NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा बिहिबार मंसिर ११ , २०८२
रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ? बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ? बिहिबार मंसिर ११ , २०८२
विश्वकै सबैभन्दा लामो कांग्रेसको बैठक बुधबार मंसिर १० , २०८२
Next
Prev

समाचार

दुई कोरियाबीच ड्रोन तनावः कुनै पनि बेला युद्ध भड्किने

सोमवार अशोज २८ , २०८१
Reading Time: 1 min read
A A
दुई कोरियाबीच ड्रोन तनावः कुनै पनि बेला युद्ध भड्किने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

२८ असोज, विराटनगर।

विश्वमा दुई ठूला युद्ध जारी रहेका बेला र केही क्षेत्रमा नयाँ युद्धको संकेत देखिरहेका बेला सबैतिर महत्वपूर्ण भूमिकाका साथ अमेरिका पनि मोर्चामा सहभागि भएकै छ । कतै उ पर्दापछाडी छ भने कतै अगाडी नै उभिएको छ ।

रुसविरुद्ध पर्दापछाडी रहेर युक्रेनको सारथी बनेको अमेरिका मध्यपूर्वमा खुलेरै इजरायलको ढाल बनेको छ । यसबीच चीनले ताइवानमा घेरा हाल्दा त्यता पनि आफ्नो कडा नजर रहेको बयान जारी गरेको छ ।

LS Auto

अर्कातिर यहीबीच दुई कोरियाले पनि आपसमा तनाव बढाउँदै लगेका छन् । यहाँ पनि उत्तर कोरियाले अमेरिकासहितले भड्काएको आरोप लगाउँदै आएको छ । अमेरिकाको यही भूमिकाले अहिले नै चलिरहेको युद्ध थप भीषण र विस्तार हुने देखिइरहँदा अब ताइवानी क्षेत्र र कोरियाली सीमाक्षेत्रमा पनि युद्ध चर्किनै लागेको देखिएको छ ।

यसबीच उत्तर कोरियाले सीमामा रहेका सैनिकहरूलाई प्योङयाङमा ड्रोन उडानको बढ्दो विवादमा गोली हान्न तयार रहन आदेश दिएपछि आफूहरू ‘पूर्ण रूपमा तयार’ रहेको दक्षिण कोरियाली सेनाले सोमबार बताएको छ ।

आणविक हतियार सम्पन उत्तरले सोललाई आफ्नो राजधानीमाथि ड्रोन उडाएर ‘उत्तेजक अफवाह र फोहोर’ भरिएका पर्चाहरू खसालेको आरोप लगाउँदै आइतबार यदि अर्को ड्रोन पत्ता लागे यसलाई ‘युद्धको घोषणा’ मानिने चेतावनी दिएको छ ।

सोलको सेनाले यसअघि नै उडानहरूको पछाडि आफ्नो हात रहेको भन्ने दाबीलाई अस्वीकार गरेको छ । सामान्यतया बेलुनद्वारा लामो समयदेखि प्रचार सामग्री र अमेरिकी मुद्रा उत्तरतर्फ पठाउने काम भइरहेको उत्तर कोरियाको आरोप छ ।

उत्तरले सोललाई आधिकारिक रूपमा दोषी ठहर गर्दै आइतबार राति पहिले नै युद्धको स्थितिमा रहेका आठ तोपखाना ब्रिगेडलाई ‘पूर्ण रूपमा गोली चलाउन तयार रहन’ भनेको छ र प्योङयाङमा हवाई निगरानी चौकीहरू सुदृढ पारेको घोषणा गरेको छ ।

यसको प्रतिक्रियामा दक्षिण कोरियाले पनि आक्रामक अभिव्यक्ति दिएको हो । ‘हाम्रो सेनाले परिस्थितिलाई नजिकबाट नियालिरहेको छ र उत्तरको उक्साहटका लागि पूर्ण रूपमा तयार छ’, दक्षिणको संयुक्त प्रमुखहरूको कार्यालय (जेसिएस) का प्रवक्ता ली सियोङ–जुनले पत्रकार सम्मेलनमा भनेका छन् ।

