×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

पाकिस्तान र बंगलादेश नजिकिदा भारतको निन्द्रा हरायो

३ मंसिर २०८१

३ मंसिर,एजेन्सी ।

आफैँले युद्ध लडेर सन् १९७१ डिसेम्बर १६ मा छुट्याइदिएका पश्चिम पाकिस्तान र स्वतन्त्र भएको पूर्वी पाकिस्तान अर्थात हालको बङ्गलादेशबीचको निकटता अहिले भारतका लागि टाउको दुखाई बनेको छ ।

उपनिवेशपछि युद्ध लडी छुट्टिएका पूर्व र पश्चिमका यी मुलुकबीच बढ्दो निकटताको तरङ्ग भारतमा मात्रै सिमित छैन बरु भूमध्य सागर, कालोसागर, आर्कटिक महासागर, प्रशान्त महासागर र हिन्द महासागर छिचोल्दै परपर पुगिसकेको छ ।

सेनाका पुस्तैनी सन्तानलाई दिइएको कोटाविरोधी आन्दोलनले पूर्वप्रधानमन्त्री शेख हसिनालाई देशबाटै निकाल्यो । उनी गत साउन २१ देखि भारतमा शरण लिइरहेकी छन् । उनी भारत भागेपछि बङ्गलादेशमा जे भइरहेको छ, त्यो भारतका लागि अनुकूल देखिएको छैन ।

गत बुधबार पाकिस्तानको एक मालवाहक पानीजहाज कराँची बन्दरगाहबाट बङ्गलादेशको दक्षिणपूर्वी तटमा रहेको चटगावँ बन्दरगाहमा पुग्यो । सन् १०७१ मा भएको बङ्गलादेश मुक्तियुद्धपछि दुई देशबीच भएको यो पहिलो समुद्री सम्पर्क हो ।

यसअघि दुई देशबीच सिङ्गापुर या श्रीलङ्काको कोलम्बो हुँदै समुद्री व्यापार चल्थ्यो । बङ्गलादेशका लागि पाकिस्तानी उच्चायोगले सीधा समुद्री सम्पर्कबारे विज्ञप्तिमा लखेको छ, ‘पाकिस्तानको कराँचीबाट बङ्गलादेशको चटगावँ बन्दरगाहमा कार्गो जहाज पुगेको छ, दुई देशबीच द्विपक्षीय सम्बन्धमा यो महत्वपूर्ण कदमको शुरुवात हो ।’

सो विज्ञप्तिमा उल्लेख भएअनुसार यो नयाँ समुद्री मार्गले आपूर्ति श्रृङ्खलालाई थप सहज बनाउनेछ । मालसामान ढुवानीमा कम समय लाग्नेछ । दुबै देशमा व्यवसाय गर्न नयाँ अवसरको ढोका खोल्नेछ ।

वास्तवमा यो सीधा समुद्री सम्पर्क पाकिस्तान र बङ्गलादेशबीच कायम पारम्पारिक जटिल कूटनीतिक सम्बन्धमा एक ऐतिहासिक परिवर्तनको रूपरेखा हो । साथै, भारतको निकट रहने गरेकी पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि बङ्गलादेशको सत्तामा आएका मोहम्मद यूनुस अगुवाइको नयाँ अन्तरिम सरकारसँग पाकिस्तानको सम्बन्धमा न्यायोपनाको सङ्केत पनि हो।

पछिल्लो नयाँ खबरले भारतमा अवश्य चिन्ता बढाएको छ । हसीना सत्ताच्यूत भएपछि बङ्गलादेशसँग भारतको सम्बन्ध निकै कमजोर स्तरमा झरिसकेको छ । सत्ताबाट शेख हसीना हटेपछि इस्लामाबाद र ढाका दुबैले आपसी सम्बन्धमा सुधारको कुरा गरेका छन् ।

यसै वर्षको सेप्टेम्बरमा न्यूयोर्कमा भएको संयुक्त राष्ट्र संघको महासभा बैठक क्रममा बङ्गलादेशका अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद यूनुस र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफबीच भेटघाट भएको थियो ।

सो भेटघाट क्रममा दुई देशबीच ‘द्विपक्षीय सहयोग पुनःजीवित गर्न’ जोड दिइएको थियो । न्यूयोर्कमा यूनुसले भनेका थिए, ‘हामीले आपसी सम्बन्धलाई पुनःजीवित गर्न अत्यावश्यक छ ।’ साथै, उनले विभिन्न क्षेत्रमा सहयोग बढाउन दुई देशबीचको सम्बन्धमा ‘एक नयाँ अध्याय’ थाल्ने कुरा गरेका थिए ।

यूनुसको यो कदम हसीना प्रशासनद्वारा जारी विदेश नीतिलाई ठीक उल्टो पार्ने एक महत्वपूर्ण परिवर्तन हो । भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्समा प्रकाशित एक खबर अनुसार, हसिना प्रधानमन्त्री रहँदा सन् २०२२ अगष्टमा बङ्गलादेश सरकारले चीननिर्मित फ्रिगेट युद्धपोत पीएनएस तैमूरलाई चटगावँ बन्दरगाह हुँदै यात्रा भर्न दिएकी थिइनन् ।

