×

NEPAL TIMES UPDATES

Playing
विदेशी मिडियामा छाए प्रधानमन्त्री बालेन, कसले के लेखे ? || Nepal Times
Mar 27, 2026
Playing
भ्रष्टाचारको दलदलमा डुबेको मेरो देश || Nepal Times
Mar 27, 2026
Playing
६५ जिल्लाको धुलो र २०७२ को भूकम्पः जसले बालेनलाई प्रधानमन्त्री बनायो|| Nepal Times
Mar 27, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-13-2082 || Nepal Times
Mar 27, 2026
Playing
बालेन मधेसी प्रधानमन्त्री कि नेशनल आइकन ? || Nepal Times
Mar 27, 2026
Playing
“खेलमा खेलाडी, राजनीतिमा नेता” – मन्त्री सस्मित पोखरेलको स्पष्ट सन्देश|| Nepal Times
Mar 27, 2026
Playing
कानुन मन्त्री सोविताले पहिलो निर्णय के गरिन् ?|| Nepal Times
Mar 27, 2026
Playing
अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजश्व अनुसन्धान विभाग खारेज प्रक्रिया सुरु|| Nepal Times
Mar 27, 2026
Playing
बालेन सरकारका पहिलो ४ निर्णयहरु के के हुन् ? || Nepal Times
Mar 27, 2026
Playing
पहिलो दिननै बालेन व्यस्त, प्रशासन सतर्क, बधाईको ओइरो|| Nepal Times
Mar 27, 2026

नेपालमा १३ दिनमा ७ वटा भूकम्पको धक्का

१३ पुष २०८१

१३ पुष , काठमाण्डौ ।

नेपालको पश्चिमी क्षेत्रमा पछिल्लो समय दिनहुँजसो भूकम्प गइरहेको छ । पुस लागेपछि मात्रै पनि १३ दिनमा पश्चिम नेपालमा ७ पटक भूकम्प गएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो पटक गएराति ११ बजेर ३७ मिनेटमा कालीकोटको लाली आसपास केन्द्रविन्दु बनाएर ३ दशमलव ७ म्याग्निच्युडको भूकम्प गएको छ ।

Advertisement

गएको पुस २ गते बझाङको धामेना आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव ३ र पुस ३ गते ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको थियो । यस्तै पुस ४ गते मनाङको नेस्याङ केन्द्रविन्दु भएर ४ दशमलव ७ म्याग्निच्युडको भूकम्प गयो ।

यस्तै पुसको ६ गते बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री केन्द्रविन्दु बनाएर ५ दशमलव २ म्याग्निच्युडको भूकम्प जाँदा १ सयभन्दा धेरै घर तथा दुई वटा विद्यालयमा क्षति पु¥याएको थियो ।पुसको ९ गते दार्चुलाको अपी हिमाल आसपास केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युड र पुसको ११ गते जाजरकोटको नायकवाडा केन्द्रविन्दु बनाएर ४ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

पोहोर कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको थियो । यो भूकम्पपछि पश्चिम नेपालमा ५ वटा परकम्प गएको केन्द्रको तथ्याङ्क छ । पश्चिम क्षेत्रमा निरन्तरजसो साना तथा मझौला खालका भूकम्पको धक्का महसूस हुँदै आएको छ ।

जाजरकोट, बाजुरा, बझाङ, डोटीलगायतका जिल्लामा पटक पटक भूकम्प गइरहेका छन् । जाजरकोट भूकम्पले भौतिक संरचनामा पु¥याएको क्षतिको अहिलेसम्म पनि पुनर्निर्माणको काम हुन सकेको छैन । पीडित नागरिक अहिले पनि अस्थायी आवासमा छन् ।

भूकम्पको पूर्वानुमान गर्न नसकिने तर पश्चिम क्षेत्र उच्च जोखिममा रहेको विज्ञहरूले बताउँदै आएका छन् । पूर्वसतर्कता अपनाउन र भूकम्प प्रतिरोधी संरचना निर्माणमा ध्यान दिन विज्ञको सुझाव छ । नेपालमा २०७२ सालमा गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

सिस्मोलोजिस्टका अनुसार नेपाल आफैँमा भूकम्पीय जोखिमयुक्त क्षेत्रमा अवस्थित मुलुक हो । त्यसमा पनि पश्चिम नेपालमा भूकम्पीय जोखिम मध्य र पूर्वी नेपालको तुलनामा धेरै बढी छ । भूकम्पविद्का अनुसार पश्चिम नेपालको भूगर्भभित्र सञ्चित भएर बसेको भूकम्पीय शक्तिले कुनै पनि बेला त्यस क्षेत्रमा महाविनाश निम्त्याउन सक्ने सम्भावना अहिले पनि जीवितै छ ।

पश्चिम नेपालमा विगत पाँच सय वर्षयता ठूलो भूकम्प नगएको कारण त्यसक्षेत्रको भूगर्भभित्र ठूलो भूकम्प जाने शक्ति सञ्चित भएर बसेको छ । अहिलेसम्म प्राप्त रेकर्डअनुसार वि.सं. १५०५ पछि पश्चिम र सुदूरपश्चिम क्षेत्रमा ठूलो अथवा महाभूकम्प गएको छैन, ठूलो भूकम्प नगएको कारण नै पश्चिम नेपालको पृथ्वीको गर्भभित्र विनाशकारी भूकम्प जाने शक्ति सञ्चित भएर बसेको भूकम्पविद्ले बताएका छन् ।

उनीहरुका अनुसार भौगोलिक अवस्थितिको आधारमा हेर्दा नेपालको सम्पूर्ण हिमालय क्षेत्र भूकम्पको उच्च जोखिमयुक्त क्षेत्र हो । काठमाडौं उपत्यका पनि हिमालय क्षेत्र नजिकै पर्छ । त्यसैले काठमाडौं उपत्यका पनि भूकम्पको जोखिमयुक्त क्षेत्रमै पर्छ । वि.सं. १९९० साल माघ २ गते पूर्वी नेपाल केन्द्रविन्दु भएर ८.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

२०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु भएर गएको भूकम्प ७.६ रेक्टर स्केलको थियो । पछिल्लो समय नेपालमा ठूला भूकम्प पूर्वी र मध्य नेपालमा मात्रै गएका छन् । पूर्वी नेपालमै वि.सं.१२५५ मा पनि ठूलो भूकम्प गएको थियो । यसरी हेर्दा पूर्वी र मध्य नेपालमा ठूला भूकम्प गएका छन् ।

Advertisement

तर, गोरखाभन्दा पश्चिमको नेपालमा चाहिँ विगत पाँचसय वर्षभन्दा लामो समयदेखि महाभूकम्प गएको छैन । पश्चिम र सुदूरपश्चिमका विभिन्न जिल्लामा पटक–पटक गइरहेका साना र मझौला खालका भूकम्पले त्यस क्षेत्रमा ठूलो भूकम्प जाने सम्भावनामा जीवितै छ भन्ने सन्देश दिएको तर्क भूकम्पविद्को छ ।

भर्खरको समाचार

अमेरिकाविरुद्ध धेरै विकल्पहरू बाँकी रहेको इरानको चेतावनी

MixCollage-12-Mar-2026-08-27-AM-2238

शंखनाद र स्वस्ति बाचनसंगै लिए बालेनले प्रधानमन्त्रीको सपथ

658855684_938633488756669_1735845216725342594_n

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

सम्बन्धित खबरहरु

Scroll to Top