×

NEPAL TIMES UPDATES

Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026
Playing
इरानको ४५० किलो यूरेनियम खोस्न जाँदैछन् अमेरिकी कमांडो? || Nepal Times
Mar 09, 2026
Playing
World News: अमेरिकी दूतावासमा आत*ङ्क*वादी हम*ला, Americaदेखि Europeसम्म यु*द्धको विरोध
Mar 09, 2026
Playing
रविको अभियोग पत्र संशोधन गर्ने निर्णयविरुद्धको रिट हेर्न नभ्याइनेमा|| Nepal Times
Mar 09, 2026

जापान भन्छ– उत्तरका सेना पूर्वी एसियाको लागि खतरा

२ मंसिर २०८१

२ मंसिर, एजेन्सी ।

अमेरिकामा नयाँ सरकार आउने भएपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की यतिबेला मोही माग्ने तर ढुंग्रो लुकाउनेको स्थितिमा देखिएका छन् । उनी एकातिर जारी युद्ध यो वर्ष कट्नु हुँदैन भन्न थालेका छन्, अर्कातिर युक्रेनले अरुको कुरामात्रै सुनेर नबस्ने पनि चेतावनी दिन छाडेका छैनन ।

अमेरिकामा ट्रम्पले सत्ता सम्हालेपछि चाँडै रुससँगको युद्ध अन्त्य हुनेमा आफू विश्वस्त रहेको उनले बताएका छन् । युक्रेनी रेडियोसँगको कुराकानीमा उनले ह्वाइट हाउसको नेतृत्व गर्ने नयाँ टोलीको नीतिसँगै रुससँगको युद्ध चाँडै समाप्त हुने निश्चित रहेको बताएका हुन् ।

राष्ट्रपतिमा विजयी भएपछि ट्रम्पसँगको टेलिफोन वार्ताका क्रममा आफूसँग सौहार्दपूर्ण कुरा भएको र युक्रेनको अडान विपरित ट्रम्पले कुरा नगरेको भन्दै उनले कुटनीतिक माध्ययमबाट युद्ध रोक्न तयार रहेको बताए । युक्रेनी रेडियोसँगको अन्तर्वार्तामा जेलेन्स्कीले भने, ‘यो युद्ध अर्को वर्ष अन्त्य होस् भनेर हामीले सक्दो प्रयास गर्नुपर्छ ।

हामीले कूटनीतिक माध्यमबाट यसलाई अन्त्य गर्नुपर्छ । यो धेरै महत्त्वपूर्ण छ ।’ रूस र युक्रेनबीच कुनै अर्थपूर्ण वार्ता भएको छैन, तर ट्रम्पको राष्ट्रपति पदले द्वन्द्वको भविष्यमाथि प्रश्न उठाएको छ । रिपब्लिकन नेता ट्रम्पले बारम्बार छिटो युद्ध अन्त्य गर्ने बताएका छन् ।

जेलेन्स्कीले भने, ‘रूसीहरु के चाहन्छन् भनेर हामीले बुझ्नुपर्छ ।’ रूसतर्फ सङ्केत गर्दै उनले भने, ‘हामीले यस्तो राज्यसँग युद्ध गरिरहेका छौं कि जसले आफ्ना जनताको कदर गर्दैन, जहाँ धेरै उपकरण छन्, जसले कति मानिसहरू मर्छन् भन्ने कुराको वास्ता गर्दैन ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोले कब्जा गरेको युक्रेनी भूमि किभले दाबी नगरी आत्मसमर्पण गरेमा मात्र युक्रेनसँग वार्ता स्वीकार गर्ने बताएका छन् । क्रेमलिनले शुक्रबार जर्मन चान्सलर ओलाफ स्कोल्जसँग फोनमा भएको कुराकानीमा उक्त माग दोहो¥याएको जनाएको छ ।

जेलेन्स्कीले पुटिनको सर्त अस्वीकार गरेका छन् । मस्को यस वर्षको ग्रिष्मयामदेखि पूर्वी युक्रेनमा निरन्तर अघि बढ्दै पोक्रोभ्स्क र कुराखोभ जस्ता प्रमुख क्षेत्रहरूको नजिक पुगेको छ । जेलेन्स्कीले शनिबार रुसी सेनाले ठूलो क्षति व्यहोर्नुपरेको र केही क्षेत्रमा सैन्य कारबाही ‘सुस्त’ भएको बताएका छन् ।

राष्ट्रपति जेलेस्कीले युद्धभूमिमा रुसी सेनाले प्रगति गरिरहेको र स्थिति कठिन बन्दै गएको स्वीकार पनि गरे । अमेरिकी राष्ट्रपतिमा निर्वाचित ट्रम्पले आफ्नो प्राथमिकता युद्धको अन्त्य गर्ने र युक्रेनलाई दिँदै आइएको सैन्य सहायता रोक्ने बताउँदै आउएका छन् ।

