NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा आइतवार पुस २७ , २०८२
चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै शनिबार पुस २६ , २०८२
केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता शनिबार पुस २६ , २०८२
दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो शुक्रबार पुस २५ , २०८२
कांग्रेस गम्भिर मोडमा,संस्थापनसँग गएनन् शेखर,पत्रकार सम्मेलन स्थगित शुक्रबार पुस २५ , २०८२
Next
Prev

समाचार

युक्रेन युद्धमा उत्तर कोरिया पनि मिसियो,११ हजार कोरियाली रुसमा

सोमवार कार्तिक ५ , २०८१
Reading Time: 1 min read
A A
उत्तर कोरियाको रकेट पड्कियो
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

५ कार्तिक , एजेन्सी ।

३ वर्ष देखि जारी रुस युक्रेन युद्धमा उत्तर कोरियाबाट रुसलाई हतियार र गोलाबारुद सहयोग भइरहेको पश्चिमा राष्ट्रहरुले दाबी गरिहेको अवस्थामा अब कोरियाली सेना रुसी सेनातर्फबाट युक्रेनविरुद्ध लडिरहेको रहस्य खुलेको छ ।

युक्रेनले दावी गरेको छ कि कोरियाली सैनिकहरू रूसी सेनामा सामेल भइरहेका छन्, जसको भिडियो युक्रेनले सार्वजनिक गरेको छ र यो भिडियो संस्कृति र सूचना मन्त्रालय मार्फत सञ्चालन गर्ने युक्रेनको रणनीतिक सञ्चार र सूचना सुरक्षा केन्द्रले प्रमाणित गरेको छ।

भिडियोमा उत्तर कोरियाली सैनिकहरू रुसी सैनिकहरूबाट झोला, कपडा र अन्य चीजहरू लिन लाइनमा उभिरहेका देखिन्छन्। यो भिडियो हामीले आफ्नै स्रोतबाट लिएको युक्रेनले दाबी गरेको छ ।

केन्द्रका प्रमुख इहोर सोलोभीले समाचार संस्था एपीसँग भनेका छन्, “सुरक्षा कारणले गर्दा हामीले यो भिडियो उपलब्ध गराउने स्रोतहरूको बारेमा जानकारी दिन सक्दैनौं।“ रुसी सेनाको निर्देशनमा उत्तर कोरियालीहरूलाई रुसी वर्दी दिइँदै आएको भिडियोमा स्पष्ट देखिएको छ ।

यो भिडियो युक्रेनको लागि महत्त्वपूर्ण छ किनभने यो पहिलो भिडियो प्रमाण हो जसले उत्तर कोरियाले रूसको पक्षमा युद्धमा भाग लिइरहेको देखाउँछ। अब हतियार र गोलाहरू मात्र होइन,सिपाहीहरू पनि उत्तरले रुसलाई सहयोग गरेको प्रमाणित भएको छ ।केन्द्रले यो फुटेज हालैका दिनमा एक रुसी सैनिकले खिचेको दाबी गरेको छ ।

युक्रेनी सैन्य प्रमुख किरिल बुडानोभले स्थानीय मिडिया रिपोर्टहरूमा भनेका छन् कि करिब ११ हजार उत्तर कोरियाली सैनिकहरू हाल पूर्वी रुसमा प्रशिक्षण गरिरहेका छन्। उनले उनीहरु नोभेम्बरसम्ममा लडाइँमा सामेल हुन तयार हुने पनि अनुमान गरेका छन् । रुसको कुर्स्क क्षेत्रमा कम्तिमा २६ सय सैनिक पठाइने उनको भनाइ छ ।

सोलोभीले एपीलाई भनेका छन् कि कुनै पनि संख्यामा नयाँ सेनाको उदय एक समस्या हो किनभने हामीलाई थप हतियारहरू चाहिन्छ। यो भिडियो विश्व समुदायको लागि एक महत्त्वपूर्ण संकेत भएको भन्दै उनले दुई देशहरू आधिकारिक रूपमा युक्रेन विरुद्ध युद्धमा रहेको र यो आक्रामकता रोक्न आफूहरुलाई थप समर्थन चाहिने उनले बताएका छन् ।

यसअघि युक्रेनले उत्तर कोरियाले रुसलाई सहयोग गर्न १० हजार सैनिक पठाएको आरोप लगाएको थियो । किभ इन्डिपेन्डेन्टको रिपोर्टले युक्रेनविरुद्धको युद्ध लड्न रुसले ३ हजार उत्तर कोरियाली नागरिकलाई विशेष बटालियनमा समावेश गरेको दाबी गरेको छ । रुस र युक्रेनबीच चलिरहेको युद्धको केही महिनामा ३ वर्ष पूरा हुदैछ ।

