×

NEPAL TIMES UPDATES

Playing
Iran यु द्धबाट America ले उठायो आर्थिक फाइदा, कसरी ? || Nepal Times
Mar 11, 2026
Playing
सांसद् आइसके छैन् संसद् भवनःकहाँ हुन्छ सपथ, कहाँ बस्छ बैठक ? || Nepal Times
Mar 11, 2026
Playing
रविविरुद्धका २ मु द्दा फिर्ता लिने कि नलिने ? पूर्ण इजलासमा फैसला|| Nepal Times
Mar 11, 2026
Playing
जेनजीहरुले खोलेको दलले पानीसम्म पाएन,रास्वपा नै जेनजीमय|| Nepal Times
Mar 11, 2026
Playing
के एमाले अब ओली मुक्त हुन लागेको हो ? || Nepal Times
Mar 11, 2026
Playing
Top 15 Afternoon News || Mar-11-2026 || Nepal Times
Mar 11, 2026
Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026

फिक्सिङमा सफाइ पाएका आदिलको निलम्बन फुकुवा कहिले ?

१४ भाद्र २०८१

१४ भदौ , काठमाण्डौ।

फिक्सिङ मुद्दामा अदालतबाट सफाइ पाएका निलम्बित राष्ट्रिय क्रिकेटर आदिल आलमको फुकुवाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को निर्देशन कुर्ने भएको छ ।

क्यानको विहीबार बसेको बोर्ड बैठकले संघको अनुशासन समितीले दिएको प्रतिवेदन क्यानको इन्टिग्रीटी समितीका संयोजकमार्फत आइसीसीको एन्टी करप्सन युनिटमा पठाई त्यहाँबाट प्राप्त निर्देशन अनुसार प्रकृया अघि बढाउने निर्णय गरेको छ ।

‘म्याच फिक्सिङमा अदालतबाट सफाई पाएका निलम्बित राष्ट्रिय क्रिकेट खेलाडी आदिल आलमको निलम्बन फुकुवा प्रकृया बारे संघको अनुशासन समितिबाट प्राप्त प्रतिवेदनका सम्बन्धमा छलफल हुँदा उक्त प्रतिवेदन एवंम आवश्यक कागजातहरु क्यानको इन्टिग्रिटि समितिका संयोजक मार्फत आइसीसीको एन्टी करप्सन युनिटमा पेश गरी आइसीसीबाट प्राप्त निर्देशन अनुसार संघबाट निर्णय गर्ने सहमती गरियो,’ निर्णयमा भनिएको छ ।

गत वर्ष पुषमा सम्पन्न नेपाल टि२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेपछि आदिल नेपाली टोली र घरेलु क्रिकेटबाट निलम्बनमा थिए । आरोप लागेपछि प्रहरीद्वारा पक्राउ परेका उनीसँगै पूर्व अन्तर्राष्ट्रिय क्रिकेटर महबुब आलम र नितेश गुप्ता ३ लाख धरौटीमा रिहा भएका थिए ।

गत चैतमा जिल्ला अदालत काठमाडौंका न्यायाधीश कमलप्रसाद पोखरेलको एकल इजलासले सोमबार आरोपमा दाबी नपुग्ने भन्दै आदिलसहित सबै जनालाई स्पट फिक्सिङको आरोपबाट सफाइ दिएको फैसला सुनाएको थियो ।

अब क्यानले आइसीसीको निर्देशनपछि उनको निलम्बन फुकुवाबारे निर्णय गर्नेछ । आदिलले हालसम्म नेपालबाट ६ ओडीआई र ८ टि ट्वान्टी आई खेलेका छन् । उनले सन् २०२२ मा अमेरिकाविरुद्ध खेल्दै ओडीआईमा डेब्यू गरेका थिए । सोही वर्ष पपुवा न्युगिनीविरुद्ध त्रिवि क्रिकेट मैदानमा टि ट्वान्टी आईमा डेब्यू गरेका थिए ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top