×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

बहालवाला मन्त्री जोडिएको जापान काण्ड

२७ कार्तिक २०८१

२७ कार्तिक , विराटनगर ।

कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी मुछिएको मानव तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओखलढुंगाका ३२ वर्षीया गुढी राई र ४१ वर्षीय नविन राई छन् ।

यससँगै यो घटनामा पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको छ । उनीहरूले जापान जानलाई तीन युवाका लागि नक्कली सरकारी कागजात बनाइदिएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताएका छन् ।

नवीन र गुड्डीले बागबजारमा खोटाङस्थित ऐशेलुखर्क गाउँपालिका वडा नम्बर–२ को वडा सदस्य र कोशीको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहायकको परिचयपत्र बनाइदिएको अनुसन्धानबाट खुलेको छ ।

यसअघि यस प्रकरणमा पूर्वमन्त्री अधिकारी, खोटाङका ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई, रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटा, नुवाकोटका २२ वर्षीय जुगल रिजाल, दोलखाका ३० वर्षीय वीरबहादुर सुनुवार र धादिङको त्रिपुरा सुन्दरी गाउँपालिकाका ३४ वर्षीय महेश पाण्डे पक्राउ परेका छन् ।

यो घटनामा कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रीनै जालोमा परेको खुलेको छ । कोशी प्रदेशका मुख्यमन्त्री र संघीय सरकारलाई समेत कुनै जानकारी नदिइ जापानका लागि उडेका कोशी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री लिलाबल्लभ अधिकारी फर्किएपछि मानव तस्करको योजना खुलेको हो ।

मानवतस्करको गम्भिर विषय बाहिरिएपछि अधिकारीले मन्त्री पदबाट आज राजीनामा दिएका थिए । अधिकारीलाई जापानमा हुने सांस्कृतिक कार्यक्रममा अतिथिका रुपमा बोलाइएकोथियो । अधिकारीले आफूलाई थाहै नदिई अन्य तीन जनालाई सचिवालय कर्मचारी बनाएर जापान लैजान खोजिएको पत्रकार सम्मेलन गर्दै दावी गरेका छन् ।

आफूसँगै अन्य नचिनेका तीन जनालाई सचिवालयका सदस्य बनाएर जापान लैजान खोजेको थाहा पाएपछि आफू हङकङ एयरपोर्टबाटै फर्किएको अधिकारीको भनाइ छ ।अधिकारीका अनुसार नक्कली कागजात बनाएर मानव तस्करले तीन जनालाई हङ्ककङ्ग ट्रान्जिटबाट जापान उडाउन खोजेका थिए ।

हङ्ककङ्ग एयरपोर्टमा पुगेपछि आफूले सबै कुरा थाहा पाएको उनले बताउका छन् । प्रदेश सरकार र मुख्यमन्त्रीलाई जानकारी समेत नदिई कात्तिक १३ गते जापान उडेका मन्त्री अधिकारी १७ गते फर्किएका थिए ।

मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो ।

अधिकारीलाई प्रहरीले आइतबार नै मोरङको विराटनगरबाट काठमाडौं लगेको थियो । उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको थियो । जिल्ला प्रहरी परिसर काठमाडौँले मन्त्री अधिकारीलाई नियन्त्रणमा लिएर उपस्थित गराउन पत्राचार गरेपछि उनलाई विमानमार्फत काठमाडौँ लगिएको थियो ।

अधिकारी एमालेको तर्फबाट मोरङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा निर्वाचन क्षेत्र (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । जापान भ्रमणका क्रममा मानव तस्करी गरेको आरोप लगत्तै उनले मन्त्री र पार्टी संसदीय दलको नेताबाट राजीनामा समेत दिइसकेका छन् ।

साथै, उनलाई एमालेले पार्टीको सबै जिम्मेवारीबाट निलम्बन समेत गरिसकेको छ । पक्राउ परेकाहरूले आफूहरूले जापान जानका लागि १० देखि १३ लाख रूपैयाँसम्म बुझाएको प्रहरीलाई बताएका छन् ।

डिपोर्ट भएका दुई जनाको साथबाट प्रहरीले मन्त्रालयको नक्कली परिचय पत्रसमेत बरामद गरेको थियो । जसमा निमित्त कार्यालय प्रमुख भनेर तत्कालीन मन्त्री लिलाबल्लभ अधिकारीको नै हस्ताक्षर छ ।

यसबाट अधिकारी मुख्य कर्ता रहेको बुझ्न सकिन्छ । आरोपीहरू विरुद्ध प्रहरीले लिखत किर्ते र मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अन्तर्गतको कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top