×

NEPAL TIMES UPDATES

Playing
ट्रम्पको एक बोलीले घटायो तेलको मूल्यः यु द्ध को रापमुक्त बन्दै विश्व || Nepal Times
Mar 10, 2026
Playing
युद्ध रोक्ने अस्त्र बनेको स्ट्रेट अफ हर्मुजबारे १० अपडेट्स || Nepal Times
Mar 10, 2026
Playing
हर्मुजमा इरानको रणनीतिले हाहाकार, गो ला–बारूद होइन डलरको खेल || Nepal Times
Mar 10, 2026
Playing
बालेनको बुलडोजरले डायनोसरहरूको युग अन्त्यतर्फ ! || Nepal Times
Mar 10, 2026
Playing
World News: शक्तिशाली मिसाइल हा*न्ने Iranको चेतावनी, Trumpसँग वार्ता अस्वीकार || Nepal Times
Mar 10, 2026
Playing
बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला || Nepal Times
Mar 10, 2026
Playing
यसरी अन्त्य भयो काँग्रेस–कम्युनिस्ट युग || Nepal Times
Mar 10, 2026
Playing
जनताले नपत्याएपछि कुलमानले लोडसेडिङ सम्झिए|| Nepal Times
Mar 10, 2026
Playing
Top 15 Afternoon News || Mar-10-2026 || Nepal Times
Mar 10, 2026
Playing
Balen प्रधानमन्त्री बन्न लागेकोमा भारतीय मिडियाहरु के भन्छन् ?|| Nepal Times
Mar 10, 2026

ट्रम्पको धम्कीको असर, छुट्ने भए गाजाका बन्धक

२० मंसिर २०८१

२० मंसिर,एजेन्सी ।

लेबनानमा रहेको इरान समर्थित हिज्बुल्लाह जो विश्वको सबैभन्दा अत्याधुनिक हतियार सम्पन्न एक चरमपन्थी संगठन हो, जसलाई आतंकबादी समेत घोषणा गरिएको छ, यसले इजराइली सेनालाई युद्धमा कडा टक्कर दियो ।

इजरायलले लेबनानमै पसेर आक्रमण गर्दा पनि यो समूह नगलेपछि र इजरायलमा नेतान्याहुकै घरलाई ताकेर आक्रमण गर्न थालेपछि अन्ततः अमेरिकाले बीचमा पसेर युद्धविराम गरायो । त्यसपछि इजरायलले हिज्बुल्लाहबाट ध्यान हट्दा अब इरानमा नजर राख्न सहिलो भएको प्रतिक्रिया दियो, यता हिज्बुल्लाहले पनि यो युद्धमा आफूले जितको घोषणा नै गर्यो ।

यद्यपि, यो युद्धविराम पूर्णरुपमा भने सफल भएन । दुवैले आक्रमण जारी नै राखेका छन् । यता यो युद्ध जुन कारणले सुरु भएको थियो, त्यो कारण भने अहिले पनि जस्ताको त्यस्तै छ अर्थात हमासविरुद्ध इजरेली हमला अहिले पनि जारी छ ।

कयौं पटक इजिप्ट, कतार, अमेरिकाले इजरायल र हमास बीच पनि सीजफायरलाई लिएर कयौं चरणमा वार्ता गरे तर उपलब्धि हासिल भएन । तर अब भने ट्रंपको धम्कीपछि सो वार्ताको प्रयासहरु फेरी सुरु हुँदै छ ।

इजरायली मिडियाले कतारको एक रिपोर्टलाई उदृत गर्दै भनेको छ इजरायली सुरक्षा एजेंसीका निर्देशक रोनेन बारको नेतृत्वमा एक इजरायली प्रतिनिधिमंडल हमासका साथमा नयाँ ढंगले बंधकहरुको रिहायीका लागि वार्ता गर्न विहीबार इजिप्ट गएको बताइएको छ ।

