×

NEPAL TIMES UPDATES

Playing
यु द्ध पछि इरानमा अम्लीय वर्षा, अमेरिकाको प्रभुत्व कमजोर || Nepal Times
Mar 10, 2026
Playing
प्रधानमन्त्रीमा बालेन बाहेक दाँया बायाँ नहुने, राजु पाण्डेको खबरदारी|| Nepal Times
Mar 10, 2026
Playing
सेयर बजारमा लगानीका लागि इतिहासकै स्वर्णिम समय || Nepal Times
Mar 10, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-26-2082 || Nepal Times
Mar 10, 2026
Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026

नेपाली नेताको जम्बो टोली किन गयो कम्बोडिया ?

६ मंसिर २०८१

६ मंसिर, काठमाण्डौ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली लगायतका एमाले नेताहरूले कम्बोडियामा ३२ अर्ब लगानी गरेको भन्ने भ्रमपूर्ण हल्ला फिँजाएको नेपाल प्रहरीको दाबी छ । सोही कारण उनलाई साइबर क्राइम लगायतको आरोपमा पक्राउ पनि गरिएको छ ।

कम्बोडियाको यही चर्चाका बीच एमाले बागमती इन्चार्ज समेत रहेका डा. राजन भट्ट्रराई कम्बोडिया प्रस्थान गरेका छन् । उनी भोली शुक्रबार दरबारमार्गमा एमालेको गर्न लागेको जागरण सभाका इन्चार्ज पनि रहेका अवस्थामा यो कार्यक्रम छाडेर कम्बोडिया प्रस्थान गरेका हुन् ।

यस्तोमा फेरि सामाजिक संजालमा यो अर्को चर्चाको विषय बनको छ । यद्यपि, कम्बोडिया जाने टोलीमा भट्ट्रराईमात्र नभएर अन्य दलका नेताहरु पनि सहभागि भएका छन् । तर एमालेको सभा गराउने जिम्मेवारी सम्हालिरहेका भट्टराईसहितको टोली बिहीबार बिहानै कम्बोडिया उड्दा भने सामाजिक संजालमा विभिन्न शंकासहितका प्रश्न र टिप्पणीहरु गरिएका छन् ।

जसको खण्डनसहित भट्टराईले आफ्नो पेजमा भ्रमण टोलीको फोटोसमेत राखेका छन् । खासमा कम्बोडियामा बिहीबारदेखि तीन दिनसम्म चल्ने एसियन पोलिटिकल पार्टीको (आईसीएपीपी) को १२ औँ सम्मेलनमा भाग लिन उनीहरू कम्बोडिया यात्रामा निस्किएका हुन् ।

भट्टराई उक्त संस्थाका स्थायी समिति सदस्य हुन् । बिहीबार डा. भट्टराईसहित कांग्रेस–एमाले र अन्य समेटेर पाँच दलका नेताहरू कम्बोडिया गएका हुन् । उक्त कार्यक्रममा भाग लिन डा. भट्टराई, कांग्रेस नेतृ सुजता कोइराला, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष उद्धव पौडेल र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित नेपाली दलका १३ जना प्रतिनिधि कम्बोडिया गएका हुन् ।

यसमा धेरैको चासोपछि एमाले नेता भट्टराईले सामाजिक संजालमार्फत कम्बोडिया यात्राबारे बताएका हुन् । उनले लेखेका छन्, ‘भ्रमको खेतीमा रमाउनेहरूलाई जानकारी होस्। कम्बोडियामा हुने आइक्यापको १२ औं महाधिवेशनमा भाग लिन नेपालका पाँच भन्दा बढी दलका १३ जना जनप्रतिनिधि जाँदैछन्।

थप केही भन्नुपर्छ?,’ उनले लेखेका छन्। तर, संयोग कस्तो भयो भने ओलीलाई ३२ अर्ब लगानी कम्बोडियामा गरेको गम्भीर आरोप प्रसाईंले लगाएपछि विवाद भइरहेको छ । उक्त आरोपलाई फेक भन्दै प्रहरीले प्रसाईंलाई घरैबाट समातेर हिरासतमा राखेको छ ।

