×

NEPAL TIMES UPDATES

Playing
राष्ट्रपति, प्रधानमन्त्रीसहित पदाधिकारीको सम्पत्ति छानविन सुरु, आयोगले माग्यो सम्पत्ति विवरण
May 14, 2026
Playing
भारतले ४ महिनाका लागि चिनी निर्यात रोक्यो, किन गर्याे यस्तो निर्णय ? || Nepal Times
May 14, 2026
Playing
Top 15 Afternoon News || May-14-2026 || Nepal Times
May 14, 2026
Playing
Trumpलाई सीको सल्लाह, प्रतिद्वन्द्वी होइन, साझेदार बनौं || Nepal Times
May 14, 2026
Playing
आज सदनमा प्रधानमन्त्री नआए के हुन्छ ? || Nepal Times
May 14, 2026
Playing
१८ मन्त्रालय कुन कुन हुन् ? कुन खारेज भए? कुन गाभिए ? || Nepal Times
May 14, 2026
Playing
विपक्षीले गरे जवरजस्तीको संसद् अवरोध, नियमावलीमा छैन् व्यवस्था|| Nepal Times
May 13, 2026
Playing
संसद्मा पुग्यो न्यायालयको विषय || Nepal Times
May 13, 2026
Playing
ओडीआई ब्याटिङ वरियताको शीर्ष १०० मा आसिफ र दीपेन्द्रको प्रवेश|| Nepal Times
May 13, 2026
Playing
ट्रम्प ८ वर्षपछि चीनमा उत्रिदा जे देखियो, छोराबुहारीसहित १७ ब्यापारी|| Nepal Times
May 13, 2026

अमेरिकी चुनाव र अधिकारको सवाल

१८ कार्तिक २०८१

१८ कार्तिक , विराटनगर।

अमेरिकी राष्ट्रपतीय चुनाव अन्तिम चरणतर्फ प्रवेशसँगै नर्थ क्यारोलिना जस्ता महत्वपूर्ण राज्यमा कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । खासमा राष्ट्रपतीय चुनावका उम्मेदवारहरूले प्रचारका अन्तिम साताहरू कहाँ बिताउँछन् भन्ने कुराले चुनाव कसरी लडिँदैछ अनि जित र हार कसरी हुन सक्छ भन्नेबारे धेरै कुरा बताउँछ ।

Advertisement
Advertisement

मंगलबार नोभेम्बर ५ मा हुने भीडन्तका लागि उपराष्ट्रपति कमला ह्यारिसले चुनाव प्रचारमा बाँकी रहेको समय महिलाहरूलाई फकाउन खर्चिंदै छिन् । यसपटक २०२४ को चुनावमा प्रमुख निर्णायक मतदाता महिलाहरू हुन सक्छन् ।जसरी २०१६ को चुनाव कम शिक्षित श्वेत पुरुषहरू निर्णायक थिए ।

ह्यारिसले महिला मतदाताहरूलाई अपिल गरिरहेकी छिन् । जुन अपिल दुवै पार्टीका समर्थकसम्म पुगोस् भन्ने उनको चाहना देखिन्छ ।उदाहरणका लागि, गता साता उनले रिपब्लिकन पार्टीकी पूर्वसांसद लिज चेनीसँग कुराकानीको शृंखला चलाइन् ।

जसको उद्येश्य पेन्सलभेनिया, मिसिगन र विस्कन्सिनजस्ता कडा प्रतिस्पर्धा हुने क्षेत्रका मोफसलका महिलाहरूलाई आकर्षित गर्नु थियो । सो कुराकानीका दुवै सहजकर्ता अनुदार धारका थिए । जुनसुकै राजनीतिक दलसँग सम्बद्ध भए पनि यो चुनावमा महिलाहरूले आफ्नो अन्तरात्माको आवाज सुनेर भोट हाल्नुपर्छ ।

र, चुनावमा गर्भपतनविरोधी, यौन उत्पीडनमा दोषी पाइएका व्यक्तिविरुद्ध महिला अधिकारको रक्षा गर्दै करिअर बनाएकी पूर्ववकिल उम्मेदवार छिन् । यही कुरा महिलाहरूलाई याद दिलाउनु सो कुराकानीको उदेश्य थियो । हालैका साताहरूमा ह्यारिसले टिकटकमा टेलर स्विफ्टका प्रशंसकहरूलाई एकजुट पारिन् ।

