NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश बुधबार कार्तिक २६ , २०८२
कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त सोमवार कार्तिक २४ , २०८२
महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ? सोमवार कार्तिक २४ , २०८२
कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह सोमवार कार्तिक २४ , २०८२
Next
Prev

समाचार

प्रचण्डले भ्रष्टचार विरोधी भन्दा बाबुरामलाई हाँस उठ्यो

आइतवार कार्तिक ११ , २०८१
Reading Time: 1 min read
A A
आगामी चुनावमा हँसिया हथौडा चिह्नसहित जाने प्रचण्ड र बाबुराम भट्टराई बिच सहमती
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

११ कार्तिक , काठमाण्डौ ।

सरकारबाट बाहिरिएपछि प्रमुख प्रतिपक्ष दल नेपाल माओवादी केन्द्रले शनिबार केपी शर्मा ओलीविरुद्ध खबरदारी सभाको आयोजना गर्याे । सभामा माओवादी अध्यक्ष प्रचण्डसहित शीर्ष नेताहरु नै सरकारविरुद्ध कडा रुपमा प्रस्तुत भए ।

सबैजसो नेताहरुले सरकारले प्रतिपक्षलाई कम आकलन गरे सडकबाटै शक्ति देखाइदिने चेतावनी दिए । उनीहरुले वर्तमान सरकार बेइमान र भ्रष्टचारी भएको बताए । सभामा अध्यक्ष प्रचण्डले भने आफूमाथि उठेका विभिन्न प्रश्नहरुको स्पष्टीकरण समेत दिए ।

उनले सरकार ढाल्ने खेलमा नरहेको भन्दै कांग्रेस र एमालेसँग मिलेर गल्ती गरेको महसुस गरे । उनले यो सभाको सन्देशलाई गम्भीरतापूर्वक नलिए भोलि जे पनि हुनसक्छ भन्ने कडा चेतावनी दिए ।

उनले रास्वपा सभापति रवि लामिछाने पक्राउका विषयमा समेत प्रष्ट पार्दै भने सरकारको यो रवैया बेठीक छ तर आजको सभा कसैलाई बचाउन होइन । प्रचण्डले आफूले ज्ञानेन्द्रलाई नभेटेको समेत बताए ।

यस्तै पछिल्लो एमालेले लिएको जग्गा दानको विषयमा कटाक्ष गर्दै प्रचण्डले भाटभटेनीका शेयरहोल्डर ओली रहेछन् भन्दै आफ्नो भनेर हैरान बनाइसकेको समेत उनले बताए । सबैभन्दा महत्वपूर्ण विषय चाँही ‘बेथिति, भ्रष्टाचार, महँगी र सरकारको जनविरोधी कदमविरुद्ध माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सडकबाटै ‘कहाँ पुग्यो भुटानी शरणार्थी, बालमन्दिर, गिरीबन्धु प्रकरणको अनुसन्धान ?’ भन्दै तिखो प्रश्न गरेका छन् ।

उनले सत्तारुढ नेपाली काग्रेस र एमालेलाई विकास विरोधी भन्दै सबैभन्दा बेइमान र भ्रष्टचारीको संज्ञा दिए । प्रचण्डले भ्रष्टचारविरुद्ध सरकारलाई खबरदारी गरिरहदा उनका पूर्वसहयोद्धा पूर्व माओवादी नेता पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले भने प्रचण्डप्रति गतिलो ब्यङ्ग गरेका छन् ।

शनिबार राजधानीमा प्रमुख सञ्चारमाध्यमका सम्पादक तथा पत्रकारहरूसँगको छलफलमा उनले भनेका छन्, ‘मैले अहिले बढी बोल्न त हुँदैन । तर अहिले प्रचण्डजीले भ्रष्टाचार विरोधमा भन्दा हाँसो उठ्छ’, उनले भने ।

प्रचण्डले आफू सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध कदम चालेको दाबी गर्दै आए पनि वास्तवमा त्यसो हुन नसकेको उनको तर्क थियो । ‘भन्नका लागि त भ्रष्टाचार विरोधी भनिन्छ । सुन्दा रमाइलो पनि सुनिन्छ’, उनले भने, ‘अहिले ठुला दलका नेताहरू पालैपालो सरकार चलाइराख्नु भएको छ ।