हिज्बुल्लाहका साथ सीजफायर एग्रीमेन्टपछि हमासले पनि इजरायलसंग आफ्नो युद्धविराम होस् भन्ने चाहेको छ । हमासका अधिकारीले नै यसको संकेत दिएका थिए । इजराइली मिडियाका अनुसार प्यालेस्टाइनी टेरर ग्रुपले इजिप्ट, कतार, तुर्कीएलाई संदेश पठाएर हमासको कब्जामा रहेका इजरेली बन्धकहरुका फिर्ताका बदलामा युद्धविराम गर्न चाहेको छ ।

यद्यपि, हमासलाई पनि थाहा छ कि जबसम्म बन्धकहरु उसको कब्जामा छन् त्यतिबेलासम्म इजरायलको गर्दन उसको हातमा छ । यस्तोमा उसले आफ्नो सबै डिमान्ड पूरा गराउन चाहान्छ । जसमा बन्धकहरुको रिहाईको बदलामा युद्ध अन्त्य गर्नु, गाजाबाट इजरायली सेना सम्पूर्णरुपमा फिर्ता हुने र इजराइलका जेलमा रहेका प्यालेस्टाइनी कैदीहरुलाई छोड्नु पनि सामेल छ ।

यता प्रधानमंत्री बेंजामिन नेतन्याहूले ७ अक्टूबरमा भएको हमलापछि साफसाफ भनेका छन् कि जबसम्म हमासको पुरै सफाया हुँदैन तबसम्म युद्ध जारी रहने छ । यद्यपि, इजराइलका तर्फबाट हमासका अघि पाँच पटक बन्धकहरुको रिहाईका लागि प्रस्ताव राखएिको थियो तर हरेक प्रस्तावलाई उसले खारेज गर्यो ।

अहिले फेरि ट्रंपको एक धम्कीपछि वार्ता फेरि शुरू हुन गइरहेको छ । ट्रंपले आफ्नो धम्कीपूर्ण संदेशमा भनेका छन् कि २० जनवरी २०२५ सम्म बन्धकहरुलाई रिहा गरिएन भने त सिंगोे मिडिल ईस्टमा तबाही मच्चिने छ र ती मानिसहरुविरुद्ध कडा एक्शन लिइने छ, जो मानवताविरुद्ध अत्याचार गरिरहेका छन् ।

ट्रम्पले भनेका छन्, जसले यो काम गरिरहेको छ अमेरिकाको इतिहासकै सबैभन्दा ठूलो सजाय पाउने छ । यस्तोमा ट्रंपको वाइट हाउजमा आउनुअघि नै अहिले अवस्थामा परिवर्तन देखिन थालेको हो । हमास स्वयं युद्धविरामका लागि इच्छुक भएको हो ।

तर प्रश्न के उठिरहेको छ भने जुन प्रकारले हिजबुल्लाह इजरायलबीच सीजफायरपछि पनि हमला र काउंटर अट्याक जारी छ, यस्तोमा बन्धकहरुको फिर्तीपछि हमास र इजरेलबीच पनि युद्धविराम जारी रहन्छ कि झन घातक बन्छ ?

भर्खरको समाचार

बालेनको वेगले उडायो काँग्रेसको मधेस किल्ला

adcc99e8-45af-49b9-9154-fa42976a3483

बालेनको उदयले दिल्लीदेखि बेइजिङसम्म हलचल

balennnnnnnnnnnnnnn

स्ट्रेट अफ हर्मुजमा कसरी अट्कियो युद्ध ? IRGCले तोड्यो ट्रम्पको दम्भ

HORMUZ

भारतीय मिडियाभर छाए बालेन्द्र शाह

5179fe76-89a9-462b-b358-00b2118d319e

युद्ध चाँडै सक्ने ट्रम्पको घोषणा, अन्त्य आफूले गर्ने इरानको जवाफ

putin and trump

काठमाडौं बस्नै नसक्ने प्रदूषित शहर बन्यो

pollution-in-kathmandu

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

सम्बन्धित खबरहरु

Scroll to Top