×

NEPAL TIMES UPDATES

Playing
०८२ मा अहिलेसम्म धेरै मत ल्याउने उम्मेदवारहरू को हुन् ?|| Nepal Times
Mar 07, 2026
Playing
Top 15 Afternoon News || Mar-07-2026 || Nepal Times
Mar 07, 2026
Playing
पुराना दलको पराजय: जनताको धैर्यको अन्त्य र नयाँ राजनीतिक युगको सुरुवात || Nepal Times
Mar 07, 2026
Playing
५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका डा. लेखजंग || Nepal Times
Mar 07, 2026
Playing
अन्य दलको अग्रता भएका क्षेत्रमा रास्वपाको अवस्था कस्तो? पासा पल्टेला ?|| Nepal Times
Mar 07, 2026
Playing
समानुपातिकको सिट कसरी बाँडिन्छ ? थ्रेस होल्ड के हो ? || Nepal Times
Mar 07, 2026
Playing
बालेनको मत ३९ हजार नाघ्दा ओलीको कति? || Nepal Times
Mar 07, 2026
Playing
२७ क्षेत्रको नतिजा आउँदा कसले कहाँ जिते ? को अगाडि ?|| Nepal Times
Mar 07, 2026
Playing
आन्दोलन, जनअपेक्षा र इतिहास दोहोरिने डर उतिकै || Nepal Times
Mar 07, 2026
Playing
रास्वपा बहुमत नजिक , कांग्रेस ५ मा सीमित , अन्य दल कहाँ ? || Nepal Times
Mar 07, 2026

नेपाली सवार ट्रकमा मेक्सिको प्रहरीले गोली वर्षायो

१७ आश्विन २०८१

१७ असोज , एजेन्सी ।

देशमा बढ्दो बेरोजगारीले बढिरहेको बैदेशिक रोजगारीले नेपालीहरु वैधानिक बाटो मात्रै नभइ अवैधानिक बाटोबाट समेत युरोप अमेरिका पुग्ने गरेका छन्। यसरी अवैध बाटोबाट विभिन्न देश पुग्ने क्रममा धेरै नेपालीहरुले बाटोमै ज्यान गुमाउने गरेका छन् ।

पछिल्लो समय यसरी नै अमेरिकाको सपना बोकेर मेक्सिको हुँदै अमेरिका हिडेका नेपालीसहितका आप्रवासी सेनाको निशानामा परेका छन् । नेपाली सवार ट्रकमा मेक्सिको सेनाले गोली चलाउदा ६ जनाको मृत्यु भएको छ ।

नेपालीको निर्विकल्प नियति नै बनेको वैदेशिक रोजगारीकै लागि हिडेका नेपालीसहित आप्रवासी सवार ट्रकमा मेक्सिकोको सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको छ । ग्वाटेमालासँगको सिमानामा गुडिरहेको ट्रकमा मेक्सिकोको सेनाले गोली चलाउँदा उनीहरूको मृत्यु भएको हो ।

मृत्युको हुनेको राष्ट्रियता खुलाइएको छैन । अन्तर्राष्ट्रिय मिडियाका अनुसार, ट्रकमा ३३ आप्रवासी थिए । ट्रकमा नेपाल, भारत, पाकिस्तान, क्युबा र इजिप्टका नागरिक थिए । मेक्सिकोको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिअनुसार, उक्त घटनामा १० जना घाइते छन् ।

घटना स्थानीय समयानुसार मंगलबार साँझ ग्वाटेमालाको सीमाबाट ४० किलोमिटर उत्तरमा भएको थियो । गस्ती गरिरहेको सेनाले तीव्र गतिमा रहेको ट्रकलाई रोक्न ‘अर्डर’ गर्दा नरोकिएपछि गोली चलाइएको थियो ।

गोली चलाउने दुई सैनिकलाई कारबाही गरिएको समेत जनाइएको छ । उक्त मन्त्रालयका अनुसार, चारजनाको घटनास्थलमै मृत्यु भएको थियो । उपचारका क्रममा अस्पतालमा दुईजनाको मृत्यु भएको हो ।

गोलीबारी भएको क्षेत्रबाट धेरै आप्रवासी र शरणार्थीहरूले मेक्सिको हुँदै उत्तरतर्फ आफ्नो खतरनाक यात्रा सुरु गर्ने अलजजिराले उल्लेख गरेको छ । आप्रवासी अधिकार समूहहरूले मेक्सिकोको कानून प्रवर्तन र आपराधिक समूहहरूबाट हिंसा र दुर्व्यवहार सामान्य रहेको बताएका छन् ।

गोलाबारी गर्ने दुई सैनिकलाई आफ्नो पदबाट हटाइएको रक्षा मन्त्रालयले जनाएको छ । यो मुद्दा संघीय अभियोजनकर्ता र सेनाको आफ्नै न्यायाधिकरणमा पठाइएको छ। ट्रकमा सवार अरू १७ जनालाई अध्यागमन कार्यालयमा बुझाइएको जनाइएको छ ।

ट्रकमा रहेका आप्रवासी मानव तस्करको पछि लागेर अमेरिका जाँदै गरेका अनुमान गरिएको छ । यता बाइडेन प्रशासनले अक्टोबर १ देखि सिमाक्षेत्रमा एसाइलमको नियम झन् कडा बनाएको छ ।

राष्ट्रपति जो बाइडेनले अमेरिकी दक्षिणी सीमामा एसाइलममा पहुँच सीमित गर्ने आफ्नो कार्यकारी आदेशमा अपडेट जारी गरेका छन् । अपडेट गरिएको नियमन अन्तर्गत बाइडेन प्रशासनले अब विनाभिसा सीमा पार गर्नेहरूको संख्या २८ दिनसम्म लगातार १५ सयभन्दा कम रहेको खण्डमामात्र प्रतिबन्ध हटाउनेछ ।

गत जुनमा बाइडेन प्रशासनले ल्याएको नियममा एकसातासम्म लगातार विनाभिसा प्रवेश गर्नेको संख्या १५ सयभन्दा कम रहेमा प्रतिबन्ध हटाउने उल्लेख थियो । तर अब उक्त समयसिमा बढाइएको छ ।

दैनिक थ्रेसहोल्डमा यस अगाडि गैर सम्बन्धित देशहरूका बाबुआमाको साथमा नरहेका बालबालिकाहरु समावेश नभएकोमा अहिले यो संख्या समेत समावेश गरिएको छ । नयाँ नीति अक्टोबर १, २०२४ मा मध्यरातबाट लागू भएको छ ।

भर्खरको समाचार

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

सम्बन्धित खबरहरु

Scroll to Top