×

NEPAL TIMES UPDATES

Playing
महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम || Nepal Times
Mar 11, 2026
Playing
बालेनको फोटो र भोजपुरी गीतले मच्चायो तहल्का|| Nepal Times
Mar 11, 2026
Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026

सन्दीपलाई अमेरिकाले बल्ल पत्यायो, दियो भिसा

२६ भाद्र २०८१

२६ भदौ , काठमाण्डौ।

विश्व क्रिकेट लिग २ को दोस्रो चरणका लागि नेपाली टोली क्यानडा उडेको छ । दुई सातापछि हुने लिग २ मा नेपालले क्यानडा र ओमानसँग २–२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ । पहिलो शृंखलामा चारवटै खेल जितेको क्यानडा दोस्रो शृंखलामा भने जितविहिन बन्न पुग्यो।

उसले नेदरल्यान्ड्स र अमेरिका सम्मिलित शृंखलामा कुनै जित हात पार्न सकेन। यता ओमानको अवस्था पनि त्यति बलियो देखिदैन। गत संस्करणमा उपविजेता बनेको ओमानले चार खेलमा दुई हार र एक जितको नतिजा निकालेको छ भने एक खेल रद्ध भएका कारण अंक बाँढ्नु पुगेको थियो।

नेपाली टोलीले यी दुई टोलीविरुद्ध हुने चार खेल जितेमा अंक तालिकाको शीर्ष–३ भित्र पुग्ने छ । ४ खेलबाट २ अंक भएको नेपाल तालिकाको सातौँ स्थानमा छ। ओमान समान खेलपछि ३ अंक जोडेर छैटौँ स्थानमा छ। तेस्रो स्थानमा रहेको क्यानडाको ८ खेलबाट ८ अंक छ।

८ खेलबाट १२ अंक भएको नेदरल्यान्ड्स शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको स्कटल्यान्डको ७ खेलबाट ९ र ८ खेलबाट ८ अंक भएको नामिबिया चौथो स्थानमा छ। पाचौँ स्थानमा रहेको अमेरिकाको ४ खेलबाट ४ अंक छ। ८ टोली रहेको प्रतियोगितामा यूएईले ३ खेल खेलेपनि अंक जोड्न सकेको छैन।

नेपालले जित हात पारेको एक मात्र खेल हाल शीर्षस्थानमा रहेको नेदरल्यान्ड्सविरुद्ध थियो। यस्तै गत जुलाईमा भएको विश्वकप लिग–२ को आफ्नो पहिलो शृंखलामा ओमानले स्कटल्यान्ड र नामिबियासँग खेलेको थियो।

नामिबियासँग एक जित र एक हारको नतिजा निकालेको ओमानले स्कटल्यान्डसँग एक खेल हारेको थियो भने एक खेल रद्ध भएका कारण अंक बाँढ्न पुगेको थियो। नेपाल र ओमान अन्तिमपटक १६ महिनाअघि कीर्तिपुर मैदानमा भएको एसिसी प्रिमियर कप खेलमा भिडेका थिए।

त्यस खेलमा नेपालले जित हासिल गरेको थियो । ओडीआई वरीयतामा नेपाल ओमान र क्यानडा भन्दा माथि रहेको छ । नेपाल १६ औं स्थानमा रहदा ओमान १७ औं र क्यानडा १९ औं स्थानमा रहेको छ । आसन्न शृंखलाको पहिलो खेल नेपालले सेप्टेम्बर १६ तारिखमा क्यानडाविरुद्ध खेल्ने छ।

त्यसपछि नेपालले क्यानडासँग सेप्टेम्बर २२ तथा ओमानसँग सेप्टेम्बर १८ र सेप्टेम्बर २४ तारिखमा प्रतिस्पर्धा गर्ने छ। सबै खेल नेपाली समय अनुसार साँझ ७ः४५ बजे सुरु हुनेछ । विश्वकप लिग–२ मा नेपालले ९ वटा शृंखलामा कुल ३६ खेल खेल्ने छ।

नेपालले क्यानडामा हुने विश्व क्रिकेट लिग २ को दोस्रो चरणका लागि रोहित पौडेलको कप्तानीमा अन्तिम टोली घोषणा गरेको छ । दुई सातापछि हुने लिग २ मा नेपालले क्यानडा र ओमानसँग २–२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्नेछ ।

सोमबार घोषणा गरिएको टोलीमा रोहितसंगै आसिफ शेख, अनिल शाह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुलसन झा, रिजन ढकाल, ललितसिंह राजवंशी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने छन् ।

देव खनाल टोलीमा ट्राभलिङ रिजर्भ खेलाडीको रूपमा रहनेछन् । लेग स्पिनर सन्दीप लामिछाने १२ महिना पछि ओडिआई टोलीमा पुनरागमन गरेका हुन् । यो शृंखला सन् २०२७ मा दक्षिण अफ्रिकामा हुने एकदिवसीय विश्वकप छनोटको आधार रहेको छ ।

ओडिआई सिरिज सकिएको २ दिन पछि सोहि टोलीबीचमा टि ट्वान्टी आई सिरिज हुनेछ । सिरिज असोज १२ देखि १७ गते सम्म हुनेछ । टि ट्वान्टी आई सिरिजको पहिलो खेलमा असोज १२ गते नेपालले घरेलु टोलीको सामना गर्दा दोस्रो खेलमा असोज १३ गते ओमानसँग खेल्नेछ ।

तेस्रो खेलमा नेपालले असोज १५ गते क्यानडासँग र चौथो खेलमा असोज १६ गते ओमानसँग खेल्नेछ । त्यसपछि लिग टुको अर्को त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली अमेरिका जानेछ । यसैबीच यसपटक क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ।

आईसीसी विश्वकप लिग–२ खेल्न जान अमेरिकाले सन्दीपलाई मंगलबार भिसा उपलब्ध गराएको हो। केही महिनाअघि टी–२० विश्वकपका लागि सन्दीपलाई भिसा नदिएको अमेरिकाले यसपटक भने दिएको हो।

अमेरिकाले सन्दीपलाई भिसा नदिएपछि ब्यापक आलोचना भएको थियो क्यानडा जाने नेपाली क्रिकेट टोलीलाई बिदाइ गरेपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले सन्दीपलाई भिसाबारे अमेरिकाले ‘ग्रिन सिग्नल’ दिएको बताएका थिए ।

क्यानडापछि नेपालले अमेरिकामा लिग २ अन्तर्गतकै अर्को सिरिज खेल्नेछ । त्याहा घरेलु टोली अमेरिकासँगै स्स्कटल्यान्डसँग प्रतिस्पर्धा हुनेछ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top