NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

सहकारी ठगीमा सांसद ऋषिकेशकी श्रीमतीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी

मङ्लबार पुस २ , २०८१
Reading Time: 1 min read
A A
ऋषिकेशकी पत्नीलाई पक्राउ नगरी अदालतमा मुद्दा,सहकारी प्रकरण के हो ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

२ पुष ,काठमाण्डौ।

प्रमुख सत्तारुढ दल नेकपा एमालेका सांसद तथा प्रतिनिधि सभाको लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध सहकारी ठगी प्रकरणमा पक्राउ पूर्जी जारी भएको छ ।

मोरङको कर्सियामा रहेको उमागौरी सहकारीमा भएको रकम अपचलनका विषयमा उनीविरुद्ध जिल्ला अदालत मोरङबाट पक्राउ पूर्जी जारी भएको हो । जिल्ला अदालत मोरङले सहकारी ठगी प्रकरणमा कोइरालासहित २५ जनाविरुद्ध ३५ दिने अदालती पक्राउ पूर्जी जारी गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिएका छन् ।

सो सहकारीमा २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको भन्दै अभियाग पत्र दायर भएको छ । उनीहरूलाई सो बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदावी अभियोग पत्रमा छ ।

मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले मोरङको धनपालथान गाउँपालिका– ३ मा रहेको उमागौरी कृषि सहकारी संस्था ठगी प्रकरणमा कोइरालासहित २५ जना विरुद्ध पक्राउ पुर्जी जारी गर्ने आदेश दिएको हो ।

अदालतले पक्राउ पुर्जी जारी गरेपछि इलाका प्रहरी कार्यालय रङ्गेलीलाई पत्र समेत पठाएको बुढाथोकीले बताए । प्रहरी अनुसन्धान प्रतिवेदनका आधारमा मङ्सिर २७ गते सङ्घीय संसद्को सार्वजनिक लेखा समिति सभापति पोखरेलकी पत्नी कोइरालासहित २६ जना विरुद्ध मुद्दा दायर भएको थियो ।

मङ्सिर २८ गते जिल्ला अदालत मोरङले सहकारीका सञ्चालक सदस्य रोशन राजवंशीलाई पुर्पक्षका लागि थुनामा पठाएको छ । उनी धनपालथान गाउँपालिका –४ का पूर्व वडाध्यक्ष हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा उनी नेपाली काङ्ग्रेसबाट निर्वाचित भएका थिए ।

अन्य प्रतिवादी फरार छन् । सांसद पत्नी कोइराला उमागौरी सहकारीको पूर्व सञ्चालक हुन् । सहकारी सङ्कटमा परेपछि कोइरालाले ५ माघ २०७८ देखि सहकारीबाट राजीनामा दिएकी थिइन् । तर उनी सञ्चालक हुँदा लिएको ऋण नतिरेका कारण आरएसडिसी लघुवित्त वित्तीय संस्थाको निवेदनका आधारमा कोइराला कालोसूचीमा छिन् ।

उनले कालोसूची हटाउन माग गर्दै उच्च अदालत विराटनगरमा दायर गरेको मुद्दा विचाराधीन छ ।अन्य फरार प्रतिवादीको सूचीमा रङ्गेली नगरपालिका – २ का वडाध्यक्ष ४३ वर्षीय संतलाल खवास पनि छन् । उनी सहकारीको पूर्व उपाध्यक्ष हुन् ।

२०७९ सालको निर्वाचनमा उनी नेकपा एमालेबाट वडा अध्यक्ष निर्वाचित भएका थिए । प्रहरीले उनलाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको हो । सर्वसाधारणको बचत तथा ऋण अपचलन गरेपछि करिब डेढ वर्षयता सहकारीको कार्यालय बन्द छ ।

उजुरीका लागि सार्वजनिक आह्वान पनि भएको थियो । सो आह्वानपछि २३ जना ऋणीले आफूहरू ठगिएको भन्दै निवेदन दिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिएका छन् ।

महिला उद्यमशील कर्जाका नाममा सदस्यको कागजात सङ्कलन गरी सहकारीले नविल बैङ्कबाट ऋण निकालेर सहकारीले थोरै मात्रै सदस्यलाई दिने गरेको थियो । सदस्यले ऋणको किस्ता बापत सहकारीमा बुझाएको रकम बैङ्कमा दाखिला नगरी सञ्चालक आफैले प्रयोग गरेका थिए ।

सहकारी ठगी मुद्दामा प्रतिवादी बनाइएका २६ जनाबाट २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ । प्रहरीले राजवंशीसहित मोरङको क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य पोखरेलकी पत्नी अञ्जला कोइराला, सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार समेत २६ जनाविरुद्ध जाहेरी तयार गरी सरकारी वकिलको कार्यालयमा बुझाएको थियो।

सोही जाहेरीका आधारमा सरकारी वकिलको कार्यालयले अभियोग पत्र तयार गरेर मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । उमागौरी कृषि सहकारी २०६८ सालमा स्थापना भएको हो । सांसदपत्नी कोइराला दुई कार्यकाल सहकारीमा सदस्य रहेकी थिइन् ।

Tags: #पक्राउ पुर्जी जारी#सहकारी ठगी

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

थप समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.