×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

दुई कोरियाबीच ड्रोन तनावः कुनै पनि बेला युद्ध भड्किने

२८ आश्विन २०८१

२८ असोज, विराटनगर।

विश्वमा दुई ठूला युद्ध जारी रहेका बेला र केही क्षेत्रमा नयाँ युद्धको संकेत देखिरहेका बेला सबैतिर महत्वपूर्ण भूमिकाका साथ अमेरिका पनि मोर्चामा सहभागि भएकै छ । कतै उ पर्दापछाडी छ भने कतै अगाडी नै उभिएको छ ।

रुसविरुद्ध पर्दापछाडी रहेर युक्रेनको सारथी बनेको अमेरिका मध्यपूर्वमा खुलेरै इजरायलको ढाल बनेको छ । यसबीच चीनले ताइवानमा घेरा हाल्दा त्यता पनि आफ्नो कडा नजर रहेको बयान जारी गरेको छ ।

अर्कातिर यहीबीच दुई कोरियाले पनि आपसमा तनाव बढाउँदै लगेका छन् । यहाँ पनि उत्तर कोरियाले अमेरिकासहितले भड्काएको आरोप लगाउँदै आएको छ । अमेरिकाको यही भूमिकाले अहिले नै चलिरहेको युद्ध थप भीषण र विस्तार हुने देखिइरहँदा अब ताइवानी क्षेत्र र कोरियाली सीमाक्षेत्रमा पनि युद्ध चर्किनै लागेको देखिएको छ ।

यसबीच उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाले सोमबार बताएको छ ।

आणविक हतियार सम्पन उत्तरले सोललाई आफ्नो राजधानीमाथि ड्रोन उडाएर ‘उत्तेजक अफवाह र फोहोर’ भरिएका पर्चाहरू खसालेको आरोप लगाउँदै आइतबार यदि अर्को ड्रोन पत्ता लागे यसलाई ‘युद्धको घोषणा’ मानिने चेतावनी दिएको छ ।

सोलको सेनाले यसअघि नै उडानहरूको पछाडि आफ्नो हात रहेको भन्ने दाबीलाई अस्वीकार गरेको छ । सामान्यतया बेलुनद्वारा लामो समयदेखि प्रचार सामग्री र अमेरिकी मुद्रा उत्तरतर्फ पठाउने काम भइरहेको उत्तर कोरियाको आरोप छ ।

उत्तरले सोललाई आधिकारिक रूपमा दोषी ठहर गर्दै आइतबार राति पहिले नै युद्धको स्थितिमा रहेका आठ तोपखाना ब्रिगेडलाई ‘पूर्ण रूपमा गोली चलाउन तयार रहन’ भनेको छ र प्योङयाङमा हवाई निगरानी चौकीहरू सुदृढ पारेको घोषणा गरेको छ ।

यसको प्रतिक्रियामा दक्षिण कोरियाले पनि आक्रामक अभिव्यक्ति दिएको हो । ‘हाम्रो सेनाले परिस्थितिलाई नजिकबाट नियालिरहेको छ र उत्तरको उक्साहटका लागि पूर्ण रूपमा तयार छ’, दक्षिणको संयुक्त प्रमुखहरूको कार्यालय (जेसिएस) का प्रवक्ता ली सियोङ–जुनले पत्रकार सम्मेलनमा भनेका छन् ।

हालैका दिनहरूमा प्रचार ड्रोनहरूले राजधानीको हवाई क्षेत्रमा तीन पटक प्रवेश गरेको प्योङयाङले दाबी गरेको छ । साथै नेता किम जोङ उनकी शक्तिशाली बहिनीले तिनीहरू नरोकिए ‘भयानक विपत्ति’ को धम्की दिएकी छन् ।

सोमबार एक वक्तव्यमा किम यो जोङले भनिन्, ‘ड्रोन उडानहरू हाम्रो राज्यका लागि क्षमा नहुने दुर्भावनापूर्ण चुनौती थियो ।’ उनले यस्तै तीनवटा लगातार वक्तव्य जारी गर्दै दक्षिण कोरियाली सेनालाई उत्तर कोरियाली हवाई क्षेत्रको कथित उल्लङ्घनको पुनारावृत्ति रोक्न उपायहरू अपनाउन आग्रह गरेकी छन् ।

