१३ मंसिर ,काठमाण्डौ।
नेपाल प्रिमियर लिगको यही मंसिर १५ गते शनिबारको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्टको भिडन्त हुनेछ । उद्घाटन खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा हुने क्यानले जनाएको छ । फाइनल खेल भने ६ पुसमा हुनेछ । लिगका खेल हरेक दिन दुई वटा हुनेछ ।
मंसिर १५ गते
विराटनगर किङ्गस भर्सेस जनकपुर बोल्टस् दिउँसो १२ः१५ बजे
मंसिर १७ गते
काठमाडौं गुर्खाज भर्सेस चितवन राइनोज बिहान ९ः१५ बजे
जनकपुर बोल्टस् भर्सेस कर्णाली याक्स दिउँसो १ः१५ बजे
मंसिर १८ गते
सुदूरपश्चिम रोयल्स भर्सेस विराटनगर किङ्गस बिहान ९ः१५ बजे
चितवन राइनोज भर्सेस पोखरा एभेन्जर्स दिउँसो १ः१५ बजे
मंसिर १९ गते
कर्णाली याक्स भर्सेस काठमाडौं गुर्खाज बिहान ९ः१५ बजे
विराटनगर किङ्गस भर्सेस लुम्बिनी लायन्स दिउँसो १ः१५ बजे
मंसिर २० गते
पोखरा एभेन्जर्स भर्सेस जनकपुर बोल्टस् बिहान ९ः१५ बजे
काठमाडौं गुर्खाज भर्सेस सुदूरपश्चिम रोयल्स दिउँसो १ः१५ बजे
मंसिर २१ गते
कर्णाली याक्स भर्सेस चितवन राइनोज बिहान ९ः१५ बजे
लुम्बिनी लायन्स भर्सेस पोखरा एभेन्जर्स दिउँसो १ः१५ बजे
मंसिर २२ गते
लुम्बिनी लायन्स भर्सेस सुदूरपश्चिम रोयल्स बिहान ९ः१५ बजे
कर्णाली याक्स भर्सेस विराटनगर किङ्गस दिउँसो १ः१५ बजे
मंसिर २३ गते
जनकपुर बोल्टस् भर्सेस लुम्बिनी लायन्स बिहान ९ः१५ बजे
सुदूरपश्चिम रोयल्स भर्सेस चितवन राइनोज दिउँसो १ः१५ बजे
मंसिर २५ गते
चितवन राइनोज भर्सेस लुम्बिनी लायन्स बिहान ९ः१५ बजे
कर्णाली याक्स भर्सेस पोखरा एभेन्जर्स दिउँसो १ः१५ बजे
मंसिर २६ गते
जनकपुर बोल्टस् भर्सेस सुदूरपश्चिम रोयल्स बिहान ९ः१५ बजे
काठमाडौं गुर्खाज भर्सेस लुम्बिनी लायन्स दिउँसो १ः१५ बजे
मंसिर २७ गते
पोखरा एभेन्जर्स भर्सेस विराटनगर किङ्गस बिहान ९ः१५ बजे
जनकपुर बोल्टस् भर्सेस काठमाडौं गुर्खाज दिउँसो १ः१५ बजे
मंसिर २८ गते
लुम्बिनी लायन्स भर्सेस कर्णाली याक्स बिहान ९ः१५ बजे
विराटनगर किङ्गस भर्सेस चितवन राइनोज दिउँसो १ः१५ बजे
मंसिर २९ गते
पोखरा एभेन्जर्स भर्सेस काठमाडौं गुर्खाज बिहान ९ः१५ बजे
चितवन राइनोज भर्सेस जनकपुर बोल्टस् दिउँसो ११५ बजे
मंसिर ३० गते
विराटनगर किङ्गस भर्सेस काठमाडौं गुर्खाज बिहान ९ः१५ बजे
पोखरा एभेन्जर्स भर्सेस सुदूरपश्चिम रोयल्स दिउँसो १ः१५ बजे
मंसिर ३१ गते
सुदूरपश्चिम रोयल्स भर्सेस कर्णाली याक्स बिहान ९ः१५ बजे
पुस ३ गते
तेस्रो स्थान भर्सेस चौथो स्थान (एलिमिनेटर) बिहान ९ः१५ बजे
पहिलो स्थान भर्सेस दोस्रो स्थान (पहिलो क्वालिफायर) दिउँसो १ः१५ बजे
पुस ४ गते
एलिमिनेटर विजेता भर्सेस पहिलो क्वालिफायरमा पराजित टोली (दोस्रो क्वालिफायर) दिउँसो १२ः१५ बजे
पुस ६ गते
फाइनल – पहिलो क्वालिफायर विजेता भर्सेस दोस्रो क्वालिफायर विजेता दिउँसो १२ः१५ बजे
एनपिएलका सम्पूर्ण खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । एनपिएलमा भएको बृहत लगानीले सबैको ध्यानकर्षण गरिरहँदा खेल समर्थकमाझ यसको पुरस्कार राशी कति होला भने चर्चा चलिरहेको छ । समर्थक पनि एनपिएलको पुरस्कार राशी थाहा पाउन आतुर छन् ।
यद्यपि, क्यानले यसको औपचारिक घोषणा भने गर्न बाँकी नै छ । तथापि, पुरस्कार राशी आकर्षक हुने अनुमान गरिएको छ । पुरस्कार राशिको प्रतिक्षा भइरहदा एनपिएलको ट्रफी भने सार्वजनिक भइसकेको छ ।
मंसिर १० मा नै प्रधानमन्त्री केपी शर्मा ओलीले धरहराबाट ट्रफी सार्वजनिक गरेका हुन् । ट्रफी निकै आर्कषक छ । ट्रफीको माथिल्लो भागमा रहेको ढुङ्गा चर्चामा रहेको छ । यस्तै एनपिएलको सर्वोत्कृष्ट खेलाडीले एउटा कार प्राप्त गर्नेछ ।
‘प्लेयर अफ दि सिरिज’लाई शारडा समूहले कार दिनेछ । एनपिएलको मार्की खेलाडीदेखि अक्सन र ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गर्दा नेपाली क्रिकेटरको आर्थिक स्थिति बलियो बन्ने आशा सबैले गरेका छन्।
खेलाडीको आर्थिक स्थिति सुधार भएसँगै भौतिक संरचना निर्माण र नियमित रुपमा प्रतियोगिताहरु आयोजना भए नेपाली क्रिकेटले नयाँ उचाइ लिने विश्वास छ। त्रिवि क्रिकेट मैदानमा भीआईपी र सामान्यतर्फ गरी लगभग १२ हजार दर्शक क्षमता रहेको छ ।
उद्घाटन खेलमा टिकटको मूल्य साधारणतर्फ ३ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ तोकिएको छ । लिग अन्य खेलमा साधारणतर्फ ३ सय र भीआईपीतर्फ ५ सय टिकट मूल्य तोकिएको क्यानले जनाएको छ । लिग खेलमा एउटा टिकटले दिनको दुबै खेल हेर्न सकिनेछ ।
यस्तै, प्लेअफ खेलमा साधारणतर्फ ५ सय र भीआईपीतर्फ ७ सय रुपैयाँ टिकट मूल्य तोकिएको छ । फाइनल खेलको ५ सय र एक हजार रुपैयाँ टिकट मूल्य तोकिएको क्यानले जनाएको छ । सिजनल पासको लागि साधारणतर्फ ४ हजार ४८० रुपैयाँ र भीआईपीतर्फ ८ हजार २४० रुपैयाँ मूल्य तिर्नुपर्नेछ ।