×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

उत्तरका सेनाले मच्चाए तहल्का, युक्रेनीलाई बन्दी होइन सिधै हत्या

३० मंसिर २०८१

३० मंसिर , विराटनगर।

अमेरिकाको चुनावी एजेण्डा नै बनेको जारी रूस र यूक्रेन युद्ध अन्त्य हुनुको साटो अहिले झनै खतरनाक बन्दै गएको छ । यसलाई रोक्ने अहिलेसम्मका सबै प्रयासहरु असफल भएका छन् भने, अमेरिकी नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले यो युद्ध रोक्न पहल गरिहाल्ने चुनावी बाचा पनि पुरा हुने छाँटकाँट देखिएको छैन ।

यद्यपि, रुसी राष्ट्रपति र ट्रम्प आफ्ना भाषण वा सार्वजनिक बयानहरुमा युद्ध अन्त्यका लागि हरदम तयार रहेको भन्न भने छुटाउँदैनन् । तर आआफ्ना शर्त र अडानका कारण युद्धले अहिले नै शान्तिको बाटो पहिल्याउँछ भन्ने देखिन्न ।

यस्तोमा उत्तर कोरियाली सेनाको युद्ध मैदानमा प्रवेशले अवस्था झनै भयंकर देखिएको छ । यो युद्धमा उत्तर कोरियाका सैनिकहरुले आफ्नो डरलाग्दो युद्ध कौशल देखाइरहेका छन् । रिपोर्ट्सका अनुसार कुस्र्क क्षेत्रको एक गाउँ कब्जा गर्दा किमका यी सैनिकहरुले मात्रै २ घण्टाको समय लिएका थिए ।

सो सिंगो गाउँमा रहेका सबै युक्रेनी सैनिक या त मारिए या भाग्न सफल भए । उत्तर कोरियाली सैनिकहरुले कुनै पनि युक्रेनी सेनालाई बन्दी बनाएन, सिधै मारेको खबरहरु आइरहेका छन् । जबकी आफ्नो नियन्त्रणमा आइसकेपछि रुसी सेनाले भने युक्रेनका सेनाहरुलाई बन्दी बनाउने गरेको थियो ।

एनके न्युजको रिपोर्टका अनुसार रुसी टेलीग्राम च्यानल रोमानोलाइटले दाबी गरेको छ कि उत्तर कोरियाली सैनिकहरुले कुस्र्कको प्लियोखोभो गाउँमा जबर्जस्त धावा बोले र केबल २ घण्टाभित्रै ३०० युक्रेनीको हत्या गरेर यो गाउँ कब्जा गरे ।

हमलाको बारेमा बताउँदै च्यानलले भनेको छ कि यो घटना ६ डिसेम्बरमा भएको हो । उत्तर कोरियाली सैनिकहरुले युक्रेनी सैनिकहरुमाथि कुनै सहानुभुति राखेनन् । उनीहरुले गोलीको रफ्तारका साथ हमला गरे र युक्रेनी सेनाका ३०० भन्दा धेरै सैनिकहरुको ज्यान लिए ।

यद्यपि, यो हमलालाई लिएर युक्रेनका तर्फबाट अहिलेसम्म कुनै टिप्पणी आएको छैन । तर एक पूर्व युक्रेनी विधायक र रुस समर्थक नेता ओलेगले यो हमला भएको पुष्टि गरेका छन् तर यसको अधिक जानकारी दिन आफू असमर्थ रहेको बताएका छन् ।

उत्तरका सैनिकहरुको रुसमा तैनाथीपछि दुवै देशको सम्बन्ध ऐतिहासिक रुपले उचाईमा पुगेको छ । हालै केही समय पहिला नै दक्षिण कोरियाले किम जोंग उनले हजारौं सैनिकहरुलाई युक्रेनविरुद्ध लड्न रुस पठाएको खुलासा गरेको थियो ।

रुसमा उत्तर कोरियाका सैनिकहरुको उपस्थिति अमेरिकाले पनि पुष्टि गरेको थियो । यसै वर्ष जुनमा पुटिन र किम जोंग उनबीच एक ऐतिहासिक सम्झौता भएको थियो । यो सम्झौताले दुवै देशलाई फाइदा पुगेको जानकारहरुले बताएका छन् ।

पुटिनले अभाव हुँदै गइरहेका बेला मैदानमा लड्न सैनिकहरु पाएका छन् भने किमले रुसका उन्नत हतियार प्रविधि पाएका छन् । यसको अलाबा लामो समय युद्धका मैदानमा नउत्रिएका उत्तरका सैनिकहरुले अब यो अनुभव पनि समेट्ने छन् ।

