NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि….. बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने बुधबार कार्तिक १२ , २०८२
सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक बुधबार कार्तिक १२ , २०८२
‘मोन्था’ आँधी नेपालसम्मःभोलिदेखि कोशी र मधेसमा भारी वर्षा बुधबार कार्तिक १२ , २०८२
Next
Prev

समाचार

चीनमा पढ्दै गरेकी पलेशा, जसले ६ महिनाको छुट्टी लिएर नेपाललाई दिलाइन् ऐतिहासिक पदक

शनिबार भदौ १५ , २०८१
Reading Time: 1 min read
A A
चीनमा पढ्दै गरेकी पलेशा, जसले ६ महिनाको छुट्टी लिएर नेपाललाई दिलाइन् ऐतिहासिक पदक
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ भदौ, विराटनगर ।

अन्ततः ओलम्पिकमा पदक जित्ने नेपालको लक्ष्य पूरा भएको छ । फ्रान्सको राजधानी पेरिसमा जारी पेरिस पाराओलम्पिक–२०२४ मा पलेशा गोबद्र्धनले कास्य पदक जितेसँगै ओलम्पिकमा पदक जित्ने नेपालको सपना पूरा भएको हो ।

तेक्वान्दोकी पलेशाले पारालिम्पिकमा नेपाललाई ऐतिहासिक कास्यपदक दिलाएकी हुन् । शुक्रबार राति भएको के–४४ वर्गअन्तर्गत महिला ५७ केजीमुनिको स्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी हुन् ।

LS Auto

शुक्रबार बिहान भएको पहिलो चरणको खेलमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१–० ले पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएकी थिइन् । तर, शुक्रबार साँझतिर भएको क्वार्टरफाइनलमा ब्राजिलकी सिल्भाना फर्नान्डेससँग १०–८ ले पराजित भएकी थिइन् ।

दोस्रो चरणमा पराजित भएका कारण उनले रिपाचेजमा मौका पाइन् । जसमा फ्रान्सकी सेफी कार्भजनलेलाई २–१ ले पराजित गर्दै उनले कास्य नजिक पुगेकी थिइन् । र, कास्यका लागि भएको भिडन्तमा पलेशाले सर्बियाका मारिजा मिचेभलाई पराजित गरिन् ।

योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन् । नेपालले सन् २००४ को एथेन्ज पारा ओलम्पिकदेखि पारालिम्पिकमा सहभागिता जनाउन थालेको हो । त्यसयता नेपालले पाराओलम्पिकमा कुनै पनि ‘मेडल’ जित्न सकेको थिएन ।

त्यसबाहेक अरू ओलम्पिकमा पनि नेपालले अहिलेसम्म पदक जित्न सकेको थिएन । समग्रमा सन् १९६४ देखि ओलम्पिक खेल्न थालेको नेपालले मेडल जित्न ६० वर्ष नै कुर्नुपरेको थियो । हुन त सन् १९८८ को सोल ओलम्पिकमा नेपालका विधान लामाले पदक जितेका थिए । तर त्यो बेला तेक्वान्दो प्रदर्शनी खेल मात्र भएकोले उनको पदकले मान्यता पाएन । हालसम्म १६औं पटक ओलम्पिकमा सहभागिता जनाएको नेपालको मेडल विवरण शून्य थियो ।

तर, २१ वर्षीय पलेशाले कास्य पदक जित्दै नेपाललाई ओलम्पिकमा पहिलो मेडल दिलाएकी हुन् । १० वर्षको उमेरदेखि तेक्वान्दो खेल्न थालेकी पलेशा २०१६ मा पारा राष्ट्रिय टिममा आबद्ध भएकी थिइन् । त्यसयता उनले विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइसकेकी छन् ।

गत चैतमा चीनको ताइयानमा भएको पारालिम्पिकको एसियाली छनोट प्रतियोगितामा उनले स्वर्णपदक जित्दै पेरिस पारालिम्पिकमा छनोट भएकी हुन् । छनोट चरण पार गर्दै पारालिम्पिक खेल्ने पलेशा पहिलो नेपाली खेलाडी हुन् । उनी चीनमा भएको १९औँ एसियाली खेलकुदकी पनि ऐतिहासिक कास्य पदक विजेता हुन् ।

पारा तेक्वान्दो, जोर्डनमा २०१९ मा भएको पाँचौँ एसियाली पारा खुला तेक्वान्दो र २०१९ मै टोकियो पारालिम्पक गेम्सको टेस्ट इभेन्टमा पाँचौँ स्थान हासिल गरेकी थिइन् । यसैगरी सन् २०१९ मा टर्कीमा भएको आठौँ विश्व पारा तेक्वान्दोमा नवौँ स्थान हासिल गरेकी पलेशाले साउदी अरबियामा भएको विश्व पारा तेक्वान्दो ग्रान्ड प्रिक्समा पनि सहभागिता जनाएकी थिइन् ।

