×

NEPAL TIMES UPDATES

Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026

जसलाई फुटबल खेल्न उमेरले छेकेन ! मैदानका बाघहरु

२४ भाद्र २०८१

२४ भदौ ,एजेन्सी ।

क्रोएसियाका कप्तानसमेत रहेको मिडफिल्डर लुका मोड्रिच आजकै दिनबाट ३९ वर्षमा टेके । सन् २००६ को मार्चमा अर्जेन्टिनासँग खेल्दै राष्ट्रिय टोलीका लागि डेब्यु गरेका मोड्रिचले आज जन्मदिन मनाउँदै छन् ।

२० वर्षको उमेरबाट राष्ट्रका लागि खेल्न थालेका मोड्रिचले करिब–करिब १८ वर्षभन्दा बढी क्रोएसियाका लागि खेलिसकेका छन् । त्यस अवधिमा १८० खेलमा २७ गोल गर्न भ्याएका मिडफिल्डर मोड्रिचले सन् २०१८ को विश्वकपमा क्रोएसियालाई उपविजेता बनाएका थिए ।

त्यसै वर्ष उनले फुटबलका महान हस्तीद्वय क्रिस्टियानो रोनाल्डो र लियोनल मेसीको दबदबा तोड्दै बालोन डी‘ओर जस्तो प्रतिष्ठित पुरस्कार हात पारे । क्लब करिअरमा स्पेनको रियल मड्रिड, इंग्ल्यान्डको टोटनह्याम हटस्पर र क्रोएसियाकै डायनामो जाग्रेबबाट कुल ७८२ खेलमा ८३ गोल गरेका छन्, मोड्रिचले।

अझै रियलका लागि खेलिरहेका उनी फुटबल करिअरको अन्त्यतिर आइपुगेको अनुमान लगाउन सकिन्छ । तर, उनी भने राष्ट्रका लागि योगदान दिनमा कटिबद्ध देखिन्छन् ।आजै ३९ वर्ष पुगेका ‘बड्डे ब्वाइ’ उनै मोड्रिचले गरेको निर्णायक गोलमा क्रोएसिया जित दर्ता गरेको थियो ।

युरोपियन नेसन्स लिगअन्तर्गत समूह चरणको दोस्रो खेलमा उनकै निर्णायक गोलमा क्रोएसियाले पोल्यान्डविरुद्ध१–० गोलको जित हात पारेको थियो । उनले बक्सको किनाराबाट प्रहार गरेको उत्कृष्ट फ्रिकिकले सीधै जाली चुमेको थियो।

यसैले पनि प्रमाणित गरेको छ उनीसँग अझै उत्कृष्ट प्रदर्शन गर्ने गुण छ। उक्त खेलपछि मोड्रिचले कहिले राष्ट्र र क्लबका लागि बुट बिसाउलान् भन्ने प्रश्न सोधिएको थियो, जसमा उनी भने अहिले नै सन्न्यास लिने बेला आइनसकेको बताउँछन् ।

मोड्रिच उनै रोनाल्डोका पूर्वसहकर्मी हुन्, जो अझै पनि आफ्नो देशका लागि सधैंजस्तै अभिन्न छन्। पाँच पटक च्याम्पियन्स लिग जितेर ‘मिस्टर च्याम्पियन्स लिग’ कहलिएका रोनाल्डोले पाँचै पटक बालोन डी‘ओर जितेका छन् भने पोर्चुगललाई युरो कप र नेसन्स लिगको उपाधि पनि दिलाएका छन् ।

पुरुष फुटबलको इतिहासमा सर्वाधिक धेरै ९०१ गोल गरेका रोनाल्डो अझै उपाधि र पुरस्कारका भोका छन् । अझै गोल गर्नु छ, नाम र दाम दुवै कमाउनु छ उनलाई । उमेरले ३९ वर्ष पार गर्न आँटे ।

तर, उनलाई उमेरले फुटबल खेल्न छेकेको छैन् । आइतबार रातिमात्र कप्तान रोनाल्डोको निर्णायक गोलमा पोर्चुगलले जित निकाल्यो । नेसन्स लिगकै खेलमा स्कटल्यान्डविरुद्ध १–१ गोलको बराबरी रहेकै बेला रोनाल्डोले गोल गरेपछि पोर्चुगल लगातार दोस्रो जित निकाल्न सक्षम भयो ।

जसबाट ३९ वर्षको उमेरमा पनि पोर्चुगलले किन आफूलाई निरन्तरता दिइरहेका छ भन्ने कुरा रोनाल्डोले प्रमाणित गरिदिए । हाफ टाइममा विकल्पका रूपमा मैदान प्रवेश गरेका उनले ८८औं मिनेटमा गोल गर्दै पोर्चुगललाई जित दिलाएका हुन्।

यसबाट के स्पष्ट हुन्छ भने रोनाल्डोको प्रभाव मैदानमा सधैं उस्तै हुन्छ, चाहे उनले सुरुआती ११ बाट सुरु गरून् या बेन्चबाट ! आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १३२ मा पु¥याएका रोनाल्डो हाल अल नासरबाट साउदी प्रो–लिग खेलिरहेका छन् ।

त्यसअघि इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेड, स्पेनको रियल मड्रिड, इटालीको युभेन्टसबाट व्यवसायिक फुटबल खेलेका रोनाल्डोले जित्न बाँकी भनेको फिफा विश्वकपको उपाधिमात्र हो ।

१८ वर्षयता पोर्चुगलका लागि खेलिरहेका उनीमाथि समय–समयमा सन्न्यासको प्रश्न तेर्सिने गरेका छन् । हालैमात्र उनले जबाफमा भनेका छन्, ‘मैले कहिले सन्न्यास लिन्छु भन्नेबारे म आफैंलाई थाहा छैन ।

मैले चाँडै सन्न्यास लिनुप¥यो भने आगामी दुई वा तीन वर्षमा लिन्छु । तर सम्भवतः म अल नासरबाटै सन्यास लिन्छु ।’ मोड्रिच र रोनाल्डोभन्दा उमेरमा दुई वर्षमात्र कान्छा हुन्, विश्वकप विजेता लियोनल मेसी ।

सर्वाधिक आठ पटकका बालोन डी‘ओर विजेता मेसी क्लब र राष्ट्र दुवैतर्फ कप्तानको भूमिकामा छन् । अर्जेन्टिनालाई विश्वविजेता बनाएका मेसीले अहिले अमेरिकन क्लब इन्टर मियामीबाट प्रभावशाली खेल खेलिरहेका छन् ।

अरू पनि थुप्रै खेलाडी छन्, जसलाई फुटबल मैदानमा उत्रिन उमेरले छेकेको छैन । तर, रोनाल्डो, मोड्रिड, मेसीको भने यो उमेयरमा पनि विश्व फुटबलमा प्रभावशाली सक्रियता छ ।

विश्वकै बुढा खेलाडीका रुपमा व्यवसायिक फुटबल खेलिरहेका खेलाडी भने ५७ वर्षे जापानी फरवार्ड काजुयोशी मिउरा हुन् । उनी जापान फुटबल लीग क्लब एटलेटिको सुजुकाका लागि फरवार्डको रूपमा खेल्दै आएका छन् । उनले जापानको प्रतिनिधित्व गर्दै अन्तराष्ट्रिय करिअरमा ५५ गोल गरिसकेका छन्।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top