×

NEPAL TIMES UPDATES

Playing
समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो|| Nepal Times
Mar 11, 2026
Playing
Balenले प्रधानमन्त्री भएर कुनै चमत्कार गर्नु पर्दैन|| Nepal Times
Mar 11, 2026
Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026

साउनमा महँगी बढ्यो, विदेशी मुद्रा सञ्चिति २० खर्ब ९२ अर्ब

१० आश्विन २०८१

१० वैशाख , काठमाण्डौ ।

साउन महिनामा रेमिट्यान्स १ खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ भित्रिएको छ । गत वर्षको साउन महिनाको तुलनामा यो वर्षको साउनमा रेमिट्यान्स १८ प्रतिशतले बढेको छ । यस्तो रेमिटेयान्स आय गत वर्षको सोही अवधिमा २२.८ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ८७ करोड ९८ लाख रहेको थियो । साउन महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ३६ हजार ९२८ र पुनः श्रम स्वीकृति लिनेको संख्या २२ हजार ६४७ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा श्रमस्वीकृति ३९ हजार १५२ ले लिएका थिए भने पुन श्रम स्वीकृति लिनेको संख्या १६ हजार ४२३ रहेको थियो । साउनमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.१४८ अर्ब ४९ करोड पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १२८ अर्ब २१ करोड रहेको थियो । यस्तै साउनमा महंगी ४ दशलमव १ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको साउन महिनामा महँगी ४.१ प्रतिशतले बढेको छ ।

देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गर्दै खाद्यपदार्थ मूल्य ६.१७ प्रतिशत तथा गैर खाद्यपदार्थको मूल्य २.९४ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्षदेखी उपभोक्ता मूल्य सूचकांकको आधार वर्ष परिवर्तन गरेको छ ।

यसअघी आर्थिक वर्ष २०७१÷७२ लाई आधार मान्दै महँगी वृद्धिसम्बन्धी तथ्यांक सार्वजनिक हुने गरेकोमा चालू आर्थिक वर्षदेखि आर्थिक वर्ष २०८०÷८१ लाई आधार मान्दै महँगीको जानकारी प्रकाशित हुने राष्ट्र बैंकले जनाएको छ ।

साउनमा आयात ०.६ प्रतिशतले घटेको अवस्थामा रेमिट्यान्स प्रवाह १८ प्रतिशतले बढ्दा शोधनान्तर स्थिति बचतमा गएको छ । राष्ट्र बैंकका अनुसार साउनमा शोधनान्तर स्थिति ४० अर्ब ९० करोड रुपैयाँले बचतमा छ ।

शोधनान्तर स्थिति बचतमा जाँदा साउनमा विदेशी मुद्राको सञ्चिति बढेको छ । राष्ट्र बैंककाअनुसार नेपालको कुल विदेशी विनिमय सञ्चिति २.५ प्रतिशतले वृद्धि भएको छ । सोसँगै चालू आर्थिक वर्षको पहिलो महिना साउनमा २० खर्ब ९२ अर्ब २२ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

२०८१ असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ साउन मसान्तमा २.० प्रतिशतले वृद्धि भई १५ अर्ब ५८ करोड पुगेको हो ।

राष्ट्र बैंकले जारी गरेको साउनको तथ्यांक अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा रु.१८४८ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा १.९ प्रतिशतले वृद्धि भई रु.१८८३ अर्ब ४२ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८१ असार मसान्तमा रु.१९२ अर्ब ५५ करोड रहेकोमा २०८१ साउन मसान्तमा ८.४ प्रतिशतले वद्धि भई रु.२०८ अर्ब ७९ करोड कायम भएको छ ।

२०८१ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.६ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१÷८२ को पहिलो महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.७ महिनाको वस्तु आयात र १३.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०८१ साउन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३६.७ प्रतिशत, ११२.५ प्रतिशत र ३०.३ प्रतिशत रहेका छन्। २०८१ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए ।

भर्खरको समाचार

समानुपातिकमो मतगणना अन्तिम चरणमा,रास्वपाले झन बढायो

Screenshot 2026-03-06 110033

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

सम्बन्धित खबरहरु

Scroll to Top