जेसीएसले सोमबार सोलका सेना सीमापार पठाउनका लागि जिम्मेवार रहेको न त पुष्टि गरेको छ न अस्वीकार नै गरेको छ बरु उत्तरको दाबीलाई ‘लज्जास्पद’ भनेको छ । ‘उत्तरले प्योङयाङको आकाशमा ड्रोनको उत्पत्तिसमेत पुष्टि गर्न सक्तैन तर दक्षिणलाई दोष लगाइरहेको छ– त्यसैबेला दक्षिणतर्फ १० पटक ड्रोन पठाएको विषयमा मुख बन्द गरेर बसेको छ’, प्रवक्ता लीले भने, ‘यो लज्जास्पद दाबीबाहेक केही होइन ।’

यसअघि उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्णरूपमा बन्द गरेको थियो । उत्तर कोरियाले कोरियाली प्रायद्वीपको अनिश्चित सुरक्षा अवस्थालाई कारण बनाउँदै दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्णरूपमा बन्द गरेको कोरियाली पिपुल्स आर्मी (केपीए) लाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले जनाएको छ ।

केपीए जनरल अधिकारीले उत्तर कोरियाको दक्षिणी सीमा नजिकै दक्षिण कोरियाली क्षेत्रमा दैनिक सैन्य अभ्यास, अमेरिकी रणनीतिक आणविकको बारम्बार उपस्थितिलगायतका कुरामा ध्यान दिँदै प्रायद्वीपको अवस्थाको गम्भीरतालाई बेवास्ता गर्न नसकिने जनाएका खबरमा उल्लेख छ ।

प्रायद्वीपमा गम्भीर सैन्य अवस्थाका कारण उत्तर कोरियाको सशस्त्र बलले राष्ट्रिय सुरक्षाको रक्षा गर्न सशक्त कदम चाल्न आवश्यक रहेको बताएको छ । केपीए जनरल अधिकारीले यो कदम युद्ध रोक्न र उत्तर कोरियाको सुरक्षाको रक्षाका लागि आत्मरक्षात्मक उपाय भएको जनाएका छन् ।

दुई कोरियाबीच यो विवाद जारी रहँदा उता यूक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले पनि उत्तर कोरियामाथि रुसमा आफ्नो सेना पठाएको आरोप लगाएका छन् । यसका साथै उनले एक पटक फेरि एक ठूलो युद्ध रोक्नका लागि धेरै समर्थन आवस्यक रहेको भन्दै अपिल गरेका छन् ।

उनले रूसविरुद्धको युद्धमा अझै धेरै सैन्य र वित्तिय सहयोगका लागि कयौं यूरोपेली देशहरुको भ्रमण गरेको केही समयपछि यो टिप्पणी गरेका हुन् । जेलेन्स्कीले आफ्नो साझेदारहरुका साथ सम्बन्धलाई अधिक मजबूत बनाउनु पर्नेमा पनि जोड दिए ।

यूक्रेनी राष्ट्रपतिले भने, “हामी रुस र उत्तर कोरियाबीच बढीरहेको गठबन्धनहरुलाई हेरिरहेका छौं । यो केवल हतियार स्थानान्तरण गर्नका लागि मात्रै होइन बरु उत्तर कोरियाका सेनाहरुलाई रुसी सैन्य बलहरुमा ट्रान्सफर गर्ने बारेमा भइरहेको छ । यो परिस्थितिमा हाम्रा साझेदारहरुसंगको साथमा हाम्रो सम्बन्ध बलियो हुनुपर्छ।“

जेलेन्स्कीले अगाडि भने, “जब हामी यूक्रेनका लागि लामो दुरीको क्षमता र सेनाका लागि निर्णायक आपूर्तिका बारेमा कुरा गर्छौ भने यसमा केबल सैन्य उपकरणहरुको सूचीमात्रै सामेल हुँदैन, यसले त आक्रमणकारीमाथि दवाब बढाउनका लागि र ठूलो युद्ध रोक्नका बारेमा समेत हुनेछ।“