हालैका दिनहरूमा प्रचार ड्रोनहरूले राजधानीको हवाई क्षेत्रमा तीन पटक प्रवेश गरेको प्योङयाङले दाबी गरेको छ । साथै नेता किम जोङ उनकी शक्तिशाली बहिनीले तिनीहरू नरोकिए ‘भयानक विपत्ति’ को धम्की दिएकी छन् ।

सोमबार एक वक्तव्यमा किम यो जोङले भनिन्, ‘ड्रोन उडानहरू हाम्रो राज्यका लागि क्षमा नहुने दुर्भावनापूर्ण चुनौती थियो ।’ उनले यस्तै तीनवटा लगातार वक्तव्य जारी गर्दै दक्षिण कोरियाली सेनालाई उत्तर कोरियाली हवाई क्षेत्रको कथित उल्लङ्घनको पुनारावृत्ति रोक्न उपायहरू अपनाउन आग्रह गरेकी छन् ।

जेसीएसले सोमबार सोलका सेना सीमापार पठाउनका लागि जिम्मेवार रहेको न त पुष्टि गरेको छ न अस्वीकार नै गरेको छ बरु उत्तरको दाबीलाई ‘लज्जास्पद’ भनेको छ । ‘उत्तरले प्योङयाङको आकाशमा ड्रोनको उत्पत्तिसमेत पुष्टि गर्न सक्तैन तर दक्षिणलाई दोष लगाइरहेको छ– त्यसैबेला दक्षिणतर्फ १० पटक ड्रोन पठाएको विषयमा मुख बन्द गरेर बसेको छ’, प्रवक्ता लीले भने, ‘यो लज्जास्पद दाबीबाहेक केही होइन ।’

यसअघि उत्तर कोरियाले दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्णरूपमा बन्द गरेको थियो । उत्तर कोरियाले कोरियाली प्रायद्वीपको अनिश्चित सुरक्षा अवस्थालाई कारण बनाउँदै दक्षिण कोरियासँग जोडिएको सडक र रेलमार्ग पूर्णरूपमा बन्द गरेको कोरियाली पिपुल्स आर्मी (केपीए) लाई उद्धृत गर्दै कोरियाली केन्द्रीय समाचार संस्था (केसीएनए) ले जनाएको छ ।

केपीए जनरल अधिकारीले उत्तर कोरियाको दक्षिणी सीमा नजिकै दक्षिण कोरियाली क्षेत्रमा दैनिक सैन्य अभ्यास, अमेरिकी रणनीतिक आणविकको बारम्बार उपस्थितिलगायतका कुरामा ध्यान दिँदै प्रायद्वीपको अवस्थाको गम्भीरतालाई बेवास्ता गर्न नसकिने जनाएका खबरमा उल्लेख छ ।

प्रायद्वीपमा गम्भीर सैन्य अवस्थाका कारण उत्तर कोरियाको सशस्त्र बलले राष्ट्रिय सुरक्षाको रक्षा गर्न सशक्त कदम चाल्न आवश्यक रहेको बताएको छ । केपीए जनरल अधिकारीले यो कदम युद्ध रोक्न र उत्तर कोरियाको सुरक्षाको रक्षाका लागि आत्मरक्षात्मक उपाय भएको जनाएका छन् ।

दुई कोरियाबीच यो विवाद जारी रहँदा उता यूक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले पनि उत्तर कोरियामाथि रुसमा आफ्नो सेना पठाएको आरोप लगाएका छन् । यसका साथै उनले एक पटक फेरि एक ठूलो युद्ध रोक्नका लागि धेरै समर्थन आवस्यक रहेको भन्दै अपिल गरेका छन् ।

