×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

मेसीको पूर्व क्लबसँग अल नासर,रोनाल्डो र एम्बाप्पे एकै मैदानमा

२ कार्तिक २०८१

२ कार्तिक ,एजेन्सी ।

पोर्चुगिज कप्तान क्रिस्टियानो रोनाल्डो सन् २००९ देखि २०१८ सम्म स्पेनिस क्लब रियल मड्रिडका लागि व्यवसायिक फुटबल खेले । त्यो नौ वर्षको अवधिमा उनले पाँच वर्षको अवधिमा चार पटक च्याम्पियन्स लिगमात्र जितेनन्, व्यक्तिगत अवार्डतर्फ चारवटा बालोन डी‘ओर पनि उचाले ।

स्पेन आउनुअघि नै इंग्ल्यान्डको म्यानचेस्टर युनाइटेडबाट उनले एउटा च्याम्पियन्स लिग र एउटा बालोन डी‘ओर जितिसकेका थिए । युनाइटेडबाट सर्वाधिक महँगो बन्दै रियलमा अनुबन्धित भएपछि उनी आफ्ना प्रतिद्वन्द्वी लियोनल मेसीलाई उछिन्दै तीन पटक गोल्डेन बुट जित्न सफल भए ।

रियलमै छँदा रोनाल्डोले युरोपमा उत्कृष्ट खेलाडीका रूपमा चार वटा अवार्ड पनि चुमे । रियलबाट सबैखाले प्रतियोगिता गरी ४३८ खेल खेल्दा रोनाल्डोले ४५० गोल र १३१ गोलमा आफ्नो योगदान दिए ।

रियलमा छँदा रोनाल्डो विश्वफुटबलमा हरेको दिनजस्तो समाचारको हेडलाइन बन्नेगरेका थिए । रियलबाट कुल १६ वटा उपाधि जितेका रोनाल्डोले स्पेनमा देखाएको जस्तो उत्कृष्टता अरू क्लबमा देखाउन सकेनन् ।

अनि, स्पेनमा जत्तिको अरू देशमा अडिन पनि सकेनन् । पारिश्रमिक विवादलगायत थुप्रै समस्याका कारण १० जुलाई २०१८ मा रियल छोडेर इटालियन क्लब युभेन्टस पुगेका थिए, रोनाल्डो । ३३ वर्षको उमेरमा पनि खारिलो प्रदर्शन गर्न सक्ने भएका कारण युभेन्टसले रोनाल्डोलाई ११७ मिलियन युरो खर्चिएर क्लबमा भित्र्याएको थियो ।

तर, तीन वर्ष इटालीमा बसेर पुनः युनाइटेडमा फर्किए, रोनाल्डो । युनाइटेडमा पनि प्रशिक्षकसँग टकराव हुने भएपछि उनी साउदी अरेबियन क्लब अल नासर पुगे । सन् २०२३ यता साउदी प्रो–लिग खेलिरहेका रोनाल्डो स्पेन फर्किँदै छन् ।

तर, कुनै क्लबमा अनुबन्धित हुन होइन, मैत्रीपूर्ण खेल खेल्न । रोनाल्डोआबद्ध अल नासर र स्पेनिस महारथी रियलबीच चालू सिजनको अन्त्यमा मैत्रीपूर्ण फुटबल हुन लागेको अन्तर्राष्ट्रिय रिपोर्टहरूमा उल्लेख छ ।

आगामी रियाद सिजनमा मैत्रीपूर्ण खेल खेल्नका लागि क्रिस्टियानो रोनाल्डोको अल–नासरसँग छलफल हुने सम्भावना रहेको छ। साउदी प्रो लिग टोलीविरुद्ध खेल्नका लागि रियल म्याड्रिड एक प्रस्तावित क्लब हो। २०२४ को रियाद सिजन अक्टोबर १२ देखि सुरु भई २०२५ सम्म चल्नेछ ।

पत्रकार अब्दुलअजिज अल–ओसैमीका अनुसार, साउदी अरबको जनरल इन्टरटेनमेन्ट अथोरिटीका अध्यक्ष तुर्की अल–शेखले आगामी रियाद सिजनमा सम्भावित मैत्रीपूर्ण खेलबारे अल–नासरसँग छलफल गर्नेछन्।

उनले रियल मड्रिडलाई विपक्षी क्लबको रूपमा प्रस्ताव गरेको रिपोर्टमा जनाइएको छ । यसै वर्षको सुरुमा, स्पेनिस मिडिया मार्काले रोनाल्डोआबद्ध अल–नारस र रियल मड्रिडबीचको सम्भावित खेल नयाँ स्यान्टियागो बर्नाबेउ स्टेडियममा हुने जनाएको छ ।

उक्त स्टेडियमको उद्घाटन चालु सिजनको अन्त्य र २०२५ बीचमा हुने अपेक्षा गरिएको छ। रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेज नासरसँगको खेल गराउन उत्सुक थिए। तथापि, रियल र नासरबीचको मैत्रीपूर्ण खेलबारे दुवै टोलीबाट आधिकारिक रूपमा जानकारी आएको छैन ।

तर, अब उक्त खेल भएमा रोनाल्डो पूर्वक्लब रियलविरुद्ध मैदान उत्रिने छन् भने रोनाल्डोका फ्यानसमेत रहेका किलियन एम्बाप्पेले उनीविरुद्ध खेल्नु पर्ने छ । रोनाल्डो पुगेपछि नै अल नासरले गत वर्ष फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग मैत्रीपूर्ण खेल खेलेको थियो ।

जसमा ब्राजिलियन स्ट्राइकर नेयमार र फ्रेन्च स्टार एम्बाप्पे रोनाल्डोको क्लबविरुद्ध मैदान उत्रिँदा मेसी भने टोलीमा थिएनन् । अल नासर र रियल मड्रिडबीच एकमात्र खेल भएको छ, जसमा साउदी क्लबले जित निकालेको छ ।

सन् २००८ मा भएको मैत्रीपूर्ण खेलमा घरेलु टोली नासरले रियललाई ४–१ गोलले हराएको थियो । ७० हजार दर्शकबीच खेलाइएको खेलमा रियलका रामोस, मार्सेलो, क्यासिलास जस्ता चर्चित खेलाडी सामेल थिए । तथापि, अहिले भने रियलको टोली बलियो अवस्थामा रहेका कारण नासरमाथि हाबी हुन सक्ने आँकलन गरिएको छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top