NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ शुक्रबार जेष्ठ ९ , २०८२
जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ? शुक्रबार जेष्ठ ९ , २०८२
कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो बुधबार जेष्ठ ७ , २०८२
ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’ बुधबार जेष्ठ ७ , २०८२
के प्रधानमन्त्रीले भाग्न दिन आउँदैछ ? लिङ्देनले भाग्न हेलिकप्टर दिने बुधबार जेष्ठ ७ , २०८२
Next
Prev

समाचार

२०२६ देखि दुबईको आकाशमा उड्ने ट्याक्सी, सपना साकार हुँदै

मङ्लबार मंसिर ४ , २०८१
Reading Time: 1 min read
A A
Nepal Top
२०२६ देखि दुबईको आकाशमा उड्ने ट्याक्सी, सपना साकार हुँदै
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

४ कार्तिक ,  काठमाण्डौ।

सडकमा गुड्ने चारपाङ्ग्रे ट्याक्सी पनि अब उड्ने छन् । झट्ट सुन्दा अचम्म लाग्न सक्छ । तर यो वास्तविकता हो । अब, ट्याक्सीले सडकमा मात्र होइन, आकाशमा पनि सेवा दिनेछ । कल्पना गरौँ, एउटा ट्याक्सीमा चढेर आकाशबाट शहरको मनमोहक दृश्य अवलोकन गर्दै आफ्नो गन्तव्यतर्फ उडिरहेको अवस्था !

अपत्यारिलो लाग्ने यो कुरालाई दुबईले बास्तविकतामा बदलेको छ । दुबईले आकाशमा उड्ने ट्याक्सीको सुरुवात गरेर भविष्यको यातायात प्रणालीतर्फ एक ठूलो कदम चाल्ने प्रयास गरेको छ । सन् २०२६ को सुरुवातदेखि नै दुबईका आकाशमा विद्युतीय एयर ट्याक्सीहरू उड्नेछन् ।

Advertisement

यसलाई यातायातका क्षेत्रमा एक क्रान्तिकारी परिवर्तनका रुपमा हेरिएको छ । यसरी उड्ने ट्याक्सीहरु तयार भइसकेका छन् । एयर ट्याक्सीहरू जसलाई इलेक्ट्रिक वर्टिकल टेक–अफ एण्ड ल्यान्डिङ (भख्त्इी) भनिन्छ । यिनीहरु विद्युतीय शक्तिबाट चल्छन्।

यी विमान रुपी ट्याक्सीहरू सडकको सट्टा आकाशमार्ग प्रयोग गर्नेछन्। विशेष रूपमा डिजाइन गरिएका भर्टिपोर्टहरूबाट उडान भर्ने र अवतरण गर्नेछन् । सामान्यतः दुईदेखि चार यात्रु राख्न सक्ने क्षमता यसमा रहने छ भने २०० देखि ३०० किमि प्रति घण्टाको गतिमा यिनीहरु उड्ने छन् ।

छोटो दुरीका यात्रालाई ट्राफिक जामविनाको सुविधा दिने यसको लक्ष्य रहेको छ। यद्यपि प्रारम्भमा यो सेवा महँगो हुने र सर्वसाधारणको पहुँचमा नरहन सक्ने सम्भावना रहेको छ । यसको अनुमतिको प्रक्रिया सुरु भइसकेको छ ।

दुबईस्थित पब्लिक ट्रान्सपोर्ट एजेन्सीका प्रमुखकार्यकारी अहमद बहरोजयानका अनुशार सुरुवातमा चार स्थानमा पर्यटकलाई केन्द्रमा राखेर संचालन गरिनेछ । दुबई अन्तर्राष्ट्रिय विमानस्थल, पाम जुमेराह, डाउनटाउन दुबई र दुबई मरीनाबाट सुरुवातमा स्थानीय बासिन्दा र पर्यटकहरूलाई सेवा प्रदान गर्ने योजना रहेको छ।

यात्रुहरूले जोबी एभिएसनको मोबाइल एपमार्फत सजिलै एयर ट्याक्सी बुक गर्न सक्नेछन् । विज्ञहरू भन्छन् कि यसको सुरुवातपछि मानिसहरूले इमिरेट्स पुग्न एयर ट्याक्सी प्रयोग गरेमा ४० प्रतिशत समयको वचत गर्नेछन् ।

एयर ट्याक्सीहरूले सडक यातायातको तुलनामा निकै छिटो यात्रा गर्न सक्नेछन् । विशेषगरी जाम भएको बेला यो निक्कै फाइदाजनक हुने भनिएको छ । यस्तै विद्युतीय शक्तिबाट चल्ने भएकाले यी ट्याक्सीहरूले प्रदूषण कम गर्नेछन् ।