उनले रूसविरुद्धको युद्धमा अझै धेरै सैन्य र वित्तिय सहयोगका लागि कयौं यूरोपेली देशहरुको भ्रमण गरेको केही समयपछि यो टिप्पणी गरेका हुन् । जेलेन्स्कीले आफ्नो साझेदारहरुका साथ सम्बन्धलाई अधिक मजबूत बनाउनु पर्नेमा पनि जोड दिए ।

यूक्रेनी राष्ट्रपतिले भने, “हामी रुस र उत्तर कोरियाबीच बढीरहेको गठबन्धनहरुलाई हेरिरहेका छौं । यो केवल हतियार स्थानान्तरण गर्नका लागि मात्रै होइन बरु उत्तर कोरियाका सेनाहरुलाई रुसी सैन्य बलहरुमा ट्रान्सफर गर्ने बारेमा भइरहेको छ । यो परिस्थितिमा हाम्रा साझेदारहरुसंगको साथमा हाम्रो सम्बन्ध बलियो हुनुपर्छ।“

जेलेन्स्कीले अगाडि भने, “जब हामी यूक्रेनका लागि लामो दुरीको क्षमता र सेनाका लागि निर्णायक आपूर्तिका बारेमा कुरा गर्छौ भने यसमा केबल सैन्य उपकरणहरुको सूचीमात्रै सामेल हुँदैन, यसले त आक्रमणकारीमाथि दवाब बढाउनका लागि र ठूलो युद्ध रोक्नका बारेमा समेत हुनेछ।“

गत साता युक्रेनी न्युज एजेन्सी इन्टरफ्याक्स युक्रेन र किभ पोस्टले जासुसी विभागको स्रोत खुलाउँदै यसबारे रिपोर्ट सार्वजनिक गरेका छन् । जहाँ ३ अक्टोबरमा डोनबसमा रुसले कब्जा गरेको क्षेत्रमा युक्रेनले मिसाइल आक्रमण गरेको थियो ।

र त्यहाँ उत्तर कोरियाली सेनाका ६ जना अधिकारी मारिएको र ३ जना घाइते भएको युक्रेनी जासुसी विभागले दाबी गरेको छ । युक्रेनी जासुसी विभागका अनुसार उत्तर कोरियाली सेनाहरु युक्रेनमा रुसले कब्जा गरेको क्षेत्रमा पुगेका थिए ।

र ती सैनिकहरु इन्जिनियरिङ युनिटको रहेको पनि युक्रेनले जनाएको छ । यद्यपि रुसले यसबारे कुनै प्रतिक्रिया दिएको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दक्षिण कोरियाका रक्षामन्त्री किम योङ युनले यस वर्ष युक्रेनमा रुसको सहायताका लागि उत्तर कोरियाले आफ्ना सेना तैनाथ गर्न सक्ने बताएका थिए ।

र पछिल्लो समय रुसी सेनालाई उत्तर कोरियाले सघाएको कुरामा पनि सत्यता रहेको दक्षिण कोरियाले दाबी गरेको छ । जवकि यसै वर्ष जुन महिनामा उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच विस्तृत रणनीतिक साझेदारीका लागि एक सन्धिमा हस्ताक्षर गरेका थिए ।

दक्षिण कोरियाले भने उत्तर कोरिया र रुसबीच भएको सम्झौतामा सैन्य गठबन्धनको मुद्दा पनि रहेको जनाएको छ । सोही सम्झौता अनुसार उत्तर कोरियाले रुसको सहायताका लागि सेना पठाएको हुनसक्ने बताइएको छ ।

तर २०२३ मा रुसी राष्ट्रपति पुटिनले उक्त रिपोर्टलाई बकबास मात्रै भएको प्रतिक्रिया दिएका थिए । तर २०२४ मा पुटिन र किमबीच भएको सम्झौतामा रक्षा सहयोगको विषय पनि सामेल थियो । त्यसबेला पुटिनले किमलाई महंगो रुसी कार उपहार दिएका थिए ।

