NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर बुधबार मंसिर १७ , २०८२
१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो बुधबार मंसिर १७ , २०८२
भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने बुधबार मंसिर १७ , २०८२
विराटनगरलाई चुनौती दिँदै लुम्बिनी, आज डु प्लेसिस मैदानमा बुधबार मंसिर १७ , २०८२
Next
Prev

समाचार

दुर्गा प्रसाईंको बीएन्डसीले पायो एमबीबीएस पढाउन स्वीकृति

शनिबार भदौ २२ , २०८१
Reading Time: 1 min read
A A
दुर्गा प्रसाईंको बिएन्डसी अस्पतालले पायो एमबिबिएस पढाउन औपचारिक स्वीकृति
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२२ भदौ , विराटनगर।

झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस)मा ५० जना विद्यार्थी अध्यापन गराउने औपचारिक स्वीकृति पाएको छ । कलेजका जनसम्पर्क अधिकृत प्रमिश गिरीले आयोगबाट पहिलोपल्ट यसै शैक्षिक वर्षमा ५० जना विद्यार्थी पढाउन पाउनेगरी सिट निर्धारण भएको बताए ।

आयोगले शुक्रबार नै सिट निर्धारणबारेमा सार्वजनिक सूचना जारी गरिसकेको उनले जानकारी दिए । विर्तामोड नगरपालिका– ५, विर्तामोडमा चिकित्साशास्त्रको स्नातक तहमा अध्यापन गराउने उद्देश्यले १८ फागुन २०७१ देखि ३०० शय्याको अस्पतालसहित बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालि सञ्चालनमा आएको थियो ।

२०६४ सालमै मनसाय पत्र प्राप्त गरेर प्रालिले एमबीबीएसका विद्यार्थी पढाउनका लागि सम्पूर्ण पूर्वाधार स्थापना गरिसकेपछि पनि अध्यापनका लागि स्वीकृति पाउन लामो अवधि कुर्नु परेको जनसम्पर्क अधिकृत गिरीले बताए । सर्वोच्च अदालतले १३ चैत २०८० मा बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि परमादेश जारी गरेको थियो ।

सोही परमादेशका आधारमा काठमाडौं युनिभर्सिटीले सम्बन्धन प्रदान गरेको हो । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिका प्रिन्सिपल प्रा. डा. उमेश शर्माले सम्पूर्ण पूर्वाधार तयार रहेको जनाउँदै अब छिट्टै एमबीबीएसका विद्यार्थीको भर्ना र पठनपाठन सुरु हुने बताए । विर्तामोडमा सुविधासम्पन्न अस्पताल सञ्चालन र मेचीनगर–११ धाइजनमा पठनपाठनका लागि पूर्वाधारयुक्त साइन्स बेसिक भवन स्थापना भइसकेको प्रा. डा. शर्माले जानकारी दिए ।

पठनपाठनका लागि कलेजका तर्फबाट सम्पूर्ण तयारी पूरा भइसकेको समेत उनले बताए । यता मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि पनि चिकित्सा शिक्षा आयोगले चिकित्साशास्त्रमा स्नातक (एमबीबीएस) का लागि ५० सिट निर्धारण गरेको छ । यससँगै मधेश प्रदेशमा पहिलोपटक सरकारी तहमा चिकित्साशास्त्रतर्फ उच्च शिक्षाको अध्यापन हुने भएको छ ।

मधेश प्रदेश सरकारका मुख्यमन्त्री एवं प्रतिष्ठानका कुलपति सतिशकुमार सिंहले कार्यकालको पहिलो दिन नै प्रतिष्ठानमा एमबीबीएसको अध्यापन चाँडै सुरु गर्ने प्रतिबद्धता व्यक्त गरेको उनको सचिवालयले जनाएको छ । सोहीअनुरूप मुख्यमन्त्री सिंहले सरकारको नीति तथा कार्यक्रममा यसलाई समेटेका थिए ।

सोही क्रममा उनले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झालगायत सम्बद्ध पदाधिकारीलाई भेटेर आवश्यक पूर्वाधारलगायत मापदण्ड पूरा भएकाले प्रतिष्ठानलाई एमबीबीएस पढाइका लागि तत्काल सिट निर्धारण गरिदिन आग्रह गरेका थिए । प्रतिष्ठानलाई प्राप्त ५० सिटमध्ये ७५ प्रतिशतमा विद्यार्थीले पूर्ण छात्रवृत्तिमा एमबीबीएस पढ्न पाउनेछन् ।

Tags: #एमबीबीएस#दुर्गा प्रसाईंको बीएन्डसी#बीएन्डसी मेडिकल कलेज#स्वीकृति

लोकप्रीय

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२

विचार

थप समाचार

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस
ताजा समाचार

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर
अपराध

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि
अन्तर्राष्ट्रिय

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२
रुसमा कैदीलाई सेना बनाइने,१ लाख सेना थप्न आदेश
अन्तर्राष्ट्रिय

भारतमा पुटिनको सुरक्षा कसरी हुन्छ ? ट्वाइलेटपनि रुसबाटै ल्याउने

बुधबार मंसिर १७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

World News: नेपाल एयरलायन्सका एयर होस्टेज दोहामा पक्राउ, मादुरो काराकासमा सार्वजनिक || Nepal Times

00:16:58

World News: अफगानिस्तानमा कारबाही गर्न कतारले रोक्यो, दिल्लीमा भीषण आग*ला*गी

00:16:44

पहिलो पटक मंगल ग्रहमा चट्याङको प्रमाण रेकर्ड, अल्बानिजको विहे|| Nepal Times

00:17:30

World News: सुन खानीमा ड्रोन आ*क्र*मण,इजरेलले गर्याे लेबनानमा ह*म*ला,आग*ला*नीमा १२८को मृ*त्यु

00:20:13

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२

हालका पोस्टहरू

गिरीबन्धु प्रकरणमा सर्वाेच्चको परमादेशपछि बालेनको स्टाटस

एमालेले दायर गरेको संसद् विघटनको रिटमा आज सुनुवाइ

बुधबार मंसिर १७ , २०८२
बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बेलायतमा एक नेपालीको १७ वर्षमा २५ यौन अपराध, भए दोषी ठहर

बुधबार मंसिर १७ , २०८२
अमेरिकाबाट फेरि बोरा बोकेर फर्किए ३५ नेपाली, विद्यार्थी र पर्यटकपनि

१९ देशका नागरिकलाई अमेरिकाले ग्रीन कार्ड रोक्यो

बुधबार मंसिर १७ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.