यूएईमा नेपालकी कप्तान पूजाले देखाइन जादु, ५७ बलमा शतक

२६ कात्तिक ८१, मंगलबार

२७ कार्तिक , एजेन्सी ।

बलिङ र ब्याटिङ दुवैतर्फ कप्तान पूजा महतोले उत्कृष्ट प्रदर्शन गरेपछि नेपाली यू–१९ महिला क्रिकेट टिमले आईसीसी यू–१९ महिला ट्वान्टी–२० विश्वकपको एसिया छनोटमा कुवेतविरुद्ध १६५ रनको फराकिलो जित निकालेको छ ।

मंगलबार यूएईको सेभेन डिस्ट्रिक मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २१४ रनको लक्ष्य पछ्याउने क्रममा कुवेतले १३ ओभरमा सबै विकेट गुमाएर ४८ रनमात्रै बनाउन सक्यो । कुवेतकी जिफा जिलानीले ३२ रन बनाइन् ।

Advertisement

यसबाहेक, अन्य ब्याटरको प्रदर्शन उल्लेखनीय रहन सकेन । कुवेतलाई सस्तैमा समेट्न नेपालकी कप्तान पूजाले पाँच विकेट लिइन् । पूजाले आफ्नो स्पेनको तेस्रो ओभरमा चार विकेट लिएकी थिइन् ।

त्यसअघि पूजाको कीर्तिमानी शतकप्रेरित नेपालले निर्धारित २० ओभरमा दुई विकेट गुमाएर २१३ रनको योगफल खडा गरेको थियो । पूजाले ५७ बलमा १०० रन पूरा गरिन् । जारी प्रतियोगितामा कुनै पनि टिमका खेलाडीले बनाएको यो पहिलो शतक हो ।

पूजा नेपाली युवा महिला टिमबाट शतक प्रहार गर्ने पहिलो खेलाडी समेत बनेकी छन् । नेपालको इनिङमा कप्तान पूजाले ६९ बलमा १७ चौकासहित १३० रन बनाइन् । यस्तै, सोनु पाख्रिनले ३३ बलमा दुई चौकासहित ४३ रन बनाइन् ।

कुवेतकी जिफा जिलानी र राइलिन मारिया डी सुजाले समान एक विकेट लिए । जितसँगै पाँच खेलबाट आठ अंक जोडेको नेपाल अंकतालिकाको दोस्रो स्थानमा छ । चार खेलबाट आठ अंक जोडेको युनाइटेड अरब इमिरेट्स (यूएई) तालिकाको शीर्ष स्थानमा छ । प्रतियोगिताका पाँच खेलमै हार बेहोरेको कुवेत भने तालिकाको पुछारमा छ ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top