NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ? शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट शुक्रबार मंसिर १९ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा शुक्रबार मंसिर १९ , २०८२
Next
Prev

समाचार

नेपाल वायुसेवा निगमको ‘मकालु’ जहाज अब नियमित उडानमा

सोमवार मंसिर ३ , २०८१
Reading Time: 1 min read
A A
हवाई उद्धारसम्बन्धी निर्देशिका जारी
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ मंसिर,काठमाण्डौ।

नेपाल वायुसेवा निगमको ए–३३० वाइडबडी जहाज ‘नाइन एन–एएलजेड’ (मकालु) आजदेखि पुनः नियमित उडानमा जाने भएको छ । जहाजको नियमित सि–चेकको मर्मतपश्चात् नियमित उडान गर्न लागिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए ।

जहाज मर्मतका लागि तीन महिनाअघि इटाली लगिएको थियो । पौडेलले भने, “अन्तर्राष्ट्रिय विधिसम्मत प्रक्रिया पूरा गरी सि–चेकको मर्मतसम्भारपछि जहाज आइपुगेको छ । जहाज आज बिहान ८ बजेर ५२ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।आज बेलुकाबाटै उडान सुरु हुनेछ ।”

LS Auto

उक्त जहाजसहित निगमका चार वटै जहाजले अन्तर्राष्ट्रिय क्षेत्रमा नियमित उडान गरेसँगै यात्रुलाई थप सेवा पुग्ने विश्वास गरिएको प्रवक्ता पौडेलले बताए । यो विमान एक महिनालाई भनेर मर्मतमा गएको थियो तर ८३ दिनमा फर्किएको हो ।

जहाज बनाउन ढिलो हुँदा निगम भने आर्थिक समस्यामा पर्दै गएको छ । निगमको जहाज समयमा नै मर्मत सकेर नआउँदा निगमको उडान तालिका प्रभावित हुनुका साथै आर्थिक रुपमा सबल हुन नसकेको पनि निगमले जानकारी दिएको छ ।

निगमको १२ भदौदेखि मर्मतमा रहको जहाज फर्किएसँगै अब यसका २ न्यारोबडी र २ वाइडबडीले नियमित उडान गर्ने निगमका प्राविधिक प्रवक्ता मनोज साहले बताए । निगम राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको जहाजको मर्मतका संभार गर्ने संस्था (एमआरओ) छनोटमा भएको कमजोरीले निगमलाई ठूलो क्षति हुन पुगेको छ ।

निगमले एक महिनाका लागि जहाजको सम्पूर्ण मर्मत (सिचेक)को लागि १२ भदौ (अगस्ट २८) मा इटली पठाएको जहाज आज सोमबारसम्ममा मर्मतमा गएको ८३ दिन भएको छ ।

निगमले उडान गरिरहेको एयरवसको ए३३०–२०० सिरिजको ९ एन एएलजेड जहाज एक महिनाको लागि इटली गएको उक्त जहाज २७ कात्तिक (१२ नोभेम्बर)मा फर्कने मिति तय भए पनि यस अघिको वाइडबडी मर्मतमा भएको ढिलाइले यसपटकलाई समेत ढिलो गरिदिनु नै शंका भएको निगमकै उच्च अधिकारी बताउँछन ।

इटलीको एमआरओ एटिटेकले जहाज दिन्छु भनेको समयमा यसअघि पनि निदएर धोका दिएको थियो । त्यो नियति यसपाली पनि दोहोर्याएको निगमको भनाइ छ । यसअघि निगमले ८ असारमा इटली पठाएको जहाज पनि २७ भदौमा (८० दिनपछि) मात्रै फर्किएको थियो ।

यो पटक पनि एक महिनाको लागि मर्मतमा गएको जहाज झन्डै तीन महिना लगाएर फर्किएको छ । निगमको जहाज उडाएर लाभ दिनसक्ने वाइडबडी जहाज पालैपालो साढे दुई महिनाभन्दा बढी समय थन्कनु भनेको दुईवटा जहाजको थन्किएको समय अर्थात सँगसँगै नउडेका साढे ५ महिना भएको छ ।

