NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
Vanessa Claire: Paris Independent High-End Escort मङ्लबार पुस १५ , २०८२
Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing मङ्लबार पुस १५ , २०८२
Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear सोमवार पुस १४ , २०८२
100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today! सोमवार पुस १४ , २०८२
Top ten Illinois A real income Casinos on the internet: Gaming inside the IL 2025 सोमवार पुस १४ , २०८२
Next
Prev

समाचार

नेपाली नेताको जम्बो टोली किन गयो कम्बोडिया ?

बिहिबार मंसिर ६ , २०८१
Reading Time: 1 min read
A A
नेपाली नेताको जम्बो टोली किन गयो कम्बोडिया ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

६ मंसिर, काठमाण्डौ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री केपी शर्मा ओली लगायतका एमाले नेताहरूले कम्बोडियामा ३२ अर्ब लगानी गरेको भन्ने भ्रमपूर्ण हल्ला फिँजाएको नेपाल प्रहरीको दाबी छ । सोही कारण उनलाई साइबर क्राइम लगायतको आरोपमा पक्राउ पनि गरिएको छ ।

कम्बोडियाको यही चर्चाका बीच एमाले बागमती इन्चार्ज समेत रहेका डा. राजन भट्ट्रराई कम्बोडिया प्रस्थान गरेका छन् । उनी भोली शुक्रबार दरबारमार्गमा एमालेको गर्न लागेको जागरण सभाका इन्चार्ज पनि रहेका अवस्थामा यो कार्यक्रम छाडेर कम्बोडिया प्रस्थान गरेका हुन् ।

यस्तोमा फेरि सामाजिक संजालमा यो अर्को चर्चाको विषय बनको छ । यद्यपि, कम्बोडिया जाने टोलीमा भट्ट्रराईमात्र नभएर अन्य दलका नेताहरु पनि सहभागि भएका छन् । तर एमालेको सभा गराउने जिम्मेवारी सम्हालिरहेका भट्टराईसहितको टोली बिहीबार बिहानै कम्बोडिया उड्दा भने सामाजिक संजालमा विभिन्न शंकासहितका प्रश्न र टिप्पणीहरु गरिएका छन् ।

जसको खण्डनसहित भट्टराईले आफ्नो पेजमा भ्रमण टोलीको फोटोसमेत राखेका छन् । खासमा कम्बोडियामा बिहीबारदेखि तीन दिनसम्म चल्ने एसियन पोलिटिकल पार्टीको (आईसीएपीपी) को १२ औँ सम्मेलनमा भाग लिन उनीहरू कम्बोडिया यात्रामा निस्किएका हुन् ।

भट्टराई उक्त संस्थाका स्थायी समिति सदस्य हुन् । बिहीबार डा. भट्टराईसहित कांग्रेस–एमाले र अन्य समेटेर पाँच दलका नेताहरू कम्बोडिया गएका हुन् । उक्त कार्यक्रममा भाग लिन डा. भट्टराई, कांग्रेस नेतृ सुजता कोइराला, नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष उद्धव पौडेल र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसहित नेपाली दलका १३ जना प्रतिनिधि कम्बोडिया गएका हुन् ।

यसमा धेरैको चासोपछि एमाले नेता भट्टराईले सामाजिक संजालमार्फत कम्बोडिया यात्राबारे बताएका हुन् । उनले लेखेका छन्, ‘भ्रमको खेतीमा रमाउनेहरूलाई जानकारी होस्। कम्बोडियामा हुने आइक्यापको १२ औं महाधिवेशनमा भाग लिन नेपालका पाँच भन्दा बढी दलका १३ जना जनप्रतिनिधि जाँदैछन्।

थप केही भन्नुपर्छ?,’ उनले लेखेका छन्। तर, संयोग कस्तो भयो भने ओलीलाई ३२ अर्ब लगानी कम्बोडियामा गरेको गम्भीर आरोप प्रसाईंले लगाएपछि विवाद भइरहेको छ । उक्त आरोपलाई फेक भन्दै प्रहरीले प्रसाईंलाई घरैबाट समातेर हिरासतमा राखेको छ ।

प्रसाईंलाई अदालतले ५ दिन हिरासतमा राख्ने म्याद दिइरहेको छ । प्रसाईंले ओलीमाथि संगीन आरोप लगाएर हिरासततिर गएकै पृष्ठभूमिमा सामाजिक सञ्जालमा नेपालले चुच्चे नक्सा निकाल्ने क्रममा भारतीय मिडियाले बनाएको एउटा भिडियो भाइरल गरिएको छ ।

जसमा ओलीले कम्बोडियामा लगानी लगेको आरोप लगाइएको थियो । तर उक्त भारतीय मिडियाले पछि उक्त आरोप पुष्टि गर्न नसकेको भन्दै माफी माग्ने अवस्था आएको थियो । प्रधानमन्त्री ओलीले कम्बोडियाको टेलिकम कम्पनीमा अर्बौँ रुपैयाँ लगानी गरेको आरोप प्रसाईंले लगाइरहेका बेला उनका एकजना विश्वासपात्र भट्टराईले त्यसतर्फ उडेपछि झन् अफवाह फैलिएको हो।

तर एमाले नेताहरू विरोधीहरूले फेक कुराको सहारा लिएर प्रश्न उठाएको बताउँछन् । भट्टराई कम्बोडिया उडेपछि शुक्रबार हुने जनसभाको नेतृत्व एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुङ्गेलले गर्दैछन् । यो सभाका आयोजक काठमाडौं, ललितपुर र भक्तपुका एमाले जिल्ला कमिटी छन् ।

