×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

घाँटी पड्काउने मसाज गर्दा थाइ गायिकाको मृत्यु

२८ मंसिर २०८१

२८ मंसिर ,एजेन्सी ।

“फिङ छयडा जो थाईल्यान्डकी पप गायक थिइन्, उनको २० वर्षको उमेरमा निधन भएको छ । भनिएको छ कि, उनको मृत्यु मसाज थेरापीको क्रममा आएको केही जटिलताका कारण भएको हो। घाँटी पड्काउने मसाज गर्दा उनको मृत्यु भएको छ ।

उनको घाँटीमा रहेको स्पाइन डिस्कमा क्षति पुगेपछि मृत्यु भएको बताइएको छ। फिङ छ्याडाको मृत्युपछि थाइल्याण्डका डाक्टरहरूले यस्तो प्रकारको मसाज नगर्न चेतावनी नै जारी गरेका छन् । आफ्नो गृह नगर युडोन थानीमा मसाज गरेपछि समस्या देखिएको थियो ।

फिङकी आमाका अनुसार केही महिनाअघि उनको कुममा पीडा महसुस भएको थियो । अस्पताल जानुको साटो उनले स्थानीय मसाज स्टुडियो जाने निधो गरिन् ।किनभने उनलाई मसाज मनपथ्र्यो । त्यसैले उनले पीडाबाट आराम दिनका लागि यही नै उत्तम उपाय हो भन्ने ठानिन् ।

तर, घाँडी पड्काउने मसाजपछि उनले घाँटीमा पनि पीडा महसुस गर्न थालिन् । त्यसपछि अवस्था झन् गम्भीर बन्दै गयो । ‘कहाँबाट सुरु गर्नु ? धेरैले मलाई के भयो भन्दै सोध्नुहुन्छ । युडोन थानीमा मसाजका लागि गएको थिएँ,’ फिङले नोभेम्बर ६ मा फेसबुकमा लेखेकी थिइन्, ‘मसाज अघि मेरो कुममा मात्र पीडा हुन्थ्यो । मसाज गरेपछि सुरुमा सामान्य नै थियो । तर, दुई दिनपछि मेरो घाँटीमा पनि पीडा हुन थाल्यो । सुरुमा मलाई यो मसाजको सामान्य पीडा हो भन्ने लाग्यो ।’

तर, उनको पीडा कम भएन, त्यसपछि त्यो झनै बढ्न थाल्यो । उनले पेनकिलर खान थालिन् । एक हप्तापछि उनको दाहिने हात सुन्न पर्न थाल्यो । यसपछि उनले अस्पताल जानुको साटो मसाज स्टुडियो जाने गल्ती गरिन् ।

अर्को दुई हप्तापछि उनको घाँटीको पीडा झनै बढ्न थाल्यो । उनी ओछ्यानमा सुत्न पनि नसक्ने भइन् । यसका बाबजुद उनले यसलाई मसाजको साइड इफेक्ट मात्र ठानिन् । युवा गायिका त्यसपछि तेस्रोपटक मसाज स्टुडियो पुगिन् ।

मसाजपछि उनको औँलामा अनौठो महसुस हुन थाल्यो । यो यति खराब थियो उनलाई आफ्नो हात काटेर फाल्न मन लाग्यो । हातमा सुरु भएको सुन्न पर्ने अब छाती र दाहिने खुट्टामा स¥यो । त्यसपछि उनले आफ्नो दाहिने भाग नै महसुस गर्न छाडिन् ।

‘अहिले म आधा भाग प्रयोग गर्न सक्दिनँ,’ उनले फेसबुकमा लेखेकी थिइन्, ‘म यो भन्दै छु किनभने धेरैले मलाई मानिसहरूले कसरी यस्तो भयो भनेर सोधिरहेका छन् । म यो मसाज मन पराउनेहरुका लागि एक पाठका रूपमा छाडेर जाँदैछु । म ठिक हुन्छु । तर, अहिले निकै पिडामा छु ।’

पछि चर्चित थाई फेसबुक पेज ड्रामा एडिक्टले फिङ कोमामा पुगेको पछि उनको मृत्यु भएको जानकारी दिएको छ । डाक्टरले उनको घाँटीको समस्या पत्ता लगाउने बेलासम्म निकै ढिला भइसकेको थियो ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top