टोकियो पारा ओलम्पिकमा पनि उनले आफ्नो स्पर्धामा दुई बाउट जितेर गतिलो चर्चा बटुलेकी थिइन् । पलेशा करिब एक महिना बेलायतको म्यानचेस्टरमा वैदेशिक प्रशिक्षण गरेर पेरिस पारा ओलम्पिकमा सहभागी भएकी हुन् ।

पलेशाले चीनमा आर्किटेक्चर अध्ययन गरिरहेकी छन् र प्रशिक्षणका लागि ६ महिनाको बिदा लिएकी छन् । उनले लामो समयदेखि सातदोबाटो खेलकुद कम्प्लेक्समा तालिम गरिरहेकी छन् । मार्सल आर्टस्मा सधैँ रुचि राखेकी उनले आमाबुबाको पनि सधैँ साथ पाइन् । स्कुले जीवनमा अवसर पाएपछि उनले तेक्वान्दो खेलको अभ्यासलाई निरन्तरता दिइरहेकी छन् ।

पाराओलम्पिकमा पदक जितेसँगै पलेशाले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार पाउने छिन् । राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार पारालिम्पिकमा व्यक्तिगततर्फ स्वर्ण जित्नेलाई एक करोड ३० लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था गरिएको छ ।

यस्तै, रजत जित्नेलाई ९७ लाख र कांस्य जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ । यही व्यवस्थाअनुसार पलेशाले ६५ लाख रुपैयाँ सरकारबाट प्राप्त गर्ने भएकी हुन् । यस्तै, पलेशाका प्रशिक्षक कविराज नेगी लामाले पाँच लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । नेपाल तेक्वान्दो संघले भने ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

यसबीचमा पलेशालाई राष्ट्रपति रामचन्द्र पौडेलले बधाई दिएका छन् । फरक क्षमता भएर नेपाली खेलकुदमा आफूलाई अब्बल दर्शाएको भन्दै राष्ट्रपति पौडेलल् पलेशाले जितेको कांस्य पदक नेपाल र नेपालीको लागि गर्वको विषय रहेको बताएका छन् ।

Tags: #पलेशा #पदक #पाराओलम्पिक

लोकप्रीय

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२

विचार

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२

थप समाचार

आज दुई प्रदेशमा वर्षा र हिमपात
ताजा समाचार

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..
ताजा समाचार

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने
ताजा समाचार

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२
सरकारको अर्जुन दृष्टि निर्वाचनमा
ताजा समाचार

सरकार, राजनीतिक दल र जेनजीबीच आज त्रिपक्षीय बैठक

बुधबार कार्तिक १२ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

World News: गिरोहलाई पैसा नदिदा ह*त्या, किमको मिसाइल, गाजामा फेरि भीषण ह*म*ला || Nepal Times

00:15:40

World News: जापानमा भालु आतंक, मस्कले पाएनन् तलब,म्याक्रों पत्नीलाई ‘पुरुष’ भन्दै अफवाह

00:18:48

World News: हिज्बुल्ला कमाण्डरको मृ*त्यु, अमेरिकी हेली र फाइटर जेट दु*र्घ*टना || Nepal Times

00:21:04

World News: Indiaले सैन्य अभ्यास गर्दा पाकिस्तानी एयरस्पेस बन्द, अर्काे यु*द्धको डर || Nepal Times

00:13:21

World News:शिरमा ब न्दुक राखेर Indiaले Trumpसँग सम्झौता नगर्ने, सुरक्षा परिषद् कमजोर

00:20:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

देशभर छैन् कुनै पनि मौसम प्रणालीको प्र भाव

आजदेखि मौसममा बदली, भारतमा भारी वर्षा, नेपालमा के हुन्छ ?

सोमवार कार्तिक १० , २०८२
दुर्गा प्रसाँइको आन्दोलनसँग सरकार सशङ्कित

दुर्गा प्रसाईँ अब सुध्रिने, देश छाड्न तयार, निशानामा मारवाडी

आइतवार कार्तिक ९ , २०८२
डलरमा चलेको पहिचानको लडाइँः फण्ड रोकिएपछि विद्रोह

आजको विदेशी मुद्राको विनिमय दर

बिहिबार कार्तिक ६ , २०८२

हालका पोस्टहरू

आज दुई प्रदेशमा वर्षा र हिमपात

आज पनि भारी हिमपात, पर्यटकहरु सतर्क रहनु

बुधबार कार्तिक १२ , २०८२
सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

सगरमाथा आधार शिविरनजिकै हेलि चिप्लिएपछि…..

बुधबार कार्तिक १२ , २०८२
प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

प्रतिनिधिसभा विघटनसम्बन्धी परेका रिटमाथि सुनुवाइ हुने

बुधबार कार्तिक १२ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.