×

NEPAL TIMES UPDATES

Playing
कहिले बन्ला बालेन सरकार ? बालेन र रविलाई Modiको फोन || Nepal Times
Mar 10, 2026
Playing
Rabi र Balen लाई फोन गरेर Modi ले के भने ? मिलेर काम गर्न आतुर || Nepal Times
Mar 10, 2026
Playing
Nepal Election अन्तिम मतपरिणामः RSP 125 Seat,अन्य कुन दलको कति ? || Nepal Times
Mar 10, 2026
Playing
इजरेलले मानवता विर्सियो, शहरभर विषाक्त धुवाँ || Nepal Times
Mar 09, 2026
Playing
इरानी जहाजको सुरक्षा गर्दै भारत, भारतीय बन्दरगाहको इरानी जहाज || Nepal Times
Mar 09, 2026
Playing
देशको ढिकुटीको चाबी बोकेकाहरुलाई पनि रास्वपाले बढार्याे || Nepal Times
Mar 09, 2026
Playing
Watch Top50 News Of The Day || Falgun-25-2082 || Nepal Times
Mar 09, 2026
Playing
ट्रम्पले कोरियामा अचानक किन उतारे फौ ज? मादुरो–खामेनी पछि कि मको पालो ?|| Nepal Times
Mar 09, 2026
Playing
मध्यपूर्व यु द्ध को असर विश्व बजारमाः तेल १२० डलर नजिक || Nepal Times
Mar 09, 2026
Playing
नयाँ नेपालको अध्याय सुरु, बालेनको काँधमा जिम्मेवारी || Nepal Times
Mar 09, 2026

एमबाप्पे जागे, भालाडोलिडविरुद्ध ह्याट्रिक

१३ माघ २०८१

१३ माघ , एजेन्सी ।

इङ्लिस प्रिमियर लिग र स्पेनिस ला लिगाका शनिबार रातिका खेलहरूमा दुवै शीर्ष टोलीहरूले प्रभावशाली प्रदर्शन गर्दै आफ्नो प्रभुत्व कायम राखेका छन्। साविक विजेता म्यानचेस्टर सिटीले चेल्सीमाथि शानदार जित हासिल गर्दा, रियल म्याड्रिडले ला लिगामा आफ्नो अग्रता थप सुदृढ बनाएको छ।

इत्तिहाद स्टेडियममा भएको खेलमा सिटीले चेल्सीलाई ३–१ गोल अन्तरले हराएको छ । सिटीको जितमा जोस्को ग्यार्डियोल, एर्लिङ हालान्ड र फिल फोडेनले एक÷एक गोल गरे । चेल्सीमाथिको जितसँगै सिटी अंक तालिकाको शीर्ष चारमा फर्किएको छ ।

लिगमा २३ खेलबाट ४१ अंक बनाएको सिटीले १२ खेलमा जित, १५ खेलमा बराबरी र ६ खेलमा हार भोगेको छ । समान ४१ अंक नै भएको न्युक्यासलले उस्तै नतिजामा अंक तालिकाको पाँचौँ स्थानमा छ । यी दुई टोली शीर्ष पाँचमा अटाउन सर्घष गर्दै छन् ।

समान खेलबाट ४० अंक भएको चेल्सी भने छैटौँ स्थानमा छ । गएराति नै भएको खेलमा न्यु क्यासलले भने साउथहेप्टनलाई ३–१ ले हराएको थियो । अर्को खेलमा वर्नमाउथले नटिङघम फरेस्टलाई ५–० ले तथा एभर्टनले ब्राइटनलाई १–० ले पाखा लगायो ।

लिभरपुलले इप्स्विच टाउनलाई ४–१ ले हरायो । यस्तै दोस्रो स्थानको आर्सनलले वल्भ्समाथि कठिन जित निकाल्यो । आर्सनलले वल्भ्सलाई १–० ले कठिन रुपमा पराजित गरेको हो । वल्भ्सको घरेलु मैदानमा ७४औं मिनेटमा रिकार्डो क्लाफायोरीले गरेको गोल नै आर्सनलका लागि निर्णायक भयो ।

जितपछि आर्सनल २३ खेलमा ४७ अंकका साथ दोस्रो स्थानमा छ । वल्भ्स २३ खेलमा १६ अंकका साथ रेलिगेसनको नजिक छ । यता रियल म्याड्रिड स्पेनिस ला लिगामा थप मजबुत भएको छ। रियल भालाडोलिडलाई शनिवार ३–० ले हराउँदै रियलले दोस्रो टोलीसँगको अंक दूरीलाई अझै बढाएको छ ।

यसमा केलियन एम्बाप्पेले ह्याट्रिक पूरा गरे । ३० औं मिनेटमा पहिलो गोल गरेका एमबाप्पेले ५७ औं मिनेटमा अर्को गोल थपे । इन्ज्युरी समयमा पेनाल्टीमा गोल गर्दै एम्बाप्पेले ह्याट्रिक पूरा गरे । रियलबाट पहिलो ह्याट्रिक गरेका एम्बाप्पेको यो सिजन १५ गोल पुगेको छ ।

उनले ह्याट्रिक गर्दै रियलको जित पक्का मात्र गरेनन्, लिगमा आफ्नो गोल्डेन बुटको दाबेदारी पनि बलियो बनाएका छन्। रियलको २१ खेलबाट ४९ अंक भएको छ । दोस्रो स्थानको एलेटिको म्याड्रिड समान खेलबाट ४५ अंक छ ।

एटलेटिकोले भिल्लारियलसँग १–१ को बराबरी खेले । अन्य खेलमा रियल बेटिसले मालोर्कालाई १–० ले हरायो । लस पालमस र ओसासुना तथा सेभिल्ला र इस्पानुयलले १–१ को बराबरी खेले ।

भर्खरको समाचार

इरानको तेलमा ट्रम्पको नजर, द्वीप खर्ग कब्जा गर्ने योजना

91addb65-4236-4612-a246-373a8cbca01b

नेपाली जनताले हेर्न चाहेको अबको नयाँ नेपाल

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई सेयर बजारको हरियो कार्पेट, तेश्रो सर्किटपछि कारोबार बन्द

nepal-share

ओली, लेखक र खापुङलाई फौजदारी कसुरमा अनुसन्धान गर्न सिफारिस

15a14063-9de0-4f5c-90bd-ac8cde530ef4

ट्रम्पको धम्कीका बाबजुद इरानले खामेनीका छोरालाई बनायो सर्वोच्च नेता

262c84f0-1878-11f1-8f1d-d7bdb1ea156f

कसले कहाँ जिते ? को अगाडि ?

Balen-Rabi at KTm Valley_NPL (4)

प्रतिनिधिसभा अपडेट : रास्वपाको लहर,१०० बढी क्षेत्रमा अग्रता

Balen-Rabi at KTm Valley_NPL (10)

रास्वपालाई जनताले दिए मौका, रवि र बालेनको काँधमा जिम्मेवारी

830748cb-172c-4a36-ba9b-b3986da026ed

सुध्रेको भनिएको कांग्रेसलाई जनताले पत्याएनन्, मतपरिणाम खस्कियो

a83e78b6-e0d3-46a8-a6ee-ea43339ebf9a

प्रचण्ड बहुमतको बाटोमा रास्वपा, विश्वप्रकाशले स्वीकारे, कसले के भने ?

adcc99e8-45af-49b9-9154-fa42976a3483

सम्बन्धित खबरहरु

Scroll to Top