×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026

युक्रेन युद्ध मैदानमा उत्रिए हुथी, पुटिनको सेनामा यमनी युवा भर्ती

११ मंसिर २०८१

११ मंसिर , एजेन्सी ।

युक्रेनले पहिलोपटक अमेरिकाले आपूर्ति गरेको सैन्य सामरिक क्षेप्यास्त्र (एट्याकएमएस) को साथ रुसी हवाई क्षेत्रमा आक्रमण गरेको छ । यो हवाई क्षेत्र युक्रेन–रसिया सीमाबाट ६० माइल टाढा रहेको छ । एट्याकएमएस क्लस्टर भेरियन्टको सबम्युनिसनहरू एयरफिल्डमा विस्फोट भएको देखिएको छ ।

यद्यपि, स्याटेलाइट तस्बिरहरूमा कुनै ठुलो क्षति भएको रिपोर्ट गरिएको छैन। केही समयदेखि सो हवाई आधार प्राथमिक सञ्चालन स्थानको रूपमा प्रयोग नभएको कारण एयरबेसमा विमानको उपस्थिति पनि कम रहेको बताइएको छ ।

उक्त आक्रमणले रुसको एस– ४०० रक्षा प्रणालीको उपयोगितामाथि पनि प्रश्न खडा गरेको छ। युक्रेनले पहिलोपटक रूसी हवाई क्षेत्रमा एट्याकमस छोटो दूरीको ब्यालेस्टिक मिसाइल प्रयोग गरेको द वारजोनले जनाएको छ।

युक्रेनले अगस्टमा आफ्नो आक्रमणको क्रममा कब्जा गरेको क्षेत्रमा आफ्नो पकड कायम राख्न सङ्घर्ष गरिरहेको समयमा यो आक्रमण भएको हो। रिपोर्टका अनुसार युक्रेनबाट प्रहार गरिएको अमेरिकी निर्मित मिसाइलले रूसी विमानस्थल र प्रमुख क्षेत्रहरूमा प्रहार गरेको छ ।

कुर्स्क नजिकै खालिनोमा रहेको रूसी एयरफिल्डलाई ए. टि. ए. सि. एम. एस. ले क्लस्टर सबम्युनिसनको साथ प्रहार गरेको थियो। एस्ट्रा समाचार आउटलेटले सोमबार टेलिग्राममा सात एट्याकएमएस मिसाइल र १२ युएभीले राति कुर्स्क क्षेत्रमा आक्रमण गरेको रिपोर्ट गरेको थियो।

यी अधिकांश मिसाइलहरू खसालिएका थिए तर कम्तिमा एउटा खलिनो एयरफिल्डमा ठोक्कियो, जसमा दुई जना सैनिकहरू घाइते भएका छन् । आक्रमणमा एउटा घर पनि क्षतिग्रस्त भएको दाबी गरिएको छ। ड्रोनहरू रूसी क्षेत्रहरू झेलेजनोगोर्स्क र दिमित्रीव्स्कीमा खसालिएका थिए।

रुसी स्रोतहरूले आठ एटीएसीएमएसमध्ये सातलाई गोली हानेर खसालेको दाबी गरेका छन्। रुसी रक्षा मन्त्रालयले कुर्स्कमाथि सातवटा ड्रोन खसालिएको दाबी गरेको छ। युक्रेनी सशस्त्र बलका जनरल स्टाफले कुर्स्कमा रहेका लक्ष्यहरू रसियाका धेरै थिए जुन उनीहरूको सेनाले सोमबार आक्रमण गरेको थियो।

युक्रेनीहरूले लामो समयदेखि रसियामा हवाई आक्रमणका लागि एटिएसिएमएसको आवश्यकतामा जोड दिँदै आएका थिए। नोभेम्बर १७ मा, संयुक्त राज्य अमेरिकाले युक्रेनलाई रसियामा एटिएसिएमएस प्रयोग गर्न अनुमति दियो। त्यसपछि युक्रेनले पश्चिमी रुसको ब्रान्स्क क्षेत्रको काराचेभ सहर नजिकैको गोलाबारुद भण्डारण केन्द्रलाई निशाना बनाएको थियो।

