विराटनगर असोज, ८
प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले सरकार गठन भएको सातमहिना पछि बल्ल प्रदेश सरकारले कार्यकारी हैसियत पाएको बताएका छन् ।
उनले प्रदेश सरकारको मातहतका प्रशासनिक कार्यालय स्थापना नभएका कारण यसअघि प्रदेश सरकार कार्यकारी हैसियतबाट काम गर्न बञ्चित हुदै आएको बताए ।
मुख्यमन्त्री राईले प्रदेश सरकारको पहिलो प्रशासनिक कार्यालयका रुपमा अस्थायी राजधानी विराटनगरमा स्थापना गरिएको कृषि बिकास निर्देशनालयको सोमबार उद्घाटन गदै यस्तो बताएका हुन् ।
मुख्यमन्त्रीले प्रदेश सरकारकोे मुख्यमन्त्रीको हैसियतमा गुद्रीमा बसेर काम थालेको बताउँदै पहिलो प्रशासनिक कार्यालयका रुपमा यो कार्यालयको स्थापनसँगै अब प्रदेश सरकारले कार्यकारी हैसियत पाएको बताए ।
उनले प्रदेश सरकारको मातहतका दुई कार्यालय स्वास्थ्य निर्देशनालय र शिक्षा निर्देशनायलपनि आगामी ११ असोजमा धनकुटामा स्थापना गरिने जानकारी दिए ।
प्रदेश सरकारको नीति तथा कार्यक्रम र त्यससंग छुटाइएका बजेट अब यी कार्यालयबाट कार्यान्वयमा आउने मुख्यमन्त्री राईको भनाइ छ ।
मुख्यमन्त्री राईले प्रदेश नं १ अन्न भण्डारको प्रदेश भएकाले पहिलो प्राथमिकतामा कृषिलाई राखेर पहिलो प्रशासनिक कार्यालयको रुपमा कृषि बिकास निर्देशनालयकको स्थापना गरेको जानकारी दिए ।