NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ? सोमवार पुस २८ , २०८२
जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए सोमवार पुस २८ , २०८२
केपी ओलीसँगै किन भिड्न चाहन्छन् बालेन ? सोमवार पुस २८ , २०८२
Next
Prev

समाचार

अमेरिकी पूर्व राष्ट्रपति कार्टरको कस्तो थियो नेपाल सम्बन्ध ?

सोमवार पुस १५ , २०८१
Reading Time: 1 min read
A A
जिमी कार्टरको १०० वर्षः बदाम खेतीदेखि राष्ट्रपतिसम्म
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१५ पुष , काठमाण्डौ ।

अमेरिकी राष्ट्रपति र पूर्व राष्ट्रपति जो छिमेकी भारत र चीन पुग्दछन् तर नेपाली भूमि टेक्दैनन् । त्यसमा अपवाद थिए पूर्व अमेरिकी राष्ट्रपति जिमी कार्टर । जसले २ पटक नेपालको भ्रमण गरे । उनी अब यो संसारबाट विदा भइसकेका छन् ।

जिम्मी कार्टरको १०० वर्षको उमेरमा निधन भएको छ । सन् १९७७ देखि १९८१ सम्म संयुक्त राज्य अमेरिकाका ३९ औं राष्ट्रपति जिम्मी कार्टरको १०० वर्षको उमेरमा आईतवार दिउँसो निधन भएको कार्टर सेन्टरले पुष्टि गरेको छ ।

LS Auto

कार्टर सेन्टरले भनेको छ ‘हाम्रा संस्थापक, पूर्वअमेरिकी राष्ट्रपति जिमी कार्टरको आज दिउँसो प्लेन्स, जर्जियामा निधन भयो ।’ उनको निधनप्रति अमेरिका वर्तमान राष्ट्रपति जो बाइडेन र नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन्।

१९२४ अक्टोबर १ मा जन्मिएका कार्टर १९९७ देखि १९८१ सम्म अमेरिकाको राष्ट्रपति बनेका थिए। आर फोर्डलाई हराएर उनी अमेरिकाको ३९औँ राष्ट्रपति बनेका थिए। मध्यपूर्वमा शान्ति स्थापनाका लागि ऐतिहासिक क्याम्प डेभिड सम्झौता गर्न मध्यस्थता गरेकाले उनलाई सन् २००२ मा नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो।

पूर्वराष्ट्रपतिकार्टरले नेपालमा दुई पटक भ्रमण गरेका छन् । उनले सन् १९८५ पहिलो भ्रमण गरेका थिए । तर राष्ट्रपतिको कार्यकाल समाप्त भएपछि । आफ्नो राष्ट्रपतिकाल (१९७७–१९८१) समाप्त भएपछि, जिमी कार्टरले नेपालको ग्रामीण भेगको विकास परियोजनाहरू अवलोकन गर्न पहिलो पटक नेपाल भ्रमण गरेका थिए।

यस भ्रमणको उद्देश्य मानव अधिकार, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा भइरहेको प्रगतिलाई बुझ्नु थियो। उनले सन् २००७ मा दोश्रो पटक नेपालको भ्रमण गरे । दोस्रो पटक उनी नेपालको शान्ति प्रक्रिया र लोकतान्त्रिक स्थानान्तरणको अवलोकन गर्न आएका थिए।

यो भ्रमणको समयमा उनले नेपालको राजनीतिमा हुँदै आएको परिवर्तनबारे चासो राखेका थिए र शान्ति प्रक्रिया सुदृढ गर्न सुझाव दिएका थिए। यसक्रममा उनले मानव अधिकार र लोकतन्त्र स्थापनामा कार्टर सेन्टरमार्फत सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

जिमी कार्टरको यी भ्रमणले नेपाल र अमेरिकाबीचको सहयोगात्मक सम्बन्धलाई थप सुदृढ बनाएको मानिन्छ। कार्टर सेन्टर अमेरिकी पूर्वराष्ट्रपति जिमी कार्टर र उनकी पत्नी रोसलिन कार्टरले सन् १९८२ मा स्थापना गरेको एक गैरनाफामूलक संस्था हो।

यसको मुख्य उद्देश्य मानव अधिकारको प्रवद्र्धन, स्वास्थ्य सेवा सुधार र शान्ति निर्माण गर्नु हो । शान्ति स्थापनाका लागि यसले निर्वाचन निगरानी, विवाद समाधान, द्वन्द्व व्यवस्थापन र स्वास्थ्य क्षेत्र सुधारमा काम गर्दै आएको छ ।

यस्तै उपेक्षित रोगहरू नियन्त्रण र उन्मूलन, जनस्वास्थ्य कार्यक्रम सञ्चालन र मानव अधिकारको रक्षामा पनि यसले काम गर्दै आएको छ । यस्तै कार्टर सेन्टरले कमजोर समूहहरूको अधिकारको प्रवद्र्धन, प्रेस स्वतन्त्रताकालागि समेत कमा गर्दछ ।

