×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

स्वीडेन र फिनल्याण्डले जनतालाई दिए युद्धको चेतावनी

४ मंसिर २०८१

४ कार्तिक , विराटनगर।

यूक्रेनमा रूसले आक्रमण थालेको एक हजार दिन पुरा हुँदैछ । तर यहाँ लाखौ नागरिक अहिले पनि व्यापकमात्रामा मृत्यु, विध्वंस र हताश परिस्थितिसंग जुधिरहेका छन् । एक हजार दिन वितिसके पनि यो युद्ध जारी छ, बरु थप घातक हुने संकेत देखिदैछ । अहिले पनि घातक युद्धले पूर्वी र दक्षिणी यूक्रेनको धेरैभन्दा धेरै क्षेत्रलाई आफ्नो चपेटामा पारेको छ ।

अहिलेसम्म कमसेकम १२ हजार १६४ आम मानिस मारिसकेका छन् । जसमा ६०० भन्दा धेरै त बालबालिकाहरु रहेका छन् । २६ हजारभन्दा धेरै घाइते भएका छन् । तर हताहतीको वास्तविक तथ्यांक योभन्दा कयौं अधिक हुने आशंका छ । यो साताको अन्त्यमै पनि रूसले यूक्रेनका सबै क्षेत्रहरुमा ठूलो परिमाणमा हवाई हमला गरेको छ ।

१२० मिसाइलहरु र ९० ड्रोनहरुमार्फत ऊर्जा प्रतिष्ठानहरुलाई उसले निशाना बनाएको छ, जसले मानवियसहित भीषण क्षति भएको छ । संयुक्त राष्ट्रमा राजनैतिक एवं शांतिनिर्माण मामिलाका लागि प्रमुख रहेकी रोजम्यारी डीकार्लोले सोमवार सुरक्षा परिषदको बैठकलाई सम्बोधन गर्दै भनिन्, यूक्रेनमा अति–महत्वपूर्ण नागरिक र ऊर्जा प्रतिष्ठानहरुलाई रुसले सुनियोजित तरिकाले निशाना बनाइरहेको छ, तिनिहरुलाई ध्वस्त पारिरहेको छ ।

जसले कयौं यूक्रेनी नागरिकहरुलाई आधारभुत आवश्यकताहरुबाट बञ्चित गरिरहेको छ । करिब ५८० मेडिकल केंद्र क्षतिग्रस्त वा काम नै नलाग्ने भएका छन् । र ठूलो संख्यामा स्वास्थकर्मीहरु र अग्रिम मोर्चामा खटिएका राहतकमिहरु पनि हताहत भएको खबर आएको छ ।

कमसेकम १ हजार ३५८ शैक्षिक संस्थाहरुमा क्षति पुगेको छ । उनले अघिल्लो दिन मिडियामा आएका खबरहरुलाई उदृत गर्दै भनिन्, युक्रेनका सहयोगी देशहरुले रूसभित्र लामो दूरीका मिसाइल हमलाका लागि हतियारहरुको प्रयोगमा स्वीकृति दिएका छन् ।

यसलाई मध्यनजर गर्दै रोजम्यारी डीकार्लोले जोड दिएर भनिन्, सबै पक्षहरुले आम नागरिकहरुको सुरक्षा, उनहरुको बचाउ सुनिश्चित गर्नुपर्छ भलै ती जतासुकैका हुन् ।यूक्रेन युद्धले आम नागरिक, भौतिक संरचना, विकास वा त्यहाँको सरकारलाई मात्रै होइन सिंगो पर्यावरणमा पनि भारी नोक्सानी पुर्याएको छ ।

कखोवा बांध ध्वस्त हुँदा स्थानीय अवस्थितिमा त असर गरेको छ नै यूक्रेनको कृषिलाई ठूलो क्षति भएको छ । यूक्रेन अब ती देशहरुको सूचीमा छ, जहा ठूलो परिमाणमा बारूदी सुरंगको प्रयोग गरिएको छ । एक अनुमानका अनुसार, देशको एक चौथाई हिस्सामा बारूदी सुरंग बिच्छ्याइएको आशंका छ, जुन स्विट्जरल्याण्डको आकारको चार गुना क्षेत्र हो ।

देशमा लाखौ आम नागरिक जीवनरक्षक सहायतामा निर्भर रहेका छन् । ४० लाखभन्दा धेरै मानिसहरु आन्तरिक रुपमा विस्थापित भएका छन् । ६८ लाख युक्रेनीहरुले अन्य देशहरुमा शरण लिन बाध्य भएका छन् । यसबीच डर के छ भने अंतर्राष्ट्रिय समुदायको गम्भीर चिन्ताका बावजूद, परमाणु हमलाको जोखिम बढेको छ ।

यूरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा प्लांट वा अन्य संवेदनशील स्थानहरुमा सैन्य गतिविधि भइरहेको खबरहरु आइरहेका छन् । यस्ता कुनै पनि घटनाको नतिजा निश्चय नै भयंकर विनाशकारी हुनेछन् । वास्तवमै अहिले भयभित हुनुपर्ने नै अवस्था छ ।

यदी सबै पक्ष अनिवार्य परमाणु सुरक्षाका लागि एकमत नहुने हो भने भोली के रहन्छ भन्न सक्ने अवस्था छैन । रुसले बारम्बार आफूहरुलाई परमाणुसम्म पुग्नका लागि बाध्य नपार्न चेतवानी दिइरहेको छ । यसबीच उत्तर कोरियाका हजारौं सैनिकहरु हिंसक टकरावबाट प्रभावित क्षेत्रहरुमा तैनाथ रहेका र उनीहरु लडाईका लागि तयार रहेको खबरहरु आइरहेका छन् ।