कम्बोडिया र मलेसियासँग नौसैनिक अभ्यास गरी पाकिस्तानतर्फ यात्रा भरेको सो युद्धपोतलाई अन्त्यमा श्रीलङ्काले आफ्नो बन्दरगाहमा रहन दिएको थियो । बङ्गलादेशको तत्कालीन सरकारले चटगावँ बन्दरगाहमा अडिन नदिएको सो युद्धपोतलाई श्रीलङ्का सरकारले कोलोम्बो बन्दरगाहमा आउन अनुमति दिएको थियो ।

अब सैन्य सम्बन्धमा पनि भारतको पूर्व र पश्चिमतर्फ रहेका दुई देशबीच नयाँ अध्याय शुरु हुँदैछ । सन् २०२५ मा पाकिस्तानमा हुने एक नौसैनिक अभ्यासमा सहभागी हुने बङ्गलादेशले यसअघि नै पुष्टि गरिसकेको छ ।

यो घोषणाले पहिलेका एक देश र हालका दुई फरक देशबीचको सैन्य सहयोगलाई पनि उजागर गर्दैछ । भारतका लागि पाकिस्तानका उच्चायुक्त अब्दुल बासितले एक पाकिस्तानी टेलिभिजनसँग कुरा गर्दै बङ्गलादेशको सत्तापलट पाकिस्तानका लागि अवसर भएको बताएका थिए ।

सत्ता गुमाउनुअघि हसीनाले बङ्गलादेशलाई पूरापूर भारतको समर्थनमा लगाउने गरेकी थिइन् । बङ्गलादेशसँग पाकिस्तानको सम्बन्ध खराब बन्नुमा हसिनालाई जिम्मेवारी ठह¥याउँदै बासितले भनेका थिए, ‘शेख हसीना भारतको काखमा खेलिरहेकी थिइन् । केही एजेण्डा बोकेर उनी अघि बढिरहिन् ।’

पाकिस्तानको कराँचीबाट पहिलो कार्गो पानीजहाज बङ्गलादेश पुग्नुलाई अब्दुल बासित निकै महत्वपूर्ण ठान्छन् । उनले भने, ‘पाकिस्तानको मालवाहक पानीजहाज पहिलोपटक सीधै बङ्गलादेशको चटगावँ पु¥याइएको छ । यसअघि दुई देशबीच जति पनि व्यापार हुन्थ्यो – त्यो सिङ्गापुर र श्रीलङ्काको बाटोबाट हुनेगथ्र्यो । पछिल्लो घटनाले भारत आतङ्कित भएको छ । अहिले बङ्गलादेशको नेतृत्व निकै खुला विचारको छ, उनीहरू भारतसँगको सम्बन्धका विरुद्ध छैनन्, तर अब विकल्प खुला राखेका छन् र पाकिस्तानसँग सम्बन्ध अघि बढाएका छन् ।’

बासितले अब व्यापार र उद्योगका सङ्गठनहरू एक–अर्को देशमा जाने र आउँदो वर्षसम्म विदेश सचिवस्तरीय वार्ता शुरु हुनसक्ने उल्लेख गरेका छन् । बङ्गलादेश र पाकिस्तानको सम्बन्ध टाढिनुमा शेख हसीनाकै पूर्वाग्रही नजर कारक भएको पनि उनले जनाएका छन् ।

पाकिस्तानले बङ्गलादेशसँग व्यापारका अतिरिक्त अन्य क्षेत्रमा पनि सहयोग बढाउने कदम चालेको छ । बङ्गलादेशी नागरिकलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा सुविधा कार्यान्वयनमा ल्याइसकेको छ ।

पाकिस्तान र बङ्गलादेशबीच सन् २०२३ मा ८० करोड डलर बराबरको द्विपक्षीय व्यापार भएको थियो । पाकिस्तान र बङ्गलादेश बीचको सम्बन्धमा देखिएको यस ऐतिहासिक फेरबदलप्रति भारतमा चिन्ता प्रकट हुन थालेको छ ।

कलकत्ताबाट प्रकाशित हुने अङ्ग्रेजी दैनिक द टेलिग्राफसँग विदेश मामिलाका एक विज्ञले भनेका छन्, ‘चटगावँ र मोङ्गला बङ्गलादेशका दुई ठूला बन्दरगाह हुन् । यी दुबै बन्दरगाह पाकिस्तानका लागि पाँच दशकदेखि टाढा थियो ।

यसअघि दुई देशबीच श्रीलङ्काबाटै समुद्री सम्पर्क हुने गथ्र्यो । अब पाकिस्तानी जहाज सीधै चटगावँ पुग्नेछ । यसो हुँदा प्रतिबन्धित सामान बङ्गलादेश पुग्ने या भारतका पृथकतावादी समूहले हात पार्ने आशङ्कालाई अस्वीकार गर्न सकिन्न ।’

बङ्गलादेश र पाकिस्तानबीच बढ्दो सम्बन्धलाई लिएर भारतमा आशङ्का बढ्नुको उचित कारण छ । यी दुई देशबीचको नयाँ समीकरणले लामो समयपछि दक्षिण एसियाकै भूराजनीतिक समीकरणमा असर पार्न सक्छ ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top