कार्टर सेन्टरले नेपालमा मुख्य रूपमा लोकतान्त्रिक प्रक्रियाको सुदृढीकरण र शान्ति प्रक्रियामा महत्त्वपूर्ण योगदान गरेको छ। कार्टर सेन्टरले पहिलो र दोस्रो संविधानसभाको निर्वाचनमा पर्यवेक्षण गरेको थियो ।

यसले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न मद्दत पु¥याएको थियो । निर्वाचनमा भएका उल्लंघनका घटनाहरु पहिचान गरी सुधारका लागि यसले सिफारिश गरेको थियो । यस्तै नेपालमा माओवादी द्वन्द्वपछि शान्ति प्रक्रिया बलियो बनाउन सहजीकरणमा समेत यसले उल्लेखनीय काम गरेको छ ।

कार्टरको निधनमा राष्ट्रपति रामचन्द्र पौडेलले शोक व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले कार्टरप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजन र अमेरिकी जनताप्रति समवेदना प्रकट गरेका छन् । पौडेलले कार्टरले शान्ति, मानव अधिकार र परोपकारका क्षेत्रमा गरेको काम विश्वकै लागि प्रेरणादायी भएको उल्लेख गरेका छन् ।

यस्तै सभामुख देवराज घिमिरेले अमेरिकाका ३९औँ राष्ट्रपति तथा २००२ का नोबेल शान्ति पुरस्कार विजेता जिम्मी कार्टरको निधनले स्तब्ध बनाएको बताएका छन् । घिमिरेले सोमबार विज्ञप्ति जारी गर्दै अमेरिकी जनताप्रति समवेदना प्रकट गरेका छन् ।

कार्टरले नेपालको शान्ति प्रक्रियासँगै मानव अधिकार तथा गरिबी निवारणका क्षेत्रमा पु¥याएको योगदान प्रेरणादायी रहने विज्ञप्तिमा उल्लेख छ । “कार्टरले नेपालको शान्ति प्रक्रियासँगै मानव अधिकार, तथा गरिबी निवारणका क्षेत्रमा पु¥याउनुभएको योगदान सधैँ प्रेरणादायी रहनेछ ।

नेपालको शान्ति प्रक्रियाको चुनौतीपूर्ण समयमा कार्टर सेन्टरको सक्रिय भूमिकाले सहमति र संवादको वातावरण सिर्जना गर्न महत्त्वपूर्ण योगदान पु¥याएको थियो,” विज्ञप्तिमा भनिएको छ, “कार्टरले द्वन्द्वको समाधान, मानव अधिकारको प्रवर्धन र लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउँदै नेपाली जनतालाई शान्ति र समृद्धिको मार्गचित्रमा अगाडि बढ्न प्रेरित गर्नुभएको थियो ।”

Tags: #अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प

लोकप्रीय

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२

विचार

थप समाचार

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने
निर्वाचन

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए
समाचार

जेनजी विद्रोह के थियो ? कसका कारणले भयो ? विश्वप्रकाशले खुलाए

सोमवार पुस २८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

World News: ट्रम्प भेनेजुएलाका राष्ट्रपति, रुवियो क्युबाका नेता ! || Nepal Times

00:22:33

World News: भेनेजुएला छाड्न अमेरिकीलाई सुझाव, कोरियाली तनाव उत्कर्षमा || Nepal Times

00:26:55

World News: ब्राजिलले भेनेजुएलासँगको सीमामा राष्ट्रिय गार्ड पठाउने, ताइवानको एफ–१६ फ्लिट ग्राउन्डेड

00:22:17

World News: २० देश अमेरिकी Black Listमा, Greenland कब्जा गर्ने प्लान सार्वजनिक|| Nepal Times

00:28:00

World News: रूसी जहाज अमेरिकी कब्जामा, पेट्रोलाई ह्वाइट हाउसमा निम्तो || Nepal Times

00:26:45

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

अमेरिकामा परमाणु बम खसाइदिनु भन्दै पुटिनका नेता भड्किएपछि..

बिहिबार पुस २४ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

ट्रम्पले खामेनीलाई अपहरण गर्ने त्रास,इन्टरनेटदेखि हवाई क्षेत्र बन्द 

शुक्रबार पुस २५ , २०८२

हालका पोस्टहरू

कुलमानले दिए मन्त्रीबाट राजीनामा, आजैदेखि राजनीतिमा लाग्ने

समानुपातिकका लागि कुलमानको म्याराथन, अदालतसम्म जाने

सोमवार पुस २८ , २०८२
गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

गगनको नेतृत्वमा काँग्रेस,देउवाले अर्को पार्टी बनाउने

सोमवार पुस २८ , २०८२
प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

प्रशान्त तामाङको सुतेकै अवस्थामा कसरी मृत्यु भयो ?

सोमवार पुस २८ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.