प्रसाईंलाई अदालतले ५ दिन हिरासतमा राख्ने म्याद दिइरहेको छ । प्रसाईंले ओलीमाथि संगीन आरोप लगाएर हिरासततिर गएकै पृष्ठभूमिमा सामाजिक सञ्जालमा नेपालले चुच्चे नक्सा निकाल्ने क्रममा भारतीय मिडियाले बनाएको एउटा भिडियो भाइरल गरिएको छ ।

जसमा ओलीले कम्बोडियामा लगानी लगेको आरोप लगाइएको थियो । तर उक्त भारतीय मिडियाले पछि उक्त आरोप पुष्टि गर्न नसकेको भन्दै माफी माग्ने अवस्था आएको थियो । प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा अर्बौँ रुपैयाँ लगानी गरेको आरोप प्रसाईंले लगाइरहेका बेला उनका एकजना विश्वासपात्र भट्टराईले त्यसतर्फ उडेपछि झन् अफवाह फैलिएको हो।

तर एमाले नेताहरू विरोधीहरूले फेक कुराको सहारा लिएर प्रश्न उठाएको बताउँछन् । भट्टराई कम्बोडिया उडेपछि शुक्रबार हुने जनसभाको नेतृत्व एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले गर्दैछन् । यो सभाका आयोजक काठमाडौं, ललितपुर र भक्तपुका एमाले जिल्ला कमिटी छन् ।

कम्बोडियामा हुने कार्यक्रममा संस्कृति, विविधता र शान्तिको विषयमा छलफल हुने तथा सामाजिक संजालका राम्रा र नराम्रा दुबै पक्षमा छलफल हुने उनको भनाई छ । कम्बोडियामा हुने कार्यक्रमको बिहीबार साँझ उद्घाटन हुने कार्यतालिका छ ।

उद्घाटनपछि डिनर आयोजना गरिएको छ भने शुक्रबार विभिन्न चार सत्रमा मुख्य छलफल हुनेछ । कार्यक्रममा भोलिबाट चार वटा सत्रमा विभिन्न विषयमा छलफल हुनेछ । मिडिया फोरममा विश्वमा शान्तिका लागि भएका काम र प्रयासबारे एउटा सत्रमा छलफल हुनेछ ।

यस्तै, संस्कृति र विविधताका विषयमा अर्को छलफल हुनेछ भने नेतृत्वका सम्बन्धमा फरक छलफल हुनेछ । फेक न्युज तथा सामाजिक संजालका सकारात्मक र नकारात्मक पक्षका विषयमा अर्को छुट्टै समूहगत छलफल हुनेछ ।

कार्यक्रममा भारत र चीनबाट समेत राजनीतिक दलका नेताहरु सहभागी छन् । प्राप्त सूचना अनुसार भारतबाट भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईबाट कोही पनि सहभागी भएका छैनन्। अन्य दलबाट भने सहभागी छन् ।

एसियाका अन्य मुलुक तथा ल्याटिन अमेरिकाबाटसमेत विभिन्न राजनीतिक दलका नेताहरु कार्यक्रममा सहभागी हुन पुगेका छन् । दलका नेताहरूपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पनि शुक्रबार कम्बोडिया जाने भएका छन् ।

उनी कम्बोडिया जाने कार्यक्रम डेढ महिनाअघि नै तय भएको सचिवालयका सदस्य शेखर अधिकारीले बताएका छन् । सभामुख र नेताहरू कम्बोडियामा सहभागी हुने कार्यक्रम अलग हुन् । सभामुख घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११ औँ सम्मेलन (आइपीटीपी) मा सहभागी हुँदै छन् ।

उनको टोलीमा सांसद ईश्वरी रिजाल, संसद् सचिवालयका एक कर्मचारी, सभामुखका मुख्य सल्लाकार र एकजना पीएसो जाने कार्यक्रम छ । यो कार्यक्रम कम्बोडियाको न्होम्पेन सहरमा शनिबारदेखि दुई दिनसम्म हुनेछ । यसघि पनि यस्ता कार्यक्रममा नेपालको तर्फबाट सरकारका प्रमुखहरू र नेता जाने गरेका छन् ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top