×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

जिप दुर्घटनामा पालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु

२८ भाद्र २०८१

२८ भदौ , काठमाण्डौ ।

मृत्यु शास्वत सत्य हो । तर मृत्यु कहाँ, कहिले र कस्तो अवस्थामा हुन्छ त्यो अनिश्चित छ । आज हामी नेपाल टाइम्स अनलाइन समाचारमा बागलुङमा भएको जिप दुर्घटनामा रुकुमपूर्वको पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढासहित तीन जनाको मृत्यु भएको छ। जो आमासँगै उपचार गरेर काठमाडौंबाट घर फर्किएकी थिइन ।

रा १ झ २०० नम्बरको सरकारी गाडी आज बिहान पौने ९ बजेतिर बागलुङको गलकोट नगरपालिका वडा नम्बर २ भुङखानीमा दुर्घटना भएको थियो । उक्त गाडीमा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढा उनकी आमा र अर्का वडाध्यक्ष सवार थिए ।केही कर्मचारीहरु सवार थिए ।

बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद सुवेदीले दुर्घटनामा पुथाउत्तरगंगा गाउँपालिका उपाध्यक्ष भुपेन्द्रा बुढाको मृत्यु भएको बताएका छन् । रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) माधव शर्माका अनुसार गाउँपालिका उपाध्यक्ष बुढा एक÷डेढ हप्ताअघि काठमाडौं आएकी थिइन् ।

काठमाडौंबाट फर्किने क्रममा उनी सवार गाडी बागलुङमा दुर्घटनामा परेको हो । दुर्घटनामा बुढाकी आमा ६१ वर्षीया गोपीमाया बुढा र वडा नम्बर २ का अध्यक्ष करिब ४० वर्षीय जसबहादुर श्रीपालीको पनि मृत्यु भएको गाउँपालिका अध्यक्ष पुनीराज घर्तीले बताएका छन् ।

दुर्घटनामा जिप चालक भूमे गाउँपालिका वडा नम्बर ३ का प्रेम पुन घाइते भएका छन्। उपाध्यक्ष बुढा दाँत दुख्यो भनेर उपचार गर्न काठमाडौं आएका थिइन् । उनले आमालाई पनि स्वास्थ्य परीक्षण गर्न सँगै लगेकी थिइन । वडाध्यक्ष श्रीपाली पनि कामकै सिलसिलामा काठमाडौं गएका थिए।

वडा नम्बर १, २ र ३ का अध्यक्षहरू योजना माग गर्न काठमाडौं गएको भए पनि अरू वडाध्यक्ष अर्कै सवारी साधनमा फर्किएका थिए। उपचार गराएर घर फर्कदै गरेका उपाध्यक्ष, उनकी आमा र वडा नम्बर २ का अध्यक्षको मृत्युको खबरले अहिले सिंगो पालिका मात्रै नभएको यो क्षेत्र नै शोकमा डुबेको स्थानीयले बताएका छन्।

उपाध्यक्ष र वडाध्यक्ष २०७९ को चुनावमा नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका थिए। दुर्घटनाको कारण खुल्न नसकेपनि चालक निदाएका कारण जिप दुर्घटनामा परेको हुन सक्ने अनुमान गरिएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top