तर ट्रम्पले युद्धको अन्त्य कसरी हुन्छ भन्नेबारे अझै केही खुलाएका छैनन् । यसबीच जेलेन्स्कीले युक्रेन स्वतन्त्र राष्ट्र भएको र अब बसेर सुन्ने मात्रै काम नगरिने चेतावनी पनि दिएका हुन् । सरकारी रेडियोलाई अन्तर्वार्ता दिँदै रुससँग जारी युद्धका विषयमा धेरैवटा प्रश्नका जवाफ दिए ।

जेलेन्स्कीलाई भने– अमेरिका युद्ध अन्त्य गर्ने वार्तामा मध्यस्थकर्ता मात्र होइन, यो युक्रेनलाई ठूलो सहायता प्रदान गर्ने र वार्तालाई प्रोत्साहन गर्ने देश पनि हो । जेलेन्स्कीलाई सोधिएको थियो– डोनाल्ड ट्रम्पसँगको कुराकानीमा तपाईंले के सन्देश पाउनुभयो त? जस्तो कि उहाँले भन्नुभएको थियो– म राष्ट्रपति हुन्छु र कुराकानी गर्छु। कस्तो छ त? यो सुनेर जेलेन्स्की हाँसे र भने– मलाई लाग्दैन कि उहाँले त्यसो भन्नुभयो । हामी स्वतन्त्र देश हौँ।

युद्धका क्रममा हाम्रा जनता र मैले अमेरिका, ट्रम्प, बाइडेन र अन्य युरोपेली देशलाई के साबित गरिदएका छौँ भने हामीसँग बस र हाम्रा कुरा सुन भन्ने धारणाले अब काम गर्नेवाला छैन । जेलेन्स्कीको उक्त अन्तर्वार्ताको एक अंश इलोन मस्कले पनि सार्वजनिक गर्दै भनेका छन– उनको हास्य रस अद्भूत छ ।

अमेरिकी चुनाव अघि र पछि पनि मस्कले रुसी राष्ट्रपतिसंग पटक पटक संवाद गरेका खबरहरु बाहिरिएका छन् । यस्तै सो अन्तर्वातामा जेलेन्स्कीले रुससँगको युद्ध कूटनीतिक माध्यमबाट अन्त्य गर्न चाहेको बताए । युक्रेनको रेडियो आउटलेट सस्पिल्नेसँगको कुराकानीमा जेलेन्स्कीले यो युद्ध अर्को वर्ष अन्त्य होस् भनेर सक्दो प्रयास गर्नुपर्ने बताएका छन् ।

‘हामीले कूटनीतिक माध्यमबाट युद्ध अन्त्य गर्नुपर्छ, यो धेरै महत्वपूर्ण छ,’ उनले भनेका छन् । रुससँगको लडाइँमा अमेरिकाले युक्रेनलाई सघाएको छ । जो बाइडन प्रशासनले युक्रेनलाई अत्याधुनिक हवाई प्रतिरक्षा प्रणाली, ट्यांकदेखि गोलाबारुदसम्म सहयोग गरेको छ ।

यसै वर्षको सुरुवामा अमेरिकी संसदले ६१ बिलियन डलरको सैन्य सहायता प्याकेजलाई मन्जुरी दिएको थियो । अमेरिका युक्रेनको हतियारको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । यसैबीच यता जापानका विदेशमन्त्रीले युक्रेन द्वन्द्वमा प्रवेश गर्ने उत्तर कोरियाली सैनिकले पूर्वी एसियाली सुरक्षामा ‘अत्यन्त प्रभाव’ पार्ने चेतावनी दिएका छन् ।

पश्चिम र युक्रेनले रूसको कुस्र्क सीमा क्षेत्रमा पहिलेदेखि नै उत्तर कोरियाली सेना तैनाथ रहेको बताइरहेका समय प्योङयाङले रूसमा हजारौं सैनिक पठाएको खबर सार्वजनिक भएपछि ताकेशी इवायाले युक्रेन भ्रमण गरेका हुन् ।

उत्तर कोरियाले मस्कोलाई समर्थन गरेको भन्दै जापानले पनि प्योङयाङको निन्दा गरेको छ ।“यसले युक्रेनको अवस्थाको गम्भीरतालाई अझ गहिरो बनाउने मात्र होइन, पूर्वी एसियाको सुरक्षा स्थितिमा पनि निकै महत्वपूर्ण प्रभाव पार्नेछ,” इवायाले भने ।

“हामी यस घटनाप्रति गम्भीर र चिन्तित छौँ र यसको कडा शब्दमा भत्र्सना गर्दछौं।मन्त्री इवायाले किएभ बाहिरको बुचा शहरको भ्रमण गरेका छन् । रूसी सेनाले युद्धको सुरुमा छोटो समय युक्रेनी भूभाग बुचालाई कब्जा गरेको र नागरिकहरू माथि गम्भीर अत्याचार गरेको बताउने गरिएको छ । उनले भने, “जापान युक्रेनको साथमा उभिनेछ भन्ने हाम्रो अडान यथावत् छ ।”

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top