युक्रेनविरुद्धको युद्ध लड्न रुसले ‘बरियत’ बटालियन बनाएको छ, जसमा यी उत्तर कोरियाली नागरिकलाई समावेश गरिएको छ। पछिल्लो गुप्तचर रिपोर्टका अनुसार युक्रेनको सीमाबाट मात्र ७ किलोमिटर पर रहेको बार्यान्स्क र कुर्स्क क्षेत्रमा तैनाथ १८ उत्तर कोरियाली सैनिक आफ्नो पोस्टबाट भागेका छन् ।

उनीहरु भाग्नुको कारण नखुलेपनि रुसी सेनाले यी १८ सैनिकको खोजी अभियान चलाएको उल्लेख छ । रिपोर्टमा रुसी सेनाले पनि शीर्ष कमाण्डरबाट यो घटना लुकाउने प्रयास गरिरहेको दाबी गरिएको छ ।

यसअघि अक्टोबर १४ मा युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले गुप्तचर रिपोर्टलाई उद्धृत गर्दै उत्तर कोरियाले रुसलाई हतियार मात्र उपलब्ध नगराएको भन्दै किम जोङ उनले युद्ध लड्न सैनिक पठाएको आरोप लगाएका थिए ।

जेलेन्स्कीले यो दाबी गरेको प्रतिवेदनका अनुसार ३ अक्टोबरमा डोनेट्स्क नजिकै भएको मिसाइल आक्रमणमा २० भन्दा बढी सैनिक मारिएका थिए, जसमध्ये ६ उत्तर कोरियाली सैनिक थिए। २०२२ को फेब्रुअरीबाट सुरु भएको यो युद्धमा उत्तर कोरिया रुसलाई हतियार दिने प्रमुख देशमध्ये एक हो ।

पश्चिमी गुप्तचर एजेन्सीहरूका अनुसार रूस सैन्य हतियारहरूको वार्षिक आवश्यकताको लगभग ५० प्रतिशत उत्तर कोरियामा निर्भर छ। जसले दुई देशबीचको बलियो सैन्य गठबन्धनलाई देखाउँछ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुस र उत्तर कोरियाबीचको यो गठबन्धनप्रति चिन्ता व्यक्त गर्दै पश्चिमी देशहरूलाई कडा प्रतिक्रिया दिन अपिल गरेका थिए । जेलेन्स्कीले अमेरिका र अन्य सहयोगीहरूले रुसलाई वार्ताको टेबुलमा ल्याउन बाध्य पार्न मस्कोको सैन्य लक्ष्यमा लामो दूरीका क्षेप्यास्त्रहरू आक्रमण गर्न अनुमति दिनुपर्ने माग गरिरहेका छन् ।

यद्यपि अमेरिका र सहयोगीहरूले यस विषयमा अहिलेसम्म प्रष्ट जवाफ दिएका छैनन् । अहिले बाइडेनका जर्मनी भ्रमणको मुख्य एजेण्डा पनि रुस–युक्रेन युद्ध हुने विश्वास गरिएको छ । जेलेन्स्कीले यो भ्रमणमा अमेरिका र उसका अन्य सहयोगीहरूले रुसविरुद्ध निर्णायक निर्णय लिन सक्ने आशा राखेका छन्।

Tags: #युक्रेनविरुद्ध लड्दै किमका सेना ?#युक्रेन युद्धमा उत्तर कोरिया

लोकप्रीय

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२

विचार

थप समाचार

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा
संगीत

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो
समाचार

दुहबी नगरको नगरसभा सम्पन्न, ३२ करोड राजश्व लक्ष्यमा ३ करोड उठ्यो

शुक्रबार पुस २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२

हालका पोस्टहरू

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

इन्सपेक्टर पृथ्वी खनालको क्रिकेट गीत “नमस्ते नमस्कार” युट्युबमा

आइतवार पुस २७ , २०८२
देउवा गगन र विश्वप्रकाश सँग धुम्बाराहीमा छलफल गर्दै

चुनावको सङ्घारमा काँग्रेसभित्र शक्ति सङ्घर्ष अझ गहिरदै

शनिबार पुस २६ , २०८२
कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

केन्द्रीय समितिको अङ्कगणितले अड्कियो रास्वपा–उज्यालो एकता

शनिबार पुस २६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.