द भ्यु नामक दिउँसो प्रसारण हुने र लगभग महिलाले मात्रै हेर्ने टेलिभिजन शोमा आफ्नो घरेलु स्वास्थ्य सेवा योजनाको चर्चा गरिन् र गर्भपतनको अधिकारमा जोड दिइन् । जुन सुरुदेखि नै उनका लागि फाइदाजनक सन्देश रहँदै आएको छ ।

एक वा दुईवटा नोकरी गर्ने महिलाहरूका लागि गर्भपतन गराउन बस चढेर अर्को राज्यमा जानुपर्ने स्थिति हुनु कति अमानवीय हुन्छ भनेर ह्यारिसले गरेको जोसिलो तर्क वास्तवमा ट्रम्पसँगको उनको राष्ट्रपतीय बहसको प्रभावशाली क्षणमध्ये एक थियो ।

खासमा ह्यारिसले महिला र आप्रवासी अधिकारको मुद्दा उठाएर आप्रवासी, महिला, र युवा मतदाताको ठूलो समर्थन प्राप्त गरिरहेकी छिन् । नर्थ क्यारोलिनामा उनका समर्थकहरूले छोरीहरूको भविष्य र समानताको लागि उनको जितलाई आवश्यक ठानेका छन् ।

महिलाको स्वास्थ्य, शिक्षा, र श्रम अधिकार ह्यारिसका प्रमुख एजेन्डा बनेका छन्, जसले अमेरिकी समाजमा लैङ्गिक र सामाजिक समानताको सम्भावना थप उजागर गरेको छ । दोस्रो पक्षमा, ट्रम्प आप्रवासी र सीमा सुरक्षाको सवालमा आक्रामक छन् ।

उनले ह्यारिसलाई खुला आप्रवासी नीति समर्थन गरेको भन्दै आलोचना गरेका छन्, जसले उनको कट्टरपन्थी आधारलाई एकजुट गर्ने काम गरेको छ । अमेरिकाकै पहिलो महिला राष्ट्रपतिको कीर्तिमान राख्ने दौडमा छिन् ह्यारिस । तर उनलाई रोक्दै दोस्रो कार्यकालका लागि ह्वाइट हाउस प्रवेश गर्न ट्रम्पले पाको उमेरमा पनि उत्तिकै कसरत गरेका छन ।

ट्रम्पले अमेरिकाको सांस्कृतिक र आर्थिक सुरक्षाको सवाल उठाउँदै बसाइँ सरेका अपराधीहरू र आप्रवासीहरूले अमेरिकी नागरिकतामाथि खतरा ल्याएको ठहर गर्दै कडा सीमा नीति आवश्यक भएको जोड दिएका छन् ।

यो चुनाव अब केवल व्यक्तिगत उम्मेदवारहरूको प्रतिस्पर्धा नभएर विचार र सिद्धान्तको द्वन्द्वमा बदलिएको छ । ह्यारिसको विजयले एक समावेशी र प्रगतिशील नीति तर्फको बाटो खोल्न सक्छ भने, ट्रम्पको पुनः निर्वाचनले अमेरिकालाई कठोर सीमा सुरक्षा र परम्परागत नीतिमा केन्द्रित बनाउने टिप्पणी पनि चलिरहेका छन् ।

यो चुनावी परिणामले अमेरिकी समाजमा लैङ्गिक समानता, आप्रवासी अधिकार, र सुरक्षित सीमाका सवालमा महत्त्वपूर्ण दिशा दिनेछ, जसले राष्ट्रिय नीतिमा स्पष्ट प्रभाव पार्न सक्छ । आगामी दिनमा यो मुद्दाले अमेरिकी समाजमा दीर्घकालीन रूपान्तरणको दृष्टिकोणलाई समेत निर्देशित गर्नेछ ।

अमेरिकामा ‘इलेक्टोरल कलेज’ भनिने ‘निर्वाचन मण्डल’मा आधारित प्रणालीले चुनावी परिणामको छिनोफानो लगाउने गर्छ । अमेरिकाका ५० राज्यका लागि जनसंख्याका आधारमा ‘इलेक्टोरल कलेज मत’ निर्धारण गरिएको हुन्छ । क्यालिफोर्निया राज्यसँग सर्वाधिक ५४ इलेक्टोरल मत छ ।

