संसारभरी नै एउटा आवाज उठेको छ।’

सभापति देउवाले भने, ‘त्यही हिसाबमा नेपालमा पनि महिला राष्ट्रपतिसमेत नेपालमा हुनुभएको छ, दुई पटक हुनुभएको छ विद्या भण्डारी जी । भोलिका दिनमा पनि यस्तै ठाउँहरु महिलाहरुले पाउनु हुनेछ । महिलाहरुले त्यस किसिमको योग्य र त्यस किसिमको सक्षम र सबै किसिमको तयारीका साथ अघि बढ्नुपर्छ।’

देउवाले सुझाव दिएका थिए । यस्तै सो बेला देउवाले प्रश्न पनि गर्दै भने,‘निर्वाचनमा अन्य पार्टीका महिला उम्मेदवारले जित्ने ? हाम्रो पार्टीका महिला हार्ने किन भइरहेको छ ? कसरी हाम्रो पार्टी भित्र जिताउने त्यसतर्फ ध्यान दिऔं । महिलाहरुलाई हाम्रो पार्टीमा अन्तरघातको रोग छ । अन्तर्घात मुक्त गराउनुपर्छ । त्यो कसरी हार्न नदिने र पार्टीलाई महिला कसरी जिताउने भन्ने किसिमको तयारी गर्नुपर्छ।’

उनले निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्न आफूसँग कुरा गरिरहेको स्पष्ट पारेका थिए ।

Tags: #ओली#ओली कांग्रेसमा#देउवा एमालेमा

लोकप्रीय

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

विचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२

थप समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने
ताजा समाचार

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?
अपराध

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए
ताजा समाचार

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

एनपीएलमा आज विश्राम, भोलि क्वालिफायर,सुदूरका २ विदेशी फर्किए

सोमवार मंसिर २२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२

हालका पोस्टहरू

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

धितो लिलाम भएको घर जग्गा अब बैंकहरुले धमाधम बेच्ने

सोमवार मंसिर २२ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

४६ अर्ब ८७ करोडको हिसाब गोलमाल, छैन् लेखा परीक्षण

सोमवार मंसिर २२ , २०८२
७० हजार जेनजी मतदाता थपिए

प्रतिनिधि सभा निर्वाचनः कसको चुनाव चिह्न कस्तो ?

सोमवार मंसिर २२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.