×

NEPAL TIMES UPDATES

Playing
इरानमा नयाँ नेतृत्व चयन ट्रम्प बेचेन, तेहरानको भविष्य के होला ? || Nepal Times
Mar 06, 2026
Playing
लामो यु*द्धकालागि Iran तयारः IRGCले दियो नयाँ ह*तिया*रको चेतावनी || Nepal Times
Mar 06, 2026
Playing
BALENको क्रेजले बदल्यो नेपालको राजनीति, देशभर आँधीबेहरी || Nepal Times
Mar 06, 2026
Playing
अहिलेसम्म कसको जित, कहाँ को अगाडि ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वापाको देशैभर अग्रताको संदेश के हो ? || Nepal Times
Mar 06, 2026
Playing
रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 06, 2026
Playing
World News: उड्दा उड्दै Indiaको शुखोई बेपत्ता, Iranले झार्यो अमेरिकी लडाकु विमान || Nepal Times
Mar 06, 2026
Playing
सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो || Nepal Times
Mar 06, 2026
Playing
Top 15 Afternoon News || Mar-06-2026 || Nepal Times
Mar 06, 2026
Playing
रास्वपाले देशभर आँधी ल्यायो, जनताको अपार समर्थन || Nepal Times
Mar 06, 2026

भोलिदेखि आइतबारसम्म पानी पर्ने संभावना

२६ पुष २०८१

२६ पुष ,काठमाण्डौ ।

देशका केही स्थानमा भोलिराति र आइतबारसम्म वर्षा र हिमपातको पूर्वानुमान गरिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव शनिबार रातिदेखि बढ्नेछ ।

त्यसको प्रभाव आइतबार बढी हुने महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बताएका छन् । उनका अनुशार शनिबार राति कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ भने कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशसम्म हिमपातको सम्भावना छ ।

उनले वर्षा र हिमपातको सम्भावना सबै ठाउँमा नरहेको पनि बताएका छन् । आइतबार सातै प्रदेशमा बदली (आकाशमा बादल)को सम्भावना छ । आइतबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही स्थानमा वर्षाको सम्भावना छ ।

त्यस दिन सुदूरपश्चिम, कर्णाली, गण्डकी, वाग्मती र कोसी प्रदेशका केही स्थानमा हिमपातको पनि सम्भावना रहेको उनले बताए । “पानी धेरै ठाउँमा पर्ने होइन, केही स्थानमा हल्का वर्षा हुने देखिन्छ,” उनले भने, “मधेस प्रदेशसहित वाग्मतीका तराई र कोसी प्रदेशका तराई भूभागमा वर्षा÷हिमपातको सम्भावना खासै छैन ।”

आइतबार काठमाडौंमा पनि वर्षाको सम्भावना छ । यहाँ शनिबार वर्षाको सम्भावना नरहेको उनले बताएका छन् । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव योपटक पनि पश्चिम नेपालमै बढी देखिने उनले बताए। पश्चिम नेपालबाट आइतबार रातिदेखि त्यसको प्रभाव विस्तारै घट्नेछ ।

“कोसी प्रदेशमा भने सोमबार बिहान पनि बदलीको सम्भावना देखिन्छ,” उनले भने, “सोमबार दिउँसोदेखि त्यसको प्रभाव रहँदैन ।” उक्त प्रणालीको प्रभावले चिसो हुने र अधिकतम तापक्रम घट्ने उनले बताए । त्यसले तराई क्षेत्रमा भने एक÷दुई दिन हुस्सु÷कुहिरो कम हुने उनको भनाइ छ ।

उक्त दिन पानी परे यो वर्षको हिउँदको पाँचौँ वर्षा हुनेछ । गएको मंगलबार काठमाडौं उपत्यकासहित देशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको थियो । केही स्थानमा हिमपात पनि भएको थियो। त्यसअघि, यही पुस १२ र १३ गते यो वर्षको हिउँदको तेस्रो वर्षा भएको थियो ।

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने स्थिर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार उपत्यकाको न्यूनतम तापक्रम आज (शुक्रबार) हिजो (बिहीबार) जत्ति नै ४.२ डिग्री सेल्सियस रहेको हो।

महाशाखाको विवरणअनुसार आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ६.१ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम झापाको चन्द्रगढी एअरपोर्टमा ८.४ डिग्री सेल्सियस छ। मौसमविद्का अनुसार राति आकाश सफा रह्यो भने बिहान न्यूनतम तापक्रम घट्छ भने बादल लाग्यो भने बढ्छ।

फेरि यसको ठीक उल्टो दिउँसो आकाश सफा भयो भने घाम लाग्न पाउने भएकाले अधिकतम तापक्रम बढ्छ भने बादल लाग्यो भने घट्छ अर्थात् चिसो बढ्छ।

मौसमविद्का अनुसार २४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र सबैभन्दा बढी तापक्रमलाई अधिकतम तापक्रम भनिन्छ। सामान्यतया न्यूनतम तापक्रम हरेक दिन बिहान ८ः४५ बजे र अधिकतम तापक्रम साँझ ५ः४५ बजे मापन हुन्छ।

भर्खरको समाचार

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

रास्वपाको जितको खाता खुल्यो, रञ्जुले भत्काइन् कांग्रेसको किल्ला

Screenshot 2026-03-06 114343

प्रचण्ड र उदयशम्शेरले छम्किदैंछन् काँग्रेस र नेकपालाई पानी, एमालेको के छ ?

Screenshot 2026-03-06 110033

बालेनले ओलीलाई पछि पारे, रवि र सोविता पनि अघि , कुलमान पछि

Screenshot 2026-03-06 091716

रास्वपाको ३२ स्थानमा अग्रता, प्रतिस्पर्धी कांग्रेस ४, एमाले ३

MixCollage-06-Mar-2026-09-00-AM-865

रास्वपा ३२, कांग्रेस ४, एमाले ३ र नेकपा १ सिटमा अघि

Vote counting kathmandu 1-Nepal photo library-9

के दोलखामा मतपत्र लुटिएको हो ? कांग्रेसमाथि आरोप

10caf7ff-beed-4f31-ae64-f76da54f97a7

फाइनल प्रवेशका लागि भारत र इङ्ल्याण्ड खेल्दै

f98bc703-9037-4ebe-8a64-0a00ad80f8f8

सम्बन्धित खबरहरु

Scroll to Top