×

NEPAL TIMES UPDATES

Playing
अर्थमन्त्री वाग्लेले सार्वजनिक गरे श्वेतपत्र,कस्तो छ नेपालको अर्थतन्त्र ?|| Nepal Times
Apr 27, 2026
Playing
इरानले अमेरिकी सिस्टम हल्लायोः रनवे–रडार, एयरक्राफ्ट ह्यांगर सबै नष्ट, अर्बौको क्षति || Nepal Times
Apr 27, 2026
Playing
हर्क साम्पाङका नजरमा किन परे सुकुम्बासी ? || Nepal Times
Apr 27, 2026
Playing
आज मन्त्रीपरिषद्ले के के निर्णय गर्यो ? || Nepal Times
Apr 27, 2026
Playing
World News: अराघची रुसमा, होर्मुज खोल्ने र युद्ध अन्त्य गर्ने इरानी प्रस्ताव || Nepal Times
Apr 27, 2026
Playing
२१ जिल्लामा ८ हजार रोपनी सरकारी जग्गा अतिक्रमण || Nepal Times
Apr 27, 2026
Playing
नेपाली राजनीतिमा हुन्डरी ल्याएका बाहुबली बालेन ३७ वर्षमा|| Nepal Times
Apr 27, 2026
Playing
तेल संकटबाट हरित ऊर्जातर्फः चीनको रणनीतिक लाभ|| Nepal Times
Apr 27, 2026
Playing
Top 15 Afternoon News || April-27-2026 || Nepal Times
Apr 27, 2026
Playing
Israel ले घेराबन्दी गरे एर्दोगानसंग छन् यी ५ ’ब्रह्मास्त्र’ ! || Nepal Times
Apr 27, 2026

ओलीले खोजेको महिला प्रधानमन्त्री आरजु होइन ?

१३ भाद्र २०८१

१३ भदौ , काठमाण्डौ ।
गएको भदौ ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेपालमा महिला प्रधानमन्त्री बनाउन चाहेको बताएका थिए । आफू महिलाको हितका लागि जहिल्यै क्रियाशील रहेको भन्दै उनले पहिलो राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख पनि आफ्नै पालामा भएको सुनाउँदै अब महिला प्रधानमन्त्री पनि बनाउन आफू इच्छुक रहेको सुनाए ।

ओलीले यस्तो बताएपछि अहिले एमालेसंगै सत्ता सहकार्य गरेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवालाई जोडेर यसमा धेरैले टिकाटिप्पणी गरे । ओलीको सो भनाइ आरजुलक्षित भएको भन्दै सामाजिक संजालमा व्यापक चर्चा पनि भए ।

Advertisement
Advertisement

यद्यपी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको सदस्यता पुनः लिएको र पार्टीमा सक्रियता बढाउन चाहेको जस्ता खबरहरु बाहिर आएपछि अब भण्डारी पनि यात पार्टीको अध्यक्ष या एमालेबाट मुुलुकको प्रधानमन्त्री बन्ने चर्चा पनि निकै चले ।

तर भण्डारीलाई अहिले नै अघि बढ्न ओलीले रोकेको जस्ता परिचर्चा पनि राजनीतिक बजारमा चले । यद्यपि उनले एमाले सदस्यता लिएको अझैसम्म एमालेले स्वीकारिसकेको छैन् । यसबीच अहिले भने कांग्रेससंग आधा आधा कार्यकाल बाड्ने सहमतिमा प्रधानमन्त्री बनेका ओलीले महिला प्रधानमन्त्रीको कुरा उठान गरेपछि नयाँ बहस सुरु भएको छ।

जसअनुसार पार्टीमा समेत दुई महामन्त्रीले ल्याएको ’एक्जिट पोलिसी’ प्रस्तावले २ पटक भन्दा बढी प्रधानमन्त्री बन्न नपाइने वहसलाई लक्षित गर्दै ओलीले देउवाको साटो आरजुलाई प्रधानमन्त्रीमा सिफारिस गर्न लागेका त होइनन् भन्ने अड्कलबाजी सुरु भएको हो ।

ओलीको यो कदमलाई कतिपयले कांग्रेसभित्र खेल्न खोजेको रुपमा पनि अथ्र्याएका छन् । यता कांग्रेस नेतृ एवं परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले भने ओलीले भने पनि आफू प्रधानमन्त्री बनिहाल्ने स्थिति नरहेको बताएकी छिन् ।

यद्यपी उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिएकी छिन् । धनगढीमा पत्रकार सम्मेलनमा अबको प्रधानमन्त्रीमा तपाईंको चर्चा छ नि भन्ने पत्रकारहरूको जिज्ञासामा परराष्ट्रमन्त्री राणाले महिला प्रधानमन्त्रीको चर्चा चल्नु स्वभाविक भएको र सो आवाज प्रधानमन्त्री ओलीले उठाएकोमा धन्यवाद दिइन् ।

