×

NEPAL TIMES UPDATES

Playing
जनताले बनाए बालेन, अब बालेनले देश बनाउने अपेक्षा|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई झापामै हराइदिए बालेनले, अब प्रधानमन्त्री बन्ने || Nepal Times
Mar 07, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Mar 07, 2026
Playing
रास्वपाको नीति लगानीकर्ताको सुरक्षा र स्वदेशमा लगानी सुनिश्चित बनाउनेमा केन्द्रित : रवि लामिछाने
Mar 07, 2026
Playing
भोली सरकारको हातमा पुग्छ जाँचबुझ प्रतिवेदन, ओली–लेखक जिम्मेवार ठहरिएलान् ?|| Nepal Times
Mar 07, 2026
Playing
ओलीलाई भारी मतान्तरले पछि पार्दै प्रमाणपत्र ग्रहण।
Mar 07, 2026
Playing
नेपालको निर्वाचन निष्पक्ष र पारदर्शी भएको विदेशीको ठहर || Nepal Times
Mar 07, 2026
Playing
मोसादसंग मिलेर खामेनीलाई धो खा दिने जनरललाई Iranले दियो मृ त्युदण्ड || Nepal Times
Mar 07, 2026
Playing
सागरको ऐतिहासिक जित, सोवितालाई अहिलेसम्मकै धेरै मत || Nepal Times
Mar 07, 2026
Playing
यसरी सम्भव भयो फागुन २१ को निर्वाचन || Nepal Times
Mar 07, 2026

राहुल द्रविड राजस्थान फर्किए

२० भाद्र २०८१

२० भदौ , एजेन्सी ।

राहुल द्रविड राजस्थान रोयल्समा फर्किने भएका छन् । भारतीय क्रिकेट टोलीका पूर्व मुख्य प्रशिक्षक राहुलले २०२५ को आइपिएल सिजनअघि राजस्थान रोयल्समा मुख्य प्रशिक्षकका रुपमा पुनरागमन गर्ने भएका हुन् । यसका लागि द्रविड र राजस्थानको टोलीले सम्झौतामा हस्ताक्षर गरेका छन् । द्रविडले आईपिएल सन् २०१२ र २०१३ मा कप्तान थिए ।

द्रविड २०१४ र २०१५ सिजनमा टिम निर्देशक र मेन्टरको रूपमा काम गरेका थिए । २०२१ मा उनी भारतीय पुरुष टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । उनले गत जुनमा भारतलाई ११ वर्ष पछि पहिलो पटक आइसिसी उपाधि जिताएर आफ्नो कार्यकाल समाप्त गरेका थिए । राजस्थानले भारतका पूर्व ब्याट्सम्यान विक्रम राठौरलाई सहायक प्रशिक्षकको रूपमा पनि अनुबन्ध गर्ने सम्भावना रहेको छ ।

भारतका पूर्व चयनकर्ता राठौर सन् २०१९ मा भारतको ब्याटिङ प्रशिक्षक बन्नुअघि एनसीएमा द्रविडको कोचिङ स्टाफमा थिए । आपिएलमा द्रविडले राजस्थान रोयल्सको जिम्मेवारी सम्हाल्ने छन् । सन् २०२१ देखि क्रिकेट निर्देशक रहेका कुमार संगाकाराले आफ्नो फ्रेन्चाइजलाई निरन्तरता दिँदै अन्य लिग(एसए २० मा पार्ल रोयल्स र सिपिएलमा बार्बाडोस रोयल्स) मा आफ्नो टोलीको रेखदेख गर्नेछन् ।

२००८ को पहिलो सिजनयता राजस्थानले आइपिएलको उपाधि जित्न सकेको छैन । २०२२ मा गुजरात टाइटन्ससँग फाइनलमा पराजित हुदै उपविजेता बनेको थियो । राजस्थानले २०२३ मा प्लेअफमा स्थान बनाउन असफल भयो । यसै बर्ष सिजनको उत्कृष्ट सुरुवातको बावजुद लिगमा तेस्रो स्थान हासिल गरेको थियो । उता ब्रेन्डन म्याकुलम इङ्ग्ल्यान्ड क्रिकेटको तीनै फर्म्याटमा मुख्य प्रशिक्षक हुने भएका छन् ।

आगामी वर्षको जनवरी बाट सन् २०२७ को अन्त्य सम्मका लागि म्याकुलमलाई इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड(इसिबी) ले सो जिम्मेवारी दिएको हो । टेस्ट क्रिकेटमा सन् २०२२ देखि नै मुख्य प्रशिक्षकको जिम्मेवारीमा रहेका म्याकुलमले टि ट्वान्टी र ओडिआईको नयाँ जिम्मेवारी पनि पाएका हुन् । भारत भ्रमणबाट म्याकुलमको नयाँ जिम्मेवारीको सुरुवात हुनेछ ।

अर्को बर्ष पाकिस्तानमा हुने आइसीसी च्याम्पियन्स ट्रफी मुख्य प्रशिक्षकको जिम्मेवारीमा म्याकुलमको पहिलो ठूलो प्रतियोगिता हुनेछ । जनवरीमा म्याकुलमले कार्यभार सम्हाल्नुअघिसम्म अन्तरिम रूपमा पुरुष टोलीको मुख्य प्रशिक्षकका रुपमा मार्कस ट्रेस्कोथिक रहने छन् । म्याकुलमले आफू नयाँ चुनौती स्वीकार्न उत्साहित रहेको र सबै फर्म्याटमा एउटै प्रशिक्षकले धेरै अर्थ राख्ने बताए ।

‘मैले टेस्ट टोलीसँग बिताएको समयको पूर्ण आनन्द उठाएको छु र ओडिआई र टि ट्वान्टीको पनि जिम्मेवारी पाउँदा उत्साहित छु,’ म्याकुलमले इसीबीको विज्ञप्तिमा भने ‘यो नयाँ चुनौती अँगाल्न तयार छु । जोस (बटलर) र टोलीसँग नजिकबाट काम गर्न उत्सुक छु जुन पहिले नै बलियो जगमा निर्माण भएको छ । एकीकृत कोचिंग संरचनाको विचारले विशेष गरी अर्को वर्षको खेल तालिकाहरुलाई धेरै सजिलो अर्थ बनायो’, उनले भने ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top