लामो समयसम्म जहाज थन्किएपछि निगमले किस्ता र ब्याज तिर्नुपर्ने भएकोले ठूलो घाटा भएको वायुसेवा निगमको भनाइ छ । निगमलेसमेत इटलियन कम्पनीलाई एमआरओ दिनु गल्ती भएको स्वीकार गर्दै ढिलो गरेर मर्मत गर्दालागेको घाटाको क्षतिपूर्ति माग्ने भनेर यस अघि नै घोषणा गरेको थियो ।

विडम्बना निगमको जहाज दिन ढिलो गरेकोमा क्षतिपूर्ति दिनु त कता हो कता उल्टै अर्को जहाजलाईलाई समेत लगेर करिव ३ महिना थन्काएर बल्ल पठायो । यस अघि नागरिक उड्डयन प्राधिकरण (क्यान)का पूर्वमहानिर्देशक त्रिरत्न मानन्धरको संयोजकत्वमा वायुसेवा निगमको कामकारबाहीका सम्बन्धमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले समेत निगमले एमआरो छनोट गर्नु नै गलत भएको भन्दै प्रश्न उठाएको छ ।

निगमको आर्थिक विनियमावली, २०६५ तथा सार्वजनिक खरिद ऐन नियमका प्रावधानहरू पूर्ण रूपमा पालना नगरी एमआरओ छनोट गरेको भन्दै सरकारी समितिले प्रश्न उठाउँदा निगमले भने अहिलेम्म एमआरओको विषयमा केही प्रतिकृया नै दिएको छैन ।

प्रतिवदेनका सिफारिस तथा सुझावहरू खण्डको ‘ख’ मा ‘इटालीको एटिटेकसँग गरिएको ठेक्का प्रक्रिया त्रुटिपूर्ण देखिएको हुँदा त्रुटि सच्याउन विद्यमान प्रावधानबमोजिमको प्रक्रिया अवलम्बन गर्न मनासिव देखिएको’ भन्नै व्यवस्था उल्लेख छ । निगमले भने प्रतिस्पर्धाबाटै छानेको कम्पनी भएको दाबी गरेको छ ।

Tags: #नेपाल वायुसेवा निगम

लोकप्रीय

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

विचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२

थप समाचार

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली
खेलकुद

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?
खेलकुद

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ
ताजा समाचार

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट
ताजा समाचार

कुलमानदेखि हर्क थर्कमान, कसरी बने तगारो ? भने एजेन्ट

शुक्रबार मंसिर १९ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

World News:इमरान राष्ट्रिय सुरक्षाका लागि खत रा? ट्रम्पलाई शान्ति पुरस्कार|| Nepal Times

00:15:39

World News: Ukraine प्रस्ताव यूएनमा पेस, नेपालले गरेन मतदान, Trumpलाई Putinसंग आशा || Nepal Times

00:19:05

World News: पुटिन भारत आउँदा म्याक्रोँ चीन पुगे, मोदीलाई ट्रम्पको ९५ करोड डलरको ह*ति*यार अफर

00:20:44

World NEWS:IRANबाट १० अफगानी मारिए,आकाशमा इन्धन भर्ने विमान किन्दै भारत|| Nepal Times

00:20:32

World News:युपी बस आग*ला*गीमा अधिकाँश नेपाली, पाकिस्तानमा धारा १४४ लागू || Nepal Times

00:17:46

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

दिल्ली जाँदै गरेको बसमा भीषण आगलागीः अधिकांश यात्रु नेपाली

मङ्लबार मंसिर १६ , २०८२
रुसी कोभिड भ्याक्सिन बनाउने वैज्ञानिक रहेनन्

कोभिड खोपले १० बालबालिकाको मृत्यु भएको अमेरिकाले स्वीकारो

आइतवार मंसिर १४ , २०८२
काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

काठमाडौँका तत्कालीन सिडियोसँग जाँचबुझ आयोगले लिइयो बयान

बिहिबार मंसिर १८ , २०८२

हालका पोस्टहरू

एनपीएलमा आज दुई खेलः चितवन र काठमान्डु तथा विराटनगरविरुद्ध कर्णाली

आज सुदूरपश्चिम भर्सेस विराटनगर र चितवन भर्सेस पोखरा

शनिबार मंसिर २० , २०८२
फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

फिफा विश्वकप २०२६ः कुन देश कुन समूहमा ?

शनिबार मंसिर २० , २०८२
सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

सर्वपक्षीय बैठकमा कसले के भने ? सुशीलाको कडा जवाफ

शनिबार मंसिर २० , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.