तर उनीहरुको विभत्स युद्ध कौशलले युक्रेनको होस उडाइसकेको छ । यद्यपि युक्रेनले पनि रुसमा हमला जारी नै राखेको छ । यसबीच दक्षिणी रूसमा यूक्रेनी ड्रोन हमलामा ९ वर्षीय एक बालकको ज्यान गएको छ र एक प्रमुख फ्यूल डिपोमा आगो लागेको छ ।

अधिकारीहरुले शनिवार यो जानकारी दिएका हुन् । यूक्रेनी सीमानजिक रहेको रूसी क्षेत्र बेलगोरोदका गभर्नर भ्याचेस्लाभ ग्लादकोभले सोशल मीडिया टेलीग्राममा भनेका छन्, आवासीय क्षेत्रमा भएको एक ड्रोन हमलामा बालकको ज्यान गएको हो ।

एक दिन पहिले रूसले यूक्रेनी कयौं क्षेत्रहरुमा भीषण हवाई हमला गरेको थियो । यूक्रेनी राष्ट्रपति भोलोदिमीर जेलेंस्कीले भनेका छन्, यो लगभग तीन वर्ष पहिला रूसको ठूलो परिमाणमा भएका हमलापछि देशको ऊर्जा क्षेत्रमा सबैभन्दा भीषण बमबारीमध्ये एक थियो ।

युक्रेनमा उत्तर कोरियाका सैनिकको साथमा कहर बर्साइरहेको रुसले यता आफ्ना नागरिकहरुलाई भने अमेरिका र यूरोपको यात्रा नगर्न सल्लाह दिएको छ । रूसले आफ्ना नागरिकहरुसंग साफ साफ भनेको छ, अमेरिका वा यूरोपका कयौं देशहरुमा जाँदा अमेरिकी अधिकारीहरुले उनीहरुलाई टारगेट बनाउँन सक्छन् ।

रूसको विदेश मंत्रालयकी प्रवक्ता मारिया जखारोभाले बुधवार नै यसबारेमा एक प्रेस कन्फ्रेन्समा भनेकी थिइन । सो क्रममा उनले रूसी नागरिकहरुलाई भनिन्, अमेरिकाको यात्रा नगर्नु किनभने वाशिंगटनका साथ रुसको सम्बन्ध तनावपूर्ण छ ।

उनले क्यानडा र यूरोपीय संघमा अमेरिकाका सहयोगी देशहरुको यात्राबाट बच्न चेतावनी दिदै भनिन्, हामी तपाइँहरुसंग आग्रह गर्दछौ कि तपाइँले यो छुट्टिहरुमा संयुक्त राज्य अमेरिका र उसका सहयोगी देशहरु, जसमा सबैभन्दा पहिला क्यानडा, र थप केही अपवादका साथ यूरोपीय संघका देशहरु पनि रहेका छन्, यी देशहरुको यात्राबाट बच्नु ।

उनले भनिन्, अमेरिकाको यात्रा जोखिमपूर्ण छ । त्यहाँ अमेरिकी अधिकारीले तपाइँलाई गिरफ्तार वा हिरासतमा लिन सक्छन् । यता रूसले जस्तै अमेरिकाले पनि आफ्ना नागरिकहरुका लागि चेतावनी दिएको छ । अमेरिकाले यसबारेमा एक नोटिस जारी गरेको छ ।

जसमा भनिएको छ, रूसको यात्रा गर्दा उनीहरुलाई रूसी सुरक्षा अधिकारीहरुद्वारा उत्पीडन वा हिरासतको सामना गर्नुपर्ने हुनसक्छ, त्यसैले रुसको यात्रा नगर्नु । दुवै देशबीच व्याप्त तनावका बीच बाइडेन प्रशासनले भने यूक्रेनका लागि थप एक सैन्य सहायताको घोषणा गरेको छ ।

व्हाइट हाउसका प्रवक्ता जोन किर्बीले विहीबार यसबारेमा जानकारी दिएको छ । यद्यपि, उनले यो सहायता कतिको हो त्यो बताएका छैनन । उनले भने, अमेरिकाले बाइडेन प्रशासनको अन्त्यसम्म यूक्रेनका लागि अतिरिक्त प्याकेज प्रदान गर्न जारी राख्नेछ ।

यसबारे आफ्ना टिप्पणी पनि अवस्य ब्यक्त गर्नुहोला । ताजा खबरका लागि नेपाल टाइम्स्को अनलाइन पोर्टल डब्लु डब्लु डब्लु डट नेपाल टाइम्स् डट नेटमा गएर हेर्न सक्नु हुनेछ । यसैगरि हाम्रो युट्युव च्यानल र फेसबुक पेज पनि अवस्य भिजिट गर्नुहोला । तपाईले गर्नु भएको लाइक, कमेन्ट, सेयर र सब्क्राइबका लागि धेरै धन्यवाद । नेपाल टाइम्स् हेर्दै गर्नुहोला नमस्कार ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top