यद्यपि एयर ट्याक्सीहरूको सुरक्षित र भरपर्दो सञ्चालनका लागि अत्याधुनिक प्रविधि र नियन्त्रण प्रणाली आवश्यक पर्ने र खराब मौसमले उडानलाई प्रभाव पार्न सक्ने आशंका गरिएको छ । एयर ट्याक्सी सेवाको लागत अझै स्पष्ट भएको छैन।

यो सेवा महँगो भए सर्वसाधारणको पहुँचभित्र पर्ने कि नपर्ने भन्न समेत प्रश्न उठेको छ । ट्राफिक जाम होस् या वातावरण प्रदूषण नेपालको संघीय राजधानी काठमाडौंले समेत सडकको चाप कम गराउने उपाय खोजी रहेको छ ।

राजनीतिक दलहरुबाट मेट्रो देखि मोनो रेलसम्मका योजना आएपनि तिनीहरु भाषण र योजनामा मात्रै सिमित छन् । सुरु भएको फ्लाइओभर समेत कछुवा गतिमा रहदा दिनानुदिन काठमाडौंको सडकमा चाप बढ्दो छ ।

तर नेपाल जस्ता विकासोन्मुख देशका लागि आकाशा उड्ने ट्याक्सी जस्ता अत्याधुनिक प्रविधिहरू भित्रिन् निक्कै समय लाग्न सक्छ। तर, हामीले पनि यस्ता नवीन प्रविधिहरूको विकास र प्रयोगमा ध्यान दिनुपर्छ।

हाम्रो पहाडी भूगोल र विकट सडक सञ्जालका कारण हवाई यातायातको महत्त्व अझ बढी छ। यस्ता प्रविधिहरूको विकास र प्रयोगले हाम्रो यातायात प्रणालीलाई सुधार गर्न र आर्थिक विकासलाई गति दिन सक्छ।

हामीले अनुसन्धान, विकास र अन्तर्राष्ट्रिय सहयोगलाई प्राथमिकता दिनुपर्छ। आकाशमै गुड्ने ट्याक्सीको सपनाले हामीलाई भविष्यको यातायातको झलक देखाइरहेको छ। यो प्रविधिले हाम्रो जीवनलाई कसरी परिवर्तन गर्नेछ भन्ने प्रश्नको जवाफको लागि चाँही प्रतिक्षा नै गर्नुपर्नेछ ।

Tags: #ट्याक्सीबाटै आकाशमा यात्रा#दुबईको आकाशमा उड्ने ट्याक्सी

लोकप्रीय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२

विचार

थप समाचार

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ
अन्तर्राष्ट्रिय

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा
ताजा समाचार

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’
अन्तर्राष्ट्रिय

ट्रम्पले सार्वजनिक गरे शक्तिशाली ‘गोल्डन डोम’

बुधबार जेष्ठ ७ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42

Nepal का नयाँ नायक Balen: काठमाडौंका मेयर र जनताका साथी|| Nepal Times #balen #shah #kathmandu

00:12:14

भ्रष्ट नेता: नेपालको पीडा || Corrupt Leaders: The Pain of Nepal || Nepal Times

00:09:14
Currently Playing

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

अमेरिका–चीनबीच व्यापार सम्झौता, क्यानडासँग वार्ता तोडियो || Nepal Times

00:17:45

World News: इरानी बैंक ‘आ*त*ङ्कवादी सङ्गठन’ घोषणा, Putin पनि यु*द्ध रोक्न इच्छुक || Nepal Times

00:16:37

World News: इजरायलसँग हतियार अभाव, १४ बैज्ञानिक मा*रिएपछि इरानलाई धक्का || Nepal Times

00:16:10

World News: आप्रवासीलाई तेस्रो देश पठाउन ट्रम्पलाई अनुमति, इरानमा जासुस पक्राउ || Nepal Times

00:10:39

World News: विदेशमा रहेका नागरिकलाई देश फर्काउँदै इजरेल, चर्चमा आत्मघाती ब*म || Nepal Times

00:15:43

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

के चोभारको गल्छी मन्जुश्रीले पहाड काटेरै बनाएका हुन् त ?

शुक्रबार अशोज १८ , २०८१

हालका पोस्टहरू

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

हार्वर्डमा पढ्ने विदेशी विद्यार्थीको ट्रम्पले पारे बिल्लीबाठ

शुक्रबार जेष्ठ ९ , २०८२
गृहमन्त्री रविविरुद्धको रिट तिलकप्रसाद श्रेष्ठको इजलासमा

जब न्यायाधीशले सोधे, जिबी नभेटेर रविलाई पक्राउ गरेर हो ?

शुक्रबार जेष्ठ ९ , २०८२
कर्मचारीलाई तलब छैन्,अयोग्य लडाकुलाई २ लाख राहत

कुलिङ पिरियडले मुख्यसचिव र सचिवहरुको सात्तो उड्यो

बुधबार जेष्ठ ७ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.