कम जनसंख्या भएका वायोमिङ, अलास्का, नर्थ डकोटा र वासिङटन डीसीको समान तीन इलेक्टोरल मत छ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन कुल ५ सय ३८ इलेक्टोरल मतमध्ये २ सय ७० ल्याउनुपर्छ । ५० राज्यमा ५ सय ३५ र संघीय राजधानी ‘डिस्ट्रिक्ट अफ कोलम्बिया’ सँग ३ इलेक्टोरल मत छ ।

राज्यका लागि इलेक्टोरल मत निर्धारण गरिएकाले मतदाताले राष्ट्रियस्तरमा नभई राज्यस्तरीय प्रतिस्पर्धाका लागि मत दिन्छन । त्यसको मतलब मतदाताले दिएको मत सिधै उम्मेदवारहरूलाई नगई इलेक्टोरल मत चयनका लागि जान्छ ।

निर्वाचन सकिएको केही सातामा हुने इलेक्टोरल कलेजको भेलाले राष्ट्रपति र उपराष्ट्रपति छान्ने गर्छ । राजनीतिक दलले आफ्ना समर्थक वा पार्टी अधिकारीलाई चुनाव हुनुअघि नै इलेक्टोरलका रूपमा चयन गर्ने गर्छन । कम्तीमा २ सय ७० इलेक्टोरल कलेज मत पाउने उम्मेदवार राष्ट्रपतिमा निर्वाचित हुन्छन ।

त्योसँगै राष्ट्रपतिले उपराष्ट्रपतिको उम्मेदवारका लागि चयन गरेका व्यक्ति पनि स्वतः निर्वाचित हुन्छन । इलेक्टरहरूले सिद्धान्ततः आफूलाई मन परेको उम्मेदवारलाई मत दिन पाउँछन । तर व्यवहारमा भने इलेक्टरहरूले आफ्नो राज्यमा लोकप्रिय मत बढी पाउने उम्मेदवारलाई नै समर्थन गर्ने गर्छन ।

राज्यमा बढी मत पाउने उम्मेदवारलाई छोडेर अर्कोलाई मत दिने निर्वाचकलाई विश्वासघातीको संज्ञा दिने गरिन्छ । सन् २०१६ मा निर्वाचन मण्डलका ७ जनाले राज्यमा कम मत ल्याउने उम्मेदवारलाई मत दिएका थिए । तर उनीहरूको मतका कारण अन्तिम परिणाममा भने कुनै असर पुगेन ।

केही राज्यमा भने त्यस्ता विश्वासघाती निर्वाचकलाई जरिवाना हुने वा मुद्दा चल्ने व्यवस्था छ । दुई उम्मेदवारले पाएको इलेक्टोरल मत बराबर भयो भने अमेरिकी संसद्को तल्लो सदनले मतदानमार्फत सबैभन्दा बढी इलेक्टोरल मत पाउने तीन उम्मेदवारबीचबाट राष्ट्रपति छान्छ ।

यस्तो प्रक्रियाबाट अमेरिकामा एक पटक मात्रै राष्ट्रपति निर्वाचित गरिएको छ । सन् १८२४ को राष्ट्रपतीय चुनावको इलेक्टोरल कलेज चार उम्मेदवारहरूबीच बाँडिएका कारण कसैले पनि बहुमत पाएका थिएनन । त्यसपछि तल्लो सदनले जोन क्विन्सी एडम्सलाई राष्ट्रपतिमा निर्वाचित गरेको थियो ।

दुई राज्यमा बाहेक अन्यत्र सर्वाधिक मत ल्याउने उम्मेदवारले उक्त राज्यका लागि तोकिएको सबै मतभार अर्थात् इलेक्टोरल कलेज मत हात पार्ने प्रावधान छ । मेइन र नेब्रास्का राज्यले अमेरिकी कंग्रेस र राज्यस्तरको चुनावमा प्राप्त लोकप्रिय भोट प्रतिबिम्बित गर्ने थप जटिल प्रणाली अपनाएका छन । जसका कारण ती राज्यको इलेक्टोरल मत विभाजित हुन सक्छ ।

