NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ? मङ्लबार मंसिर ९ , २०८२
अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए मङ्लबार मंसिर ९ , २०८२
प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक मङ्लबार मंसिर ९ , २०८२
ओली अन्ततः चुनावमा भाग लिन तयार, दल दर्ता हुँदै, आयोग भने नमान्ने मङ्लबार मंसिर ९ , २०८२
Next
Prev

समाचार

एकनारायण अर्याल नयाँ मुख्य सचिव, ओलीको शुभकामना

शुक्रबार भदौ १४ , २०८१
Reading Time: 1 min read
A A
एकनारायण अर्याल नयाँ मुख्य सचिव, ओलीको शुभकामना
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

१४ भदौ ,काठमाण्डौ।

सरकारले मुख्य सचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गृहसचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको खानेपानीमन्त्री प्रदीप यादवले जानकारी दिए ।

हालकी मुख्य सचिव लीलादेवी गडतौला आजदेखि अनिवार्य अवकाशमा जान लागेसँगै नयाँ मुख्य सचिवमा अर्याललाई नियुक्ति दिइएको हो । निजामती प्रशासनमा सुधारवादी प्रशासकको छवि बनाएका अर्याल निर्णय क्षमतामा अब्बल सचिवका रूपमा चिनिन्छन् ।

यद्यपी उनी निजामती सेवाका सचिवमध्ये वरीयताक्रममा चौथो नम्बरमा रहेका छन् । सचिवमा सबैभन्दा वरिष्ठ राष्ट्रिय योजना आयोगका तोयनारायण ज्ञवाली, दोस्रोमा सार्वजनिक खरिद अनुगमन कार्यालयका रामकृष्ण सुवेदी र तेस्रोमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका दिनेश भट्टराई थिए ।

तर अर्याल वरीयतामा चौथो थिए । उद्यपि उनी नेतृत्वदायी भूमिकामासमेत अग्रणी मानिने प्रष्ट प्रोफेसनल कर्मचारी मानिन्छन् । नेतृत्वमा उनको आगमनसँगै सार्वजनिक प्रशासनमा केही सुधारको अपेक्षा राजनीति र प्रशासन क्षेत्रबाट गरिएको छ ।

२०२४ मंसिर १० मा स्याङजामा जन्मिएका अर्यालले करिब १५ महिना मुख्यसचिव पद सम्हाल्नेछन । अर्याल २०४६ माघमा नायव सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका थिए । खुला प्रतिस्पर्धाबाट २०५१ साउनमा अधिकृत बनेका उनी आन्तरिक प्रतिस्पर्धाबाट २०५८ मा उपसचिव र २०६७ मा सहसचिव भएका थिए ।

सचिवमा भने उनी २०७६ फागुनमा बढुवा भएका थिए । भ्रष्टाचार मुद्दाले तत्कालीन मुख्यसचिव डा. वैकुण्ठ अर्याल निलम्बनमा परेपछि नै मुख्यसचिवमा अर्याल चर्चामा थिए । बीचमा एक महिना कार्यकाल रहेकी लीलादेवी गड्तौलालाई सरकारले मुख्यसचिव बनायो ।

अहिले उनको कार्यकाल सकिने अन्तिम प्रहरमा सरकारले अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो । अर्यालले अब करिब दुई वर्ष मुख्यसचिवका रूपमा कार्य गर्नेछन । विद्यमान निजामती सेवा ऐनले निजामती कर्मचारीको उमेरहद ५८ वर्ष तोकेको छ ।

मुख्यसचिवको कार्यकाल तीन वर्ष हुने भए पनि विद्यमान कानुनी व्यवस्थाअनुसार उमेरहदका कारण आफू करिब दुई वर्ष मुख्यसचिवमा बहाल रहने अर्यालले बताए । मन्त्रिपरिषद्बाट मुख्यसचिवमा नियुक्तिको निर्णयपश्चात् अर्यालले पदमा रहँदा सुधारका अधिकतम प्रयास गर्ने प्रतिक्रिया दिएका छन ।