कम्बोडियामा हुने कार्यक्रममा संस्कृति, विविधता र शान्तिको विषयमा छलफल हुने तथा सामाजिक संजालका राम्रा र नराम्रा दुबै पक्षमा छलफल हुने उनको भनाई छ । कम्बोडियामा हुने कार्यक्रमको बिहीबार साँझ उद्घाटन हुने कार्यतालिका छ ।

उद्घाटनपछि डिनर आयोजना गरिएको छ भने शुक्रबार विभिन्न चार सत्रमा मुख्य छलफल हुनेछ । कार्यक्रममा भोलिबाट चार वटा सत्रमा विभिन्न विषयमा छलफल हुनेछ । मिडिया फोरममा विश्वमा शान्तिका लागि भएका काम र प्रयासबारे एउटा सत्रमा छलफल हुनेछ ।

यस्तै, संस्कृति र विविधताका विषयमा अर्को छलफल हुनेछ भने नेतृत्वका सम्बन्धमा फरक छलफल हुनेछ । फेक न्युज तथा सामाजिक संजालका सकारात्मक र नकारात्मक पक्षका विषयमा अर्को छुट्टै समूहगत छलफल हुनेछ ।

कार्यक्रममा भारत र चीनबाट समेत राजनीतिक दलका नेताहरु सहभागी छन् । प्राप्त सूचना अनुसार भारतबाट भारतीय जनता पार्टी (भाजपा) र कांग्रेस आईबाट कोही पनि सहभागी भएका छैनन्। अन्य दलबाट भने सहभागी छन् ।

एसियाका अन्य मुलुक तथा ल्याटिन अमेरिकाबाटसमेत विभिन्न राजनीतिक दलका नेताहरु कार्यक्रममा सहभागी हुन पुगेका छन् । दलका नेताहरूपछि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे पनि शुक्रबार कम्बोडिया जाने भएका छन् ।

उनी कम्बोडिया जाने कार्यक्रम डेढ महिनाअघि नै तय भएको सचिवालयका सदस्य शेखर अधिकारीले बताएका छन् । सभामुख र नेताहरू कम्बोडियामा सहभागी हुने कार्यक्रम अलग हुन् । सभामुख घिमिरे सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद्को ११ औँ सम्मेलन (आइपीटीपी) मा सहभागी हुँदै छन् ।

उनको टोलीमा सांसद ईश्वरी रिजाल, संसद् सचिवालयका एक कर्मचारी, सभामुखका मुख्य सल्लाकार र एकजना पीएसो जाने कार्यक्रम छ । यो कार्यक्रम कम्बोडियाको न्होम्पेन सहरमा शनिबारदेखि दुई दिनसम्म हुनेछ । यसघि पनि यस्ता कार्यक्रममा नेपालको तर्फबाट सरकारका प्रमुखहरू र नेता जाने गरेका छन् ।

Tags: #नेपाली नेताहरुको कम्बोडिया भ्रमण

लोकप्रीय

Vanessa Claire: Paris Independent High-End Escort

मङ्लबार पुस १५ , २०८२

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

विचार

Vanessa Claire: Paris Independent High-End Escort

मङ्लबार पुस १५ , २०८२

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२

थप समाचार

İstanbul Escort Hizmetleri

Vanessa Claire: Paris Independent High-End Escort

मङ्लबार पुस १५ , २०८२
articles_lets jackpot casino_2025-12-29

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२
ताजा समाचार

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
ताजा समाचार

Greatest Black-jack Internet sites for real Profit 2025, Rated from the Clear

सोमवार पुस १४ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

World News: Bangladeshमा विद्यार्थीको पार्टीे कट्टरपन्थीसँगै, फ्लोरिडा वार्ता सकारात्मक

00:18:13

जापानमा ५० बढी गाडी ठो क्किए, लन्डनमा हिन्दु सङ्गठनहरूको विरो ध|| Nepal Times

00:21:43

World News:Americaमा भीषण हिउँदे आँ धी, थाइल्यान्ड र कम्बोडियाबीच शान्ति सम्झौता|| Nepal Times

00:20:20

World News: इमरानका सल्लाहकारको नाक र बंगरा भाँचियो, भारतमा नक्सल मा*रि*ए || Nepal Times

00:16:18

धेरै तटीय शहर समुद्रमा डुब्दै,रुसले चन्द्रमामा विद्युत् गृह बनाउने, बेगमका छोरा फर्किए|| Nepal Times

00:24:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

भारतको असममा भड्कियो हिंसा, २ को मृत्यु, ३४ प्रहरी घाइते

बुधबार पुस ९ , २०८२
कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

कंगाल बन्यो पाकिस्तान, आज राष्ट्रिय ध्वजावहाक लिलाम हुने

मङ्लबार पुस ८ , २०८२
बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

बालेनको लिस्टमा आशिका तामाङ, ईश्वर पोखरेललाई ओलीले छुटाए ?

सोमवार पुस १४ , २०८२

हालका पोस्टहरू

Vanessa Claire: Paris Independent High-End Escort

मङ्लबार पुस १५ , २०८२

Let’s Jackpot Casino FAQ: Your Guide to Winning and Playing

मङ्लबार पुस १५ , २०८२

100 percent free Gamble Lucky Lady’s Charm Deluxe Wager Online Today!

सोमवार पुस १४ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.