अमेरिकामा ५० राज्य छन । अधिकांश राज्यले परम्परागत रूपमा राष्ट्रपतीय निर्वाचनमा प्रायः एउटै पार्टीलाई मत दिन्छन । त्यस्ता राज्यहरू ‘ब्लू’ र ‘रेड’ स्टेटका रूपमा चिनिन्छन । डेमोक्रेटिक दलका उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘ब्लू’ र रिपब्लिकन उम्मेदवारको पक्षमा रहेका राज्यलाई ‘रेड’ स्टेट भनिन्छ ।

केही राज्यमा मात्र हरेक निर्वाचनमा उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुन्छ । ती राज्यले नै समग्र निर्वाचनको परिणामलाई नै तलमाथि पारिदिन्छन । ती राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ वा ‘स्विङ स्टेट’ भन्ने गरिन्छ । यस वर्षको चुनावमा ह्यारिस र ट्रम्पबीच चर्को प्रतिस्पर्धा रहेका ७ राज्यलाई ‘ब्याटलग्राउन्ड स्टेट’ मानिएको छ ।

यो सूचीमा पेन्सिलभेनिया, जर्जिया, नर्थ क्यारोलाइना, मिसिगन, एरिजोना, विस्कन्सिन र नेभादा छन ।पेन्सिलभेनियामा १९, जर्जियामा १६, नर्थ क्यारोलाइनामा १६, मिसिगनमा १५, एरिजोनामा ११, विस्कन्सिनमा १० र नेभादामा ६ गरी यी सात राज्यमा कुल ९३ इलेक्टोरल मत छ ।

मत सर्वेक्षणहरूका अनुसार यी सात वटै राज्यमा हालसम्म कुनै पनि उम्मेदवारले स्पष्ट र निर्णायक अग्रता कायम गर्न सकेका छैनन । यीमध्ये पाँच राज्यमा ट्रम्प र दुई राज्यमा ह्यारिस अघि देखिएकी छन । सर्वेक्षणअनुसार यी राज्यमा दुवै उम्मेदवारले पाउने मतको अन्तर निकै कम देखिएको छ ।

जसका कारण यी ७ राज्यमा कुन उम्मेदवार विजयी हुन्छन् भन्ने टुंगो लाग्न सकेको छैन । अगस्टयताका सर्वेक्षणहरू हेर्ने हो भने यी राज्यमा सधैं कुनै पनि उम्मेदवारको अग्रता छैन । केही सातायता भने यीमध्ये अधिकांश राज्यमा ट्रम्प झिनो मतले अगाडि देखिन्छन ।

एबीसी न्युजले मंगलबार गरेको सर्वेक्षणअनुसार रिपब्लिकन उम्मेदवार ट्रम्प एरिजोनामा १.९ प्रतिशत, जर्जियामा १.५, नेभादामा ०.२, नर्थ क्यारोलाइनमा १.३, पेन्सिलभेनियामा ०.३ प्रतिशतले अघि देखिएका छन् । ह्यारिस मिसिगनमा ०.५ प्रतिशतले अघि छिन । विस्कन्सिनमा दुवै उम्मेदवारले बराबर मत पाउने देखिएको छ ।

सन् २०१६ मा ट्रम्प विजयी हुनुअघि पेन्सिलभेनिया, मिसिगन र विस्कन्सिन राज्यहरू डेमोक्रेटिक पार्टीको गढका रूपमा चिनिन्थे । सन् २०२० मा जो बाइडेनले पुनः ती राज्यमा डेमोक्रेटिकको प्रभाव स्थापित गर्न सफल भएका थिए । यस आधारमा यी राज्यको मतलाई आफ्नो पक्षमा पारेको खण्डमा ह्यारिस विजयी हुने सर्वेक्षणहरूले देखाएका छन ।

ट्रम्पका लागि पनि राष्ट्रपति बन्न लगभग त्यस्तै अवस्था छ । त्यसकारण पनि दुवै उम्मेदवारले ‘स्विङ स्टेट’ मा आफ्नो ध्यान केन्द्रित गरिरहेका हुन् । यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ ।

Advertisement
Advertisement

यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top