‘निजामती प्रशासनमा सुधार गर्दै सेवालाई प्रविधिमैत्री र सेवाग्राहीमैत्री बनाउने मेरो योजना छ,’ उनले भने, ’संघीय निजामती सेवा ऐनलाई यथाशीघ्र जारी गर्ने प्रयत्न पनि गर्नेछु ।’ ३० फागुन ०८० देखि गृहसचिवका रूपमा कार्यरत अर्याल त्यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र संघीय मामिला तथा सामान्य मन्त्रालयमा सचिवका रूपमा कार्यरत थिए ।

काठमाडौंसहित तनहुँ र मकवानपुरको प्रमुख जिल्ला अधिकारी, काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत (सचिव) र कोलकाताको महावाणिज्य दूतलगायतका महत्वपूर्ण जिम्मेवारीमा समेत रहेर काम गरेको अनुभव अर्यालसँग छ ।

यसैबीच नेपाल सरकारको मुख्य सचिवमा नियुक्त भएपछि अर्याललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । आफ्नो सामाजिक सञ्जालमार्फत् बधाई दिँदै उनले नागरिकलाई सेवा प्रवाह गर्न, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त बनाउन मुख्यसचिव अर्याललाई सुझाव दिएका हुन्।

प्रधानमन्त्री ओलीले हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जवाफदेही बनाउन, तत्काल गुनासो सुन्न र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाई गर्न मिल्नेगरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउन पनि सुझाव दिएका छन् ।

उनले लेखेका छन्, ‘सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठूलो भूमिका हुन्छ। सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो।’ सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नु पर्छ ?

विकास निर्माणका आयोजनाहरु किन ढिलाइ भइरहेका छन् ? यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न सहयोग पुग्ने पनि प्रधानमन्त्री ओलीले सुझाएका छन् ।

उनले लेखेका छन्, ‘हामीसँग सबै क्षेत्रका गरी करिब चार लाख (निजामती , शिक्षक ,सुरक्षा) राष्ट्र सेवक कर्मचारी छन्। कार्यसम्पादनमा उहाँहरूको सफलताले नागरिकमा सन्तुष्टि आउँछ, कामहरू अघि बढ्छन् र देश सफल हुन्छ।

यस कामका लागि सफलता मिलोस् भन्ने कामना गर्दछु। सबै कर्मचारी जागिरे मात्र होइनन्, नागरिकका सेवक हुन्। राष्ट्रसेवाका लागि सफलता मिलोस्, शुभकामना!!’

Tags: #एकनारायण अर्याल#मन्त्रिपरिषद् बैठक#मुख्य सचिव

लोकप्रीय

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

विचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२

थप समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?
ताजा समाचार

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन
अन्तर्राष्ट्रिय

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप
ताजा समाचार

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक
अन्तर्राष्ट्रिय

अमेरिकी–रुसी प्रतिनिधिबीच यूएईमा वार्ता, युक्रेनले पनि भन्यो सकारात्मक

मङ्लबार मंसिर ९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

World News: बंगलादेशमा भूक*म्पमा ६ को मृ*त्यु, पाकिस्तानमा वि*स्फो*ट*मा १५ मा*रि*ए || Nepal Times

00:20:06

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
राजस्थानसम्म पुगेका थिए दुर्गा प्रसाईँ, आरएसएसले दिएन आश्रय

दुर्गा प्रसाईं समूहको धम्की पत्र र चन्दा आतंक

शुक्रबार मंसिर ५ , २०८२

हालका पोस्टहरू

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

चुनावको तीन महिनाअघि नै सेना परिचालन किन ?

मङ्लबार मंसिर ९ , २०८२
बलिउड अभिनेता धर्मेन्द्रको निधन

अमिताभ बच्चन र शत्रुघ्न सिन्हाले धर्मेन्द्रलाई यसरी सम्झिए

मङ्लबार मंसिर ९ , २०८२
शुशीला कार्की सरकारविरुद्ध गम्भीर आरोप

प्रत्येक १० मिनेटमा एक महिलाको हत्या, सबैभन्दा बढी घरमै

मङ्लबार मंसिर ९ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.