यिनैलाई र रुसी सेनाहरुलाई समेत लक्षित गर्दै अमेरिकाले लामो दुरीको मिसाइल हान्न युक्रेनलाई अनुमति दिएपछि अब झन अवस्था विग्रिएको छ । जेलेन्स्कीले यसका लागि अमेरिकालाई धन्यवाद दिदा यता रुसले कडा प्रतिक्रिया दिएको छ ।

उसले आगोमा ध्यु थपेको भन्दै अमेरिकालाई चेतावनी दिएको छ । निश्चय नै अमेरिकाको यो रुसलाई भड्काउने काम हो । यसले विस्फोटक थप भड्किने छ र यसको अंतर्राष्ट्रियकरण पनि हुनेछ । शांतिनिर्माण मामिलाका शीर्ष अधिकारीहरुले सचेत पनि गराएका छन् कि योरोपमा यो हिंसक टकरावको विश्वव्यापी नतिजा हुनसक्छ ।

जसले क्षेत्रीय स्थिरता कमजोर र भूराजनैतिक दरारहरु गहिरो भइरहेको छ । अधिकारीहरुले जोड दिएर भनेका छन् कि यो खतरनाक मार्गबाट पछाडी हटेर अब एकजुट कूटनीतिक प्रयासहरु वा राजनैतिक इच्छाशक्तिका साथ यसको अन्त्य गरिनुपर्छ । हुनत अमेरिकामा डोनाल्ड ट्रंपले चुनाव जितेपछि सबैको नजर पुटिन र ट्रंपमा नै अड्किएको छ ।

तर यसबीच दुई नेटो देशले केही यस्ता कदम उठाएका छन् जसले तस्रो विश्व युद्धको आहट गुन्जिन थालेको छ । नेटोका नयाँ सदस्य स्वीडेन र फिनल्यान्डले आफ्ना नागरिकहरुलाई युद्धबाट बच्नका लागि तयारी गर्न सुझाएका छन् । दुवै देशले आफ्ना नागरिकहरुलाई औधषीहरु र बच्चाहरुको खाना पहिला नै जम्मा गरेर राख्न पनि भनेका छन् ।

यसले प्रश्न उब्जाएको छ, के विश्वले साच्चै थप युद्ध देख्नेछ ? के थर्ड वर्ल्ड वारको शुरुआत हुनै लागेको हो ? सीएनएनका अनुसार स्वीडेन र फिनल्याण्डले आफ्ना नागरिकहरुलाई युद्धमा कसरी बच्न सकिन्छ, यसबारेमा नयाँ गाइडलाइन्स जारी गरेको छ ।

रूस–यूक्रेन युद्धपछि नेटो देशहरुले आफ्नो रक्षा उपायहरुलाई बलियो बनाइरहेका छन् । नर्डिक देशहरु स्वीडन र फिनल्याण्डमा लाखौं घरहरुमा बुकलेट बाँडिएको छ । ति बुकलेटमा सैन्य संघर्ष, संचार व्यवधान र बिजली कटौतीका साथ–साथ खराब मौसमका घटनाहरुबाट कसरी बच्ने भन्ने बारेमा जानकारी दिइएको छ ।

सरकारी अधिकारिहरुले सुझाव दिएका छन् कि कसरी मानिसहरुले युद्धको स्थितिमा आफूलाई बचाउन सक्छन् । बोतलमा पानी र स्यानिटरी प्रोडक्ट्सको भंडारण गर्नेदेखि लिएर घरमा खाने योग्य खाद्य पदार्थ उब्जाउने सम्मको सल्लाह दिइएको छ । ब्रोशरमा माता–पिता र हेरचाह गर्नेका लागि पनि सल्लाह दिइएको छ ।

स्वीडिश सिभिल कन्टिन्जेन्सी एजेंसी (एमएसबी)का अनुसार, स्वीडिश सरकारले १८ नोभेम्बरदेखि २ सातासम्ममा सबै ५० लाख घरमा बुकलेट बाडिसक्ने छ । जसको शीर्षक छ– यदी संकट वा युद्ध आयो भने यसबाट कसरी सुरक्षित रहने ।

सेकेन्ड वर्ल्ड वारमा पहिलो चोटी प्रकाशित भएको स्वीडिश ब्रोशरको यो पाँचौ एडिशन हो र यसमा युद्धको तयारीमा जोड दिइएको छ । यसको उद्येश्य नै यूक्रेन युद्धको आंचबाट बच्ने हो । यसमा हमलाको आशंका पनि जनाइएको छ ।

यता फिनल्यांडको गृह मंत्रालयले पनि सोमवार नयाँ आपातकालीन गाइडलाइन जारी गरेको छ, जसमा मानिसहरुलाई लामो समयसम्म बिजुली कटौती, पानीको कमी, टेलीकम्युनिकेशनमा बाधाहरु, भयानक मौसमका घटनाहरु र सैन्य संघर्षमा सुरक्षित रहन सल्लाह दिइएको छ ।

रूसले यूक्रेनमा आक्रमण थालेपछि दुवै देश गत वर्षमात्रै नेटो गठबंधनमा सामेल भएका हुन् । यसपछि कयौं यूरोपेली देशहरुले आफ्ना क्षेत्रमा लामो अवधिको सुरक्षालाई मजबूत गर्नका लागि आफ्नो सैन्य खर्चमा बृद्धि गरेका छन् । यसबारे आफ्ना टिप्पणी अवस्य ब्यक्त गर्नुहोला ।

ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top