त्यसो त गत जुनमा पुटिनको उत्तर कोरियाको भ्रमणलाई लिएर चौतर्फी चासो राखिएको थियो । रुस चौतर्फी दबाबमा रहेका बेला पुटिनको उक्त भ्रमणलाई महत्त्वका साथ हेरिएको थियो । युक्रेनलाई अमेरिकाले सहयोग गरिरहेका बेला अमेरिकाको दुश्मनको रुपमा चिनिएको उत्तर कोरियाले रुसलाई साथ दिँदै आएको छ ।

यसबीच रुसले थप एक यूक्रेनी गाउँ कब्जामा लिएको आइतबार नै बताएको थियो । अब रूसी सेना डोनेस्क क्षेत्रको पश्चिमतर्फ अघि बढिरहेको छ । रूसका रक्षा मंत्रीले रूसी सेनाले सेलिडोभ शहर र पोक्रोभ्स्कको दक्षिणमा माखाइलिभ्कामा पनि कब्जा गरिएको दाबी गरेका छन् ।

यता किभले अहिले अवस्था निकै कठिन रहेको बताएको छ । रुसले अप्ठ्यारो पारिरहेका बेला उत्तर कोरियाका हतियारका साथै अब किमका सेना पनि आफूमाथि जाइलाग्दा जेलेन्स्कीले गरेको गुहार, दुई कोरियाबीचमा तनाव चर्किदै गरेका बेला अन्यत्रजस्तै यहाँ पनि अमेरिका पस्ने प्रवल सम्भावनाका बीच के अगामी दिनमा विश्व झनै ठुलो युद्धमा पर्न लागेको हो ?

आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

Tags: # दुई कोरियाबीच ड्रोन तनाव#नेपाल टाइम्स् ट्रेडिंग

लोकप्रीय

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

बिहिबार मंसिर ११ , २०८२

विचार

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

बिहिबार मंसिर ११ , २०८२

थप समाचार

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म
ताजा समाचार

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?
ताजा समाचार

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा
आर्थिक

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?
ताजा समाचार

रवि र छवि आज छुट्छन् ?

बिहिबार मंसिर ११ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

World News: ताइवानले अर्बौको अमेरिकी हति*यार किन्दै, तेजसको विक्री रोकियो,कोरियामा फ्लु

00:19:22

World News: क्यानडेली नागरिकता कानुनमा परिवर्तन, साउदीमा मदिरा खुकुलो || Nepal Times

00:19:15

World News: दलाई लामालाई अमेरिकी तलब, भीसा नपाएपछि आ*त्म*ह*त्या || Nepal Times

00:17:08

World News: Australia मा नेपालीसहितको प्रमाणपत्र खारेज, २०० विद्यार्थी अपहरणमा || Nepal Times

00:17:12

World News: Dubai मा भारतको ल डाकु विमान दु र्घट ना, Modi अफ्रिकामा || Nepal Times

00:16:05

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

सरकारले धुर्मुसको ऋण तिर्न दिएको १५ करोड रेणुले रोकेपछि

शुक्रबार मंसिर ५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओलीले योगेश भट्टराईसँग लिए बदला

शुक्रबार मंसिर ५ , २०८२
ब्राजिलमा चक्रवात, ४४ जनाको मृत्यु

बंगालको खाडीमा चक्रवात, भारतमा चेतावनी, नेपाल आउला ?

बुधबार मंसिर १० , २०८२

हालका पोस्टहरू

सर्वाेच्चको आदेशविरुद्ध मधेस सरकार, बेरोजगार भत्तादेखि राहतसम्म

मधेस सरकारविरूद्धको रिट न्यायाधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

बिहिबार मंसिर ११ , २०८२
रवि र छवि आज छुट्छन् ?

रवि–छविको मुद्दाको सुनुवाइ फेरि स्थगित, कारण के ?

बिहिबार मंसिर ११ , २०८२
आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

आजदेखि चुच्चे नक्सा भएको नयाँ नोट बजारमा

बिहिबार मंसिर ११ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.