‘नेपाली कांग्रेस अनुशासनमा बस्ने पार्टी हो । प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नु पर्छ,’ मन्त्री राणाले भनिन्, ‘संसदीय दलको नेता सभापति शेरबहादुर देउवा हुनुहुन्छ, दुई दलीय सहमति अनुसार उहाँ नै भावी प्रधानमन्त्री बन्नुहुन्छ।’

बाहिर चर्चा चलेजस्तो आफू अहिल्यै नै प्रधानमन्त्री बन्ने सम्भावना कम रहेको बताउँदै परराष्ट्रमन्त्री राणाले भनिन्, ’प्रधानमन्त्रीमा उहाँकै पार्टीका महिला बन्नुहोला, महिला प्रधानमन्त्री बन्ने विषयमा भने म खुशी छु । प्रधानमन्त्री ओलीजीले आवाज उठाई दिनुभो फेरि पनि धन्यवाद छ।’ उनले भनेकी छन् ।

यसअघि ओलीले गत शनिबार काठमाडौंमा भएको युथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिँदै उनले महिला प्रधानमन्त्री बनाउन तयारी गर्नुपर्ने बताएका थिए । ‘म महिला प्रधानमन्त्री बनाउन चाहन्छु तर त्यसका लागि अलिकति तयारी गर्नुपर्छ ।

दुई महिना, तीन महिना, अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न मुश्किल हुन सक्छ, छिट्टै बनाउने तयारीका बारेमा सोचिरहेको छु’, उनले भनेका थिए । ‘म कमसे कम यस्तो शौभाग्यशाली मान्छे हुँ, जसले पहिलो राष्ट्रपति महिला बनायो, पहिलो प्रधानन्यायाधीश महिला बनायो, पहिलो सभामुख महिला बनायो’, उनले भने ।

नेपालमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की र पहिलो महिला सभामुख ओनसरी घर्ती हुन् । ओलीले पहिलो रक्षामन्त्री पनि आफ्नो दलबाटै बनेको भन्दै अहिले पहिलो महिला मुख्यसचिव पनि आफूले नै बनाएको बताए ।

‘अहिले भर्खरै म आउनेबित्तिकै मौका पाएँ एउटा महिलालाई मुख्य सचिव बनाइहालेँ’, प्रधानमन्त्री ओलीले भने । अहिले विदेश भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलमा महिला अनिवार्य गरेको पनि उनले बताए ।

ओलीले महिला नेतृत्व बढाउन र महिला प्रधानमन्त्रीकै बहस छेड्दा र उनको यो बहस आरजुसंग गएर जोडिँदा यसअघि असार ६ गते नेपाल महिला संघको कार्यक्रममा स्वयं काँग्रेस सभापतिले भने एमालेकी नेतृ विद्यादेवी भण्डारीजस्तै बन्न आफ्ना पार्टीका महिला सदस्यहरुलाई सुझाव दिएका थिए ।

देउवाले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी जस्तै सक्षम बनेर देखाउन महिला नेतृत्वलाई सुझाव दिएका थिए । त्यतिबेला देउवाले भनेका थिए, ‘अहिले संसारभरी नै महिलाहरुको अधिकारका लागि, महिलाहरुको समावेशीकरणका लागि, समानुपातिक विकासका लागि संसारभरी नै एउटा आवाज उठेको छ।’

सभापति देउवाले भने, ‘त्यही हिसाबमा नेपालमा पनि महिला राष्ट्रपतिसमेत नेपालमा हुनुभएको छ, दुई पटक हुनुभएको छ विद्या भण्डारी जी । भोलिका दिनमा पनि यस्तै ठाउँहरु महिलाहरुले पाउनु हुनेछ । महिलाहरुले त्यस किसिमको योग्य र त्यस किसिमको सक्षम र सबै किसिमको तयारीका साथ अघि बढ्नुपर्छ।’

देउवाले सुझाव दिएका थिए । यस्तै सो बेला देउवाले प्रश्न पनि गर्दै भने,‘निर्वाचनमा अन्य पार्टीका महिला उम्मेदवारले जित्ने ? हाम्रो पार्टीका महिला हार्ने किन भइरहेको छ ? कसरी हाम्रो पार्टी भित्र जिताउने त्यसतर्फ ध्यान दिऔं । महिलाहरुलाई हाम्रो पार्टीमा अन्तरघातको रोग छ । अन्तर्घात मुक्त गराउनुपर्छ । त्यो कसरी हार्न नदिने र पार्टीलाई महिला कसरी जिताउने भन्ने किसिमको तयारी गर्नुपर्छ।’

Advertisement

उनले निर्वाचनमा पार्टीबाट महिलालाई सिटको व्यवस्था गर्न आफूसँग कुरा गरिरहेको स्पष्ट पारेका थिए ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top