×

NEPAL TIMES UPDATES

Playing
स्ट्रेट अफ होर्मुजमा माइन बिछ्याउने Iran का १६ डुंगा न स्ट || Nepal Times
Mar 11, 2026
Playing
समानुपातिकको मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026

बुवाको सपना पूरा गरेर फुटबलबाट अलग्गिँदै छन् विमल !

३० भाद्र २०८१

३० भदौ, विराटनगर । 

कुनै बेला नेपाली फुटबलका ‘हिरो’ मानिएका फरवार्ड विमल घर्तीमगर आजभोलि गुमनाम छन् । खेललाई नै जीवन मानेर एक दशकभन्दा बढी समय राष्ट्र र देश तथा विदेशका विभिन्न क्लबबाट फुटबल खेलेका विमल अहिले खेलजीवनबाट अलग भएका छन् ।

सन् २०१३ को साफ च्याम्पियनसिपको समूह चरणको खेलमा पाकिस्तानविरुद्ध इन्ज्युरी समयमा सनसनीपूर्ण गोल गरेर उनी चर्चित बनेका थिए । हारको संघारमा रहेका बेला गोल गरेका विमलले नेपाललाई हारबाट जोगाएका थिए । सिनियर राष्ट्रिय टोलीको तर्फबाट पाकिस्तानविरुद्ध पहिलो गोल गर्ने विमलले साफको इतिहासमा सबैभन्दा कान्छा गोलकर्ताको कीर्तिमान पनि बनाएका थिए । १५ वर्षको उमेरमा विमलले बनाएको उक्त कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

नवलपरासीमा जन्मिएका विमल अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका उत्पादन हुन् । फुटबल खेलाडीसमेत रहेका उनका बुवा होमबहादुरको सपना थियो, विमलले राष्ट्रका लागि खेलेको हेर्ने । बुवाको सपना पूरा गर्न उनी फुटबलर बन्ने अभिलाषा बोकेर एन्फा पुगेका थिए । नेपाल प्रहरीसमेत रहेका बुबा होमबहादुरको मोटरसाइकल दुर्घटनामा निधन भयो ।

त्यसयता उनले गरेको कडा मेहनत तत्कालीन प्रशिक्षक कृष्ण थापाले देखे । थापालेसन् २०१२ मा १४ वर्षकै उमेरमा नेपाली टोलीबाट डेब्यु गराएका थिए । उनले राष्ट्रका लागि पहिलो खेलका रूपमा बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए ।

यु–१७ फुटबल टिमका क्याप्टेनको भूमिकासमेत निर्वाह गरिसकेका विमलले तत्कालीन सुदूरपश्चिम फुटबल क्लबबाट व्यवसायिक फुटबल थालेका थिए । सन् २०१५ मा नेपालले विमलको कप्तानीमा भारतलाई हराउँदै पहिलो अन्डर नाइन्टीन साफ च्याम्पियनसिप जितेको थियो ।

नेपाल पुलिस क्लब, थ्री स्टार, च्यासल, मछिन्द्र, ललितपुर, चितवनबाट उनले व्यवसायिक फुटबल खेलिसकेका छन् । त्यसबाहेक उनले विदेशी क्लबहरूमा पनि अनुभव संगालेका छन् । १५ वर्षकै उमेरका विमललाई नोभेम्बर २०१३ मा नेदरल्यान्ड्सको एफसी ट्विेन्टेले दुई साताको ट्रायलमा बोलाएको थियो । जहाँ उनले एचएससीविरुद्धको मैत्रीपूर्ण खेलमा चार गोल र एक असिस्ट गरेका थिए । तर, आकर्षक प्रदर्शनबाट बाबजुत पनि उमेर नपुगेका कारण विमल र एफसी ट्विन्टेबीच सम्झौता हुन पाएन ।

इंग्ल्यान्डको सुप्रसिद्ध क्लब म्यानचेस्टर युनाइटेड र बेल्जियमको लायर्स एसकेसँग पनि विमल जोडिएको चर्चा थियो । इन्डियन सुपर लिगमा समेत विमलले अनुभव संगालेका थिए । सन् २०१७–१८ को सिजनमा तीन खेल खेल्दा एउटा असिस्टसमेत गरेका थिए । तर, मोहन बगानले रिजिल गरेपछि उनले थ्री स्टारका लागि खेल्न थाले । सन् २०१८ मा च्यासलबाट सहीद स्मारक ‘ए’ डिभिजन लिग खेलेका विमलले पछि मछिन्द्रबाट खेल्दै फुबटबल करिअर टुंग्याए । पछि उनले तेस्रो संस्करणको नेपाल सुपर लिगमा चितवनबाट पनि खेल्ने मौका पाएका थिए ।

कुनै बेला राष्ट्रिय फुटबल टोलीका नायक मानिएका विमलले आइतबार (आज) बाट २५ वर्ष टेकेका छन् । २५ वर्षको उमेर भनेको एउटा फुटबलरका लागि करिअरको शिखरमा पुग्नेखालको उमेर हो । तर, विमल खेलकुदलाई पूर्णविराम लगाएर अस्ट्रेलियामा काम गरिरहेका छन् । खेल करिअरमा उत्कृष्ट प्रदर्शन गर्ने उमेरमा आफ्नो सुरक्षित भविष्य खोज्दै अस्ट्रेलिया जाने नेपाली खेलाडीहरूको सूचीमा समावेश भएका छन् ।

विसंगतिले घेरिएको नेपाली खेलकुद क्षेत्रबाट आजित भएका उनी एक दशकभन्दा लामो फुटबल करियरलाई त्यागेर अस्ट्रेलिया पुगेका हुन् । बढ्दो उमेरसँगै जिम्मेवारी र व्यवहार पनि थपिएपछि आफ्नो र परिवारको उज्ज्वल भविष्य बनाउन देश र फुटबलप्रतिको लगाव थाति राखेर उनी अस्ट्रेलिया पुगेका उनै विमललाई जन्मदिनको लाखौं शुभकामना, नेपाल टाइम्सको तर्फबाट ।

भर्खरको समाचार

महावीरलाई पोखरेली मेयरले सम्झाए फुटपाथको नियम

4826c3f7-d27f-4efd-88a5-42520205b800

अमेरिकाले इरानमा ठूलो हमलाको तयारी गरेको तस्बीरहरू बाहिरिए

HORMUZ

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

सम्बन्धित खबरहरु

Scroll to Top