गत साता युक्रेनी न्युज एजेन्सी इन्टरफ्याक्स युक्रेन र किभ पोस्टले जासुसी विभागको स्रोत खुलाउँदै यसबारे रिपोर्ट सार्वजनिक गरेका छन् । जहाँ ३ अक्टोबरमा डोनबसमा रुसले कब्जा गरेको क्षेत्रमा युक्रेनले मिसाइल आक्रमण गरेको थियो ।

र त्यहाँ उत्तर कोरियाली सेनाका ६ जना अधिकारी मारिएको र ३ जना घाइते भएको युक्रेनी जासुसी विभागले दाबी गरेको छ । युक्रेनी जासुसी विभागका अनुसार उत्तर कोरियाली सेनाहरु युक्रेनमा रुसले कब्जा गरेको क्षेत्रमा पुगेका थिए ।

र ती सैनिकहरु इन्जिनियरिङ युनिटको रहेको पनि युक्रेनले जनाएको छ । यद्यपि रुसले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दक्षिण कोरियाका रक्षामन्त्री किम योङ युनले यस वर्ष युक्रेनमा रुसको सहायताका लागि उत्तर कोरियाले आफ्ना सेना तैनाथ गर्न सक्ने बताएका थिए ।

र पछिल्लो समय रुसी सेनालाई उत्तर कोरियाले सघाएको कुरामा पनि सत्यता रहेको दक्षिण कोरियाले दाबी गरेको छ । जवकि यसै वर्ष जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच विस्तृत रणनीतिक साझेदारीका लागि एक सन्धिमा हस्ताक्षर गरेका थिए ।

दक्षिण कोरियाले भने उत्तर कोरिया र रुसबीच भएको सम्झौतामा सैन्य गठबन्धनको मुद्दा पनि रहेको जनाएको छ । सोही सम्झौता अनुसार उत्तर कोरियाले रुसको सहायताका लागि सेना पठाएको हुनसक्ने बताइएको छ ।

तर २०२३ मा रुसी राष्ट्रपति पुटिनले उक्त रिपोर्टलाई बकबास मात्रै भएको प्रतिक्रिया दिएका थिए । तर २०२४ मा पुटिन र किमबीच भएको सम्झौतामा रक्षा सहयोगको विषय पनि सामेल थियो । त्यसबेला पुटिनले किमलाई महंगो रुसी कार उपहार दिएका थिए ।

त्यसो त गत जुनमा पुटिनको उत्तर कोरियाको भ्रमणलाई लिएर चौतर्फी चासो राखिएको थियो । रुस चौतर्फी दबाबमा रहेका बेला पुटिनको उक्त भ्रमणलाई महत्त्वका साथ हेरिएको थियो । युक्रेनलाई अमेरिकाले सहयोग गरिरहेका बेला अमेरिकाको दुश्मनको रुपमा चिनिएको उत्तर कोरियाले रुसलाई साथ दिँदै आएको छ ।

यसबीच रुसले थप एक यूक्रेनी गाउँ कब्जामा लिएको आइतबार नै बताएको थियो । अब रूसी सेना डोनेस्क क्षेत्रको पश्चिमतर्फ अघि बढिरहेको छ । रूसका रक्षा मंत्रीले रूसी सेनाले सेलिडोभ शहर र पोक्रोभ्स्कको दक्षिणमा माखाइलिभ्कामा पनि कब्जा गरिएको दाबी गरेका छन् ।

यता किभले अहिले अवस्था निकै कठिन रहेको बताएको छ । रुसले अप्ठ्यारो पारिरहेका बेला उत्तर कोरियाका हतियारका साथै अब किमका सेना पनि आफूमाथि जाइलाग्दा जेलेन्स्कीले गरेको गुहार, दुई कोरियाबीचमा तनाव चर्किदै गरेका बेला अन्यत्रजस्तै यहाँ पनि अमेरिका पस्ने प्रवल सम्भावनाका बीच के अगामी दिनमा विश्व झनै ठुलो युद्धमा पर्न लागेको हो ?

आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top