आफ्ना पालामा गरेँ त भन्नुहुन्छ तर आफ्नो विरोधीलाई र आफ्नै पार्टीका अर्को गुटकोलाई कारबाही गरेजस्तो देखाउने गरे पनि भ्रष्टाचारको फोहोरको जुन आहाल छ त्यसलाई सम्म्याउन पहलचाहिँ गरेको देखिँदैन ।’

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख दलहरूले राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिसहितको परिवर्तनकारी कामहरूमा फड्को हानिसक्नुपर्ने भए पनि त्यसो हुन नसकेको बताएका छन् ।

दलका नेताहरूले यसमा चासो नदिँदा समस्या ज्यूँकात्यू रहेको उनको भनाइ थियो । यस्तै उनले नयाँ भनिने केही दलहरूले पनि विकल्प दिनुभन्दा पनि नकारात्मकता मात्रै फैलाउन केन्द्रित भएको जस्तो देखिएको भन्दै यसबारे गम्भीर समीक्षा हुनुपर्ने धारणा राखे ।

नयाँ भनिनेहरू पनि व्यवस्थित हुनुपर्ने र त्यसका लागि आफ्नो पार्टीले पहल गर्ने उनको धारणा थियो । यसअघि बलियो कम्युनिष्ट पार्टी निर्माणका लागि पूर्व माओवादीहरु बीच एकता हुनु पर्ने भन्दै नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि अपिल गरिरहेका बेला पूर्वप्रधानमन्त्री भट्टराईले पूर्वमाओवादीहरू किन एक ठाउँमा आउनुपर्ने भन्दै प्रश्न गरेका थिए ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकटका केही नेताहरूले पूर्वमाओवादीहरू एक ठाउँमा आउनुपर्ने कुरा गरिरहेको भन्दै उनले अर्को जनयुद्ध गर्न कि भोजभतेर गर्न आउने भन्दै समाजिक सञ्जालमार्फत प्रश्न गरेका हुन् ।

सत्ताको खेलबाट बाहिर फलिएको प्रचण्ड सुशासनको मुद्दा उठाएर आन्दोलनको धम्की दिइरहेको उल्लेख गर्दै भट्टराईले प्रचण्डलाई फेरि एक पटक संसदीय सत्तारोहण गराउन एक हुनुपर्ने हो ? भनेर पनि प्रश्न गरेका छन् ।

भट्टराईले एक ठाउँमा आउनुको वैचारिक र राजनीतिक औचित्य र आधार पनि मागेका छन् । भट्टराईले लेखेका छन्, प्रचण्ड निकट केही साथीहरूले फेरि एक पटक हामीलाई समेत जोडेर ‘पूर्व माओवादीहरू’ एक ठाउँमा आउनुपर्ने कुरा गर्न थालेका छन्।

अनि भर्खरै सत्ताको खेलबाट बाहिर फालिएका प्रचण्डले ‘सुशाशन’को मुद्दा उठाएर आन्दोलन गर्ने धम्की दिइरहेछन्। यसवारे केही प्रष्ट्याउनु जरूरी भएको छ । बाबुरामले २०७२ सालमा माओवादी परित्याग गरेका थिए ।

२०५२ सालमा माओवादीले जनयुद्ध सुरु गर्नु अघि संयुक्त जनमोर्चा नेपालले भट्टराईकै नेतृत्वमा ४० बुँदे माग तत्कालीन प्रधानमन्त्री शेरबहादुरदेउवा सरकारलाई बुझाएको थियो।

१० वर्षे शसस्त्र संघर्षपछि शान्तिपूर्ण राजनीतिक मुलधारमा आएको नेकपा माओवादीबाट अर्थमन्त्रीसहित प्रधानमन्त्री बनिसकेका नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले भ्रष्टचारका विषयमा सरकारमाथि पटक पटक निशाना साँधिसकेका छन् ।

उनले सरकारले आफू निकटका भ्रष्टहरुलाई संरक्षण गरिरहेको आरोप लगाएका छन् । उनले ओम्नी, सहकारी, भूटानी शरणार्थी प्रकरणलगायतका काण्डहरुमा ठूला दलका सबैजसो नेताहरु संलग्न रहेपनि सरकारले अरुलाई तर्साएर आफू निकटका भ्रष्टहरुलाई जोगाउने काम गरेको बताएका छन् ।