अहिले रुसको एयरबेसलाई लक्षित गरिएको छ। अमेरिकाबाट युक्रेनले प्राप्त गरेको एटिएसिएमएस ब्यालेस्टिक मिसाइलले १९० माइल टाढासम्मको लक्ष्यमा प्रहार गर्न सक्छ। पछिल्लो समय अमेरिकापछि बेलायत र फ्रान्सले पनि युक्रेनलाई लामो दूरीको हतियार प्रयोग गर्न अनुमति दिएका छन् ।

अर्काे तर्फ रुसले युक्रेनविरुद्ध लड्न सयौँ यमनीहरूलाई आफ्नो सेनामा भर्ती गरेको बताइएको छ। उनीहरूलाई युक्रेनबाट युद्धमा अग्रपङ्क्तिमा तैनाथ गरिएको छ। हालैका महिनाहरूमा रुसले विदेशी सेना भर्ती गरेको आरोप लागेको यो दोस्रो पटक हो।

युक्रेन र अमेरिकाले हालै रुसलाई आफ्नो सेनामा दशौँ हजार उत्तर कोरियाली सैनिक भर्ती गरेको आरोप लगाएका छन्। तर, रुस र चीनले ती आरोप अस्वीकार गरेका छन्। फाइनान्सियल टाइम्सको एक रिपोर्टले हुथी जनरलको कम्पनीले यमनका युवाहरूलाई राम्रो रोजगारी र नागरिकताको झूटो वाचा गरेर रसिया पठाएको दाबी गरेको छ।

यमनी पुरुषहरूलाई अल जाबरी जनरल ट्रेडिंग एन्ड इन्भेस्टमेन्ट कम्पनी एसपीसी नामक ओमानी कम्पनीले भर्ती गरेको थियो। यो कम्पनी हुथी नेता र कमान्डर अब्दुलवाली अब्दो हसन अल–जाब्रीको स्वामित्वमा छ।

प्रतिवेदनले नाबिल नामक व्यक्तिलाई उद्धृत गर्दै कम्पनीले आफूलाई चिकित्सा उपकरण र औषधिको आपूर्तिकर्ताका रूपमा वर्णन गरेको बताएको छ। कम्पनीले सुरक्षा र इन्जिनियरिङ क्षेत्रमा रोजगारीको प्रस्ताव दिएर मानिसहरूलाई भर्ती गरेको थियो ।

रसिया पुगेपछि उनीहरूलाई युद्धका लागि युक्रेनको जङ्गलमा पठाइयो र लड्न भनिएको थियो। सेप्टेम्बरमा भर्ती गरिएका २सय जना मानिसहरूको समूहमा रहेका नाबिलले भनेका कि उनीहरूलाई युक्रेनी पक्षबाट बम विस्फोटको सामना गर्न तैनाथ गरिएको थियो।

यी मानिसहरूबाट ल्यान्डमाइन र बङ्कर खन्ने काम पनि रसियामा गरिएको थियो। यमनबाट भर्ती गरिएका मानिसहरूलाई कठिन र खतरनाक मोर्चामा तैनाथ गरिएको दाबी गरिएको छ। रुसले युक्रेन विरुद्धको युद्धमा लड्नका लागि विदेशी लडाकुहरूलाई निरन्तर भर्ती गर्दै आएको छ।

यमनका नागरिकहरू यस सूचीमा नयाँ हुन्। रुसले उत्तर कोरियाका १० हजार सेना तैनाथ गरेको बताइएको छ। यसअघि भारतीय र नेपाली नागरिकलाई पनि रुसले भर्ती गरेको थियो। नेपाल र भारतका युवाहरूलाई पनि आर्थिक प्रलोभन र नागरिकताको लोभमा युक्रेनविरुद्ध लड्न बाध्य बनाइएको आरोप छ ।

नेपाल र भारत सरकारले रुसी सेनामा रहेका आफ्ना नागरिकलाई फिर्ता गर्न रुससँग पटक पटक आग्रह गरिसकेका छन् ।

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top