४ वर्षअघि पनि बाबुरामले शीर्ष तीन नेता भ्रष्टचारी भएको भन्दै उनीहरु विरुद्धको प्रमाण आफूसँग रहेको बताएका थिए । २०७७ असोजमा गोरखाको पालुङ्टार नगरपालिका ६ पौवाटारमा आयोजित राजनीतिक कार्यक्रममा बोल्दै उनले तत्कालीन अवस्थामा समेत प्रधानमन्त्री रहेका ओली र पूर्व प्रधानमन्त्रीद्धय शेरवहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्डलाई भ्रष्टचारको गम्भिर आरोप लगाएका थिए ।

उनले तीन मुख्य नेताहरुलाई बूढीगण्डकी जलविद्युत आयोजनामा नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको गम्भिर आरोप लगाएका थिए । उनले त्यसको प्रमाण समेत आफुले दिन सक्ने दावी गरेका थिए ।

‘उनले त्यो परियोजना आफु प्रधानमन्त्री हुँद सुरु गरेको भएपनि तीन मुख्य नेताहरुले ९ करोड रुपैया कमिशन खाएर परियोजना अलपत्र पारेको आरोप लगाए । भ्रष्टाचार गरेकै कारण परियोजना अलपत्र पर्दा समेत कुनै नेताले त्यसवारे नबोलेको उनको भनाई छ ।

उनले बूढीगण्डकीमा मात्र होइन अन्य १० वटा परियोजनामा पनि अर्वो रुपैया भ्रष्टाचार भएको बताएका छन् । मलाई भन्नुहुन्छ भने म तत्काल प्रमाण दिन सक्छु, नेता भट्टराईले भने, करोड र लाखका कुरा छोडौं, अरब, अरबको लुट भइरहेको छ।

उनले अशिक्षितहरुले मुलुक चलाएकाले यस्तो दर्दशा भएको टिप्पणी गरेका छन् । कोही चिट चोरेर पास भएको त कोही ८ र १० कक्षा पढेकाहरु राजनेता भएको भन्दै उनीहरु भ्रष्टहरुसंग मिलेर कमिशनको खेल खेलेको आरोप लगाएका थिए ।

Tags: #नेपालमा भ्रष्टचार विरोधी नेता#प्रचण्ड-बाबुराम

लोकप्रीय

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

विचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२

थप समाचार

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश
आर्थिक

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत
ताजा समाचार

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त
ताजा समाचार

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
महावीरको महान निर्णयः किमोका औषधि नेपालमै
ताजा समाचार

महावीरले दबाब थेग्न सकेनन्, दिए प्रष्टिकरण ?

सोमवार कार्तिक २४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

World News: भेनेजुएलामा सैन्य कारबाही, महिला राष्ट्रपतिका लागि अमेरिका तयार छैन || Nepal Times

00:17:24

World News: South Korea र अमेरिकी सेनाबीच संयुक्त अभ्यास, Trumpले कर फिर्ता|| Nepal Times

00:16:08

World News:आगामी यु*द्ध अन्तरिक्षबाट, Bangladeshमा चुनावकै दिन जनमत संग्रह || Nepal Times

00:18:13

World News: कोरियाली गुप्तचर पूर्वनिर्देशक पक्रा**उ,दिल्ली वि*स्फो*टविरुद्ध अमेरिकाले सघाउने

00:17:13

World News: स्टार्मरको कुर्सी हल्लियो, फ्रान्ससंग ट्रम्प रुष्ट, पाकिस्तानलाई भारतको जवाफ

00:20:29

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमानको पार्टीको नाम,उज्यालो नेपाल नै रहने, चिम चिन्ह

सोमवार कार्तिक २४ , २०८२
मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२

हालका पोस्टहरू

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

मेरोमाइक्रोफाइनान्स १४ औं वर्षमा प्रवेश

बुधबार कार्तिक २६ , २०८२
कुलमानका पदाधिकारी को–को ? हर्कको पार्टीमा पुण्य गौतमलाई स्वागत

कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

मङ्लबार कार्तिक २५ , २०८२
नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

नेपाल प्रहरीको नयाँ आईजीपीमा एआईजी दानबहादुर कार्की नियुक्त

सोमवार कार्तिक २४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.